• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल-चीन संयुक्त वक्तव्य : रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा निक्कै अर्थपूर्ण

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०७५  ०६:१९
1140x725

(हरि लामिछाने/रासस) 

बेइजिङ– नेपाल र चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले खुसी व्यक्त गर्दै रेलमार्ग सम्पर्क सञ्जालले दुई देशको सिमापार सम्पर्क सञ्जालमा नयाँ युगको सन्देश बाहकको काम गर्ने जनाइएको छ। 

दुई देशबीच बिहीबार रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदान–प्रदान भएको थियो।

सम्पर्क सञ्जालमा प्राथमिकता 

दुवै देशले रेलमार्ग सहकार्यबारे दीर्घकालीन संयन्त्र बनाई त्यसबाट असल सञ्चार बढाउनेमा सहमत भएका छन् भने चीनले यसका लागि प्रविधि र तालीम उपलब्ध गराउनेछ। चीनको ‘वान बेल्ट वान रोड इनिसियटिभ’लाई सघन कार्यान्वयनका लागि ‘हिमालय सिमापार बहुआयामिक सम्पर्क सञ्जाल’को कार्यढाँचा अन्तर्गत सडक, रेल, हवाई र सञ्चार सम्पर्कलाई विस्तार गर्न दुई देश सहमत भएका हुन्। 

नेपालले पूर्वाधार र उत्पादनका क्षेत्रमा थप चिनियाँ लगानी भित्र्याउन तथा लगानीमैत्री वातावरणका लागि आवश्यक कानून, नीति र करसम्बन्धी दायरालाई अनुकूल बनाउन तयार रहेको चीनलाई अवगत गराएको वक्तव्यमा जनाइएको छ। 

दुवै मुलुकले चाँडै झाग्मु/खासा बन्दरगाह पुनः खोल्न, जिलोङ/केरुङ बन्दरगाहको सञ्चालनका लागि आवश्यक सुधार गर्न, अरनिको मार्गको प्रभावकारीरुपमा सञ्चालन, स्याफ्रुबेँसी–रसुवागढी मार्गलाई मर्मत र सुधार, पुलान/यारी बन्दरगाहस्थित कर्णाली नदीको हिल्सामा पुल बनाउन चाँडै प्रक्रिया अघि बढाउन पनि दुई देशबीच सहमति भएको छ। भूकम्पबाट प्रभावित तातोपानी क्षेत्रको पुनः निर्माणलाई भने नेपालले सम्पन्न गर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

दुवै मुुलुकले चिनियाँ र नेपाली विमान सञ्चालकलाई सिधा हवाई सम्पर्कका लागि प्रोत्साहन गर्न पनि सहमति जनाएका छन्। दुवै पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई गति दिन थप समन्वय बढाउनेछन्। 

सम्झौता पत्रमा सिमापार अप्टिकल फाइबर केवलको सफलताका साथै व्यावसायिक सञ्चालनमा आएकोमा सन्तोष व्यक्त गर्दै दुवै पक्षले सहकार्य, सूचना र सञ्चारलाई परस्पर लाभका लागि थप सवलीकरण गर्ने उल्लेख छ।

नेपालले निर्धारण गरेको स्थानमा इन्धन भण्डारणको सम्भाव्यता अध्ययन र इन्धन र ग्यास अन्वेषण केन्द्र खडा गर्न चीनले सघाउनेछ। 

प्रधानमन्त्री केपी शर्मा वली र चिनियाँ समकक्षी लि खछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त विज्ञप्तिमा अन्तरदेशिय प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गर्ने उल्लेख गर्दै सो कार्यको सम्भाव्यता अध्ययनका लागि चिनियाँ लगानीकर्ता समेत उत्साहित भएको उल्लेख गरिएको छ। 

Xtrem

Xtrem

करिडोर, कृषिउपज र नाका 

कोशी, गण्डकी, कर्णाली आर्थिक करिडोर निर्माणका लागि नेपालले राखेको प्रस्तावलाई स्वागत गर्दै चीनले ती क्षेत्रको आर्थिक विकास र रोजगारी सिर्जनाका लागि सहकार्यको सम्भाव्यता अध्ययन गर्ने विषयसमेत विज्ञप्तिमा उल्लेख छ। 

