• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रचण्डलाई मनको बाघले खाइसक्यो, चितवनले केही गर्नै पर्दैन : देवी ज्ञवाली [अन्तर्वार्ता] 

64x64
नेपाल लाइभ बुधबार, मंसिर ८, २०७८  ०९:००
1140x725

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्दैछ। शुक्रबार उद्घाटन हुने महाधिवेशन आउन अब दुई दिन मात्रै बाँकी छ। विभाजनको पीडापछि हुन लागेको महाधिवेशनलाई एमालेले एकताको महाधिवेशन भनिरहेको छ।

चितवनमा एमाले महाधिवेशनको तयारी कसरी भइरहेको छ? अनि एमालेले चितवनमा महाधिवेशन गर्नुका केही रणनीतिक उद्देश्यबारे चर्चा भइरहँदा यहाँका एमाले नेता र कार्यकर्ता चाहिँ के ठान्छन्? गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको प्रत्यासी बनेर निकै चर्चा बटुलेका एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन जनपरिचालन समिति चितवनका संयोजक देवी ज्ञवालीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीको सारसंक्षेपः
 
महाधिवेशनको तयारी कहाँ पुग्यो? 
तयारीको अन्तिम क्षणमा आइपुगेका छौं। हामीले महाधिवेशन चितवनमा गर्न पार्टीको केन्द्रीय नेतृत्वलाई आग्रह गर्यौं। उहाँहरुले पहिले बुटवल भन्नुभएको थियो। तर, चितवनका नेता कार्यकर्ताहरुको आग्रहलाई स्वीकार गरेर खासगरी पार्टी अध्यक्ष, स्थायी समितिका साथीहरुले चितवनलाई अवसर प्रदान गर्नुभयो। यसमा म सबैप्रति आभार व्यक्त गर्दछु। 

यो महाधिवेशनमा एमालेले जनताको आफूप्रतिको समर्थन देखाउन चाहन्छ। नेपाली जनता नेकपा एमालेको साथमा छन् भन्ने हामी देखाउन चाहन्छौं। उद्घाटन सत्रबाट त्यसलाई प्रमाणित गर्नेछौं। चितवनमा ७ स्थानीय तह छन्। ९८ वडाका प्रत्येक घर र दैलोमा हामी पुगेका छौं। हरेक घरमा निम्तो दिइएको छ। यो अभियानमा सहभागी भइदिन अनुरोध पत्रसहित पुगेका छौं। एमालेको समर्थनमा बनाइएका गीत संगीत घन्किइरहेका छन्। युवा, उत्साहित नेता कार्यकर्ता खट्नुभएको छ। सबैले दिनरात नभनेर काम गरिरहनुभएको छ।

यो तामझामपूर्ण महाधिवेशनले एमालेलाई के लाभ गर्ला जस्तो लाग्छ? 
देशमा ७७ जिल्ला छन्, महाधिवेशन आयोजना गर्न सबैलाई सौभाग्य प्राप्त हुँदैन। हामीले यो अवसर पायौं। अर्को कुरा, चितवन देशको मध्यभागमा पर्छ। पर्यटनका हिसाबले पनि उत्कृष्ट गन्तव्य हो। कोभिडले अर्थतन्त्र सुस्ताएको बेला यो महाधिवेशनले यहाँका सबै होटल व्यवसाय गुल्जार भएका छन्।

यातायातको चहलपहल त्यस्तै छ। यसले चितवनको आर्थिक गतिविधिमा पनि महत्व राख्छ। सँगै, महाधिवेशनका क्रममा एमाले कस्तो शक्ति हो, यसको प्रभाव कस्तो छ, जनसमर्थन कस्तो रहेछ भनेर चितवनवासीले प्रत्यक्ष देख्नेछन्। यो प्रभावले निश्चिय पनि एमालेको राजनीतिक प्रभाव विस्तार गर्न सहयोग गर्नेछ। 

नेकपा माओवादी केन्द्रका अध्यक्षलाई चुनौती दिन चितवनमै महाधिवेशन गरियो भन्ने गरिन्छ, त्यही शक्ति प्रदर्शनका लागि पनि चितवनलाई छानिएको हो? 
चितवनमा राष्ट्रिय दलले महाधिवेशन गर्दा चितवनको विकास चाहने हरेकले खुसी हुनुपर्ने हो। मेरो जिल्लामा कार्यक्रम भयो, आर्थिक गतिविधि बढ्यो भनेर धन्यवाद दिनुपर्ने हो। सामान्य मानिसले त्यसै भनिरहेछन्, तर प्रचण्डजी किन तर्सिनु भएको हो, मलाई थाहा छैन। चोरको खुट्टा काट् भन्दा चोरले आफ्नो खुट्टा आफै झिक्छ रे। तर, हामीले उहाँको बारेमा केही सोचेकै छैनौं। हाम्रो आफ्नो संगठनात्मक गतिविधि गरिरहेका छौं। उहाँले चाहनुहुन्छ भने उहाँको पार्टीको महाधिवेशन केपी ओलीकै गृहजिल्ला झापा लगेर गर्दा भो नि। हामी त्यसमा कुनै आपत्ति मान्दैनौ। 

