• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दिल्लीस्थित नेपाली दूतावास कार्यवाहक राजदूतका भरमा, जानकार भन्छन्- दुई देशबीचको प्रगाढतामा प्रश्नचिह्‍न

64x64
नेपाल लाइभ आइतबार, असार १०, २०७५  १३:०४
1140x725

नयाँ दिल्ली (भारत)– करिब दुई तिहाइ जनमत प्राप्त वाम गठबन्धनको वर्तमान सरकारले छिमेकी मुलुक भारतका लागि रिक्त राजदूत पदमा नियुक्ति गर्न सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेता प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्री बनाए पनि मन्त्री स्तरकै जिम्मेवारी रहने राजदूतको नियुक्ति सरकार निर्माणको करिब ४ महिना बितिसक्दा पनि गरेको छैन।

गत असोजमा भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्याय राजीनामा गरेर नेपाली कांग्रेसका तर्फबाट निर्वाचनमा उम्मेदवार बन्न नेपाल फर्किएपछि दिल्लीस्थित नेपाली दूतावास कार्यवाहक राजदूतको भरमा छ। प्रधानमन्त्री ओलीले भारत जस्तो महत्वपूर्ण देशको रिक्त राजदूत पदमा तत्काल नियुक्ति गर्न नसक्दा त्यसको असर विकास–निर्माणका परियोजनामा देखिन थालेको छ।  

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतमै गरेका थिए। सरकार गठनको १ सय दिन पनि नपुग्दै भारतीय समकक्षीको निमन्त्रणामा उनी तीनदिने भारत भ्रमण गरेर फर्किए। ओलीले भारत भ्रमण गरेको १ महिना पनि नबित्दै भारतीय प्रम नरेन्द्र मोदीले आफ्नो तेस्रो नेपाल भ्रमण गरे। दुई सरकार प्रमुखले विगतको तिक्ततालाई बिर्साउन हतारमा एक–अर्काे देशको भ्रमण गर्दै दुई छिमेकबीच प्रगाढ सम्बन्ध रहेको दाबी गरे। 

नेपालले भारतसँगको सम्बन्ध उच्च तहमा रहेको दाबी गर्दै आए पनि राजदूत नियुक्तिमा बेलाबखत ढिलाइ गर्दै आएको छ, अहिलेको अवस्था त्यसैको पछिल्लो उदाहरण हो।

प्रम ओलीले भारत भ्रमण गरेलगत्तै नेपाल र भारत सम्बन्धले थप उचाइ कायम गरेको अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिसँगै भारतस्थित नेपाली दूतावासले निकट भविष्यमै राजदूत पाउने अपेक्षा गरिए पनि त्यो समय धकेलिँदै गएको दूतावास स्रोतले जनाएको छ। 

प्रम ओलीको भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौता कार्यान्वयनका लागि पनि राज्यका तर्फबाट स्थायी राजदूत आवश्यक रहन्छ। दिल्लीमा कार्यवाहक राजदूत सहितको टिमले काम गर्दै आए पनि स्थायी राजदूत नहुँदा समस्या भइरहेको दूतावासका एक कर्मचारीले बताए। उनले भने, ‘सरकारले यहाँको अवस्थालाई जतिसक्दो चाँडै बुझ्न सके राम्रो।’ 

नेपालका लागि भारत र चीन दुई छिमेकी राष्ट्र भएको र दुवै देशमा राजदूत नियुिक्तमा ढिलाइ गर्नु उचित नभएको नेपालका पराष्ट्रविदको तर्क छ। पूर्व राजदूत डा दिनेश भट्टराईले सरकारले भारतका लागि राजदूत नियुक्तिमा ढिलाइ गर्न नहुने बताए। 

उनले भने, ‘प्रम ओलीले भारत भ्रमण अगाडि नै राजदूत नियुक्ति गर्न सकेको भए त्यसको प्रभाव छुट्टै पर्थ्यो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री भएपछि पहिलो भ्रमणमा भारत गएका प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई पनि उच्च महत्व दिएर ६ दिने भ्रमण सम्पन्न गरी आइतबार मात्र स्वदेश फर्किए। चीनमा अहिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले नियुक्त गरेका पूर्व मुख्यसचिव लीलामणि पौडेल राजदूत छन्। 

