• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
डिजिटल बैंकिङमा ‘भ्यागुते छलाङ’आवश्यक छ, हामी त्यसमा तयार छौं : अनिलकेशरी शाह [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ आइतबार, पुस ११, २०७८  ०९:०५
1140x725

कोरोना माहामारी सुरू भएयताको दुई वर्षमा बैंकहरूले डिजिटल बैंकिङलाई आक्रामक रूपमा अगाडि बढाएका छन्। नेपाल राष्ट्र बैंकले पनि बैंकहरूलाई डिजिटल कारोबारमा अग्रसर भएर लाग्न प्रेरित गर्दै आएको छ। नेपालमा अग्रस्थानमा रहेर डिजिटल बैंकिङ सेवा दिने बैंकमध्ये एक हो, नबिल बैंक। नबिलले विभिन्न प्रोडक्टहरू ल्याएर डिजिटल बैंकिङमा ग्राहकहरुलाई आकर्षित गरिहेको छ।

केही समयअघि नबिल बैंकले डिजिटल बैंकिङलाई सहज बनाउनका लागि ‘डिजी बैंक’ स्थापना गरेको थियो। कोरोना महामारीका बेला नबिलको डिजी बैंक प्रभावकारीसमेत बनेको थियो। निषेधाज्ञामा सामान्य बैकिङ काम र कारोबारका लागि बैंक धाउनु नपर्ने अवस्था भइसकेको नबिल बैंकका अधिकारीहरू बताउँछन्। डिजिटल बैंकिङमा नबिल बैंकको यात्रा, मुलुकमा जारी तरलताको समस्या तथा समग्र बैंकिङ क्षेत्रसँग सम्बन्धित विषयमा केन्द्रित रहेर नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहसँग नेपाल लाइभकी सुमित्रा कार्कीले गरेको कुराकानी:

नबिल बैंक अहिले डिजिटल बैंकिङ सेवामा अगाडि देखिन्छ, बैंकको डिजिटल यात्रालाई यहाँसम्म ल्याउन कसरी सम्भव भयो? 
पहिले हामीले डिजिटलको जे प्रोडक्ट लिएर आए पनि बजारमा त्यत्ति महत्त्व थिएन। आज यसको महत्त्व बढेको छ। अहिले मान्छेले औषधिदेखि तरकारी किन्नसम्म डिजिटल बैंकिङको प्रयोग गरेका छन्। अहिले मान्छेले आफ्नो घरमै डेलिभरी होस् वा अन्य पैसा तिर्नुपर्ने काम पनि आफ्नो फोनबाटै होस् भन्ने चाहन्छन्। ग्राहकले यो चाहन्छन् भने यसमा हामी कसरी काम गर्ने भनेर नबिल बैंकले ‘नबिल डिजी बैंक’ भनेर एउटा डिजिटल बैंकिङ सफ्टवेयर तयार गर्‍यो। यसमा धेरै गृहकार्य गरेर हामीले ‘नबिल स्मार्ट बैंक’को एउटा डिजी पोर्टल लञ्च गरेका छौं। 

पहिले बैंक भनेको मान्छे जाने ठाउँ थियो। मान्छे बैंकमा जाउन् भन्ने गरिन्थ्यो, अब कोही पनि बैंकमा गएर लाइन बसेर पैसा जम्मा गर्नुपर्छ भन्ने छैन। अहिले मान्छेहरु घरबाटै बैंकको हरेक काम गर्न चाहन्छन्। बैंक भनेको अब एउटा सेवा हो। त्यो बुझेर नबिल बैंकले डिजी बैंकको अवधारणा ल्याएको हो। यसमै आधारित रहेर हामी डिजिटल प्लेटफर्ममा अगाडि बढेका छौं। यसले गर्दा नै नबिल बैंक डिजिटल सेवामा ‘नम्बर वान’ बैंकमा परेको छ। नबिल बैंक भोलि पनि नम्बर वान नै बनिराख्ने हो भने हामीले हाम्रो बैंकलाई आन्तरिक र वाह्य क्षेत्र दुवैमा डिजिटल बनाउन आवश्यक छ। त्यसमा नबिल बैंक लागिपरेको छ। हामीलाई विश्वास पनि छ, हामी यसमा सफल हुनेछौं।

