काठमाडौं– तपाईंले आफ्नो हातमा लगाएको घडी कुन देशबाट खरिद हुन्छ भन्ने अनुमान लगाउनु भएको छ? नेपालमा मुख्यतया २७ मुलुकबाट घडी र त्यसको पाटपूर्जा आयात हुने गरेको छ।
त्यसमध्ये सबैभन्दा बढी स्विट्जरल्यान्डको घडीमा नेपालीको ‘क्रेज’ देखिएको छ। धेरैजसो घडी र पाटपूर्जा नेपालीले स्विट्जरल्यान्डबाट ल्याउने गरेका छन्। भन्सार विभागका १० महिनाको तथ्यांकमा ७२ करोड ५३ लाख १८ हजार रुपैयाँ बराबरको घडी र त्यसको पाटपूर्जा नेपाल भित्रिएको छ।
साथै नेपालमा छिमेकी मुलुक चीन र भारतबाट पनि ठूलो परिणाममा घडी आयात हुने गरेको छ। छिमेकी मुलुक मात्रै नभइ अफ्रिकी मुलुक नामिवियाबाट पनि ५८ हजार रुपैयाँ बराबरको घडी आयात भएको छ।
कुन–कुन देशबाट भित्रिन्छन् नेपालमा घडी?
नेपालमा स्विजरल्यान्ड, चीन, जापान, भारत, थाइल्यान्ड, हङकङ, अमेरिका, फ्रान्स, ताइवान, बेल्जियम, पोल्यान्ड, लेवनान, माल्दिभ्स, कम्बोडिया, बंगलादेश, कतार, जर्मनी, कोरिया, फिनल्यान्ड, स्पेन, नामिविया, मलेसिया, युके, साउदी अरेबिया, सिंगापुर, इटाली, कुवेत लगायतका देशबाट घडी र पाटपूर्जा आयात हुने गरेका छन्।
कुन देशबाट कति रुपैयाँका घडी भित्रिन्छन्?
१. स्विट्जरल्यान्ड– २९ करोड ६७ लाख १७ हजार
२. चीन– १८ करोड ७१ लाख ९५ हजार
३. जापान– ११ करोड ४० लाख ५४ हजार
४. भारत– १० करोड ८४ लाख ४२ हजार
५. थाइल्यान्ड– ११ लाख ७५ हजार
६. हङकङ– ६१ लाख ९५ हजार
७. अमेरिका– ३० लाख ११ हजार
८. फ्रान्स– १० लाख ६७ हजार
९. ताइवान– ४ लाख ९ हजार
१०. कोरिया– २ लाख १३ हजार
११. फिनल्यान्ड– १ लाख २२ हजार
१२. स्पेन– ८२ हजार
१३. नामिविया– ५८ हजार
१४. मलेसिया– ५३ हजार
१५. यूके– ४२ हजार
१६. साउदी अरेबिया– १३ हजार
१७. सिंगापुर– १० हजार
१८. इटाली– १० हजार
१९. कुवेत– ९ हजार
२०. बेल्जियम– ७ हजार
२१. पोल्याण्ड– ६ हजार
२२. लेवनान– ४ हजार
२३. माल्दिभ्स– ४ हजार
२४. कम्बोडिया– ४ हजार
२५. बंगलादेश– ३ हजार
२६. कतार– ४ हजार
२७. जर्मनी– १ हजार
अन्य नाम नखुलाइएका मुलुक– २ लाख २३ हजार।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।