• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

समाज बुझाउने ‘बोस’ : दक्षिण एसियामै पहिलो पटक नेपालमा समाज विज्ञानको पाठ्यक्रम

64x64
नेपाल लाइभ बुधबार, पुस ७, २०७८  ०७:०४
1140x725

काठमाडौं– बुटवलको तिलोत्तमा उच्च माविबाट कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेका नवराज खनाल स्नातकमा समाज विज्ञान र राजनीतिशास्त्र अध्ययन गर्न चाहन्थे। तर, कहाँ पढाइ हुन्छ र कस्तो पाठ्यक्रम पढ्ने भन्ने जानकारी थिएन। उक्त विषयबारे इन्टरनेटमा खोज्दै जाँदा ‘बोस’ (ब्याचलर्स इन सोसल साइन्स) बारे थाहा पाए। अनि उनी काठमाडौंस्थित नेसनल कलेज पुगे। 

यो चार वर्षअघिको कुरा हो। खनालले यसै वर्ष आफ्नो पढाइ सकाएका छन्। उनी भन्छन्, ‘अब नीति निर्माण र राजनीतिकै क्षेत्रमा सक्रिय भएर लाग्ने सोचेको छु।’

धूमवाराहीस्थित नेसनल कलेजले २०७० सालदेखि विस्तारित समाज विज्ञानको अध्ययनका लागि बोसको सुरुवात गरेको थियो। काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएको यो कलेजले त्यसयता हरेक वर्ष ३० जनाको दरले समाज विज्ञान अध्ययन गरेका जनशक्ति उत्पादन गरिरहेको छ। अहिलेसम्म १५० जनाले बोसको पढाइ पूरा गरिसकेका छन्।

समाज विज्ञानअन्तर्गत दुई विषय मानवशास्त्र र समाजशास्त्रलाई २०३८ सालदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत संयुक्त रुपमा अध्यापन गर्न थालिएको थियो। २०७२ सालसम्म दुवै विषयको एउटै विभाग थियो। त्यसपछि भने त्रिविमा समाजशास्त्र र मानवशास्त्रको छुट्टैछुट्टै विभाग स्थापना भयो।

अहिले देशका अन्य विश्वविद्यालयमा पनि समाजशास्त्रको अध्ययन विस्तारित भइरहेको छ। काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायतले समाजशास्त्रलाई अन्य पाठ्यक्रमसँगै र समाज विज्ञानको छुट्टै पाठ्यक्रम पनि अध्यापन गराइरहेका छन्। समाजशास्त्रमा पर्ने लैंगिक अध्ययन, समाज विज्ञानलगायत विषयमा छुट्टै अध्यापनसमेत भइरहेको छ।

नेसनल कलेजले भने समाज विज्ञानको अध्यापनमा नयाँपन दिएको छ। उसले दक्षिण एसियामै पहिलो पटक बोस पाठ्यक्रमको विकास गरेको हो। अन्तर–विषय पाठ्यक्रमको रुपमा विकास भएको यो विषयमा कलेजले समाज विज्ञानसँग जोडिएका हरेक क्षेत्रसँग विद्यार्थीलाई पोख्त बनाउने बोसका विभागीय प्रमुख डा. विनय मिश्र बताउँछन्।

समाजशास्त्री मधुसुदन सुवेदी पछिल्लो समयमा बोसजस्ता अन्तर–विषय पढाइसहित समाजशास्त्रको अध्ययन/अध्यापन विस्तार भएको बताउँछन्। पहिले स्नातकमा मात्रै हुने पढाइ अचेल विद्यालय तहमै पनि सुरु भएको उनको भनाइ छ। ‘संख्यात्मक हिसाबमा समाजशास्त्र विस्तारित भएको छ,’ सुवेदी भन्छन्, ‘समाजशास्त्रप्रति मान्छेको चाहना देखिएको छ। विषयको हिसाबले पनि यो महत्वपूर्ण विषय हो। तर, पढाइ हुँदा गुणस्तर कति छ भन्ने कुरा महत्वपूर्ण छ।’

