• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

त्रिविका ‘करार’ नियुक्तिको चिरफार : प्राज्ञिकता मार्न थालिएको अहिले मात्र हो र?

64x64
प्रा.डा.ऋषिराम शर्मा बिहीबार, मंसिर २३, २०७८  ०७:०३
1140x725

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लामो समयसम्म करार सेवामा कार्यरत शिक्षकलाई विधिसम्मत ढङ्गले स्थायी गर्नका लागि गरेको भनिएको एउटा निर्णयलाई लिएर अहिले ‘त्रिवि पूरै ध्वस्त हुने भो’ भनी विचित्रको न्यारेटिभ निर्माण भइरहेछ। त्रिवि जीवनमा यसले राम्रो गर्छ नै भन्ने पक्षमा म पनि छैन। यसको परम्परा र वर्तमानको समेत म समर्थक होइन।

बेलाबेला विज्ञापन गरेर त्रिविमा दक्ष र योग्य जनशक्ति भित्र्याउनु पर्छ। तर, १४ वर्षसम्म त्रिविमा शिक्षण गरिरहेका यी शिक्षक आवश्यक कार्यविधिसाथ प्रक्रिया पुर्‍याएर स्थायी गरिँदैमा त्रिविको प्राज्ञिकता मर्ने रहेछ भने त्रिविका स्वतः स्थायी र करार शिक्षकहरूसम्बन्धी यसअघिका यस्ता कैयौँ र अनेकौँ निर्णयका कारण धेरैपटक र पटकपटक मरिरहेको र मरिसकेको छ।

सबैलाई के थाहा होस् भने, २०४६-४७ सालदेखि त्रिविको स्थायी सेवामा प्रवेश गर्ने तीन विन्दु प्रचलनमा छन्। पहिलो, स्वतः स्थायी, दोस्रो करारमा नियुक्तका लागि मात्र गरिएका विशेष आन्तरिक र तेस्रो, खुल्ला प्रतिस्पर्धा। त्रिविसभाले अहिले गर्न खोजेको दोस्रो वा विशेष आन्तरिककै प्रक्रिया हुनुपर्छ। यी तीन प्रक्रियामध्ये २०४७ सालमा होलसेलमा गरिएको स्वतः स्थायी त्यस्तो हो, जसमा एक अक्षर पनि नलेखी त्रिविमा हजारौँलाई स्थायी गरियो र ती स्थायी हुनेमध्ये र त्यसरी स्थायी हुनुपर्छ भनेर आन्दोलन गर्नेहरू धेरै जना उपकुलपति (भीसी)लगायत विश्वविद्यालयको उच्च पदमा पुगेका मात्र होइनन् केहीले त  हिजोअस्ति त्रिवि सभाको निर्णयका विरुद्ध विज्ञप्ति निकाल्ने नाममा आफ्नै विगतको विरोध गरे।

प्रा.डा.ऋषिराम शर्मा

दोस्रो विन्दु विशेष आन्तरिक हो, जसमा लुसुलुसु करारमा नियुक्त भएकालाई खुसुखुसु विशेष अन्तरिक विज्ञापन गरेर भएजति करारलाई अलिअलि लेख्न लगाएर स्थायी गर्ने प्रक्रिया। यस प्रक्रियाका कैयौँ विज्ञापन यस अवधिमा भए र यसरी पहुँचका आधारमा करार हुँदै स्थायी भएकाहरूको अहिले विश्ववविद्यालयका जनवर्गीय संगठनको नेतृत्वमा, विश्वविद्यालयका पदाधिकारीका रूपमा रजगज मात्र होइन, अरु विश्विद्यालयका भीसीलगायतका पदमासमेत गजधुम्म परेर बसिरहेछन्। विश्वविद्यालयमा स्थायी सेवामा प्रवेश गर्ने अर्को विन्दु खुला प्रतिस्पर्धा हो, जो सर्वोत्तम प्रक्रिया हो र विद्यार्थीहरू र आम जनसमुदाय यसै प्रक्रियाको पक्षमा छ। तर, यसरी खुला प्रतिस्पर्धाबाट प्रवेश गरेकाहरूको सङ्ख्या ३० प्रतिशतभन्दा पनि कम नै होला।