डिजिटल बैंकको पहुँच अहिले पनि दूरदराजसम्म पुग्न सकेको छैन। ती ठाउँका जनतासम्म पहुँच पुर्‍याउन के गर्दै हुनुहुन्छ?
डिजिटल बैंकिङलाई दूरदराजसम्म विस्तार गर्न एउटा 'इकोसिस्टम' बनाउन आवश्यक छ। नेपाल सरकारले हामीलाई रूपैयाँ (नोट) दिन्छ। रूपैयाँले हामी जहाँ पनि गएर वस्तु किन्न सक्छौं। रूपैयाँबाट सेवा लिन्छौं। त्यो रूपैयाँ नै कहीँ पनि लिँदैन भने त त्यो रूपैयाँ बोकेर के गर्ने? त्यो रूपैयाँ त्यहाँ एउटा कागजमात्रै हो भन्ने खालको धारणा बनाउन आवश्यक छ। यसपछि मानिसहरुलाई डिजिटल बैंकिङ भनेको पनि पैसाको कारोबार जस्तै हो भन्ने विश्वास दिलाउन आवश्यक छ।

दूरदराजसम्मका सामान्य नागरिकको हातमा स्मार्ट फोन छ। किनभने, उहाँहरुको परिवारका कोही न कोही एक व्यक्ति विदेशमा हुनुहुन्छ। उहाँहरुलाई त्यहाँ कुरा गर्नका लागि स्मार्ट फोनको आवश्यकता पर्छ। यस कारण पनि अहिले गाउँमा स्मार्ट फोन र इन्टरनेटको सेवा पुगेको छ। यही स्मार्ट फोनमा हामीले अब बैंकको एउटा सफ्टवेयर पनि हाल्दिन्छौं। तर, हामीले दिएको त्यो सफ्टवेयरमार्फत् किराना पसलमा गएर डिजिटल बैंकिङ प्रयोग गरेर सामान खरिद गर्न सकिन्छ कि सकिँदैन? त्यो अवस्थाको अध्ययन गर्नुपर्ने आवश्यकता छ। 

त्यसबाट हामीले सरकारको कर तिर्न सक्छौं कि सक्दैनौं? त्यसको इकोसिस्टम बनाउन आवश्यक छ। अहिले टिजिटल बैंकिङ सहर केन्द्रित भएर सञ्चालनमा आएको छ। अहिले सहरी क्षेत्रमा साइकलमा हिँड्ने तरकारीवालाले पनि क्यूआर कोडबाट पैसाको कारोबार गरिहेका छन्। भाटभटेनीजस्ता ठूला सपिङ मलले पनि क्यूआर कोडको माध्यमबाट कारोबार गर्न थालेका छन्। अब यही इकोसिस्टमलाई दूरदराजसम्म विस्तार गर्ने हो। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा स्मार्ट फोन सबैको हातमा आइसकेको छ। सर्वसाधारणको हातमा हार्डवेयर आइसकेको छ।

Ncell 2
Ncell 2

हामीले त्यसको लागि सफ्टवेयर पनि बनाइसकेका छौं। अब यसमा इकोसिस्टम बन्यो भने हामीले गाउँ-गाउँमा पनि सजिलै डिजिटल बैंकिङ सेवा लैजान सक्छौं। गाउँ-गाउँसम्म डिजिटल बैंकिङबाट कारोबार गर्न सर्वसाधारणलाई जागरूक गराउन सकिन्छ। त्यसपछि मान्छे खल्तीमा किन पैसा राख्ने? भन्ने सोचमा आउनसक्छ। अहिले कतिपय देशमा पैसा चल्दैन, कार्ड चल्छ। यस कारण नेपालमा पनि यो सम्भव छ। अहिले मित्रराष्ट्र चीनमा नै हेर्ने हो भने त्यहाँ कार्ड पनि हैन, सबै कारोबारको काम फोनबाटै हुने गरेको छ। त्यही भएर नेपालमा पनि डिजिटल बैंकिङमा ‘भ्यागुते छलाङ’को आवश्यकता छ। नबिल बैंक डिजिटल बैंकिङमा त्यो भ्यागुते छलाङ मार्न तयार छ। हामी क्यासबाट चेक, चेकबाट कार्ड नभइ एकै पटक डिजिटल बैंकिङमा जान चाहन्छौं। यसमा हाम्रो टिम लागिपरेको छ। 