दुवै पक्षले कृषि उत्पादन र कृषिउपज उत्पादनमा बढावा दिँदै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने, प्रयोगशाला र जाँचपासका लागि सुविधा उपलब्ध गराउन सहकार्य गर्ने भएका छन्। नेपालको कृषिउपज निर्यातका लागि सहजीकरण गर्ने र परस्पर सहमतिका आधारमा अतिरिक्त व्यापारिक मार्ग बनाउने तथा बैंकिङ प्रणालीबाट कारोबार गर्ने विषयलाई समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। 

अध्ययनमा रहेको नेपाल–चीन स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रुप दिँदै दुवै पक्ष केन्द्र र स्थानीय तहसम्म सिमापार आर्थिक सहकार्यका क्षेत्र अभिवृद्धि गर्न एकमत देखिएका छन्। चिनियाँ पक्षले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको टिमुरेमा निर्माण हुने क्रममा रहेको सिमापार जाँच केन्द्रलाई शीघ्र सम्पन्न गर्दै सञ्चालनमा ल्याइने संयुक्त विज्ञप्तिमा जनाइएको छ। 

दुवै पक्षले परस्पर सहमतिका आधारमा नेपाल–चीन सीमा क्षेत्रमा थप सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु गर्ने भएका छन्। यस्तै सन् २०१८ को नोभेम्बरमा सांघाईमा हुने चिनियाँ अन्तर्राष्ट्रिय आयात मेलामा सहभागिताका लागि नेपाललाई आमन्त्रण गरेको छ। 

सन् २०१६ मा भएको नेपाल–चीन व्यापार तथा पारवहन सम्झौताअनुसार सम्पर्क सञ्जालको विस्तार, यातायातको सहजीकरणका लागि सम्बन्धित निकायबीच थप सहकार्य र सम्वाद बढाई शीघ्र कार्यान्वयनमा ल्याइने भएको छ। 

नेपालमा उपलब्ध निर्माण सामग्री, जलसम्पदा, ऊर्जा र प्रांगारिक कृषि र जडीबुटीबाट लाभ लिन आर्थिक र व्यापारिक सहकार्यको क्षेत्र अभिवृद्धिका लागि दुवै पक्ष सहमत भएका छन्। दुई मुलुकबीच व्यापार प्रवद्र्धन, पर्यटन र लगानी प्रवद्र्धनका लागि नेपालमा चिनियाँ लगानीका बैंकका शाखा खोल्न नेपालले उपयुक्त नीतिगत व्यवस्था गर्नेछ। 

चीनले विपद्पछिको राहत, उद्धार र पुनःनिर्माणका लागि घोषणा गरेका सहयोग जारी रहने र नेपालमा सञ्चालित चिनियाँ परियोजनाको कार्यान्वयनका लागि नेपालले आवश्यक सहजीकरण गर्नेछ। दुवै पक्षबीच मदन भण्डारी विज्ञान र प्रविधि प्रतिष्ठान स्थापनाको सम्भाव्यता अध्ययन गर्न सहमति भएको छ। 

मानवीय क्षमता अभिवृद्धि 

कानून कार्यान्वयन गर्ने निकायबीच सूचना आदान–प्रदान गर्ने निकायको क्षमता वृद्धि र तालीम प्रदान गर्न सहकार्य हुने भएको छ। यस्तै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विगतमा भएका सहमति तथा सम्झौतालाई व्यवस्थित बनाएर कार्यान्वयनमा ल्याउनसमेत दुवै पक्ष सहमत भएका छन्। 

दुई पक्षबीच तालीम, विपद् व्यवस्थापन र न्यूनिकरणमा क्षमता वृद्धिका लागि नागरिक र सुरक्षाकर्मीको भ्रमण आदानप्रदान गर्ने, सीमा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्ने, नेपाल सरकारले सिचुवानको छेन्दुमा महावाणिज्यदूतको कार्यालय खोल्न गरेको प्रस्तावलाई चीनले गम्भीरतापूर्वक अध्ययन गर्ने वचन दिएको छ। 

पर्यटन प्रवर्द्धन तथा व्यापार सहजीकरण 

दुवै पक्षबीच शिक्षा, संस्कृति, पर्यटन, सञ्चार, विद्युत् समूह, युवा र जनस्तरमा आदानप्रदान र सहकार्य प्रवर्द्धन गर्ने, यस्तै दुई देशका विभिन्न शहरबीच भगिनी सम्बन्ध विस्तार गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ। चीनले तिब्बत, सिचुवान, युनान, क्यूगाई र अन्य प्रदेशमा व्यापार, पर्यटन, लगानी र अन्य क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गर्ने भएको छ। 