त्यसैले यथार्थ र सत्य के हो भने त्रिवि सभाको अहिलेको एउटा निर्णयले त्रिवि मर्ने भए २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको त्यसबेलाको परिवर्तनगामी वाम-प्रजातान्त्रिक संयुक्त सरकारले हजारभन्दा बढी अस्थायी शिक्षकलाई स्वतः स्थायी गर्ने जुन निर्णय गर्‍यो, त्यस बेला त्रिवि पहिलो पटक नराम्ररी नै मरेको हो। त्यहीँबाटै खुल्ला प्रतिस्पर्धालाई निषेध गरी सर्वदलीय दोहनका माध्यमबाट करार सेवामा प्रवेश गर्ने र त्यसको दुई-तीन वर्ष नहुँदै (जति करारमा कार्यरत छन्, त्यति नै सङ्ख्यामा) आन्तरिक विशेष विज्ञापन मागेर स्थायी गर्ने गरी विशेष आन्तरिकका घातक र विषाक्त तीखा सुइले त्रिविलाई छियाछिया पारेको हो। यसो गर्ने अनन्त श्रृङ्खला अनवरत चलेकै हो र त्रिवि दोस्रो, तेस्रो, चौथो, पाँचौ गरी अनेकौँ पटक मरेकै हो।

त्यसरी एक अक्षर पनि नलेखी सेवा प्रवेश भएकाहरूलाई १५ वर्षे या यस्तै समयबद्ध पदोन्नति (टाइमबाउन्ड प्रमोसन)का नाममा सहप्राध्यापकमा स्वतः बढुवा गरी प्रधायपकसम्मको लिस्नो चढाइएकै हो। त्रिविलाई फेरि पनि अधमरो पारिएकै हो। यसरी २०४७ सालमै मारिएको त्रिविलाई मारिरहने र अधमरो पारिरहने क्रम निरन्तर जारी राखिएको छ। यसको क्लाइमेक्सको रूपमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जुस ख्वाएर करार बनाइसकेपछि अर्को सरकारले  विशेष आन्तरिकबाट स्थायी गर्ने कार्य गरेर यस त्रिवि मार्ने भनिएको अभियानको ‘गोल्डेन जुब्ली’ मनाइएकै हो।

अझै खोज्दै जाँदा भेटिन सक्ने अर्को तीतो सत्य चाहिँ के हो भने त्रिविमा हाल कार्यरत र सेवानिवृत्त ६५ प्रतिशतभन्दा बढी हाराहारीमा जेजति जनशक्ति छन्, ती सबै स्वतः स्थायी र विशेष आन्तरिककै (अहिले निर्माण गरिएको डिस्कोर्सका भाषामा भन्दा) ‘चोर बाटो’बाट प्रवेश गरेकासमेत पाइनेछन्। त्यति बेला आफू तीन वर्ष करारमा बस्दा प्राण खुस्केला झैँ गरी सर्वदलीय सङ्गठनका बलमा विशेष आन्तरिक विज्ञापन गर्न लगाएर स्थायी भएकाहरू नै अहिले यो कदमलाई त्रिविको आत्मघाती  कदम र यसका पीडितहरूलाई फेल भएका लम्फू र लोद्दरका रूपमा चित्रित गर्दै विरोध गर्न न्वारान्देखिको बल लगाएर कुर्लँदै छन्। चौध वर्षदेखि करारमा रहेकाहरूमाथि धारिला शब्द प्रहार गरी पीडाको घाउमा नुनचुकसमेत छरिरहेछन्।

