• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राम्रो र नराम्रो स्वास्थ्यका संकेत

64x64
नेपाल लाइभ शनिबार, असार ९, २०७५  १९:५९
1140x725

साधारणतया स्वस्थ हुनु भनेको शरीरले आफ्नो क्रियाहरू बिना कुनै गतिरोध, बिना कुनै अप्ठ्यारो, हामीलाई असजिलो महसुस नगराईकन गर्नुका साथै मन सकारात्मक र प्रशन्न हुनु हो। जब शरीरले हामीलाई कुनै असजिलो महसुस नगराईकन आफ्ना जैविक क्रियाहरू गर्छन्, साथै जबे मन–मस्तिष्क प्रशन्न, शान्त, सकारात्मक र छलकपट मुक्त हुन्छ तब मात्र हामी पूर्णतया स्वस्थ हुन्छौं । शरीरले आफ्ना क्रियाहरू राम्रोसँग गर्न पाउँदैन, हाम्रो मन–मस्तिष्क निरास, नकारात्मक र अशान्त हुन्छ भने हामी रोगको भागीदार बन्छौं अर्थात् रोगी बन्छौं। 

शरीरका जैविक क्रियाहरू जस्तै– भोक, प्यास, पाचन, दिसा, पिसाब, रगत सञ्चालन, निद्रा, पसिना, श्वास–प्रश्वास क्रिया आदि सजिलैसँग कुनै गतिरोध तथा अवरोध बिना, कुनै औषधि वा जडिबुटीको प्रयोग बिना, स्वचालित, स्वतः स्फूर्त आफैं हुनुपर्छ । यी क्रियाहरू शरीरलाई राम्रोसँग सञ्चालन गर्न र निरोगी राख्न प्रकृति निर्मित क्रियाहरू हुन्। 

स्वस्थ मान्छेको भोक साधारण र सात्विक खानाले मेटिन्छ; गरिष्ठ (पचाउन कठिन) खाना चाहिँदैन । पाचन क्रिया यति सूक्ष्म हुन्छ कि हामीलाई खाना पाचन भएको थाहा नै हुँदैन । वास्तवमा हामीलाई पाचन क्रियाहरू सम्पन्न भएको महसुस पनि हुनु हुँदैन । खाना खाइसकेपछि पेट ढुस्स हुनु, पोल्नु, डकार आउनु, पिरो मसलेदार खाना खाने र उत्तेजक पेय पदार्थहरू (जस्तै– चिया, कफी तथा चिसो पेय पदार्थ आदि) पिउने इच्छा जाग्नुु आदि अप्राकृतिक र रोगका संकेत हुन् । प्यास लाग्दा पानी मात्र पिउने इच्छा जाग्नुपर्छ र पानी नै पिउनुपर्छ । प्रकृतिले पनि प्यास लाग्दा पानी मात्र पिउने व्यवस्था गरेको छ । सारा जीव–जन्तुहरू प्यास लाग्दा पानी नै पिउँछन् । हामीले अनुभव पनि गरेका छौं, प्यास जति पानीले मेट्छ अन्य कुनै पनि पेय पदार्थले मेट्दैन। 

दिसा गर्दा कुनै अप्ठ्यारो महसुस हुनु हुँदैन । यदि दिसा गर्न अप्ठ्यारो हुने, पातलो दिसा आउने, थोरै आउने, दिसा गर्ने इच्छा हुने तर ननिस्कने, गुद्वार चिलाउने, दिसा कडा वा गोट्टा परेमा वा दिसा गरेपछि पेट हल्का तथा आनन्दको महसुस नभएमा रोग लागेको बुझ्नुपर्छ। 

पिसाब फेर्दा पनि कुनै अप्ठ्यारो महसुस हुनु हुँदैन । पिसाब सफा वा हल्का पहेँलो हुनुपर्छ; बाक्लो र गह्नाउने हुनु हुँदैन । पिसाब गर्दा पोल्ने, दुख्ने र फिज आउने हुनु हुँदैन । यदि त्यसो भएमा रोग लागेको बुझ्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

स्वस्थ भएको अवस्थामा हाम्रो छाला नरम, मुलायम, गन्धरहित, लचकदार, तन्किने र तानेर छोड्दा छिट्टै पुनः पहिलाको अवस्थामा आउने खालको हुन्छ । रौंहरू मुलायम हुन्छन् । छाला सुख्खा, खस्रो, दुर्गन्धित तथा खुकुलो भएमा, रौंहरू टुक्रिने, धेरै कपाल झर्ने र रुखो भएमा, कपाल र रौं असमयमा झरेमा हामी रोगी भयौं भनेर बुझ्नुपर्छ। 

श्वास–प्रश्वास स्वाभाविक रूपमा चलिरहन्छ । यो क्रिया यति सूक्ष्म हुन्छ कि, सामान्यतया हामीलाई अनुभव नै हुँदैन । जब ध्यान दिएर नियाल्छौं र अनुभव गर्छौं तब मात्र थाहा हुन्छ । स्वस्थ हँुदा श्वास नाकबाट भित्र जाने र बाहिर आउने गर्छ र दुर्गन्धरहित हुन्छ। 