डिजिटल बैंकिङ दूरदराजसम्म पुर्‍याउन सकिने सम्भावना र चुनौतीहरू के-के छन्? 
यसको धेरै ठूलो सम्भावना छ। किनभने, हामीकहाँ युवाहरूको संख्या धेरै छ। हाम्रो जनसंख्याको उमेर ६०/७० भन्दा माथि भएको भएदेखि (जस्तैः जापानमा छ), यस्तो प्रयोग बढाउँछु भनेर आँट्न धेरै गाह्रो हुन्थ्यो। किनभने, त्यहाँ (जापानमा) वृद्ध उमेर समूहका मान्छे धेरै छन्। त्यस कारण त्यो उमेर समूहकालाई नयाँ प्रविधि सिक्न गाह्रो हुन्छ। तर, हाम्रो जनसंख्यामा त्यस्तो छैन। सबै नयाँ जेनेरेसनका मान्छेहरू छन्। यसले गर्दा नयाँ कुरा सिक्न/सिकाउन सजिलो हुन्छ।

यस्तै, कोभिडले मान्छेमा ‘फेस-टु-फेस’भन्दा डिजिटल्ली कारोबारमा आकर्षण बढेको छ। आज मेरो घरको उदाहरण दिने हो भने मेरी श्रीमतीले बजारमा गएर तरकारी तथा घरका लागि आवश्यक अन्य सामान किन्नुहुन्न। अनलाइनबाटै तरकारी किनेर अनलाइनबाटै त्यसको पैसा भुक्तानी गर्नुहुन्छ। त्यो सबै काम फोनबाटै हुन्छ। नेपाली युवा अहिले रोजगारीको लागि आवेदन दिन फाराम बोकेर कुनै कार्यालय धाउनुपर्ने बाध्यता छैन। फोनबाटै आवेदन दिएर फोनबाटै आवेदनको सबै दस्तुर बुझाउन सक्छन्।

मैले युवालाई एउटा प्रश्न गरेको थिएँ- आज व्यापार गर्न सबैभन्दा महँगो के छ? उनीहरूले सटरभाडा भनेका थिए। तर, अहिले डिजिटल प्रयोगले त्यसको पनि समाधान गरेको छ। एउटा व्यवसायीले अब आफ्नै घरमा सामान उत्पादन गरेर अनलाइन पोर्टलको माध्यमबाट होम डेलिभरिको व्यवस्था गरिदिन सक्छ। त्यहीँ अर्डर हुन्छ, त्यहीँबाट डेलिभरि हुन्छ। भाडाको झण्झटबाट ऊ मुक्त भएको छ। कोरोना महामारीले असर पक्कै पुर्‍याएको छ, तर यसलाई ‘सिल्भर टाइम’ पनि भन्न सकिन्छ। यसले युवालाई कसरी नयाँ तरिकाले व्यापार व्यवसाय गर्ने भन्ने कुरा पनि सिकाएको छ। यसमा डिजिटल बैंकिङको धेरै ठूलो भूमिका छ।

shivam cement

shivam cement

डिजिटल बैंकिङमा पछिल्लो समय सुरक्षाको प्रश्न पनि आइरहेका छन् नि?
सर्वप्रथम त बैंकले सुरक्षा दिनेभन्दा पनि त्यसमा सुरक्षित रहन ग्राहकलाई सचेत गराउने हो। यसमा यस्तो खालको असुरक्षा हुन्छ, त्यसमा सावधान रहनुस् भन्ने हो। सुरक्षाको बारेमा बैंकहरुले मात्र नभएर नेपाल प्रहरीले पनि नागरिकलाई सचेत गराइरहेको छ। प्रहरीले साइबर सेक्युरिटी भनेर ती मेसेजहरू जनतासामू पुर्‍याइरहेको छ। नेपाल सरकारले हरेक क्षेत्रबाट साइबर सुरक्षालाई एकदमै प्रोत्साहन गरिरहेको छ। सबै जनाले डिजिटल बैंकिङमा असुक्षित के छ? सुरक्षित के छ? त्यो कुरा बुझ्न आवश्यक छ। सुरक्षा सावधानी त चेकमा पनि अपनाउन आवश्यक छ। यसमा पनि जोखिम छ। यदि तपाईंको चेकमा साइन गरेर हराउनुभयो भने त्यो चेक कसैले बैंकमा गएर झिक्न सक्छ।