एकल विषय र अन्तर–विषय दुवै रूपमा समाजशास्त्रको पढाइ आवश्यक भएको समाजशास्त्री सुवेदी बताउँछन्। ‘समाजशास्त्र मात्रै पनि पढाइ हुन्छ। यो आफैंमा एक्लो विषय पनि हो। सँगै इञ्जिनियरिङ, मेडिकल, पब्लिक हेल्थजस्ता विषयमा समाजशास्त्र पढाइ हुन्छ,’ उनी भन्छन्, ‘समाज बुझ्न, समाजको परिवर्तन बुझ्न र समाजबारे व्याख्या तथा विश्लेषण गर्न समाजशास्त्र आवश्यक छ। अहिले यो व्यापक र उत्साहजनक रुपमा विस्तार भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

२०५३ सालमा स्थापना भएको नेसनल कलेजले सुरुवातमा ‘विकास अध्ययन’ (डेभलोपमेन्ट स्टडिज) मा स्नातक पढाउन थालेको थियो। त्यसयता समाज विज्ञानका अन्य पाठ्यक्रम पनि थप्दै गएको छ। बोस यो कलेजको सबैभन्दा कान्छो पाठ्यक्रम हो।

‘विद्यार्थी राम्रो भयो भने विज्ञान, अलि कमजोर भएमा व्यवस्थापन र सबैभन्दा कमजोर भएमा मात्रै मानविकी पढ्ने र पढाउने सोच अझै छ। तर, समाजको विकासका लागि चिकित्सक मात्र उत्पादन गरेर हुँदैन,’ डा. मिश्र भन्छन्, ‘समाजको समस्या पर्गेल्न सोसियल साइन्टिष्ट चाहिन्छ। बोस समाज विज्ञानअन्तर्गतको त्यस्तै पाठ्यक्रम हो, जसले भोलिका लागि समाज बुझ्ने, समाजको समस्या बुझ्ने र त्यसको समाधान गर्न सक्ने जनशक्तिको उत्पादन गर्छ।’

बोस परम्परागत पाठ्यक्रमभन्दा फरक भएको मिश्र बताउँछन्। नेपालको परम्परागत शैक्षिक प्रणालीमा समाज विज्ञानलाई महत्वपूर्ण विषयको रुपमा नलिएको उनी बताउँछन्। समाज विज्ञानका विषयलाई लिएर विद्यार्थी मात्रै नभइ अभिभावकमा पनि रुचि धेरै छैन्। कमजोर विद्यार्थीले पढ्ने कोर्सको रुपमा यसलाई बुझिएको छ। विद्यार्थीको शैक्षिक अवस्था राम्रो भएमा विज्ञान वा व्यवस्थापन पढाउने सोच भएको अवस्थामा समाज विज्ञानको महत्व झन् बढेको उनको बुझाई छ।

‘समाजको समस्या भौतिक पूर्वाधारसँग जोडिएको मात्रै छैन। अथवा, स्वास्थ्यसँग जोडिएका समस्या मात्रै नेपालमा छैनन्। इञ्जिनियर वा डक्टर मात्रै उत्पादन गरेर हुँदैन,’ उनी भन्छन्, ‘समाजमा चिकित्सक चाहिन्छ, प्राविधिक चाहिन्छ। सबै क्षेत्रमा जनशक्ति आवश्यक छ। अहिले हाम्रो समाज अनेक प्रकारका संक्रमणबाट बढिरहेकाले समाज विज्ञानको आवश्यकता झन बढेको छ।’

समाजमा गरिबीको कारण पत्ता लगाउने र त्यसको निराकरणको उपाय पत्ता लगाउने काम समाज विज्ञानबाट उत्पादित जनशक्तिको भएको उनी बताउँछन्। समाजसँग जोडिएका हरेक विषयको अध्ययन, अनुसन्धान र न्यूनीकरणका लागि यो जनशक्ति आवश्यक पर्ने उनी बताउँछन्। 

पर्यटनदेखि समाजशास्त्रसम्मको पढाइ
नेसनल कलेजबाट अहिलेसम्म १५० जनाले बोसको अध्ययन पूरा गरिसकेका छन्। मिश्रका अनुसार यो पाठ्यक्रममा संस्कृतिदेखि पर्यटनसम्मका विषय पढाइ हुन्छ। अन्तरविषय पढाइ हुने भएकाले यो पाठ्यक्रमले समाज बुझ्न आवश्यक सबै तत्व समावेश गरेको उनी बताउँछन्।

