• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राप्रपा महाधिवेशन: किन ३१ वर्षको समीक्षा खोजिरहेछन् राजेन्द्र लिङ्देन?

दुर्गा दुलाल/डिबी खड्का शुक्रबार, मंसिर १७, २०७८  २१:५२
1140x725

काठमाडौं– राजधानीको भृकृटीमण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन चलिरहेको छ। बहुदलअघिदेखि गणतन्त्रसम्म राजतन्त्रलाई काँध थापेका नेताहरुको पार्टी हो, राप्रपा। ती काँधहरुले राजतन्त्रलाई कहाँ पुर्‍याए?

यतिबेला त्यही पार्टीका एक नेता प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन समीक्षा गर्न चाहिरहेका छन्। भृकुटीमण्डपमा चलिरहेको महाधिवेशनमो ठूलो ‘स्पिकर’मा लिङ्देनपक्ष पटक–पटक भनिरहेको छ– ३१ वर्षको समीक्षा गरौं।

थप नारा लाग्छन्– 
निर्मल निवास के भन्छ– लिङ्देनलाई ले भन्छ।
युवा पुस्ता के भन्छ– लिङ्देनलाई ले भन्छ।
हिन्दु राष्ट्र, राजतन्त्र जिन्दावाद।

इतिहास भइसकेको ‘निर्मल निवास’ र इतिहासमै मात्रै भेटिने हिन्दू राष्ट्र र राजतन्त्रको अजेन्डा अघिल्तिर लिङ्देन छन्। गणतन्त्र आउनु एक निमेषअघि पनि निर्मल निवास अर्थात् पूर्वराजा ज्ञानेन्द्रसँग भएका कमल थापा यी अजेन्डामा पिछिडिएका छन्। 

नयाँ नेतृत्व आउनुपर्ने र इतिहासको निर्मम समीक्षा हुनुपर्ने लिङ्देनको नारामा थापा पक्षको काउन्टर नारा यस्तो सुनिन्छः
योगदान भुल्न पाइँदैन – नयाँ पुस्ता चाहिँदैन।

राप्रपामा २०४७ सालदेखिन फेरि–फेरि पुरानै नेतृत्व आउने क्रमभंगताका साथ लिङ्देनसँग पुराना पुस्ताका प्रकाशचन्द्र लोहनी मात्रै छन्। बाँकी सबै नयाँ पुस्ताका नेता। कमल थापासँग भने राजतन्त्रसँग जोडिएको विरासत भएका लगभग सबै। त्यसैले राप्रपाको यो महाधिवेशन नयाँ र पुराना पुस्ताबीचको लडाइँजस्तो पनि देखिएको छ। 

एकता महाधिवेशन अर्थात् पञ्चहरुको पुनःमिलन
२०४७ सालमा पञ्चायतको अन्त्य भयो। बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भयो। पञ्चायती व्यवस्थामा राजालाई रिझाएर शक्तिमा आलोपालो गरिरहेकाहरु विलखबन्दमा परे। नयाँ व्यवस्थामा पनि शक्तिमा रहन त्यही व्यवस्थाअनुसार चल्नुपर्ने निष्कर्ष निकाले र उनीहहरुले पार्टी बनाए– राष्ट्रिय प्रजातन्त्र पार्टी। 

Ncell 2
Ncell 2
nimb
nimb

सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द, रविन्द्रनाथ शर्मा, बालाराम घर्तिमगर, राजेश्वर देवकोटालगायत पञ्चायतकालका शक्तिशाली नेताहरु सो पार्टीमा समाहित भए। राजाबाट चुनिने शासनबाट जनताबाट छानिने अवस्थामा आफूलाई सहभागी गराए। बहुदलपछि उनीहरुको ‘नियति’ समान भयो, त्यसैले पार्टी बनाए। तर, ‘नियत’ समान कसरी हुन्थ्यो? सत्ताका खेलाडी, उनीहरु छुट्टिने क्रम चल्न थाल्यो। त्यो क्रम केही समय अघिसम्म जारी थियो। 

२०७४ को निर्वाचनमा उनीहरुले जम्मा एउटा ठाउँ जिते, त्यो पनि नेकपा (एमाले) र माओवादीको गठबन्धनसँग साँठगाँठ गरेर।संविधान सभाका चुनावमा समानुपातिकबाट भएपनि केहीले संसदको दैलो चिहाउन पाएका थिए। तर, नयाँ संविधान जारी भएपछिको संसदीय निर्वाचनमा थ्रेसहोल्ट कटाउन नसकेर राष्ट्रिय दलकै मान्यता पाउन सकेन। सायद त्यही परिणामको 'रियलाइजेसन' हो, पूर्वपञ्चहरुको यो पुनःमिलन।  

पार्टी स्थापना भएको ३१ वर्ष पछिको यो महाधिवेशनलाई उनीहरुले एकता महाधिवेशन भनेका छन्। तीन दशक कालखण्डमा पूर्वपञ्चहरुको यो पार्टी पाँचपटक विभाजित भएको छ भने पाँचै पटक जोडिएको छ। 