निद्रा गहिरो र शान्त हुनुपर्छ । निद्रा वा आरामले शरीरबाट क्षय भएको शक्ति र स्नायु शक्तिलाई पुनः परिपूर्ति गर्छ । प्रकृतिले रात हामीलाई आराम गर्न र निदाउन दिएको समय भएकाले राति मात्र सुत्नु पर्छ । राति निद्रा नआउने तर दिउँसो निद्रा आउने– रोगको संकेत हो । निद्रा कम लाग्ने वा अधिक लाग्ने रोगका लक्षणहरू हुन सक्छन् । निद्रा खुलेपछि आनन्दको महसुस हुनुपर्छ । निद्रा खुलेपछि आलस्यको अनुभव भएमा वा फेरि सुतौं–सुतौं लागेमा शरीरमा कहीँकतै गडबडी भएको बुझोर कारण खोजी समाधान गर्नुपर्छ। 

Xtrem
Xtrem

राम्रो स्वास्थ्यका संकेत 

१. राम्ररी भोक लाग्नु, भोक लाग्दा सादा र सात्विक खाना खाने इच्छा हुनु । 
२. प्यास लाग्दा पानी मात्र पिउने इच्छा हुनु । 
३. दिसा ठोस, सफा र नियमित हुनु । 
४. पिसाब सफा वा हल्का पहेंलो र दुर्गन्धरहित हुनु । 
५. पसिना दुर्गन्धरहित हुनु ।
६. निद्रा गहिरो र आरामदायी हुनु ।
७. बिहान उठ्दा आनन्दित र स्फुर्तिलो महसुस हुनु ।
८. श्वास–प्रश्वास स्वभाविक र स्वचालित हुनु । 
९.तन र मन आनन्दित हुनु ।
१०. अनुहार चम्किलो र उज्यालो हुनु । 
११. आँखा चम्किलो र निडर हुनु । 
१२. छाला नरम हुनु ।
१३. शरीर लचिलो हुनु । 
१४. काम गर्न जाँगर लाग्नु र बिनाथकावट लामो समयसम्म काम गर्न सक्नु । 
१५. ढाड सिधा हुनु । 
१६. पेटको परिधि छातीभन्दा भित्र हुनु । 
१७. काँधहरू सिधा वा एउटै तहमा हुनु । 
१८. सधैं जोसिलो, जाँगरिलो, सिर्जनात्मक र सकारात्मक सोच हुनु । 
१९. रिस, निरास, डर, तनाव, मानसिक समस्या तथा चिडचिहटरहित हुनु । 
२०. सुत्दा मुख बन्द हुनु, आदि ।

नराम्रो स्वास्थ्यको संकेत 

१. भोक नलाग्नु; लागे पनि खान मन नलाग्नु । सधैं भोक लागिरहनु । मसलेदार खाना खाने इच्छा हुनु । 
२. प्यास नलाग्नु वा प्यास लाग्दा अन्य पेय पदार्थहरू पिउने मन हुनु । 
३. दिसा पातलो, गह्नाउने, कडा वा गिर्खा परेको हुनु र पेट राम्ररी सफा नहुनु । 
४. पिसाब पोल्ने, बाक्लो, धमिलो हुनु वा गह्नाउनु । 
५. पसिना दुर्गन्धित हुनु; अत्यधिक आउनु वा नआउनु । 
६. निद्रा नलाग्नु वा सधैं सुत्न मन लाग्नु । 
७. श्वास–प्रश्वास अस्वाभाविक र असजिलो हुनु ।
८. मन निरास हुनु ।
९. अनुहार फुस्रो र अँध्यारो हुनु ।
१०. आँखा कमजोर हुनु, आँखाको वरिपरि कालो पर्नु । 
११. छाला रुखो वा सुख्खा हुनु ।
१२. शरीर तथा मांसपेसीहरू कडा हुनु ।
१३. अल्छी हुनु वा जोस जाँगर हराउनु; थोरै काम गर्दा पनि थाक्नु । 
१४. ढाड कुप्रो परेको वा मेरुदण्ड बांगो हुनु । 
१५. पेट छातीभन्दा बाहिर आउनु; काँधहरू एउटै तहमा नहुनु; सुत्दा मुख खुल्ला हुनु; घाँटी, गर्धन, र टाउकोको पछाडिको भाग अस्वाभाविक देखिनु । 
१६. नाभीको धड्कन आफ्नो ठाउँबाट हट्नु ।
१७. खाना खाएपछि पेट भारी वा ढाडिएको अनुभव हुनु । 
१८. नकारात्मक तथा विध्वंसात्मक सोच हुनु; अत्यधिक रिसाउने बानी हुनु; एकाग्रताको कमी हुनु ।
१९. कपाल झर्नु, रूखो तथा सुख्खा हुनु र चाँया पर्नु ।
२०.अनुहारमा कालोपोतो वा चाँया पर्नु; अनुहार सुन्निनु; डन्डीफोर आउनु, आदि ।

प्रकाशित मिति: शनिबार, असार ९, २०७५  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्