पहिलो कुरा, चितवनमा एमाले सशक्त पार्टी हो। यसले यहाँका ७ स्थानीय तहमध्ये चारवटा मेयर र पाँचवटा उपमेयर जितेको छ। अर्को, भरतपुर महानगरपालिकामा समेत जनताको मतले एमालेले जितेको हो। धाँधली, जालझेल, मतपत्र च्यातेर आफ्ना छोराछोरीलाई जिताउनेहरु तर्सिन्छन् भने त्यो अर्कै कुरा हो। जनताको साथ र समर्थन एमालेसँग छ, एमालेप्रति चितवनका नागरिकको विश्वास बढ्छ कि भन्ने डरले उहाँ आफै आत्तिनुभएको, त्रसित हुनुभएको हो कि? वनको बाघले नखाए पनि मनको बाघले उहाँलाई सताइरहेको छ वा खाइरहेको छ कि? उहाँका अभिव्यक्तिले त्यस्तै देखाउँछन्। तर, चितवन एमालेको बलियो प्रभाव भएको जिल्ला हो।

Ncell 2
Ncell 2
nimb
nimb

कोहीलाई अरुको बलमा एकपटक जितेको हुनाले यो मेरो बिर्ता, मेरो क्षेत्र भन्ने लागेको होला। चितवन कसैको विर्ता होइन, हुन सक्दैन। कसैको प्रभाव क्षेत्र पनि होइन। अर्काको बैशाखी चढेर सांसदसम्म हुन सकेका मानिसको फुर्ति चितवनवासीलाई राम्रोसँग थाहा छ।

तपाईंहरुले महाधिवेशन गर्दै गर्दा प्रचण्डको चितवन आउनेक्रम निकै बढेको छ। दलबलसहित चितवन आएर विकास बहस नै चलाइसक्नुभयो नि?
मानिसको आफ्नै बुझाइ होला। विकासप्रति उहाँको चिन्ता त यही मैदान हेर्नुस् न। एमालेले महाधिवेशन गर्दै गर्दा यसलाई सम्याउने काम गरेको छ। यो बगर बनेको थियो। उहाँ सांसद हुनुहुन्छ, उहाँको छोरीलाई यो भरतपुर महानगरको मेयर बनाइएको छ। यो खोलाले बगाएको बगरसम्म सम्याउन ध्यान गएन। उहाँहरुलाई चासो थिएन, एमाले आएर बनाउनुपर्ने स्थिति छ भने उहाँहरुले के काम गर्नुभएको छ र विकासको लहर ल्याएको गफ दिनुहुन्छ? केपी ओली नेतृत्वको सरकार हुँदा यो महानगरपालिकाका निम्ति अनुदानबाट अर्बौं रुपैयाँ आएको छ।

केन्द्रीय योजनाहरु परेका छन्, ६ लेनको सडक बन्दैछ। यो सबै केपी ओली सरकारमा हुँदा नै विनियोजित बजेट हो। सिटी हल निर्माण लगायतको बजेट चाहिँ केपी ओली सरकारमा हुँदा छुट्याउने अनि गफ चाहिँ मैले गरेको भनेर चितवनका जनतालाई ढाँट्ने? यही कुरा अब पर्दाफास हुने भयो भन्ने डरले उहाँ अलिअलि आत्तिनुभएको हो।

Xtrem

Xtrem

एमाले एक्लै पाँच दलीय गठबन्धनसँग भिड्न सक्ने सामथ्र्य छ त चितवनमा? 
एमाले फर्सी, काँक्रो जस्तो बिरुवा होइन। अर्काको थाक्रो समाएर चढ्नेहरु लौका, फर्सी, काँक्रा जस्ता बिरुवा हुन्छन् जसलाई थाक्रो चाहिन्छ। तर, नेकपा एमाले सतिसाल जस्तै छ। कठिनाइमा हुर्केको पार्टी हो। अप्ठ्यारासँग पौठेजोरी खेल्छ। सजिलोसँग अब हाम्रो प्रतिस्पर्धा एक्लाएक्लै त कसैसँग नहुने नै भो। उहाँहरु कसैको तागत भएन कि एमालेसँग एक्लै लड्छु भन्ने। अब उहाँहरुको गठबन्धनमा आन्तरिक गतिविधि पछिसम्म के हुन्छ त्यो त म भन्न सक्दिनँ। तर, हाम्रो तयारी उहाँहरुको गठबन्धन भएरै आउँदा पनि उहाँहरुसँग भिड्ने, उहाँहरुलाई परास्त गर्ने ढंगको छ। अप्ठ्याराहरुसँग पौठेजोरी खेलेर अप्ठ्याराबीचमै विजय प्राप्त गर्ने एमालेको चरित्र हो। त्यसैले जस्तासुकै कठिनाइ आउँदा पनि ती कठिनाइको प्रतिवाद, सामना गर्न एमाले तयार छ। 