पार्टी ३१ वर्ष पहिलेकै अवस्था आइपुग्दा नेतृत्वको बागडोर नयाँ पुस्तामा प्रत्यायोजन गर्नुपर्ने दाबी लिङ्देनले यही कारण गरेका हुन्। ‘राप्रपा गठन भएको ३१ वर्षको इतिहासमा पार्टी अहिले जुन ठाउँमा आएको छ, त्यहाँबाट उठाएर अघि बढाउन बाध्यता छ,’ आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा लिङ्देनले भने, ‘मेरो उम्मेदवारी र जित नै राप्रपा उठाउने कामको प्रस्थान बिन्दु हो। अग्रजहरुको सम्मान गर्दै ६ महिनाभित्र राष्ट्रिय शक्ति बनाएर निर्वाचन र सडक संघर्ष गर्दै देशको वैकल्पिक शक्ति बनाउने मेरो संकल्प हो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अध्यक्षका अर्का प्रत्यासी कमल थापा स्थापना कालदेखि नै पार्टीमा रहेको, तर उनको नेतृत्वले पार्टीलाई कहीँ पुर्‍याउन नसकेको उनको दाबी छ। थापा आफैंले महामन्त्री बनाएका लिङ्देनको चुनौतीको ओठे जवाफमा थापा उत्रिएका छैनन्, तर ‘बुढो बाघ’को चाल भने देखाइदिन सक्ने थापानिकटलाई लागिरहेको छ। 

गठनदेखि नै विभाजन 
पञ्चायत समाप्त भएर बहुदलीय प्रजातन्त्र आएपछि पञ्चहरु राजनीतिमा सक्रिय हुनैपर्ने बाध्यता आइलाग्यो। पार्टीको नाम राप्रपा राखेर पार्टीको नाम, विधान र झन्डा बनाएर शक्ति अभ्यासको नयाँ प्रणालीमा आइपुगे। सबैथोक तय भएपछि उनीहरुबीच विवाद सुरु भयो। विवादको विषय त उही– पार्टीको नेतृत्व कसले गर्ने?’ 

त्यो समय पूर्वका सुर्यबहादुर थापा राजनीतिका चतुर खेलाडी। दरबारसँग पनि उस्तै राम्रो र प्रभाविलो सम्बन्ध भएका व्यक्ति थिए। सुदूरपश्चिमका लोकेन्द्रबहादुर चन्द त्यसै पञ्चहरुलाई पन्छाएर राजाका विश्वासिला बनेका थिएनन्। उनीहरुले शक्तिको अभ्यास गरिसकेका कारण नेतृत्वमा एकले अर्कालाई स्वीकार्न सकेनन्। विवाद भयो। नेतृत्वको यही विवादका कारण पार्टीमा दुई धार स्पष्ट देखिन थाल्यो।

२०४७ जेठ १५ गते पार्टी घोषणा गर्ने समय थियो। घोषणा हुँदा राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टी घोषणा भए। बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए। चुनावमा दुवै पार्टीले लज्जास्पद हार व्यहोरे। देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो।

राप्रपा ‘चन्द’बाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए। दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा)बाट जित्ने एक्लो सांसद बने। थापा आफैं पनि धनकुटाबाट विजयी हुन नसकेपछि चन्द पक्षसँग मिल्न बाध्य भए। 

यसबाट पाठ सिक्दै उनीहरु एकताको प्रयासमा लागे। केही महिनाको प्रयासपछि उनीहरू संयुक्त पार्टी गठन गर्न सहमत भए। पार्टीको नाम पछाडी झुन्डाएको चन्द र थापा हटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय भयो। 

चुनाव चिह्न ‘हलो’ राख्दै नेतृत्व प्रजातन्त्रिक प्रक्रियाअनुसार प्रत्येक पाँच वर्षमा परिर्वतन गर्ने कुरामा उनीहरु सहमत भए। २०४८ माघमा एकीकृत पार्टी बन्यो। त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने। थापा अध्यक्ष भए पनि चन्द र थापा गुट भने कायमै रह्यो। त्यही गुटका हांगाबिगा कहिले एकै ठाउँ आइपुग्ने, कहिले छुट्ने शृंखला चलि नै रह्यो।

२०७४ सालको निर्वाचनअघि यी तीनटा पार्टी थिए। पार्टीको नेतृत्व पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरिरहेका थिए। राप्रपा २०७४ सालको निर्वाचनले एकपटक फेरि सबक सिकायो। त्यसपछि राणा, लोहनी र थापा एउटै पार्टीमा सहमत हुन अवधारणा पत्र तयार गर्नतर्फ लागे। उक्त अवधारणापत्र अनुसारको एकता महाधिवेशनवाट नयाँ नेतृत्व चयनको क्रममा पुरानै नेता थापाले एक कार्यकाल अध्यक्षको दाबी गरे भने लिङ्देनले नयाँ पुस्ताले मात्र नेतृत्व गर्न सक्ने भन्दै  एउटा पुस्तालाई नै विस्थापित गर्ने चुनौती दिइरहेका छन्।

