• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

माओवादी महाधिवेशन सप्ताह, प्रतिवेदन पुराण र खोलाका माछा

64x64
प्रा.डा.ऋषिराम शर्मा शुक्रबार, पुस १६, २०७८  ०९:०५
1140x725

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन सप्ताह महायज्ञ चलिरहेको छ। उक्त सप्ताह महायज्ञका वाचन शिरोमणि, आशुरोदक, खुङखार आत्मसमीक्षक र लचकतावादी सिद्धान्तका धुरन्धर भाष्यकार कामरेड 'श्री ३' प्रचण्ड हुनुहुन्छ। 

मैले उहाँलाई श्री ३ किन भनेँ? यो प्रश्नको उत्तर तात्तातै दिएर म यो लेखयात्रा अघि बढाउन चाहन्छु। नत्र महाधिवेशन सप्ताहका मन्त्रमुग्ध  र अन्धाधुन्ध स्रोतालाई कन्फ्युज हुन सक्छ। खासमा उहाँ श्री १ छविलाल, श्री २ पुष्पकमल र श्री ३ प्रचन्ड हुनुहुन्छ। त्यसैले उहाँको आदिम, आधुनिक, उत्तरआधुनिकसमेत समग्र व्यक्तित्वसमेत झल्कोस् भनेर मात्र श्री ३ भनिएको हो, कृपया यसमा अन्यथा नलिई दिनुहुन विनम्र अनुरोध छ।

सङ्लिनुपर्ने नेपाली राजनीतिक स्थिरताको पानीमा उहाँले निरन्तर मिसाइदिनु भएका ‘अग्रगामी छलाङ्’ र ‘ढाडमा टेकेर टाउकामा हान्ने’ जस्ता विषाक्त रसायनहरूले विकास र समृद्धिका सपनालाई के-कति प्रदूषित बनाइरहेको छ भन्ने विषयमा हामी सबै भुक्तभोगी नै छौँ। तिनै रसायनका कारण राजनीति निरन्तर धमिलो बगिरहेको छ।

प्रा.डा. ऋषिराम शर्मा

अहिले खास सन्दर्भ चाहिँ महाधिवेशन सप्ताहकै हो। त्यसमा उहाँले 'प्रतिवेदन महापुराण' खर्राटेदार र लचक शैलीमा वाचन गरिसक्नु भएको छ। त्यस पुराणका वाक्यहरूलाई बान्कीदार र वक्रतापूर्ण तरिकाले प्रस्तुत गर्नु भएको छ। त्यसको छलफल समूहका टीकाकारहरूले घरी पङ्क्ति-पङ्क्तिको अर्थ हेर्दै र घरी आफ्ना नेताको रज्जगज्ज हेर्दैगर्दा अर्थ नै नमिलेर अर्थ न बर्थको अर्थ लगाउन माथापच्चिसी गरेकै छन्। 

अँ, उहाँले वाचन गर्नुभएको त्यो राजनीतिक प्रतिवेदन महापुराण पढ्दा मलाई त त्यो कतै भावुक, कतै कलात्मक र कतै वैचारिक निबन्धजस्तो अनुभूत भयो। यस प्रतिवेदनको कामकुरो एकातिर र लेखक स्वयम् कुम्लो बोकी अर्कैतिर कुदेको देखेपछि मलाई उहिलेका पण्डितबाट प्रतिपादन गरिएको भनिएको 'पुस्तकका माछा’ नामक न्यारेटिभको झल्याँस्स याद आयो।  

एकजना घगडान पण्डित सप्ताह पुराण वाचन गर्दै रहेछन्। स्रोतागण उनको जादूयी वाचनकलाबाट मन्त्रनुग्ध रहेछन्। उनकी श्रीमती पनि कथा सुन्दै रहिछन्। कथामा माछामासुको प्रसङ्ग आएछ। सोही प्रसङ्गमा पण्डितजीले झन्झन् चर्को स्वरमा भनेछन्, ‘हेर्नुस् श्रोतागण, माछमासु खानु महापाप हो। माछामासु खाने मान्छे नरकमा पुग्छन् र यमाराजले तातो तेलमा त्यस्तालाई खन्याएर यातना दिन्छन्। त्यतिमात्रै होइन, हे भक्तजन हो! जसले माछा खान्छ, ऊ अर्को जुनीमा माछा भएर जन्मिन्छ र अहिले खाएको ‍माछा चाहिँ मान्छे भएर जन्मिन्छ, हे हरि...। त्यसैले के भन्दाखेरि, अहिले हामीले खाएको माछा मान्छे भएर अर्को जन्ममा हामीलाई खान्छ!... त्यसैले माछामासु कदापि नखानू...।'

सप्ताह सकिएपछि पण्डितजी घर पुगेछन्। भान्सामा बसेछन्। माछामासु कहिल्यै नटुट्ने भान्सामा आज माछामासु नभुटेको देख्दा उनले भनेछन्, 'आज माछा किन नपकाको?'

