काठमाडौं– यूरोपियन देशको नागरिकता लिएर नेपाल आएका तीन इरानी नागरिकहरु पक्राउ परेका छन्। अध्यागमन कार्यालय, विमानस्थलले आइतबार तीन जनालाई पक्राउ गरी अध्यागमन विभागमा पठाएको छ।
पक्राउ पर्नेहरुमा कालमेटिज जाभेर, दाभुद बोर्डबार र फारजेनेक हसानिराद छन्। जाभेर फ्रान्सको, बोर्डबार चेक रिपब्लिक तथा हसानिराद पोल्याण्डको पासपोर्ट प्रयोग गरी नेपाल आएका थिए।
नीहरुसँग २/२ वटा पासपोर्ट भेटिएको अध्यागमनले जनाएको छ।
उनीहरुले बोकेको यूरोपियन देशको पासपोर्ट नक्कली भएको आशंका गरिएको छ।
मध्यपूर्वी एसियाली देशका नागरिकहरु यूरोप छिर्न नेपाललाई ट्रान्जिट बनाउने गर्दछन्। हरेक हप्ताजसो सिरिया, इरान, इराक लगायत देशका नागरिकहरु नेपालमा पक्राउ पर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।