काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देश हुदैमा सीमा लेनदेन नहुने बताउँदै लिपुलेकको विषयमा कुनै सम्झौता नहुने बताएका छन्।
नेपालको सीमामा पर्ने लिपुलेकमा भारत र चिनले आपसमा ट्रान्जिट बनाउने सहमति गरेको छन्। तर, त्यसबारे प्रधानमन्त्री ओलीले चीन भ्रमणमा कुरा नउठाएको भनेर मंगलबार संसदमा प्रश्न उठेपछि जवाफमा प्रधानमन्त्री ओलीले नेपालको सीमा कसैले पनि मिच्न नपाउने बताए। भर्खर सम्पन्न भएको भ्रमणका यसबारेमा अध्ययन हुन नसकेकाले ठोस कुरा नउठेको तर यसको समाधान सरकारले गर्ने जवाफ प्रतिनिधि सभामा दिए।
प्रधानमन्त्रीको सम्वोधन पछि नेपाली कांग्रेसका सांसद दिलेन्द्र वडुले लिपुलेक र पारवहन सन्धीका बारेमा प्रश्न गरेका थिए।
‘हाम्रो सीमा सुरक्षित हुनुपर्दछ, हाम्रो सिमा कुनै पनि नाममा मिच्न मिल्दैन’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रो देश जो सँग भन्दा सानो छ , हामी कुनै पनि हिसावले सिमाको सुरक्षा गर्छौ ।’
प्रधानमन्त्री ओलीले यतीकै कुरा उठाउनु भन्दा किनारामा पु¥याउनु उचित हुने भएकाले लिपुलेक वारे कुराकानी नभएको संसदमा बताए ।
‘धेरै कुरा उठाउनु तर कुनै पनि निष्कर्षमा नपुग्नु उचित हुँदैन’ प्रधानमन्त्री ओलीले भने ‘भारतीय भ्रमणका क्रममा पनि मैले केही कुरा उठाएको थिए त्यसका केही परिणाम देखिन थालेका छन् ।’ विराटनगरको भारतीय क्याम हट्नु , जल यातायात, रेल्वे सर्वे, डुवान समाधान गर्ने कुराको परिणाम देखिदै गएको प्रधानमन्त्री ओलीले दावी गरे।
‘चीन सम्वन्धी कुराहरु पनि के विश्वास दिलाउन चाहान्छु भने यसमा कुनै राजनीतिक गर्नु छैन यो देशको प्रश्न हो,’ओलीले भने ‘हाम्रो पुस्ता देशको सीमाको रक्षा गर्न नसक्ने होइन, हिजो भएका कतिपय अनुचित कुरा अव समय फेरिएको छ अव टुङ्गाउन सक्छा ।’ यो सरकार बनेपछि केही विग्रन नदिएको दावी प्रधानमन्त्रीले संसदमा गरे । सीमा विबादमा अध्ययन गरेर टुङ्गो लगाइने भन्दै ओलीले विगतमा गल्ती भएको भए समुचित ढुङ्गमा सम्वोधन गरिने कुरामा आश्वस्त रहन आग्रह गरे।
यो भ्रमणका सरकारी तर्फबाट १३ तथा नीजितर्फबाट ९ वटा गरेर २२ वटा सहमति गरेको प्रधानमन्त्री ओलीले सदनमा जानकारी गराए । पारबहन सन्धीमा सहमती गर्न अध्ययन नपुगेकाले आगामी जुलाईमा हुने प्रधानमन्त्री ओलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।