• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसदका 'गम्भीर' प्रश्न, प्रधानमन्त्रीका 'हल्का' जवाफ

64x64
किशोर दहाल बुधबार, असार १३, २०७५  १४:३८
1140x725

काठमाडौं- गत जेठ १३ गतेको बैठकमा नेपाली कांग्रेसका सांसद भरतकुमार साहले संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधे। जेठ ७ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि उनको जवाफमा स्पष्टीकरण माग्न चाहनेलाई सभामुखले समय दिएका थिए। पहिलो अवसर पाएका साहले सय दिनको अन्तरमा पेट्रोल, डिजेल, इँटा र सिमेन्टमा भएको मूल्यवृद्धिको फेहरिस्त प्रधानमन्त्रीसामु प्रस्तुत गरे।

'सय दिन पहिले पेट्रोलको दाम ९० रुपैयाँ थियो, आज १ सय ८ छ। सय दिन पहिले डिजेलको दाम ८१ रुपैयाँ थियो, अहिले ९२ छ। सय दिन पहिले एउटा इँटाको १२ रुपैयाँ थियो, आज १५ रुपैयाँ छ। सय दिन पहिले सिमेन्ट बोराको ७ सय ५० थियो, आज १ हजार ५० रुपैयाँ पुगेको छ', साहले विवरण प्रस्तुत गरे।

महँगी बढेको समाचारहरु सञ्चार माध्यममा आइरहेकै थिए। सामाजिक सञ्जालमा पनि प्रशस्तै बहस भइरहेको थियो। तर, प्रधानमन्त्रीले जवाफ दिने क्रममा महँगी रोक्ने पहल भइरहेको वा समाधानका लागि चालिने कदमबारे कुनै ठोस प्रतिबद्धता दिएनन्। दिनदिनै भइरहेको मूल्यवृद्धिलाई '५० पैसा माना घ्यू'सँग तुलना गरेर अति हल्का ढंगले टारिदिए। अर्थात्, प्रधानमन्त्रीले एकजना सांसदको प्रश्नलाई गम्भीर रुपमा लिएर जवाफ दिनुपर्ने आवश्यकता महसुस गरेनन्। बरु मूल्यवृद्धि स्वाभाविक भएकाले सांसदहरुले कुरा बुझ्ने विश्वास व्यक्त गरे।

'के के आइटममा मूल्यवृद्धि भएको भन्नुभयो', प्रधानमन्त्रीले जवाफ दिए, 'उहिले म अलिक सानो हुँदाखेरी ५० पैसा माना घ्यू थियो। ९० रुपैयाँ तोला सुन थियो। अब अहिले त्यो भाउ त धेरै बढिसक्यो। अहिले यो तीन महिनाको कुरो चाहिँ हिसाब गर्नुभएछ साथीहरुले।'

हेर्नुहोस् भिडियोः

प्रधानमन्त्रीले सांसदको प्रश्न आफूलाई अर्थपूर्ण नलागेको समेत बताए। साथै, कृत्रिम मूल्यवृद्धिमा सरकारले ध्यान दिन्छ भन्ने भनेर उनले प्रसंग मोडे। 'प्रधानमन्त्रीले दिने उत्तर त्यस्तो होइन', साहले नेपाल लाइभसँग भने, 'कि त उनले प्रश्न बुझेनन्, कि त गैरजिम्मेवार भएका हुन्।'

गम्भीर विषयलाई पनि हल्काफुल्का ढंगले प्रस्तुत गरिदिन माहिर छन्, प्रधानमन्त्री ओली। उनले भाषणका बेला विपक्षीप्रति गर्ने प्रहारमा पनि प्रशस्तै व्यंग्य पाइन्छ। उनको भाषण हेरिरहँदा उनी बोलिरहेको विषयमा खासै ज्ञान र पूर्वधारणा नभएकालाई पनि प्रशस्तै मनोरञ्जन दिन्छ। उनको त्यही शैली संसदमा पनि दोहोरिने गरेको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सोही दिन साह लगायतका केही सांसदको स्पष्टीकरणमाथि जवाफ दिन रोस्टममा उभिएका प्रधानमन्त्री ओलीले सुरुमै तराईको भाषिकामाथि व्यंग्य गर्दै आफ्नो जवाफ सुरु गरेका थिए। 

'नीति तथा कार्यक्रममा खास समस्या केही कतै रहेनछ भन्ने कुरा मान्यज्यूहरुको प्रश्नबाट देखिन आयो', प्रधानमन्त्रीले भनेका थिए, 'खालि भाषिक समस्या जस्तो लाग्यो। तराईतिर 'स्पष्ट'लाई 'अस्पष्टै' भनिन्छ र 'अस्पष्ट'लाई 'अ–अस्पष्ट' भन्छन्। त्यही समस्या हो कि जस्तो मात्रै देखियो।'

अहिले सत्तापक्षले शक्तिको आडमा संसद् र संविधानलाई बेवास्ता गर्ने गरेको र दम्भ बढेको आरोप लाग्ने गरेको छ। सभामुख र उपसभामुख दुई फरक दलको हुनुपर्ने कांग्रेसको मागलाई सरकारले खासै गम्भीरताका साथ लिएको छैन। बरु, असार ७ गते दाङ पुगेर सभामुख कृष्णबहादुर महराले 'यसबारे प्रश्न उठाउन जरुरी नभएको' भनेर विपक्षीको प्रश्नलाई नै असान्दर्भिक ठहर्‍याए। 