अर्को, एटीएम ह्याकको कुरा छ। आजसम्म नेपालको बैंकिङ क्षेत्रमा कम्प्युटर ह्याकको कुरा आएको छैन। कम्प्युटर ह्याक भएर पैसा चोरी भएको छैन। ह्याक गर्ने कोसिसमात्र भएको छ र ती कोसिस गर्नेहरु समातिएका छन्। नेपालको वित्तीय इतिहासमा त्यस्तो ठूलो ह्याक भएको छैन।
 
बरु बन्दुक बोकेर आएर धेरैवटा शाखाहरुमा चोरी भएका उदाहरणहरु छन्। बाटोमा मोटरमा भएको पैसा लुटेर पनि भागेका उदारणहरु धेरै छन्। यसलाई हेरेर  बैंकिङ क्षेत्रमा एकदम खतरा मात्र रहेछ भन्न मिल्दैन। यस कारण जोखिम जुन कुरामा पनि छ। यसलाई सुरक्षित बनाउनका लागि हामी आफैं सुरक्षित हुन आवश्यक छ। बैंकले पनि सुरक्षाका लागि विभिन्न साइबर सुरक्षाको वालहरु राखेको छ। सेक्युरिटी मेजरहरु राखेको छ। डिजिटल्ली ह्याक गरेर पैसा लैजाने चान्स त हुन्छ नै। तर, बन्दुक देखाएर नगद लुटेर लैजाने जोखिम जति हुन्छ, डिजिटल बैंकिङमा त्यो जति जोखिम छैन।

डिजिटल बैकिङको यात्रा सुरु भइसकेको छ, १० वर्षपछि यो कहाँ होला? 
अहिले नबिल बैंकले डिजिटल बैंकिङमा सानो प्रयासमात्र गरेको छ। अहिले स्मार्ट फोनबाट मात्र डिजिटल बैंकिङको सुरुआत भएको छ। आउने १० वर्षमा नबिल बैंकको शाखा एकदमै कम हुन्छ, तर यसको व्यवसाय बढेर जान्छ। आउने वर्षमा फिजिकल एकदमै कम भएर डिजिटल बैंकिङ बढेर जान्छ। यसमा अनलाइन बैंकिङ कारोबारले बैंकको व्यवसायलाई बढाउनेमा हाम्रो पूर्ण विश्वास छ। अहिले विश्वको सबैभन्दा विकसित देशमा बैंकमा गएर कारोबार गर्ने काम नै हुँदैन। सबै काम डिजिटल बैंकिङबाटै हुन्छ। खाता खोल्नेदेखि सबै कारोबारको काम फोनबाटै हुन्छ। बैंक जाने भनेको समस्या आयो भने मात्र हो। नेपालमा पनि त्यो दिन आउँछ। फोन भनेको पहिले क्यार... क्यार... हेल्लो... भन्ने मात्र काम हुन्थ्यो। एसटीडी, आईएसटीडी गर्नु छ भने अपरेटरलाई फोन गरेर बुक गर्नुपर्ने अवस्था थियो। 

आज मोबाइल फोन बोकेर अधिकांश नेपाली गाउँमा छन्। नाम्चेमा होस् वा काठमाडौंमा सबैको हातमा स्मार्ट फोन छ। त्यो क्यार.. क्यार... गर्ने फोन चलाउने समयमा डिजिटल बैंकिङ सम्भव छ र? भनेको भए त्यतिबेला सोच्नुपर्ने बाध्यता हुन्थ्यो। अबको १० वर्षमा भैँसीको कारोबार गर्ने किसानले पनि क्यूआरको माध्यमबाट पैसा तिर्ने छन्। गाउँको तरकारी खेती गर्ने किसानले पनि क्यूआरको माध्यमबाट पैसा तिर्ने तथा लिने व्यवस्था गर्नेछ। अबको केही वर्षमै दसैंको दक्षिणा पनि क्यूआरबाटै पठाउने चलनको विकास हुनेछ। अबको तीन वर्ष, पाँच वर्ष वा १० वर्षमा यस्तो ‘भ्यागुते छलाङ’ अवश्य आउनेछ।

