• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस ७, २०८२ Mon, Dec 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालमा गुड्ला चिनियाँ रेल? यस्तो छ योजना र सम्भाव्यता

64x64
नेपाल लाइभ शनिबार, असार ९, २०७५  ०८:२०
1140x725

काठमाडौं- के नेपालमा चिनियाँ रेल कुद्ला? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो।

२०७४ बैसाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भनेका थिए- निकै ठूलो प्रयासबाट हामीले यस सम्झौतामा हस्ताक्षर गरेका छौँ, अब नेपाललाई चीनसँगको ‘कनेक्टिभिटी’ बढाउने र छिमेकीको समृद्धिबाट कसरी लाभलिने भन्ने कुरा हामीमै भरपर्छ। 

उनले भनेजस्तै भारतले समेत हस्ताक्षर गर्न नमानेको यस आयोजनामा नेपालले सहमति जनाउन थोरै मेहनतले पक्कै सम्भव थिएन होला। अनि उक्त आयोजनाको प्रारुपभित्र छिरेर मात्र पनि चिनियाँ समृद्धि नेपालमा आइहाल्ने होइन। डा महतले चीनको उक्त आयोजनाबाट लाभान्वित हुन नेपालले हवाई तथा स्थल ‘कनेक्टिभिटी’, पारवहन र पूर्वाधार निर्माणमा चिनियाँ लगानी भित्र्याउन जरुरी छ भनेका थिए।

उनले संकेत गरेको कनेक्टिभिटीको पहिलो प्राथमिकता रेलमार्ग नै थियो। त्यही कनेक्टिभिटीको सार्थक पहल बिहीबार भएको छ र अब सुरु हुने अपेक्षा पनि बढेको छ। 

रेलमार्गमा बढ्यो आशा
दुई प्रधानमन्त्रीबीच चीनसँग रेलमार्ग र प्रसारण लाइनका साथै अरु धेरै कुराहरुको सहयोग र सहकार्यमा सहमति भएको छ। तीमध्ये पनि बिहीबार भएको रेलमार्ग निर्माणको सम्झौताले भने अब नेपालमा रेलमार्ग निर्माणको औपचारिक प्रक्रियाको थालनी हुने आशा बढाएको छ। 

बेइजिङमा भएको यस समझ्दारीले नेपालमा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कार्यका लागि बाटो खोलिदिएको छ। यसका लागि आवश्यक पर्ने खर्चको पनि अनुमानित तथ्यांक आपसमा तय भएको छ। उक्त डिपिआर तयार भएपछि निर्माणको प्रक्रिया नै सुरु हुनेछ। 

चीनकै योजनामा पनि सन् २०१९ को अन्त्यसम्म चीनको सिगात्सेसम्म रेल पुर्याइने बताइएको छ। नेपालमा रेल भित्रिँदा यसैलाई केरुङको बाटो काठमडौँ ल्याउने हालको सोच हो। नेपालको चीनसँगको सीमा रसुवागढीदेखि काठमाडौँ करिब ८० किलोमिटर छ। सम्भवतः डिपिआर निर्माण हुँदा यही मार्ग छान्ने सम्भावना धेरै रहन्छ। चिनियाँ पक्षको तयारी पनि यही देखिन्छ। 

नेपालमा आउने रेल कार्गो रेल रहने योजना चीनले अघि सारेको छ। यो रेलमा सामान र यात्रु दुवै राख्न मिल्छ। यस्तो रेलले नेपाललाई छुँदा मात्र हामीले भन्ने गरेको समृद्धि विपनामै प्राप्त हुनेछ। किनभने हाम्रो उत्तरी छिमेकीको समृद्धिलाई अहिले ठूलो हिमालले छेकेको छ। उत्तरी छिमेकीको सम्पन्नताबाट हामी लाभान्वित हुन सबैभन्दा पहिलो शर्त र आधार भनेकै यातायात हो। समुद्रसम्मै पहुँच नभएका हामीहरुको लागि अहिले हिमाल वारिपारि गर्न सहज, सरल र सस्तो बाटो चाहिएको छ। त्यो बाटो सकेसम्म रेलकै बन्यो भने लाभदायक हुनेछ। 

Ncell 2
Ncell 2

रेल नेपाल भित्रिँदा चिनियाँ समृद्धि भने पक्कै भित्रिन्छ। हामी तेलदेखि सेलसम्म नै दक्षिणतर्फ निर्भर छौँ। हामी बाध्यतावश आश्रित हुनुपरेको फाइदा उनीहरुले उठाउने गरेको एउटा उदाहरण नाकाबन्दी हो। त्यसैले वास्तवमै चीनबाट यहाँ रेल भित्रियो भने उत्तरको समृद्धि कुनै न कुनै रुपमा नेपाल भित्रिन्छ र यसले दक्षिणतर्फको परनिर्भरताको हद घटाउन सघाउँछ। त्यसैले पनि चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीलाई नेपालीले पछ्याइरहेका छन्। 