प्रशस्त बहस भएर टुंगिनुपर्ने यस्ता विषयमा सत्तापक्ष उदार नभएको अन्य उदाहरण पनि पाउन सकिन्छ। प्रधानमन्त्रीको 'हल्का' जवाफ प्रश्नलाई असान्दर्भिक ठहर्‍याउने अर्को प्रयास हो।
'प्रधानमन्त्रीमा दम्भ बढेको छ', साहले प्रतिक्रिया दिए, 'त्यसले उहाँलाई नै हानि गर्छ।'

कतिपय बेला प्रधानमन्त्री ओलीको जवाफ नै पदीय मर्यादा र हैसियत अनुसारको प्रतीत हुँदैन। बरु उनी सरकारको कमजोरीलाई विपक्षी वा कहिले कहिलेका संसदीय दाउपेचले छोप्ने प्रयास गरिरहेका हुन्छन्। त्यसको एउटा उदाहरण हो, असार १२ गतेको संसद् बैठक। सो दिनको बैठकमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका उपलब्धिहरु संसदमा सुनाएपछि संसद् नियमावली अनुसार उनलाई प्रश्न सोध्ने अवसर पाएका थिए, कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले। 

'खासगरी चीन भ्रमणमा जानुभन्दा पहिले केही एजेन्डाहरु संसदमा जानकारी गराउनुभएको थियो। त्यसैमध्येको महत्त्वपूर्ण एजेन्डा चीनसँगको व्यापार तथा पारवहन सम्झौताको 'प्रोटोकल'मा यसपटक हस्ताक्षर हुन सकेन। यो हुन नसक्दा अन्य सम्झौताको कार्यान्वयन हुनसक्ने अवस्था रहँदैन। यो किन हुन सकेन? जानकारी चाहियो', बडूले भने।

प्रधानमन्त्रीले आफ्नो सरकारले त्यसका लागि गरिरहेको प्रयासभन्दा पनि दुई वर्षअघि आफ्नो सरकार गिराइएको तुष पोख्ने रुपमा आफ्नो जवाफ सुरु गरे। 

'सन् २०१६ को मार्चमा म प्रधानमन्त्री भएर जाँदा जे समझदारी गरिएको थियो। त्यसको लगत्तैजसो म प्रधानमन्त्रीबाट हटें', उनले भने, 'पहिलो त व्यापार तथा पारवहन सम्झौता नै कहाँ छ भनेर खोज्नै समय लाग्नेगरी कुन पत्रमुनि परेको थियो, त्यसलाई निकालियो। र धूलो टक्टक्याएर त्यसलाई अगाडि बढाइयो।'

प्रधानमन्त्रीका रुपमा ओली २०७२ चैत ७ देखि १४ सम्म चीन भ्रमणमा गएको बेला व्यापार तथा पारवहन सम्झौता भएको थियो। उनलाई २०७३ साउन १९ मा प्रचण्डले प्रधानमन्त्रीबाट विस्थापन गरेका थिए। सो सम्झौताको प्रोटोकलको तयारी र हस्ताक्षरका लागि यस बीचका चार महिना साह्रै कम समय भने होइन। यो किन पनि भने, गत फेब्रुअरीमा प्रधानमन्त्री नियुक्त भएका ओलीले सम्झौताको 'धूलो टकटक्याएर' प्रोटोकलको तयारी गर्दा जुलाईमा प्रोटोकलमा हस्ताक्षर हुने बताइसकेका छन्।

'आउँदो जुलाईमा प्रोटोकल तयार पनि हुन्छ, सम्झौता पनि हुन्छ। संयुक्त वक्तव्यमा पनि यो कुरा लेखिएको छ', जवाफका क्रममा संसदमा उनले भनेका छन्। अर्थात् धूलो टकटक्याएर सुरु गरेका काम पाँच महिनामै (फेब्रुअरीदेखि जुलाईसम्म) पार लाग्ने रहेछ भने उतिबेला भर्खरै सम्झौता भएको तापमै चार महिना पनि प्रशस्तै समय हो।

त्यसो त, सरकारबाट बाहिरिएर प्रतिपक्षी बनेको उनको दल तत्कालीन नेकपा एमालेले सो विषयमा सरकारलाई दबाव दिन कुनै प्रभावकारी प्रयास गरेको थिएन। नयाँ सरकारलाई 'भारतले बनाइदिएको' करार गरेर राष्ट्रवादी बन्ने होडमै उसले महत्त्वपूर्ण समय बितायो।

प्रधानमन्त्रीको जवाफ हल्काफुल्का आउनुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको व्यवहार पनि कम जिम्मेवार छैन। सो पार्टी संसदभित्र पार्टीले पाउने विशेष अधिकार वा सामान्य रुपमा सांसदले गर्नुपर्ने तयारी र प्रतिवाद गरिरहेका छैनन्। प्रतिपक्षलाई चित्त नबुझे संसदमै कुरा उठाउनुपर्ने पूर्वसभामुख ओनसरी घर्ती बताउँछिन्। 

'संसद् जनताको प्रतिनिधिमूलक संस्था भएकाले यसलाई जिम्मेवार बनाउनुपर्छ', उनले भनिन्, 'प्रधानमन्त्रीको उत्तरमा प्रतिपक्षीको थप प्रश्न नभएपछि थप केही भन्ने स्थिति नै छैन। प्रतिपक्षी दलको नेतालाई विशेष समयको सुविधा हुन्छ। तर, प्रधानमन्त्रीको जवाफ चित्त नबुझेको भनेर उहाँहरुले बोल्नुभएकै छैन। बाहिर बोलेको कुराले अर्थ राख्दैन।'

प्रकाशित मिति: बुधबार, असार १३, २०७५  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्