• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानमन्त्री ओलीको चीन भ्रमण : समृद्धिका मुद्दाको अन्तर्राष्ट्रियकरण

64x64
नेपाल लाइभ शनिबार, असार ९, २०७५  ०१:५५
1140x725

बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको चीन भ्रमणले नेपालको समृद्धिको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको छ। 

नयाँ संविधानको कार्यान्वयनपछि तीनै तहको निर्वाचन सम्पन्न भई बनेको सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा पनि अन्तर्राष्ट्रियस्तरमा स्थापित भएको छ। 

प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको भेटवार्ताले नयाँ उचाइ लिनुका साथै आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको छ। 

सरकारी तथा निजीस्तरमा भएका सम्झौता र सहमतिले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश गएको छ भने राजनीतिक स्थायित्व कायम भएको भरपर्दो सन्देश चिनियाँ पक्षलाई दिलाउन सफल भएको छ। 

समृद्ध नेपाल सुखी नेपालीको मुद्दा चीनले आधिकारिक रुपमै स्वीकार गरेर यसका लक्ष्य प्राप्तिमा चीनको सक्दो सहयोग हुने प्रतिबद्धता आउनुले पनि नेपालको समृद्धिप्रतिको मुद्दा विस्तार भएको हो। 

नेपालको विशेष प्राथमिकतामा परेको रेलमार्गसम्बन्धी प्रस्तावलाई चीनका राष्ट्रपतिकै तहबाट ‘इन्डोर्स’ भएको छ। यो नेपाल र नेपालीका लागि महत्वपूर्ण विषय हो। भविष्यमा यो विषयले क्षेत्रीयरुपमा नै असर पार्ने देखिन्छ। 

हिमालयन वारपार रेलवेसम्बन्धी सम्झौताबाट उत्साहित हुनुपर्ने विविध कारणमध्ये यसले मुलुकको अर्थतन्त्र र यस क्षेत्रमा ल्याउने बहुआयामिक परिवर्तन नै हो। त्यसैले पनि यो सम्झौता सबैभन्दा महत्वपूर्ण पहल हो, जहाँबाट पारस्पारिक सहयोगको क्षेत्रमा नयाँ युगको शुरुवात हुने विश्वास लिइएको छ। 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालमा ७ वर्षभित्र रेल आउने विश्वास व्यक्त गर्दा विश्वकै शक्तिशाली चीनका राष्ट्रपतिले अपनत्व लिएकाले नेपाल मात्र नभई क्षेत्रीयस्तरमै व्यापार तथा आर्थिक गतिविधिमा महत्वपूर्ण असर पर्ने देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यातायात पारवाहनको प्रोटोकलमा हस्ताक्षर भएसँगै चीनको स्वशासित क्षेत्रमा नेपाली मालसामान बोकेका सवारी साधन चल्न सक्ने व्यवस्थाले हाम्रो हिमाली क्षेत्रमा हुने आवतजावतका लागिसमेत सहज हुने भएको छ। यो सम्झौताले नेपालको उत्तरी बेल्टमा व्यापार आदानप्रदानलाई गति दिन्छ। 

त्यसैगरी, ऊर्जा तथा योसँग सम्बन्धित विषयमा भएका विचार विमर्शमा यसपटक भएका सम्झौताले विद्युत् आदानप्रदानमा सहजता ल्याउनुका साथै देशको आर्थिक गतिविधि तथा विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ। 

उच्चस्तरमा भएको वार्ताका आधारमा भएका सहमतिले आगामी दिनमा गति लिनेमा शंका गर्नु हुँदैन। त्यसका साथै प्रधानमन्त्रीसहित सरकारका वरिष्ठ मन्त्रीहरुको उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्नु दुवै देशको कर्तव्य हुनेछ। त्यसले गर्दा नेपालले अगाडि बढाएको समृद्धिको मुद्दालाई महत्वपूर्ण सहयोग पुग्नेछ। 

निजी क्षेत्रको विश्वास र लगानी 

Xtrem

Xtrem

प्रधानमन्त्री ओलीको यस भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा भएको सम्झौताले देश अब समृद्धिको बाटोमा अगाडि बढ्यो भन्ने सन्देश दिएको छ। 
सरकारमाथि शंका गर्ने र लगानीको वातावरण छैन भन्ने गरेका नेपालका उद्योगी व्यवसायीले पनि नेपालीमा लगानीको वातावरण सिर्जना भयो भन्ने सन्देश गएको बताएका छन्। 

