• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारतजस्तै चीन भ्रमणका उपलब्धि पनि क्रमशः देखिँदै जानेछन् : प्रधानमन्त्री ओली

64x64
नेपाल लाइभ आइतबार, असार १०, २०७५  ०१:०६
1140x725

- हरि लामिछाने/रासस

ल्हासा– प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्। दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन्। नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताएका छन्।

प्रस्तुत छ, अन्तरवार्ताको सम्पादित अंशः 

अत्यन्त व्यस्त भएर नेपाल र नेपालीका लागि लामो समय खटिनुभएको छ, कसरी मिलेको छ यो ऊर्जा?

-धेरै घण्टा काम गर्ने मेरो आदत नै बनेको छ। सत्र/अठार घण्टा काम गर्दा मलाई त्यस्तो असुविधा हुँदैन। 

चीन सरकारले उच्च सम्मानका साथ यहाँलाई स्वागत गर्यो, यो सँगै १४ बुँदे संयुक्त विज्ञप्ति जारी भइ नै सकेको छ, सारमा यसबाट हामी कत्तिको उत्साहित हुनसक्छौँ? 

-स्वाभाविक रुपमा चीन हाम्रो लगत्तैको मित्रराष्ट्र मात्र होइन, एउटा भरपर्दो तथा सधैँको सहयोगी मित्र राष्ट्र हो। कुनै समस्या नभएको मित्रराष्ट्र हो र हामीलाई सहयोग गर्दै आएको मित्रराष्ट्र हो। यसभन्दाअघि सन् २०१६ को मार्चमा मैले चीन भ्रमण गरेका बेला जुन सहमति भएको थियो, जुन संयुक्त प्रेस विज्ञप्ति प्रकाशित भएको थियो। त्यस बेलाका कुरा नै ऐतिहासिक कुरा हुन्। नेपाललाई नयाँ युगमा प्रवेश गराउने र नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ती सम्झौता संयुक्त विज्ञप्तिले देखाएका थिए। तीनै सम्झौतालाई आगडि बढाउने र अरु थप समयानुकूल लिने हाम्रा आवश्यकता हुन्। तदअनुसार नै हामीले कुराकानी गर्यौँ, हामी यथार्थमा आशावादी नहुनुपर्ने कारण नै छैन। 

हामी आशावादी भएका छौँ। हाम्राबीचमा भएका थुप्रै सहमतिहरु र संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा त्यो विषय उल्लेख भएको छ। सरकारी क्षेत्र र निजी क्षेत्रको लगानी अभिवृद्धि र सरकारी क्षेत्रका सहयोगका पक्षहरु सबै कुरामा हामी अगाडि बढेका छौँ। त्यसमा कोही पनि असन्तुष्ट हुनुपर्ने कारण नै छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीज्यू, यो भ्रमणको सबैभन्दा चासोको विषय रेलमार्गको थियो, बेइजिङमा भएको सहमतिले केरुङ–काठमाडौँ रेलमार्गको सम्भावनालाई कत्तिको बलियो बनाएको छ? 

-अवश्य नै यो सर्वेक्षण गरिनसकेको विषय हो। अहिलेसम्म हाम्रो इच्छामा निर्भर रहेको विषय हो। चिनियाँ राष्ट्रपति सी जिनपिङले काठमाडौँसम्म रेल पुर्याउने आफ्नो भिजनका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो। यो रेल सिगात्से पुगेको छ, अब त्यहाँबाट केरुङ हुँदै काठमाडौँ र पोखरा तथा लुम्बिनीसम्म पुग्ने हो। अहिलेको हकमा काठमाडौँ न्यूनतम गन्तव्य हो। 

यसमा मानिसहरु अनौठो के मान्छन् भने दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, तर हामीले इनल्याण्ड वाटरवेज (आन्तरिक जलमार्ग) को कुरा गर्दा, नदीको बाटोबाट पानीजहाज चलाउँदा पनि अनौठो माने मान्छेले, तर हामी काम गर्दैछौँ र हामी छिटो नै सुरु गर्दैछौँ। हामीले बन्दरगाह चलाउँछौँ, पानीजहाज चलाउँछौँ भन्दा पनि अनौठो माने। हामीले वैकल्पिक मार्गहरु र पारवहनको बन्दोबस्त गर्छौँ भन्दा अनौठो माने। अरु कतिपय हामीले नेपाललाई आधुनिक युगमा स्तरोन्नति गर्ने कुरा गर्दा अनौठो माने, तर यो अनौठो मान्नुपर्ने कुरा होइन। 