नेपाली पर्यटन व्यवसायीलाई व्यापार प्रवर्द्धन तथा थप सहजीकरणका लागि चीनले नेपालमा चिनियाँ भाषाको तालीमलाई निरन्तरता दिनुका साथै मानव स्रोत र सरकारी छात्रवृत्तिअन्तर्गत चीनले नेपालमा ४ सय जनालाई तालीमका अवसर उपलब्ध गराउने समेत संयुक्त विज्ञप्तिमा समावेश छ। 

सन् २०१४ मा शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासबीच भएको सम्झौताअनुसार नेपालको विद्यालयमा शिक्षण सहजीकरण कार्यक्रम अन्तर्गत स्वयंसेवी चिनियाँ भाषा शिक्षक उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। 

नेपालले चीनलाई उपहारको रुपमा एक जोडी एक सिंगे गैंडा उपलब्ध गराउन लागेकामा प्रशंसा गर्दै वक्तव्यमा भनिएको छ ‘यो सरकार-सरकार र जनताबीचको मैत्री र स्थिर सम्बन्धको प्रतिबिम्ब हो।’ 

अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा सहकार्य 

दुवै पक्षबीच संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चमा साझा स्वार्थ विकास गर्दै विकसित, अल्पविकसित र भूपरिवेष्ठित मुलुकबीचको सहकार्यलाई अभिवृद्धि गर्ने, नेपालले सांघाईको अपरेसन अर्गनाइजेसनमा पर्यवेक्षकको भूमिकालाई असाध्यै महत्व दिँदै अन्य सदस्य मुलुकको परामर्शमा थप भूमिका उपलब्ध गराउन चीन सहमत भएको छ। 

दुवै मुलुकले सार्क र अन्य क्षेत्रीय संयन्त्रका मार्गदर्शनलाई एक अर्काको सहयोग र सहभागिताका लागि सकारात्मक रुपमा लिनेछन्। विश्व व्यापार संगठन अन्तर्गत बहुआयामिक व्यापार क्षेत्रका लागि दुवै पक्ष प्रतिबद्ध रहँदै विकाशिल र अति अल्पविकसित मुलुकको लाभ प्राप्त गर्ने अधिकारलाई प्राथमिकता दिँदै पारदर्शी, समावेशी र सन्तुलित आर्थिक विश्व व्यापीकरणमा जोड दिने भएको छ। 

ओलीको भ्रमण : थप समझदारीको अवसर 

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई दुई देशबीच लामो समयदेखिको विस्तृत सहकार्य र साझेदारी प्रवद्र्धनका लागि महान अवसरका रुपमा चित्रण गरिएको छ। प्रधानमन्त्री ओलीले चिनियाँ नेतालाई यसै वर्ष नेपाल भ्रमणका लागि गरेको आग्रहलाई आपसी समझदारी र कूटनीतिक संयन्त्रमार्फत शीघ्र मिति तय गरिने भएको छ। 

नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको सन् २०१७ मा भएको १९औं राष्ट्रिय कंग्रेस सफलतापूर्वक सम्पन्न भएको र नेसनल पिपुल्स कंग्रेस, सन् २०१८ मा चिनियाँ राजनीतिक परामर्श सम्मेलन सम्पन्न भएकामा बधाई दिँदै चिनियाँ विशेषताको समाजवादको आधारमा नयाँ युगतर्फको यात्राको अगुवाई गर्न राष्ट्रपति सि जिन पिङ सफल हुने विश्वास व्यक्त गरेको छ। 

स्थिर सरकारलाई शुभेच्छा 

चिनियाँ पक्षले नेपालको सक्रमणकालीन राजनीतिको अन्त्य भई राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युग सुरु भएकामा नेपाललाई बधाई दिँदै तीन तहका निर्वाचन सम्पन्न भई ओलीको नेतृत्वमा गठित सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प लिएकामा खुसी व्यक्त गरेको छ। चीनले नेपालको उक्त संकल्पलाई आफ्नो क्षमताले भ्याएसम्म पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। 

दुवै देशले एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डता तथा साझा चासो र मुद्दालाई सम्मान गर्दै नेपालले एक चीन नीतिप्रति विगतदेखि नै जनाउँदै आएको प्रतिबद्धताबारे वक्तव्यमा उल्लेख छ। 

चीनले नेपालको आफ्नो सामाजिक प्रणाली र विकासको मार्गमा अपनाउने स्वतन्त्र निर्णय र नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्थिरताको लागि आफ्नो सहयोग निरन्तर रहने दोहोर्याएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  ०६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्