इन्भेस्टमेन्ट बोर्ड र ह्वासिन सिमेन्टबीच १४४ मिलियन अमेरिकी डलरबराबरको लगानी, सिँचाइ तथा चाइन कन्स्ट्रक्सन कम्पनीबीच भएको सम्झौता, उद्योग वाणिज्य महासंघसँग भएको सम्झौता र पस्मिना उद्योगका विषयमा भएको सम्झौता अत्यन्त महत्वपूर्ण सम्झौता हुन्।

दूतावासमा भएका सम्झौताबारे उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा भन्छिन्, 'हामीले यहाँ भएका सम्झौतालाई अत्यन्त महत्वपूर्ण र सकारात्मक रुपमा लिएका छौं। विभिन्न क्षेत्रमा भएका सम्झौताले नेपालको समृद्धिको यात्रामा सहयोग गर्छ।' 

सिमेन्ट, कृषि, ऊर्जामा भएका सम्झौता शुरुवात मात्र भएको बताउँदै अध्यक्ष राणाले नेपालमा ठूलो लगानी भित्रने विश्वास व्यक्त गरेकी छिन्। प्रधानमन्त्रीले निजी क्षेत्रलाई गरेको विश्वासले नेपालमा लगानीको वातावरण छ भन्ने स्पष्ट सन्देश दिएको उनको बुझाइ छ। 

नेपाल विद्युत् प्राधिकरण र चीनको सरकारी निकायसँग भएको सम्झौताले नेपालको आवश्यकताका आधारमा विद्युत आदानप्रदान गर्न सकिने अवस्था सिर्जना भएको छ। उसले ऊर्जा व्यापारमा महत्वपूर्ण अर्थ राख्छ। 

सम्झौता सम्पन्न भएपछि नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्रीको मुख्य प्राथमिकता अनुसार चीनसँग रहेको औद्योगिक सामर्थ्यलाई देशको हितमा सदुपयोग होस् भनी सोही अनुसार सकारात्मक रुपमा विषयहरु अघि बढेको बताएका छन्। 

उनले सम्झौतालाई सही अर्थमा कार्यान्वयन गर्न सके चिनियाँ लगानीकर्तालाई आकर्षण गर्न सकिने र अरुलाई प्रोत्साहन मिल्ने बताएका छन्। 'नेपालमा लगानीको आकर्षण छ,' उनले भने, ‘लगानी गर्नुहोस्, कुनै समस्या छैन भन्ने सन्देश गएको छ।’ 

सम्झौतापछि चिनियाँ निजी क्षेत्रसँग प्रधानमन्त्री ओलीले भनेका छन्, 'यस अवसरमा म चिनियाँ मित्रलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्छु, प्रतिबद्धतासहितको स्थायी सरकार बनेको छ, अब हाम्रो लक्ष्य सुशासन र विकास नै हो।' 

नीतिगत तथा व्यवहारमा देखिएका समस्या सुल्झाएर उद्योगमैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले थपे, 'महँगो छैन, मजदूर समस्या छैन, हडताल पनि छैन, दुई देशको समृद्धिका लागि विभिन्न मोडलमा लगानी हुनुपर्छ।' 

संयुक्त रुपमा लगानीलाई बढाउन आग्रह गर्दै समृद्धिको यात्रामा विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण भएकाले अभियानका रुपमा अगाडि बढाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले सम्झौताले दुवै देशले लाभ प्राप्त गर्न सक्नुपर्नेमा जोड दिएका थिए। 

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले चीन र नेपालबीच निजी तथा सरकारी क्षेत्रमा भएका सम्झौताबाट उत्साहित भएको बताएका छन्। 

चीन–नेपाल विजिनेस फोरमका अध्यक्ष जियाङ झ्याङहुईले समृद्धिलाई साकार पार्नका लागि नेपालले वैदेशिक व्यापार, लगानीका लागि सहकार्य र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने सुझाएका छन्। 

प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने क्रममा उक्त विषयमा ध्यान दिन सके नेपालले अगाडि बढाएको समृद्धिको सपना पूरा हुने उनले धारणा राखेका थिए। 

नेपालसँग भएका कृषि उत्पादन आफ्नो मुलुकमा निर्यात गर्ने अवस्था सिर्जना गर्न सुझाव दिँदै उनले भने, 'चाइनामा अरु उत्पादन पठाउनुहोस्।' 

प्रधानमन्त्रीसहित लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको वातावरण सिर्जना भएकाले द्विविधा नलिइकन नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: शनिबार, असार ९, २०७५  ०१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्