श्रीमतीले जवाफ दिइछन्, 'अस्ति क्या त! हजुरले पुराण भन्दा भनिस्या हैन, माछामासु खानु पाप हो भनेर?'

nimb
nimb
Ncell 2
Ncell 2

पण्डितजीले भनेछन्, 'धत्! पुस्तकका माछा पो खानुहुन्न भन्या, खोलाका माछा त जति खाए नि हुन्छ।'

अहिलेको माओवादीको महाधिवेशनमा कामरेडले प्रस्तुत गर्नु भएको यो राजनीतिक प्रतिवेदन उस जमानाका महापण्डितले वाचन गरेको सप्ताह पुराणको उत्तरआधुनिक अवतार नै हुनुपर्छ। आखिर प्रतिवेदन पुराणमा जे भने पनि पत्याइदिने सोझा प्रतिनिधि, फूल बर्साउँदै जयजयकार गर्ने इमानदार कार्यकर्ता र हात जोडेर जम्ल्या हात गर्ने यजमानरूपी जनतालाई अनवरत झुक्याउने पुलिन्दा मात्र हो। 'पुस्तकका माछा' सिद्धान्त र 'खोलाका माछा' व्यवहारको कसीमा केही साक्ष्य प्रस्तुत गर्ने अनुमति माग्दछु।

कार्यकर्तालाई पैसाको आसक्ति र यौन अनैतिकता त्याग्न सांस्कृतिक रुपान्तरण जरुरी रहेको, पार्टीका समग्र नेता कार्यकर्ताको जीवनशैलीदेखि लवाइखवाइ, कमिशन, भ्रष्टाचार र यौन अनैतिकता त्याग्न जरुरी रहेको उनले उल्लेख गरेका छन्। यो नै 'पुस्तकाका माछा' सिद्धान्त हो। यी सबै कुरा उनको नाकैमुनि छरपस्ट रहनु, उनकै घर परिवारका कतिपय सदस्यहरू, उनका अधिकांश स्वकीय सचिव र उनको तथास्तु वरदान प्राप्त नेता कार्यकर्ताहरूका पैसाका आशक्ति र विलासी जीवनशैलीका दृष्टान्तहरू चाहिँ 'खोलाका माछा' हुनुपर्छ। 

कामरेड पण्डितले  चुनावबाटै समाजवादको बाटो तय गर्नुपर्ने कुरो उल्लेख गरेका छन्। वास्तवमा उनीहरूले चुनाव भन्नु चाहिँ 'खोलाका माछा' थ्योरी हुनुपर्छ। चुनावलाई प्रतिगमन भन्दै कुहिगन्धे गठबन्धन बनाउनु र चुनाव भनेपछि सातो जानु चाहिँ त्यही व्यवहार न हो।

कामरेड पण्डितले १५ दिनसम्म नेता कार्यकर्ताले अनिवार्य श्रम गर्नुपर्ने कुरो प्रतिवेदन पुराणमा प्रस्तुत गरेका छन्। नेता कामरेड र आशीर्वाद प्राप्त कार्यकर्ताहरुले समेत चिल्ला गाडी चढ्नु, बङ्गला ठड्याउनुलगायतका ऐश्वर्यभोगमा निर्लिप्त हुनु चाहिँ 'खोलाका माछा' व्यवहार नै हो।

उनले प्रतिवेदनमा अमेरिका, युरोपेली मुलुक र सिङ्गो विश्वका बारेमा हजमोला खानुपर्ने गरी दिएका विश्लेषण र  विरोधका हावादारी गफ व्यासमा बसेको पण्डितकै शैलीको छ। दातृनिकाय लगायतले दिएका विकास निर्माणका ऋण सहयोगको रकम (मेलम्ची आदि...) बाट महँगामहँगा गाडी चढ्नु र मुलुकलाई दीर्घकालीन रूपमा ऋणमा डुबाउने क्रियाकलाप पनि उही शैलीमा छ।

कामरेड पण्डितले ‘शान्ति प्रक्रिया कि विद्रोह’ भन्नेमा कन्फ्युजका कारण पार्टी कमजोर भएको स्वीकार गर्दै आत्मालोचना गर्नु पुस्तकका माछा हुनुपर्छ भने सन्देश हो। त्यसबारे ढुलमुल, अस्पष्ट र गन्जागोलयुक्त कुराले कार्यकर्ताको दिमाग गिजोल्नु र विद्रोहको निस्तो धम्की ध्वनित हुनु स्वाभाविक सुनिँदैन।

उक्त पार्टीका नेतृत्व तहमा रहेका धेरै र सो तहमा नरहेका केही नेताहरूले आर्जन गरेको सम्पत्तितर्फ क्रमशः र पालैपालो दर्शन गर्दै जाँदा पनि पण्डित शैली बुझिहालिन्छ। त्यसैले माओवादी द्वन्द्मा परेर शरीरमा गोली बोकेर हिँडेका वीरेन्द्र बस्नेत जस्ता प्रतिनिधि यो पुराण पढेर भन्छन्- 'माओवादी पार्टी बनाउने हो भने सुरुमा प्रचण्ड परिवारवादको घेराबाट बाहिर निस्कनुपर्छ। परिवारमा फस्दै जाँदा प्रचण्डसँग आम नेता–कार्यकर्ताको पहुँच पुग्न सकेको छैन। परिवारको घेरा नतोड्ने हो भने पार्टी बन्दैन।'