तत्कालीन नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचन उठे पनि पराजित भएका परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईलाई भारतको राजदूत बनाएर पठाउने चर्चा चले पनि पार्टी एकतापछि उक्त चर्चा साम्य भएको पार्टीका एक नेताले बताए। भट्टराईले अहिले प्रम ओली र परराष्ट्र मन्त्री ज्ञवालीलाई आफ्नो विज्ञताका आधारमा परामर्श सेवा सहित सघाउँदै आएका छन्। उनले अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको जेएनयुबाट विद्यावारिधि गरेका छन्। 

नेपाल सरकारले भारतसँगको समबन्धमा प्रगाढता रहेको दाबी गरे पनि व्यवहारमा भने त्यस्तो नसकिएको जेएनयुमा विद्यावारधीरत अम्बिकाप्रसाद जोशीले बताए। 

‘चीनमा राजदूत र भारतमा कार्यवाहक राजदुत हुनुले दुई देशीय सम्बन्धमा के संकेत गर्छ?’, उनी प्रश्न गर्छन्।   

Xtrem

Xtrem

भारतका वरिष्ठ पत्रकार तथा नेपाल–भारत सम्बन्धका जानकार डा हरि देसाईका अनुसार, दिल्लीका लागि काठमाडौंका र काठमाडौंका लागि दिल्लीका दूत सरकार प्रमुखका विश्वस्त सूत्र मानिन्छन्। त्यसैले उक्त तथ्यलाई भारत सरकारले ध्यान दिँदै आएको बताए। कार्यवाहक राजदूत हुनुका अप्ठ्याराबारे प्रस्ट्याउँदै उनले भने, ‘कतिपय अवस्था र विषयमा सरकार तर्फबाट तत्काल जवाफ दिनुपर्ने हुन्छ। त्यतिबेला कार्यवाहक जिम्मेवारीका दूतलाई अप्ठ्यारो हुनेगर्छ।’

त्यही अवस्थालाई ध्यान दिएर नै भारतले नेपालका लागि राजदूत नियुक्तिमा कहिल्यै ढिलाइ नगरेको उनको भनाइ छ।

भारतका लागि पूर्व नेपाली राजदूत रहेका दमन शम्शेरका भतिजा रघु शम्शेरले चीन भ्रमण गरेर फर्किएका प्रधानमन्त्रीले पूर्ण जिम्मेवारीको राजदूत र सेवा वृत्तको कर्मचारी कार्यवाहक राजदूत हुँदाको अन्तर आफैं मनन गरेको हुनुपर्ने बताए। उनले २०१६ सालमा विपी कोइराला सरकार विरुद्ध राजा महेन्द्रले कदम चालेपछि आफ्ना काका दमन शम्शेरसँग तत्कालीन भारतीय प्रम जवाहरलााल नेहरुले जवाफ मागेको र आफूलाई नियुक्त गर्ने प्रमको विश्वासका आधारमा उनले तत्काल जवाफ दिनुपरेको सन्दर्भ सुनाए। 

‘त्यसैले दिल्ली दूतावासको जिम्मेवारीमा कतिबेला के आइपर्छ भन्ने टुंगो नै हुँदैन। चीनमा जस्तै जिम्मेवार व्यक्ति भारतका लागि राजदूत नियुक्त गर्न विलम्ब गर्नु हुँदैन’, उनी सुझाउँछन्। 

धेरै समयसम्म कार्यवाहकका भरमा भारत जस्तो महत्वपूर्ण देशको सम्बन्ध सञ्चालन गर्नु दुई देशबीचको प्रगाढता नझल्किने उनले बताए। 

दुई तिहाइको साथ भएका बेला पनि सरकारले राजदूत नियुक्त गर्न नसक्नु सरकारको कार्यक्षमताकै परीक्षा भएको छ। 

प्रकाशित मिति: आइतबार, असार १०, २०७५  १३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्