कुनै उम्दा पत्रकार रहेछन् भने, तिनले त्रिविमा यस्ता करारलाई स्थायी गर्ने विशेष आन्तरिक विज्ञापन २०४७ सालदेखि हालसम्म के कति भए र त्यस विशेष आन्तरिक दुलोबाट पसेर अहिले र हिजो राज्यले दिएका बडेबडे नियुक्ति खाए र खाइरहेछन्, खोज्लान्। त्यसपछि मात्र विशेष आन्तरिक र स्वतः स्थायीका विगतका विषालु नङ्ग्राले चिथोरिएको त्रिविका आत्माको करूण क्रन्दन सुनिएला! अनि आज त्रिविमा स्वच्छ प्रतिस्पर्धा हुनु पर्छ भनी गोहीका आसुँ झार्ने र हिजो आफू प्रवेश गर्दा त्यो मुहान बन्द गर्ने महामहिमहरू को-को रहेछन्, त्यसको पनि लेखाजोखा होला। तर, स्याल हुइय्यामा दौडिने पत्रकारबाट भने यस्तो खोज सम्भव कति पो होला?

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेका करार शिक्षकलाई स्थायी गर्नुपर्छ भनेर मैले वकालत गर्न खोजेको होइन। तर, मेरो एउटा यक्ष प्रश्न के छ भने, करार शिक्षकको म्याद ६–६ महिनामा थप गरिने नियम छ। यदि, यी शिक्षक अयोग्य, लम्फू र कामै नलाग्ने हुन् भने, यस्ता लम्फू(!)हरूलाई त्रिविले किन म्याद थपिरहेछ! निरन्तर म्याद थपिएकै कारण तिनीहरू त्रिविका लागि योग्य छन् र तिनीहरूलाई त्रिविको आवश्यकता छ भन्ने पुष्टि हुँदैन र? होइन भने, किन यिनीहरूलाई सीमान्तीकृत बनाएर अपमानको हलाहल पिउन बाध्य पारिँदै छ?

अर्को कुरो, यिनलाई फेल भएका भनी जुन पगरी गुथाइएको छ, त्यो नाजायज र अपमानपूर्ण छ। प्रतिस्पर्धामा सिटभन्दा धेरै पासै हुन्नन्। लिखितमा पास भएर अन्तर्वार्तामा अनुत्तीर्णहरू पनि मनग्गे छन्। त्यसैमा पनि एक दुई पटक नाम निस्केन भन्दैमा अयोग्य भन्दै जाने हो भने एकपटक चुनाव हारेका नेताहरू अर्को पटक कसरी योग्य भई उत्तीर्ण हुन्छन्? वा पराजितलाई मनोनीतका नाममा क्रेनले तानेर किन माथिमाथि पुर्‍याइन्छ? के यी बबुरा गुरुहरूलाई त्यस्तो पदवी दिनु जायज हो?

यस सम्बन्धमा विद्यार्थीहरूले चर्को विरोध गरिरहेछन्। उनीहरूको माग नाजायज छैन। किनभने, पहुँचका आधारमा आंशिक र करार हुँदै स्थायी गर्दै जाने हो भने उत्कृष्ट र दक्ष जनशक्तिको विश्वविद्यालय सेवामा प्रवेश गर्ने द्वार बन्द भई यस्तो जनशक्ति पलायन हुने र निराशामा डुब्ने भय छ। तर, जीवनको ऊर्जाशील समय विश्वविद्यालयका कक्षामा खर्चेका र विश्वविद्यालयका कक्षा निरन्तर धानिरहेका यी सेवारत जनशक्तिको समस्या समाधानका लागि सकारात्मक निकास जरुरी छ।