त्यस्तै, सबै विभागका प्रतिनिधिहरू रहेको समूहको संयोजन गरिरहेका मायाप्रसाद शर्माले प्रतिवेदन कार्यान्वयनमा अध्यक्ष दाहालले नै कस्तो भूमिका खेल्छन् भन्ने प्रश्न उठेको बताए (कान्तिपुर, पुस १४)। 'प्रतिवेदनमा जुन रुपान्तरणको विषय ल्याउनुभएको छ त्यो उहाँबाटै व्यवहारमा लागु गर्नुपर्छ भन्ने कुरा उठेका छन्,' उनले भने।

त्यसैले महापण्डित, पण्डित र लघुपण्डित कामरेडहरूको २०६२-६३ सालदेखि २०७७-७८ सम्मको  सम्पत्ति जायजेथा, घर, गाडी, सेयर कारोबार तुलनात्मक अध्ययन कसैले गरे पनि पुस्तकका माछा र खोलाका माछा कथाको सम्पूर्ण तस्बिर छर्लङ्ग हुने नै छ। अहिले पनि यो प्रतिवेदनरूपी पुस्तिकामा जेजे कुराहरू नगर्न भनिएका छन् र नखान भनिएका जुन कुखाद्य वा अखाद्यहरू छन्, ती सबै कुराहरू महापण्डित कामरेड, पण्डित कामरेड र लघुपण्डित कामरेडहरू हरेकका आचरणका किचनमा र व्यवहारका भान्सामा निरन्तर पाकिरहेछन्। उहाँहरूले यस्तै पक्वान भोजन गर्दै क्रमशः आफ्नै कथनको निरन्तर भन्जन गरिरहनु भएकै छ। यो भन्जनलाई डेरिडाको विखण्न वा उत्तरआधुनिकताको कोटीमा नराखे कहाँ राख्ने बडो असमञ्जस हुने स्थिति छ। 

जोजससँग सम्बन्धित छ, पण्डित कामरेडहरूले वा पार्टीले जनयुद्धपूर्व र त्यसपछि आर्जेको सम्पत्ति र जीवनशैलीबारे निष्पक्ष जाँचका लागि सम्बन्धित कानुनी निकायमा निवेदन दिनोस् वा पार्टीले त्यस्तो आर्जन गरेकाहरूका बारेमा उजुरी दियोस्। कार्वाही अघि बढोस्। त्यसपछि यी गफ पुस्तकका माछा होइन रहेछन् भनेर पत्याउने र माओवादी पार्टी बौरिने दिन आउला। 

फेरि सो प्रतिवेदन पुराणमा भारतप्रतिको दृष्टिकोणका कुरा, एमसीसीका कुरा, चुच्चे नक्साका कुरा, अरु पार्टीप्रतिको दृष्टिकोणको कुरा किन नअँटाएका होलान्? कागज पो नपुगेर हो कि?

माओवादी नेतृत्वमा देखिएको विकृतिबाट वाक्कदिक्क भएका र अहिले सो पार्टी त्यागेर कृषिकर्ममा लागेका लोकेन्द्र बिष्ट मगरले पुस्तकका माछा र खोलाका माछा थ्योरीलाई पुष्टि गर्ने गरी अभिव्यक्ति दिएका छन्। अनलाइनखबरसँग उनले भनेका छन्, 'सर्वसाधारण कार्यकर्ताहरु कमरेड प्रचण्डलाई भेट्न जान बाहिर गेटमा लाइन लाग्या हुन्छन्। त्यो लाइनलाई हाइजम्प हानेर, कार्यकर्ताहरुको टाउको नाघेर दलालहरु स्वाट्टै प्रचण्डको विच्छौनामा पुग्छन्। अरु सबै त बाहिर ट्वाँ परेर बस्ने हुन्छ।'

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रा.डा.ऋषिराम शर्मा
लेखकबाट थप
माओवादी महाधिवेशन सप्ताह, प्रतिवेदन पुराण र खोलाका माछा
त्रिविका ‘करार’ नियुक्तिको चिरफार : प्राज्ञिकता मार्न थालिएको अहिले मात्र हो र?
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय शनिबार, वैशाख ५, २०८३
सर्वाेच्चको निर्णयले पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनाएको छ : गगन थापा शनिबार, वैशाख ५, २०८३
होर्मुज नाका व्यावसायिक जहाजका लागि खुला गर्ने इरानी निर्णयको राष्ट्रसंघद्वारा स्वागत शनिबार, वैशाख ५, २०८३
अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह शनिबार, वैशाख ५, २०८३
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्