विश्वको करिब ६४ प्रतिशत जनसंख्या समेटेको एक्काइसौँ शताब्दीको सबैभन्दा महत्वाकांक्षी मानिएको बिआरआई योजनाका कारण विश्वमा चीनको चासो र चर्चा बढी छ। दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्लो सयममा गरेको आर्थिक र प्रविधिको विकास, रेलसेवा र अन्य पूर्वाधारमा मारेको लोभलाग्दो फड्को हामी जस्ता छिमेकीका लागि फाइदै हो। 

चिनियाँ लगानीको फाइदा
सन् २०१६ को अन्त्यसम्म चीनले विदेशमा गरेको लगानी १६० अर्ब अमेरिकी डलरभन्दा बढी देखिन्छ। विगतका वर्षका तुलनामा यो निकै धेरै हो। हाम्रो चासो पनि यही नै हुनुपर्छ। चीनको यति ठूलो लगानीबाट हामी कसरी लाभान्वित हुने भनेर हामीले नै योजना बनाउन सक्नुपर्छ। 

चीनले गत जुन २६ मा प्रतिघन्टा कम्तीमा ३५० किलोमीटर गुड्ने बेइजिङ—सांघाई द्रुत गतिको रेलसेवा सुरु गर्यो। ठूलो उपलब्धि मानिएको यो संसारकै सबैभन्दा तीव्र गतिको रेलमा पर्दछ। तर के उसले यो तीव्र गतिको रेलमा नेपाललाई पनि सवार गराउला त भन्ने प्रश्नमा केही महिना अघि नेपाल आएका चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ वेक्वाङले भनेका थिए, 'चीनले नेपाललाई चीनको आर्थिक विकासको द्रुत गतिको रेलमा चढ्न स्वागत गरेको छ। नेपालको समृद्धि र प्रगतिका लागि पनि चीन तयार छ। नेपाल समृद्ध होस् भन्ने चीनको चाहना हो तर यो समृद्धिबाट कसरी फाइदा लिने भनेर त नेपालले नै सोच्ने हो।' 

राजनीतिक विश्लेषकहरु भन्छन्— नेपाल इतिहासमै यतिखेर चीनसँग बढी नजिकिएको छ। राजनीकि, आर्थिक या अन्य हिसाबले पनि यी दुई छिमेकीबीच पछिल्लो समयमा धेरै कुरा आदानप्रदान भएका छन्। यो आदानप्रदानको मात्रा पछिल्ला वर्षहरुमा बढ्दो छ। चीनको बिआरआई आयोजनामा नेपालको सहभागिता पनि यसको सबैभन्दा ओझिलो उदाहरण हो। 

यसबाट लाभान्वित हुने योजना बनाउनुपर्छ भन्छन् नेपालको अर्थ राजनीति विषयका ज्ञाता एवम् नेकपाका सांसद डा सूर्य पाठक। 'चीनजस्तो समृद्ध छिमेकी पाउनु हाम्रा लागि खुसीको कुरा हो, तर छिमेकीको समृद्धिबाट कति र कसरी लाभ लिने भन्ने कुरा हाम्रो क्षमतामा भर पर्छ,' उनले भने, 'चीनले नेपाललाई पनि आफ्नो समृद्धिको रेलमा सवार गराउन चाहेकै छ तर तानेर लाने होइन, रेल चढ्न आफै सक्षम हुनुपर्छ।'

नेपाल चीनले दक्षिण एसियामा गर्ने लगानीको लागि ‘ट्रान्जिट प्वाइन्ट’ पनि हुन सक्छ। चिनियाँ रेल नेपाल आउँदा यहाँ मात्र बस्दैन सायद भारतसम्मै पुग्छ। भारत हुदै अन्त पनि जान्छ। त्यतिखेर नेपाल दक्षिण एसियाको व्यापारिक केन्द्र पनि बन्न सक्छ। त्यो रेल यहाँ आउँदा सवा सय करोडभन्दा बढी जनसंख्या रहेको देशका पर्यटक भित्रिन्छन्। त्यसैले अहिले सबै नेपालीले सोधिरहेका छन्— के नेपालमा चिनियाँ रेल कुद्ला? यो प्रश्नको उत्तरका लागि अहिले अनुत्तरित नै रहेका रेलमार्ग निर्माणको लगानी कस्तो र कसको हुने तथा कसरी निर्माण गर्ने भन्ने जस्ता प्रश्नहरुको उत्तर जतिसक्दो चाँडै पहिल्याउँदा राम्रो हुन्छ।रासस

प्रकाशित मिति: शनिबार, असार ९, २०७५  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि
तोकिएकै समयमा चुनाव गराउन लागिरहेका छौं : प्रधानमन्त्री
रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समितिको बैठक सुरु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि आइतबार, पुस ६, २०८२
तोकिएकै समयमा चुनाव गराउन लागिरहेका छौं : प्रधानमन्त्री आइतबार, पुस ६, २०८२
रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समितिको बैठक सुरु आइतबार, पुस ६, २०८२
सञ्चार मन्त्री खरेलले भने : ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’ आइतबार, पुस ६, २०८२
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्