काठमाडौं– प्रहरीको गोली लागेर मुलपानीको एक व्यक्ति घाइते भएका छन्। कुख्यात लुटेरा अम्बरबहादुर तामाङ ‘खुँडे’माथि प्रहरीले गोली हानेको हो।
पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्न प्रयास गरेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो।
जंगलमा भएको मुठभेडमा उनलाई दुई गोली लागेको अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए।
उनको साथबाट पेस्तोल र २ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली हानिएको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए।
उनले गत जेठ २४ गते मात्र १९ लाख ६० हजार रुपैयाँ लुटेका थिए। ताप्लेजुङका बिरेन तामाङलाई सस्तोमा डलर साटिदिने भन्दै इन्द्रायणीमा भेट्न बोलाएर उनले पैसा लुटेका हुन्।
डलर भन्दै नक्कली पोको दिएर झुक्याइ लुटेर भागेका थिए। पैसा लिएपछि पेस्तोल देखाएर धम्काएका थिए।
त्यसको ४ दिनभित्र कपन संयुक्तपार्क स्थित एकान्त ठाँउमा पारी जिल्ला ताप्लेजुङ फुललिङ–का राजकुमार बाँनियाको ४ लाख ९० हजार रुपैयँँ लुटेका थिए। डलर साट्न भनि बोलाई हात हतियार तथा पेस्तोल देखाई लुटेका हुन्।
सोही दिन भक्तपुरको सुयबिनायक जंगलमा स्याङजा चापाकोट– १४ घर भएका राज भण्डारीको ८ लाख सोही शैलमिा लुटेका थिए।
सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल गोकर्ण बस्ने तामाङ विगतमा पनि पक्राउ परी छुटेको एसएसपी सिंहले बताए। उनको साथबाट नक्कली डलर पनि प्रहरीले बरामद गरेको छ।
उनीविरुद्ध धेरै वटा मुद्दा रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।