हामी डिजिटल बैंकिङको कुरा गरिरहेका छौं, नेपालका बैंकहरूको क्रेडिट कार्ड आफै पनि विदेशमा चल्नसक्ने वातावरण नबन्नुको कारण के हो? 
नेपाली बैंकको क्रेडिट कार्ड विश्वमा नचल्ने हैन। अहिले बैंकहरुले डलर कार्ड ल्याएका छन्। त्यो कार्ड विश्वभर नै चल्छ। हाम्रो नेपाली रूपैयाँ चाँहि संसारभर सबै देशमा चल्नसक्ने अवस्था छैन। बैंकको कार्ड नचलेको हैन, हाम्रो रुपैयाँ नचलेको हो। हाम्रो करेन्सी (मुद्रा) भनेको एउटा बन्द करेन्सी हो। हाम्रो रुपैयाँ डलर, युरो जस्तो हैन। यस कारण नेपाल सरकारले विदेश जाँदा १५ सय डलर साटेर लैजान पाउने व्यवस्था गरेको छ। नेपालको बैंकको प्रविधि नभएर विदेशमा नेपालको बैंकको कार्ड नचलेको हैन। नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको नियमनका कारण हाम्रो करेन्सीको कार्ड नचलेको मात्र हो।

जुन दिन नेपालको करेन्सी फ्रि-करेन्सी हुन्छ, त्यो दिनबाटै नेपालको कार्ड विश्वभर चल्छ। आज विदेशमा गएर यस्तो कार्ड चलाउन चाहनेका लागि बैंकहरुले आईकार्ड भनेर ल्याएको छ। यसमा जो नेपालीको प्यान कार्ड छ, यस्ता नागरिकले ५०० डलरसम्मको वर्षमा नेपालमै बसेर डिजिटल माध्यमबाट संसारभरि नै खर्च गर्न पाउने व्यवस्था छ। अहिले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सोच पनि यसमा सकारात्मक छ। उनीहरुको सोच अहिले धेरै 'प्रोगेसिभ' छ। त्यो नभइ यो डिजिटल नै आउने थिएन। किनभने, डिजिटल आउँदा हाम्रो इकोसिस्टममा आउन सक्दैनथ्यो। यस कारण डिजिटाइजेसनमा पनि सबैजना हातेमालो गरेर अगाडि बढ्यौं भने चाँडै यसलाई माथि पुर्‍याउन सकिन्छ।

बैंकिङ क्षेत्रमा तत्काल र दीर्घकालीन रुपमा सुधार गर्नुपर्ने कुराहरु के-के छन्?
अहिले नेपालको अर्थतन्त्र जुन स्थितिमा छ, जुन साइजका वित्तीय संस्थाहरू छन्, यसमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ। त्यो चाहिँ हामीले नै म म गरेर यही आर्थिक वर्षमै ‘कन्स्ट्रक्टिभ कम्पिटिसन’ तिर जानु आवश्यक छ। कम्पिटिसन (प्रतिस्पर्धा) हुनुपर्छ, तर कन्स्ट्रक्टिभ कम्पिटिसनमा जानु आवश्यक छ। अहिले अर्थतन्त्रमा तरलताको संकट छ। यो पनि बैंकहरुको अस्वस्थ प्रतिस्पर्धा भएको कारण नै भएको हो। बैंकले धेरै मात्रामा कर्जा प्रवाह गर्दा पनि बजारमा पछिल्लो समय लगानीयोग्य रकमको अभाव भएको छ। बैंकहरुले राम्रो सेवा ल्याएर प्रतिस्पर्धा गर्नुपर्‍यो। उदाहरणका लागि, एउटा प्लेनमा इकोनोमी क्लास हुन्छ, फर्स्ट क्लासको टिकट हुन्छ। फर्स्ट क्लासको टिकट इकोनोमिक क्लासकोभन्दा पाँच गुणा बढी महँगो हुन्छ। तर, मान्छेले त्यो रोजेर जान्छन्। प्लेन ल्यान्ड गर्ने ठाउँ एउटै हो। पुग्ने गन्तव्य पनि एउटै हो। पुग्ने समय पनि एउटै हो। तर, सर्भिस राम्रो छ भनेर उसले सर्भिस लिनको लागि फर्स्ट क्लासको टिकट किनेको हुन्छ। वित्तीय सेवा पनि कन्स्ट्रक्टिभ कम्पिटिसनमा लाग्नुपर्‍यो।

