राजविराज– न्यायाधीशहरुमाथि गम्भीर आरोप लगाउँदै कानुन व्यवसायीहरुले मंगलबारदेखि उच्च अदालत जनकपुर राजविराजको इजलास अनिश्चितकालका लागि बहिस्कार गरेका छन्।
उच्च अदालतको इजलास बार इकाइको सोमबार बसेको बैठकले इजलास बहिस्कार गर्ने निर्णय गरेको अध्यक्ष विजय यादवले जानकारी दिए। मुद्दा फैसलामा अनियमितता बढेको र आर्थिक चलखेलका कारण फैसलामा प्रभावित हुन थालेकाले इजलास बहिस्कार गर्नुपरेको उनको भनाइ छ।
गत जेठ २० गते जिल्ला न्यायाधीश नियुक्ति गर्दा न्यायपरिषदले त्रुटिपूर्ण निर्णय गरेकाले त्यसको विरोधका लागि पनि इजलास बहिस्कार गरिएको उनले बताए। १६ जना जिल्ला न्यायाधीश नियुक्ति गर्दा समावेशीको सिद्धान्तलाई पालना नगरिएको कानुन व्यवसायीहरुले आरोप लगाएका छन्।
न्याय परिषदको गत जेठ २० गतेको निर्णय अनुसार यसअघि परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।