काठमाडौं– चाबहिल चुच्चेपाटीस्थित गोल्छा अर्गनाइजेशनबाट संचालित हिम ईलेकट्रोनिक्स लाखौंको धनमाल चोरी गर्ने २ जना पक्राउ परेका छन्।
नगदसहित ८३ वटा मोबाइल चोरी गर्ने भारत मितहारी, रक्सौल बजार बस्ने ३६ वर्षीय जितेन्द्र रौनियार र रामेछाप खाँडदेवि गाउँपालिका–१ घर भई टोखा नगरपालिका–५ बसुन्धरा बस्ने ३३ वर्षीय जयराम श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनीहरुले गत फागुन १८ गते सोरुमको सटर फुटाएर चोरी गरेका थिए। उनीहरुले २८ लाख १८ हजार ९ सय २० रुपैयाँ बराबरको धनमाल चोरेका थिए।
चोरी गरेकामध्ये २८ वटा मोबाइल प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।