• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारीको चक्करमा राहदानी र पैसा गुम्ने क्रम बढ्दो, विभागमा १ हजारभन्दा बढी उजुरी

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०७५  ००:५५
1140x725

काठमाडौं– वैदेशिक रोजगारीमा जाने क्रममा धेरै युवायुवतीले पैसासँगै राहदानी गुमाउने क्रम बढ्दै गएको छ। रोजगारीका नाममा धेरै रकम ठगिएको उजुरी लिएर पछिल्लो समय पीडितहरु दैनिक न्यायको खोजीमा वैदेशिक रोजगार विभागमा धाउने गरेका छन्।

वैदेशिक रोजगारीका लागि कतार जाने चक्करमा गोरखाकी पुतलीमाया घलेले फिसलिडर इम्प्लोइमेन्ट प्रालिमा ६० हजार रुपैयाँ र राहदानी बुझाएको थिइन्। उक्त कम्पनीले विदेश नपठाएपछि उनले पैसा र राहदानी फिर्ता माग्दा पाइनन्। यो उजुरी बोकेर उनी वैदेशिक रोजगार विभागमा पुगेकी छिन्। वैदेशिक रोजगारीको चक्करमा समय, पैसा र राहदानी गुमाउनुपरेको घलेको गुनासो गरिन्। 

पर्साका निरोज गिरीको समस्या पनि पुतलीमायाको जस्तै छ। उनले क्यापिटल रिक्रुटमेन्ट सर्भिज प्रालिमा माल्टा जाने भनेर राहदानीसँगै १ लाख ५० हजार रुपैयाँ बुझाएका थिए। उक्त मेनपावरले विदेश पठाउँछु भनेर ६ महिना झुलाएको गिरीले बताए।

‘विदेशको चक्करमा साहुसँग लिएको ऋण र राहदानी समेत गुमाउनुपर्योक। न विदेश जान पाइयो, न त पैसा र राहदानी नै फिर्ता भयो’, उनले भने।

उनले आफ्नो समस्या विभागको उजुरी शाखामा सुनाइरहेका थिए। पैसा नभए पनि राहदानी जसरी पनि फर्काइदिनुपर्‍यो भनेर उनी विभागका कर्मचारीसँग आग्रह गरिरहेका थिए। 

क्यापिटल रिक्रुटमेन्ट प्रालिमै राहदानी र पैसा बुझाएका इलामका कुलबहादुर कार्कीले पनि विभाग पुगेर उजुरी दिएका छन्। उनले पनि माल्टा जाने भनेर ९० हजार बुझाएको जानकारी दिए। 

पाँचथर पदमपुरका खगेन्द्र लिम्बूले युएईमा सेक्युरिटी गार्डमा जान एजेन्ट पदम लिम्बू (पाण्डव योङहोङ) लाई १ लाख ६० हजार र राहदानी बुझाएका थिए। तर, एकाएक पदम सम्पर्कविहीन भएपछि उनी बिचल्लीमा परेका छन्।

एक महिनापछि सेक्युरिटी गार्डमा पठाइदिने आश्वासन दिए पनि दुई हप्तापछि नै पदम एक्कासी हराए’, उनले भने, ‘उनलाई खोज्न विर्तामोड हुँदै काठमाडौंसम्म आएको हुँ।’ लिम्बूलाई नभेटेपछि वैदेशिक रोजगार विभाग र प्रहरी अपराध महाशाखा टेकूमा गएर उजुरी गरेको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

राजविराजका हेमन्त रानाले पनि पैसा र राहदानी मेनपावरले नदिएपछि विभागमा उजुरी दिन आएको बताए। 

यी माथिका नाम त प्रतिनिधि पात्र मात्रै हुन्, उनीहरू जस्ता मासिक ५० देखि ६० जना पीडितहरु यस्तो उजुरी लिएर आउने गरेको वैदेशिक रोजगार विभागको उजुरी शाखाले जनाएको छ।

स्थानीय एजेन्टको विश्वास गर्दा धेरै युवायुवती ठगिने गरेको विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले बताए। उनले विभागमा आएका उजुरीलाई सम्बोधन गर्ने प्रयास गर्दै आए पनि व्यक्तिगत ठगीका विषयलाई सम्बोधन गर्न केही गाह्रो हुनेगरेको बताए।

‘मेनपावरका नाममा परेको उजुरी सजिलै समाधान हुन्छ, तर व्यक्तिबाट ठगिएका मुद्दामा समस्या हुने गरेको छ’, प्रवक्ता रिजालले भने। 

Xtrem

Xtrem

विदेशको रोजगारी भन्नेबित्तिकै केही नबुझी हचुवाको भरमा राहदानी र पैसा बुझाउँदा धेरै युवा समस्यामा पर्ने गरेको उनको भनाइ छ। 

राहदानी र पैसा फिर्ताका लागि वार्षिक रूपमा ४ सयभन्दा बढी उजुरी विभागमा पर्ने गरेको विभागका प्रवक्ता रिजालको भनाइ छ। विभागमा गत ११ महिनामा व्यक्तिगत र संस्थागत गरी १ हजार ७ सयको उजुरी परेको छ।  

वैदेशिक रोजगारीमा पठाउनका लागि लिएका राहदानी मेनपावर कम्पनीले फिर्ता नगर्दा समस्या आउने गरेको विभाग स्रोत बताउँछ। मेनपावर कम्पनीमा आएका राहदानी विदेश नजाने भएपछि पनि कम्पनीले फिर्ता नगर्ने गरेको पाइएको छ। राहदानी लिएपछि विदेश नपठाए पनि उनीहरुले प्रतिव्यक्ति २० हजारसम्म माग्ने गरेको गुनासो पीडितले गर्दै आएका छन्। 

विभिन्न मेनपावर कम्पनीले ७५ हजारभन्दा बढीको राहदानी फिर्ता नगरेको पिपुल्स फोरमको एक अध्ययनमा उल्लेख छ। 

रोजगारीका लागि वार्षिक ५ लाख युवा विदेशिने गरेका छन्। यस क्रममा धेरै युवा ठगिने गरेका छन्। यो क्षेत्रमा वार्षिक ५० अर्ब ठगी हुने गरेको श्रम तथा रोजगार मन्त्रालयको प्रतिवेदनले देखाएको छ। यसरी विदेशिनेमध्ये कमले मात्र राम्रो काम र कमाइको अवसर पाउने गरेका छन्।

यस क्षेत्रमा यति धेरै विकृति हुँदा पनि यसलाई रोक्न सरकारले केही कदम चाल्न नसकेको  सर्वसाधारणले गुनासो गर्दै आएका छन्। 

अहिले देशका विभिन्न ठाउँमा खोलिएका मेनपावरका शाखा कार्यालयबाट पनि धेरै युवा ठगिने क्रम बढिरहेको विभिन्न संघसंस्थाले जनाएका छन्। तर, वैदेशिक रोजगारीको समस्या र मुद्दा हेर्ने निकाय काठमाडौंमा मात्र हुँदा ग्रामीण क्षेत्रका समस्या खासै बाहिर आउने गरेका छैनन्।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  ००:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्