अबको समयमा राजनीतिक र कूटनीतिक सम्बन्धका हिसाबले, प्रणाली, सामाजिक प्रबन्धका हिसाबले, सुशासनका हिसाबले अथवा आर्थिक विकासका हिसाबले कसरी अगाडि जाने नेपाल? त्यसैले मैले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दिएको हो। त्यो अकारण छैन। त्यसैअन्तर्गत हाम्रो रेलको सम्बन्धमा कुनै देशबाट ल्याएर हाम्रो सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन। पूर्व–पश्चिम रेलको कुरा, राजधानीसम्म आउने रेलको कुरा, काठमाडौँ–पोखरा जाने रेलको कुरा, काठमाडौँ उपत्यकाभित्र चल्ने रेलको कुरा, अथवा थानकोट–धुलिखेल चल्ने रेल अथवा काठमाडौँ–वीरगञ्ज चल्ने रेलको कुरा नेपाललाई आधुनिक युगमा प्रवेश गराउने कनेक्टिभिटी (सम्पर्क सञ्जाल) हो। सम्पर्क सम्बन्धका, आवागमनका, परिवहनका सबै माध्यम र सूचना र सम्बन्धका सबै क्षेत्रलाई आधुनिक ढंगबाट विकासका लागि प्रयोग गर्नुपर्छ। त्यसो भएकाले रेलमार्गसम्बन्धी प्रश्न फेरि उठेको छ र यसको अध्ययन टुंग्याउने र कामहरु अगाडि बढाउने अवधारणामा हामी गएका छौँ। 

Xtrem

Xtrem

नेपाली कार्गो ट्रान्सपोर्टका लागि बेइजिङमा सहमति भएको र त्यसको लगत्तै प्रधानमन्त्रीज्यूसँग तिब्बतको सरकारका प्रमुखले पनि भेटवार्ता गर्नुभयो। त्यो सहमति र भेटवार्तालाई एकै ठाउँमा राखेर हेर्दा अब नेपालीले कस्तो लाभ लिन सक्छन्?

-त्यो सहमति भएको छ। हामीलाई हाम्रै उत्तरी भेगमा एक ठाउँबाट अर्को स्थानमा पुर्याउनका लागि धेरै ठूलो समस्या थियो। अथवा, उत्तरी भू–भागको एक ठाउँबाट अर्को भू–भागमा जान मात्र होइन कि, औषधि पुर्याउनु परेमा, राहत तथा उद्धारका सामग्री पुर्याउनु परेमा, महामारीको बेलामा आवश्यक सामग्री पुर्याउनु परेमा, त्यस्ता बेलामा सामान पुर्याउन अप्ठ्यारो थियो। त्यस्तो बेलामा अस्थायीरुपमा आग्रह गरेर तिब्बती राजमार्ग प्रयोग गर्ने गथ्र्यौं। जतिबेला समस्या पर्छ त्यतिबेला काम सुरु गथ्र्यौं। अब त्यो अवस्था अन्त्य भएको छ। हामीले तत् सम्बन्धमा चीनको तिब्बतको राजमार्गलाई प्रयोग गर्न सक्ने र उत्तरी भेगको कुनै पनि भेगमा हामीले सामान पुर्याउन सक्ने भएका छौँ। धैरै अनुकूलता भएको छ। अब तिब्बत सरकारका प्रमुखसँग मैले दुईपल्ट कुरा गर्दा उहाँहरु यसमा अत्यन्त सकारात्मक हुनुहुन्छ। उहाँहरुको भावना सकारात्मक छ। उहाँहरुको सहयोग सकारात्मक ढंगले सहयोगी भावनाका साथ अगाडि बढ्छ। 

यहाँले पटक–पटक भन्दै आउनुभएको परियोजना भन्दा ठूलो मित्रता हो भनेर मित्रताको कसीलाई हेर्दा यो भ्रमणले दुई देशबीचको सम्बन्धको उचाइलाई कहाँ पुर्याएको छ, यसलाई कसरी लिनुभएको छ? 

-यो त असाधारण छ, अपूर्व छ। सन् २०१६ को सहमति र संयुक्त विज्ञप्ति असाधारण थियो। त्यसै गरेर यसले त्यसैलाई अझ अगाडि बढाएको छ। असाधारण छ, यो अभूतपूर्व छ। 

नेपाल–चीन र नेपाल–भारतका विषयमा जति पनि कुरा आएका छन्, असल छिमेकीको सम्बन्ध राखेर जानुपर्ने अवस्थामा चीनका राष्ट्रपति सीसँग आधाघण्टाभन्दा बढी समय व्यक्तिगत वार्ता गर्नुभयो। के नयाँ युगमा नयाँ दृष्टिकोण बन्दै गएको हो भन्न सकिन्छ? 

