धादिङ– ४० हजार अमेरिकन डलरसहित एक युवक धादिङमा पक्राउ परेका छन्। डलर लिएर भारत जान लागेका नवलपरासी घर भएका २८ वर्षिय प्रकाश कलवारलाई प्रहरीले बुधबार दिउँसो चेकिङका क्रममा पक्राउ गरेको हो।
धादिङको थाक्रे– २ सिम्ले वजारमा अस्थायी प्रहरी पोष्ट(चौकी) सिम्लेबाट खटिएको प्रहरी टोलीले पृथ्वी लोकमार्गमा सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा काठमाडांवाट गल्छीतर्फ जान लागेका कलवारलाई पक्राउ गरेको हो।
उनले बोकेको झोलामा खानतालासी गर्दा डलर बरामद भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए। प्रारम्भीक अनुसन्धानमा उनले सो डलर भारतमा तस्करी गर्न लागेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले उनीमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवनमा बुझाएको छ।
राजमार्गमा हुने अवैध ओसापसारविरुद्ध चेकिङ सक्रिय बनाइएको प्रहरी निरीक्षक तिमल्सिनाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।