लिङ्देनलाई राप्रपाका केही पुराना नेता र जनताबाट अनुमोदितहरुले साथ दिइरहेका छन्। लिङदेनलाई प्रकाशचन्द्र लोहनी, जगत गौचन, रामकुमार सुव्वा, टंक ढकादेखि जनतामा लोकप्रिय देखिएका नेपालगञ्ज मेयर धवलशमशेर राणासमेत लागेका छन्। विक्रम पाण्डे दुवै पक्षको साझा उम्मेदवार भएका छन्। नयाँ पुस्ताको सेन्टिमेन्टले लिङ्देनलाई सघाउन सक्ने दाबी गरिरहेका छन्। थापालाई भने लोकेन्द्रबहादुर चन्द, पशुपति शमसेर राणालगायत पुराना पुस्ताका धेरैजसो नेताहरुको साथ छ।

पूर्वपञ्चहरुमा सूर्यबहादुर थापाको लिगेसी भने कांग्रेसतिर हिँडेको छ। २०७४ सालको निर्वाचनपछि राप्रपमा रहेर खाशै उँभो लाग्ने संकेत नदेखेका सूर्यबहादुरका छोरा सुनिल थापा कांग्रेसमा प्रवेश गरेका छन्। 

लिङ्देनलाई निर्मल निवासको भरोसा 
लामो समय राजाकै सेवामा समर्पित पार्टी भएकाले नारायणहिटीबाट नागार्जुन हुँदै निर्मल निवास आइपुगेको त्यो संस्थाको आडको अर्थ छ। त्यसैमाथि राजतन्त्र नै फर्काउने मनसुवा बोकेका नेताहरु छन्। उनीहरुले त्यताको सद्भाव नचाहने कुरै भएन।

यसपल्ट निर्मल निवासको भरोसा जित्न लिङ्देन सफल भएको चर्चा चल्न थालेको छ। प्रतिनिधि सभामा समेत जितेका र आफूसँग युवाहरुको जमात कायम राखेका लिङ्देनबाट ‘शक्तिको राजनीति’ गर्न सकिने अपेक्षा ज्ञानेन्द्र शाहले गरेका हुन सक्छन्। त्यसैले उनी नयाँ पुस्ताका नेता लिङ्देनलाई अघि बढाउने संकेत गरिरहेका छन्। 

राजाबाट आशिर्वाद लिन भनेर ज्ञानेन्द्रकहाँ पुगेका एक पुराना नेतालाई उनले अब नयाँ समय बुझेर अघि बढ्ने नेतृत्वले मात्रै राप्रपालाई अघि बढाउन सक्ने बताएको चर्चा राप्रपामा छ। त्यसको अर्थ लिङ्देनपट्टी उनको सद्भाव छ। त्यही सद्भाव बुझैर लिङ्देनपक्षले नारा घन्काइरहेको छ– निर्मल निवास के भन्छ– लिङदेनलाई भन्छ।

सहजै अध्यक्ष बन्ने अपेक्षा गरेका थापा यसबाट केही सशंकित भएका छन्। विगतमा पनि पार्टी विभाजनमा पूर्वराजाकै हात रहेको उनले सार्वजनिक रुपमा बताउन थालेका छन्। निर्मल निवासले खेल्न खोजेपनि आफूले बहुमत ल्याउने दाबी गरिरहेका छन् उनले। 

निर्मल निवासका कारण पूर्व राजाप्रति आशक्ति राख्ने केही जिल्लाका मत प्रभावित हुने अनुमान लगाउन थालिएको छ। तर, त्यतिले मात्रै लिङ्देनलाई जिताउन भने सक्दैन। नयाँ पुस्ताको नारा उरालिरहँदा पुराना पुस्ताको स्पेसको पनि कुरा लिङ्देनले गर्न सक्नुपर्ने राप्रपाका प्रतिनिधिहरु बताउँछन्। लिङ्देन विजयी हुँदा एउटा पुस्ता नै अवकाशमा जाने भएकाले उनीहरु जोडबल गर्ने विश्लेषण भइरहेको छ। 

अजेन्डाका हिसाबले दुवैपक्ष पश्चगामी नै छन्। नयाँ पुस्ताका नेता भनिएका लिङ्देनका अजेन्डा झन पश्चगामी छन्। शनिबार हुने मतदानले पूर्वपञ्चहरुको ‘सरपञ्च’को मात्रै निधो गर्नेछ, पार्टीलाई समयअनुसार गति दिने नेतृत्व आउन राप्रपाले केही वर्ष अझै कुनुपर्नेछ। नआए इतिहास हुन धेरै वर्ष नलाग्न सक्छन्!

यस्तो छ प्यानल

कमल थापा अध्यक्ष प्रस्तावक: दिपक वोहोरा, सर्मथक: निरंजन थापा 
उपाध्यक्ष:वुद्धीमान तामाङ, विक्रम पाण्डे , धुव्र वहादुर  प्रधान र रोशन कार्की 
महामन्त्री: भाष्कर भद्रा, भुवन पाठक र कुन्तीदेवि शाही 

 

राजेन्द्र लिङदेन, अध्यक्ष
उपाध्यक्ष: विक्रम पाण्डे , दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठ  
महामन्त्री: डा धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापा 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २१:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्