अर्को, मलाई सबैभन्दा चिन्ता लाग्ने विषय भनेको जनशक्तिको हो। नेपालमा वित्तीय क्षेत्रलाई राम्रो बनाउने काम गर्ने भनेको जनशक्तिले हो। हामीले जनशक्तिको गहिराइ बढाउन आवश्यक छ। किनभने, बैंकिङ भनेको रिस्क भएको क्षेत्र हो। हामीले रिस्क त लिन्छौं तर त्यो रिस्कलाई म्यानेज गर्ने मान्छे पनि चाहियो। जनशक्ति छैन भने समस्या हुनसक्छ। त्यस कारण जनशक्ति अभाव चाहिँ पहिलो समस्या हो। 

बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण तरलता अभाव भयो भनिन्छ, जुन कुरा तपाईंले पनि स्वीकार गर्नुभयो। अस्वस्थ प्रतिस्पर्धा मात्रै हो या अरु के-के कारण छन् यसमा?
तरलता अभाव हुनुमा धेरै कारण छन्। एउटा त हाम्रो आम्दानीको मुख्य दुईवटा स्रोत रेमिट्यान्स र बाहिरबाट आउने पर्यटक हो। कोरोनाको कारण रेमिट्यान्स घटेको छ। विदेशी पर्यटकको आगमन प्रायः ठप्प बनेको छ। आन्तरिक पर्यटकबाट हुने आम्दानी भनेको एउटा आफ्नै खल्तीबाट अर्को खल्तीमा जाने पैसा हो। यसले आर्थिक वृद्धिदर बढाउँदैन। यस्तै, बैंकले म म नै भन्नुपर्छ, किनभने बैंकहरुको कर्जाको वृद्धिदरले पनि तरतलामा समस्या आएको हो। त्यो सँगै सीसीडीबाट सीडीमा कन्भर्ट हुँदा त्यहाँबाट १६८ अर्ब जति पैसा मार्केटबाट स्वतः आउट भयो। तेस्रो, नेपाल राष्ट्र बैंकले फरेन करेन्सी (विदेशी मुद्रा)लाई सीडीमा गन्न नपाउने व्यवस्था बनायो। यसले १०० अर्ब जति पैसा गयो। त्यो कारणले गर्दा बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखियो। एकातिर आउने आम्दानी कम, अर्कोतिर यस्ता कारण आए। जसको असर देखियो।

तर, अब सरकारले एउटा सकारात्मक कदम लिएको छ। स्थानीय तहमा रहेको कोषको पैसाको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न मिल्ने व्यवस्था गरेको छ। पहिले ५० प्रतिशत मात्र निक्षेपमा गन्न पाउने व्यवस्था थियो। यसले गर्दा बजारमा ५० अर्ब रूपैयाँ जति पैसा आउने अनुमान गरिएको छ। अर्को, सरकारले विलासिताको वस्तु आयातमा १०० प्रतिशत क्यास मार्जिन राखेको छ। सरकारले यस्तै कदमहरु लिएर गयो भने तरलता सहज हुँदै जानेछ। यस कारण यो समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ। यसमा एकले अर्कोलाई आरोप लगाउनुभन्दा पनि कसरी यो समस्याको समाधान गर्ने भन्नेमा लाग्नु आवश्यक छ। 

तरलता अभावको समस्या कहिलेसम्म लम्बिएला?
मैले देखेको सिनारियो अनुसार तेस्रो त्रैमाससम्म बजारमा यो समस्या रहन्छ। त्यो समयसम्म पनि तरलताको अभाव उस्तै रह्यो भने यो पूरा आर्थिक वर्षसम्म यसको असर रहने मेरो बुझाइ छ। यसमा नेपाल सरकारको खर्चको रफ्तार कस्तो हुन्छ, यसमा पनि फरक पर्छ। सरकारले राम्ररी खर्च गर्‍यो भने तरलताको समस्या चाँडै सुधार हुनसक्छ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्