हामी चितवनका कांग्रेसी कार्यकर्ताहरुको कुरा पनि सुन्छौं। अन्तर्वार्ता देख्छौं। बुथ समितिका चुनावहरुबाटै त्यहाँका प्रतिनिधि छान्ने बेलामा कांग्रेसी मतदाताको भावना पनि हामीले सुनेका छौं। हाम्रो यो पार्टी कहिले रुख बोकेर हिँडेको छ, कहिले हलो बोकेर हिँडेको छ, कहिले हसिया हथौडा बोकेर हिँडेको छ। आफ्नै पहिचान गुमाउनु परेको छ भन्ने पीडा चितवनका कांग्रेसा कार्यकर्ताहरुमा देखिन्छ।

तसर्थ हिजो बोके पनि अहिले माथिको आदेश नै आए पनि मलाई लाग्छ, चितवनका कांग्रेसीले अब ती कुरालाई बोकेर गठबन्धनको पक्षमा खडा हुने लक्षण देखिँदैन। उहाँहरु मिलेरै आउनु भएछ भने पनि हामी सामना गर्न तयार छौं। तर, परिस्थिति उहाँहरुले सोेचे जस्तो गठबन्धन सजिलै बनिहाल्ने पनि देखिन्न। गठबन्धन नै बनेन भने त हाम्रा लागि त्यस्तो चुनौती नै केही हुन्न। 

चितवनमा तपाईंहरु बलियो रहेको आधार चाहिँ के हो?

पहिलो त भरतपुर महानगरपालिकाकै चुनाव हेर्नुस्। २०७४ को चुनावमा नेपाली कांग्रेस र माओवादी मिलेरै चुनाव लडेका थिए। त्यतिखेर जित्न नसकेर मतपत्र च्यात्नुपर्यो। जित्न सकेको भए त मतपत्र च्यात्नु हुँदैन थियो होला। त्यहीबेला पनि गठबन्धनसँग सामना गरेको पार्टी हो एमाले। हिजो त्यस्तो स्थितिमा त सामना गरियो भने आज जनताले नै बुझिसकेका छन् नि एमालेलाई परमादेशबाट हटाइएको कुरा।

अदालतले प्रधानमन्त्री बनाउने दुनियाको कुन देशमा छ? त्यो ख्यालको षडयन्त्रपूर्ण गतिविधिद्वारा एमालेमाथि प्रहार गरेर अदालतले प्रधानमन्त्री तोकिदियो। अदालतले संसद पुनःस्थापना गर्न सक्ला। तर, फलानो व्यक्तिलाई नै प्रधानमन्त्री बनाऊ भन्ने खालको कुरा भयो। तात्कालिक रुपमा एमालेलाई रोक्न सकियो होला, एमालेको देशभक्तिपूर्ण राष्ट्रियताको अटल चट्टानी अडान र विकास निर्माणका निम्ति एमालेले विगत साढे ३ वर्षमा खेलेको भूमिका नेपाली जनताले देखेका छन्। एमालेले साँच्चै काम गर्न खोजेको थियो, अरु गठबन्धनका मानिसहरुले सत्तालिप्साका कारणले यो पार्टीलाई अन्यायपूर्ण ढंगले बहिर्गमनको स्थितिमा पुर्‍याए भन्ने जनतालाई थाहा छ। आउने निर्वाचनमा त्यसको हिसाबकिताब गर्छौं भनेर जनता प्रतिक्षारत छन्। यही आधार हामीले देखेका छौं। उनीहरुको घरदैलोमा गइरहेका छौं, भावना बुझिरहेका छौं। जनताको चाहना बुझेको हुनाले मैले भन्न सक्छु कि यीनै आधारले फेरी पनि गठबन्धनका बावजुत हामी विजय प्राप्त गर्न सक्छौं।

एमाले विभाजन भएको छ। आउने निर्वाचनमा त्यसको असर त पर्ला नि?
विभाजनको पीडा एमालेका लागि नयाँ विषय होइन। २०५४ सालमा यही पार्टीका ४५ प्रतिशत सांसदहरु र ठूला भनिएका नेताहरुले पार्टी विभाजन गरेका थिए। तत्कालीन एमालेलाई माले बनाएर वामदेव गौतमको नेतृत्वमा एमाले पार्टी फुटाइएको थियो। जसले फुटायो, ती मानिसहरु शुन्य सिटमा झरेको कथा त्यति लामो भएको छैन। त्यो इतिहास भइसकेको छैन। मानिसहरुले सम्झिरहन्छन्। त्यतिखेरको त्यति ठूलो शक्ति लिएर गएका मानिस शुन्य सिटमा झरे। त्यतिखेर पनि प्रमुख सुदृढ शक्तिका रुपमा एमाले आउन सकेको थियो भने अहिले त त्यो स्थिति पनि होइन।

जनस्तरमा त यो फुट र विभाजनको असर दुई प्रतिशत पनि छैन। गएका मानिसहरु पनि क्रमशः फर्किरहेका छन्। माथिका केही नेता होलान्, उनीहरुको पक्षमा चितवनको कुनै पनि जनसमर्थन छैन। हिजो हामीले नै नेता बनाइदिएका हौं। जब निर्वाचन आउँछ, उनीहरु मुसीको स्थितिमा पुग्नेछन्। 
 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्