• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दूधमा कोलिफर्म ‘हाउगुजी’, के हो यथार्थ?

64x64
नेपाल लाइभ बिहीबार, असार १४, २०७५  ०७:००
1140x725

काठमाडौं- बिहान उठ्नेबित्तिकै अधिकांशले तातो दूध वा दूध हालेको चिया पिउँछन्। बिरामी, बालबच्चा र वृद्धवृद्धा अधिकांशलाई दूध नभई हुन्न। तर, यही दूध नै बिरामीको अर्को कारण भए के होला? 

पछिल्लो समय सरकारले गरेको बजार अनुगमनबाट दैनिक उपभोग्य दूधमा विभिन्न कैफियत देखिएका छन्। तर, यही कैफियतका नाममा पर्दापछाडि नेपाली दूग्ध उद्योगलाई धराशायी बनाउन खोजेको आरोप व्यवसायीहरूले लगाएका छन्। 
    
यसबीचमा हामीले लाखौं उपभोक्ताले उपभोग गर्ने दूधका सम्बन्धमा पछिल्लो समय भएको अनुगमन र त्यसमा देखिएका यथार्थ खोज्ने प्रयत्न गरेका छौं। 

कोलिफर्मको यथार्थ
अहिले सरकारले नै गरेको प्रयोगशाला परीक्षणले काठमाडौंका अधिकांश डेरीका दूधमा चिल्लो तथा ठोस पदार्थको मात्रा कम हुनेदेखि कोलिफर्मका जीवाणुसम्म फेला परेको देखाएको छ।

विभागको अनुगमनमा काठमाडौं उपत्यकाका २५ डेरीमध्ये २३ वटामा कोलिफर्मका जीवाणु देखिएको छ। खरिपाटी डेरी भक्तपुरको गायत्री र सामूहिक कृषक डेरी बालाजुको निलो र रातोमा भने कोलिफर्मको जीवाणु भेटिएन। 


‘कोलिफर्म भन्नेबित्तिकै आत्तिहाल्नु पर्दैन’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णका अनुसार नेपालको दूग्ध मापदण्ड अनुसार प्रशोधित दूधमा कोलिफर्मको उपस्थित वर्जित छ। ‘तर कोलिफर्म भन्नेबित्तिकै डराइहाल्नुपर्दैन,’ उनी भन्छन्। सबै कोलिफर्म मानव स्वास्थ्यका लागि हानिकारक नहुन पनि सक्छ । 

उनका अनुसार कुनै प्रशोधित दूध ७२ डिग्री सेल्सियसमा १५ सेकेन्ड मात्र तताएको खण्डमा पनि सबै प्रकारका कोलिफर्म नष्ट हुन्छन्। दूध उमालेर खान सकियो भने भएको कोलिफर्म पनि नष्ट हुने महानिर्देशक कर्ण बताउँछन्। नतताईकन खानेलाई चाहिँ कोलिफर्म संक्रमण भएको दूधले हानि गर्छ। 

गाई वा भैंसी दुहुँदा थुनमा गोबर लागेको, भाँडावर्तनको फोहोर, वातावरण सफा नभएको, उचित किसिमले ढुवानी नभएको, चिस्यान केन्द्रको सरसफाइ र भण्डारणको अवस्था, उद्योगमा प्रशोधन गरिसकेपछि पनि उपयुक्त किसिमले प्याकिङ नगर्दा, प्याकिङ गर्ने मेसिनमा फोहोर हुँदा आदि कारण पनि दूधमा कोलिफर्मको संक्रमण हुन सक्ने विभाग बताउँछ। 

यसअघि २०७० सालमा पहिलो पटक थुप्रै ब्राण्डका दूधमा कोलिफर्म जीवाणु फेला परेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

युरियाको ‘हौवा’
पछिल्लो समय दूधमा युरियासमेत मिसिएको खबर आइरहँदा विभागले भने यसको खण्डन गरेको छ। विभागका महानिर्देशक कर्ण भन्छन्, ‘हाम्रो प्रयोगशाला रिर्पोटले दूधमा युरिया मिसाइएको तथ्य फेला परेको छैन।’ 

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको निर्देशनसँगै विभागले गरेको प्रयोगशाला परीक्षणबाट ४० वटा ब्राण्डका दूधमा सोडा (न्यूट्रलाइजर) भेटिएको थियो।

कर्णका अनुसार दूध फाट्नबाट जोगाउने प्रयोजनका लागि खाने सोडाको प्रयोग हुँदै आएको छ। ‘लामो समयसम्म दूधलाई फाट्नबाट जोगाउन सोडा प्रयोग गरेको भेटिएको हो,’ उनले भने। यसले मानव शरीरमा ठूलो असर भने नगर्ने उनले बताए।

पछिल्लो बजार अनुगमनका क्रममा यसको प्रयोग कम देखिएको उनको दाबी छ। 

गुणस्तरमा उद्योगको बदमासी 
विभागको गुणस्तर रिपोर्टले देखाएको अर्को तथ्य हो– दूधमा न्यून गुणस्तर। विभागका अनुसार नमुना परीक्षणबाट १७ वटा ब्राण्डका दूधमा न्यून चिल्लो वस्तु (फ्याट) र ९ वटामा चिल्लो बाहेकका ठोस वस्तु (एसएनएफ) को कमी छ। 