-अवश्य नै, चिनियाँ राष्ट्रपतिज्यूसँग मेरो ३५–४० मिनेट व्यक्तिगत कुराकानी भयो। त्यसपछि ३५–४० मिनेट जति समूहमा कुरा भए। त्यसपछि सम्माननीय प्रधानमन्त्री लि खछ्याङसँग एक घण्टा वार्तास्थलमा कुराकानी भयो। एक घण्टाभन्दा बढी व्यक्तिगतरुपमा कुराकानी भए। त्यसले सम्बन्धलाई बहुआयामिक ढंगले सुदृढ गर्न बहुतै महत्वपूर्ण भूमिका खेलेको छ। 

यतिबेला म भन्न चाहन्छु, नेपालले कुनै हल्काफुल्का क्षणिक कूटनीति गर्न चाहेको छैन, गरिरहेको छैन, गर्न चाहिरहेको छैन। कसैले कार्ड प्रयोग गर्ने भन्ने शब्दावली प्रयोग गर्छन्, उत्तरी कार्ड, दक्षिणी कार्ड भन्ने प्रयोग गर्छन्। हामी कार्ड प्रयोग गर्ने होइन, मित्रता अगाडि बढाउन चाहन्छौं, दुवै छिमेकीसँग। यसभित्र कुनै कार्ड खेल्न खोजिने हाम्रो मनसाय हुन पनि सक्दैन, छँदा पनि छैन। र, हामी त्यस्ता कुरामा विश्वास गर्दैनौँ। हामी मित्रतामा विश्वास गर्छौं। हाम्रो मित्रता र हामी हाम्रा छिमेकीसँग पनि मित्रता अभिवृद्धिका लागि हाम्रो मित्रता उपयोग हुन सकोस्। हामी अरुको मित्रतामा सहयोगी हुन सकूँ, त्यो भूमिका खेल्न सकूँ भन्ने चाहन्छौँ। 

अन्तमा, चीन भ्रमणमा हुनुहुन्छ, केही समयअघि भारतको भ्रमण गर्नुभयो, जनता व्यग्र प्रतीक्षामा छन्। चीन भ्रमणको स्पष्ट सन्देश के हो? 

-व्यावहारिकरुपमा त मैले पहिले भारत भ्रमण गरें। त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्नुभयो। त्यसपछि फटाफट काम हुन थाल्यो। त्यो व्यवहारमा देखिएको छ। चीन भ्रमणका उपलब्धि पनि क्रमशः देखिँदै जानेछन्। रेलजस्तो कुरा आजको भोलि कुनै जादु होइन, तर सर्वे तुरुन्त प्रारम्भ हुन्छ। प्रक्रिया सुरु हुन्छ। विभिन्न जलविद्युत् आयोजना, औद्योगिक पार्कहरु र उद्योगहरु तथा सहयोगका क्षेत्रहरु विस्तार हुन्छन्, काम सुरु हुन्छ। र, द्रूतगतिले काम सुरु हुन्छ। त्यसैले यी सबै कुरा प्रमाणित हुन्छन्। 

मानिसहरु सोचिरहेका हुन्थे, कूटनीति भनेको नबोल्नु, चुप लाग्नु हो। कतिले जे गरेपनि सहनुलाई कूटनीति ठान्ने, कतिले एकतिर ढल्कनुलाई कूटनीति ठान्ने र कतिले चिप्ला कुरालाई कूटनीति ठान्ने होइन, हामी त राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर न्यायोचित कुरालाई केन्द्रमा राखेर, अन्तर्राष्ट्रिय कानून र अब्लिगेसन (प्रतिवध्दता)लाई केन्द्रमा राखेर न्यायोचित ढंगले अगाडि बढ्छौँ। र, मैत्रीभावलाई सबैभन्दा मुख्य स्थानमा राखेर अगाडि बढ्छौँ भने हाम्रा नीतिहरु ठीक छन्, सही छन्। हामी यी नीतिमा सफलताकासाथ अगाडि बढेका छौँ, जो व्यवहारले देखाएको छ।

प्रकाशित मिति: आइतबार, असार १०, २०७५  ०१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्