काठमाडौं– प्रहरीले ‘मिटर ब्याज’का नाइकेका रुपमा चिनिएका महेशबहादुर सिंहको ६ वटा हतियार बरामद गरेको छ। लाइसेन्स लिएर उनले ती हतियार राखेको भएपनि हतियारको दुरुपयोग गरेकाले बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए।
दुइ वटा सटगन, ४ वटा राइफल तथा १ सय ३६ राउन्ड गोली प्रहरीले बरामद गरेको हो। ती हतियारको लाइसेन्स जिल्ला प्रशासन कार्यालय ललितपुरले खारेज गरिसकेको छ।
४ वर्षअघि सिंहलाई प्रहरीले पक्राउ गरी अपहरण र वन्यजन्तुसम्बन्धि मुद्दा चलाएको थियो। त्यसबेला उनको घरबाट हतियार समेत बरामद गरिएका थिए। तर, लाइसेन्स भएको खुलेपछि फिर्ता गरिएको थियो।
चर्काे ब्याजमा पैसा लगाउने र पैसा समयमा फिर्ता नगरे हतियार देखाएर तर्साउने गरेका थिए।
यसअघि प्रहरीले लाइसेन्सवाला हतियार दुरुपयोग गरेको आरोपमा बलराम सापकोटा ‘बले,’ रघु पुरी, काजी शेर्पा तथा वीरेन्द्रलाल श्रेष्ठको हतियार जफत गरेको थियो।

महेशबहादुर सिंह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।