इटहरी– सुनसरीको धरान–८, तिनकुनेबाट प्रहरीले सोमबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
धरान–५ का २८ वर्षीय बाबु बोहरा र धरान–१३ का ३५ वर्षीय कान्छा राईलाई नाइट्रोसन, एभिल, डाइजेलाप, लुपिजैसिक लगायतका लागूऔषधसहित पक्राउ गरिएको अस्थायी प्रहरी चौकी तिनकुनेले जनाएको छ।
बरामद लागूऔषधसहित दुबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।