‘एउटै विषयमा मात्रै केन्द्रित नभएर विभिन्न विषयमा हामीले फोकस गरेका छौं,’ उनी भन्छन्, ‘संस्कृति, परम्परा, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्रजस्ता विभिन्न विषयलाई यो पाठ्यक्रमभित्र समेटिएको छ। समाजसँग अर्थ राख्ने सबै विषयलाई एकै ठाउँमा पढ्न सक्ने पाठ्यक्रमको रुपमा यसलाई विकास गरिएको छ।’ विद्यार्थीलाई कक्षामा बोलाएर पढाउने मात्रै नभएर उनीहरुलाई व्यवहार र अनुसन्धानजस्ता विषयमा पनि संलग्न गराउने उद्धेश्यले पाठ्यक्रम बनाएको डा. मिश्र बताउँछन्। 

उनी भन्छन्, ‘हामी निजी संस्था भएकाले हाम्रो पनि कमजोरी र सीमितता छन्, यो पाठ्यक्रमको राम्रो प्रचार गर्न सकिएको छैन। तर, मेडिकलदेखि इञ्जिनियरिङजस्ता विषय पढ्नलाई इन्टरनेटमा खोज्दा यो विषयबारे देखेर, इच्छा लागेर हाम्रोमा पढ्न आउनेहरु छन्।’ सेमेस्टर प्रणालीमा पढाइ हुने यो चार वर्षको कोर्ष हो। एक सेमेस्टरमा ६ महिना अध्यापन हुन्छ। अन्तिम सेमेस्टरमा विद्यार्थीले अनिवार्य ‘इन्टर्नशिप’ गर्नुपर्छ।

कस्तो छ भविष्यको सुनिष्चितता?
आठ सेमेस्टरमा पढाइ हुने पाठ्यक्रमका लागि सुरुवातमा भर्ना हुन विद्यार्थीले ३० हजार रुपैयाँ बुझाउनु पर्छ। त्यसबाहेक अन्य विषयका शुल्क करिब १५ हजार तिनुपर्छ। प्रति सेमेस्टर ७५ हजार रुपैयाँ विद्यार्थीले खर्च गर्नुपर्ने हुन्छ। चार वर्षे पढाइ पुरा गर्दा साढे ६ लाख रुपैयाँ खर्च हुने मिश्र बताउँछन्। 

उनी भन्छन्, ‘पहिलो त, हामीले यो विषयबारे बुझाउन पनि पढ्नुपर्छ। भविष्यलाई हेर्दा यो क्षेत्रमा अध्ययन गरेको व्यक्तिले सरकारीदेखि गैरसरकारी, निजी क्षेत्रमार्फत समाजलाई योगदान दिनसक्छन्। रोजगारको सुनिश्चितताको हिसाबले पनि समाज विज्ञानका विद्यार्थीका लागि थुप्रै क्षेत्र खुला छन्, जसमा उनीहरुले आफ्नो स्थिर भविष्य पाउन सक्छन्।’

समाज विज्ञान अन्तरविषय भएकाले समाजशास्त्र, मानवशास्त्र, इतिहास, अनुसन्धानलगायत विविध विषयसँग जोडिएका गैर–सरकारी क्षेत्रमा विद्यार्थीले स्थान पाउने मिश्र बताउँछन्। उनी भन्छन्, ‘पेशागत रूपमा आवद्ध भएपछि गर्नुपर्ने सर्भे, रिचर्सजस्ता काम हामीले पाठ्क्रममा नै समेटेका छौं। विद्यार्थीलाई भविष्यमा यसले उल्लेखनीय सहयोग गर्छ।’ विद्यार्थी आफैंले सामाजिक उद्यमशील बन्न पनि गर्न सक्ने विकल्प रहने उनी बताउँछन्। 

समाज विज्ञान पढेका विद्यार्थीले समाजको समस्याको पहिचान गर्ने र समाधान गर्ने भएकाले नेपालको सन्दर्भमा यो पाठ्यक्रम उचित रहेको मिश्रको भनाइ छ। राजनीतिक अस्थिरतादेखि हत्या, अपराध, सामाजिक कुरीतिजस्ता समस्या समाधानमा यो जनशक्ति काम लाग्ने उनी बताउँछन्।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्