विभागका अनुसार प्रशोधित दूधमा फ्याटको मात्रा कम्तीमा ३ प्रतिशत र एसएनएफको मात्रा कम्तीमा ८ प्रतिशत हुनुपर्छ। मापदण्डभन्दा कम मात्रामा फ्याट र एसएनएफ हुनु न्यून गुणस्तर हुनु हो। ‘यसले शरिरलाई असर त गर्दैन, तर उपभोग्य वस्तु मापदण्ड अनुसारको हुनुपर्छ,’ विभागका महानिर्देशक कर्ण भन्छन्। 

गुणस्तर सुधार्न कानुन परिमार्जनको तयारी 
दूधमा अनेक समस्या देखिएपछि पछिल्लो समय विभागले आचारसंहिता ल्याउने तयारी गरेको छ। विभागका महानिर्देशक कर्णका अनुसार अब दूग्ध किसान, संकलन, चिस्यान र वितरण केन्द्रका लागि छुट्टाछुट्टै आचारसंहिता जारी गर्ने तयारी भएको छ। त्यस्तै, साना डेरी पसलका लागि पनि छुट्टै मापदण्डको तयारी भइरहेको विभागले बताएको छ। 

‘अहिलेका दूधसम्बन्धी आचारसंहिता खाद्य ऐनअनुसारका छैनन्,’ विभागका महानिर्देशक कर्ण भन्छन्, ‘खाद्य ऐनसँग जोडेर आचारसंहिता ल्याउने तयारी गरेका हौं।’ 

कारबाहीका लागि फेरि लिइयो दूधको नमुना 
दूधको गुणस्तर सुधारका लागि विभागले पुनः दूधको नमुना संकलन गरेको महानिर्देशक कर्णले बताएका छन्। गत असारमा गरेको अनुगमन भने बजार अध्ययन तथा अनुसन्धानका लागि भएको उनले बताए। ‘अहिले हामीले कारबाही नै गर्नेगरी नमुना संकलन गरेका छौं, त्यसको प्रयोगशाला परीक्षण भइरहेको छ’ उनले भने, ‘अब पनि दोषी भेटिए कारबाही हुन्छ।’ 

तर, ३० जेठमा कृषि मन्त्रालयले अनुगमनका क्रममा संकलित तथा प्रयोगशाला परीक्षणका क्रममा मापदण्ड अनुरुप नपाइएका डेरी उद्योगहरूलाई प्रचलित खाद्य ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको थियो। मन्त्रालयको उक्त दाबीलाई विभागको भनाइले काटेको छ। 

‘नेपाली उद्योगलाई ध्वस्त पार्न खोजियो’
दूधमा कोलिफर्मको चर्चा चलिइरहँदा डेरी उद्योग संघले भने डेरी उद्योगलाई ध्वस्त पार्ने गलत नियतले गलत प्रचार गरिएको दाबी गरेको छ। संघका अध्यक्ष राधाकृष्ण सापकोटाका अनुसार पछिल्लो दुई साताको बीचमा दूधको उपभोग झन्डै  चौथाइले घटेको छ। 

‘मिल्क होलिडे हुनबाट जोगाउन गरिएको अनुगमनले झन ठूलो मिल्क होलिडे निम्त्याएको छ,’ संघका अध्यक्ष सापकोटा भन्छन्। अनुगमनमा दोषी देखिएकालाई तुरुन्तै कारबाही गर्नुको साटो गलत प्रचारबाजीमा लाग्नु उचित नभएको उनको तर्क छ। 

‘नेपाली डेरी उद्योगलाई सिध्याउने गरी चलखेल भएको छ,’ उनी भन्छन्, ‘यसले सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर हुने लक्ष्यलाई नै असफल बनाउने जोखिम छ।'

—O—

कोलिफर्मले कसरी गर्छ हानि? 

— डा शेरबहादुर पुन
कोलिफर्म एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो। कोलिफर्म बाहिरी वातावरणमा रहेको फोहोर, पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइन्छ। 

यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ। तर, यसमा हुने धेरैजसो ब्याक्टेरियाले मानव स्वास्थमा धेरै हानि भने पुर्‍याउँदैनन्। 

यसलाई सामान्यतः ३ प्रकारले छुट्याएर हेरिन्छ र यसैका आधारमा स्वास्थ्य जोखिम पनि छुट्याइन्छ। सबै कोलिफर्म हानिकारक भने हुँदैनन्।

टोटल कोलिफर्म,  फेकल कोलिफर्म र इको कोलिफर्म गरी कोलिफर्मलाई मुख्यतः ३ प्रकारमा बाँडिन्छ। टोटल कोलिफर्मले  आफूले प्रयोग गर्ने पानीमा फोहर मिसिएको बताउँछ भने फेकलले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ।  त्यसैगरी इको कोलिफर्मलाई फेकल कोलिफर्मको उपसमूहका रूपमा लिने गरिन्छ। इको कोलिफर्मले कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने समेत गराउँछ।

अहिलेसम्म दूधमा कुन खालको कोलिफर्म भेटिएको  भनेर पत्ता लागिसकेको छैन।  विदेशमा जस्तो एकदम हानिकारक महामारी नै फैलिने कोलिफर्म भेटिएको हो या समान्य भेटिएको हो त्यो भने यकिन हुन सकेको छैन।

दूधमा भेटिएका कोलिफर्मको जीवाणुले असर पारिहाल्ने त होइन तर दूध भने मज्जाले  उमालेर खानुपर्छ।  सफा भाँडामा राम्ररी उमालेर खाएमा किटाणु मर्छन् त्यस्तो हानि गर्दैन।

(डा  पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्