अबदेखि त्रिविमा आंशिक र करारको यो अन्तहीन श्रृखला रोक्नुपर्छ। त्रिविमा ६–६ महिनामा विज्ञापन गरेर त्रिविको यो अराजकताको जरा निर्मूल गर्न जरूरी छ। स्वायत्त भनिएको त्रिविलाई जबसम्म सिंहदरबार र बालुवाटारबाट राजनीतिक हस्तक्षेपको वाण ताकीताकी हिर्काएर छियाछिया पारिन्छ, पदको भागबन्डाको बिलो लाउँदै गोजीबाट नाम झिक्दै त्रिविका डाँडामा फुत्त फालिन्छ र पदाधिकारीका कुर्सीमा थ्याच्च बसालिन्छ, त्यस्तो मुहानबाट निसृत जोकोही घगडान प्राज्ञ बौद्धिकले पनि त्रिविको प्राज्ञिकताका श्राद्धमा बिरालो बाँध्नेबाहेक अरु कुराको धेरै आशा गर्नु बेकार छ।

हो, विश्वविद्यालयका क्याम्पसहरूमा आंशिक शिक्षक प्रवेश रोक्न असंभव होला, किनभने कक्षामा विद्यार्थी भर्ना भैसकेपछि स्थायी शिक्षकको नयाँ नियुक्तिको प्रतीक्षा गर्ने कुरा आउँदैन। त्यस्तो बेला तत्काल गर्जो टार्न आंशिक शिक्षक नियुक्ति गर्नुपर्ने हुन्छ। तर, यसरी आंशिक प्रवेशमै पनि पहुँचका आधारमा नभई सम्बन्धित क्याम्पसहरूमा खुला विज्ञापन गरी नियुक्त गर्ने परिपाटी बसाल्ने हो भने विद्यार्थीहरूको चित्त बुझाइ हुन्छ र त्रिविले यसैअनुसार अहिले परिपत्र गर्नु जरूरी छ। विद्यालयमा अस्थायी शिक्षक नियुक्तिमा शिक्षक सेवा आयोगबाट लिखित परीक्षा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइएझैँ त्रिवि सेवा आयोगबाट एकपल्ट लिखित उत्तीर्ण गरी अन्तर्वार्तामा उत्तीर्ण हुन नसकेकालाई करारमा नियुक्ति गर्ने व्यवस्था गर्नु जरुरी छ। त्यसपछि खुला विज्ञापन गरी विश्वश्विद्यालयमा मानवसंसाधन आपूर्ति गर्नु आवश्यक छ।

तर, यति हुँदहुँदै पनि कि त यिनीहरूको स्थायित्वका लागि समुचित निकासको विधिसम्मत ढङगले गरिने कामको समर्थन गरौँ, कि त्रिविमा कार्यरत करारलाई ‘गोल्डेन ह्यान्डसेक’को योजना ल्याई बिदा गरौँ। अन्यथा, यी पीडितहरूमाथि कुण्ठामन्त्रोच्चारण गर्नुभन्दा पहिले  हामी मध्ये को-को ‘स्वतः स्थायी र विशेष आन्तरिक’ प्रक्रियाका घातकपथबाट त्रिविमा प्रवेश गरेका हौँ, त्रिविलाई ध्वस्त पारेको पापको प्रायश्चित गोदानका लागि सबैले हातमा जौकुश तिलानीसहित सङ्कल्प लिँदै आआफ्नो नाम सम्झेर ‘ममः...’ भनौँ।

तर, होसियार! गुरुहरूलाई तुच्छ ठान्दा आफू अत्युच्च महागुरु बनिन्छ भन्ने महारोगको उपचार गरौँ। करार सेवारतलाई जिरो साबित गर्दा आफू हिरो भइन्छ भन्ने मानसिकतालाई आजै र अहिल्यैदेखि त्यागौँ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रा.डा.ऋषिराम शर्मा
लेखकबाट थप
माओवादी महाधिवेशन सप्ताह, प्रतिवेदन पुराण र खोलाका माछा
त्रिविका ‘करार’ नियुक्तिको चिरफार : प्राज्ञिकता मार्न थालिएको अहिले मात्र हो र?
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्