• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एमालेमा यातना सहन नसकेर एकीकृत समाजवादी रोज्नुपर्‍यो: तारा जोशी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २४, २०७८  २१:५७
1140x725
तस्वीर सौजन्य– प्रकाश पार्की

नेकपा एमालेबाट 'विद्रोह' गरेर माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेपछि देशभर संगठन निर्माण गरिरहेका छन्। एमालेमा हुँदा असन्तुष्ट भएका कतिपय नेता कार्यकर्ताले नवगठित पार्टी रोजीरहेका छन्। कति भने एमालेमै फर्किरहेका छन्। नवौं महाधिवेशनपछि डडेलधुरामा बनेको नेकपा एमालेको जिल्ला कमिटीका तत्कालीन अध्यक्षसहित बहुमत सदस्यहरु एकीकृत समाजवादीमा समाहित भएका छन्। लामो समय नेकपा एमालेमै रहेर राजनीति गरेका एमाले डडेलधुराका तत्कालीन अध्यक्ष तारा जोशीसहित ठूलो पंक्तिले एमाले छोडेर एकीकृत समाजवादी रोजेको हो। तीनै नेता जोशीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः

एमाले डडेलधुराको अध्यक्षको जिम्मेवारी सम्हालेको र पार्टीमा राजनीतिक भविष्य भएको नेता भनेर भन्ने गरिन्थ्यो तपाईंलाई, तर पार्टी नै परित्याग गरेर हिँड्नुभो नि। कसरी यस्तो अवस्था आइलाग्यो? 
यसमा मुख्य गरेर दुईवटा कारण छन्। एउटा एमालेको सांगठनिक जीवन हो। एमालेको जुन प्रकृतिको संगठन छ, त्यसले जुन नीति अवलम्बन गरिरहेको छ, त्यसले महत्व बोक्न नसक्ने स्थिति आएको छ। हाम्रो राष्ट्र र समाजलाई अगाडि बढाउन सक्ने देखिएन। नेतृत्व दिन नसक्ने सांगठनिक जीवन छ। निरंकुश प्रवृत्ति देखिएको छ। नेता कार्यकर्ताले के बुझे भने सुरुवातमा जे–जस्तो भए पनि तलसम्म त्यो जान्छ भन्ने लागेन। तर, वैचारिकदेखि अन्य हिसाबले निरंकुशतालाई अझ लाद्ने र त्यसलाई बढावा दिने काममा धेरैको सक्रियता देखियो। त्यस्ता गतिविधिले पार्टीभित्र प्रजातन्त्रिक प्रणाली कमजोर हुँदै गएपछि यो अवस्था आएको हो।

तपाईंहरुकै भनाइमा पार्टीमा 'आन्तरिक संघर्ष' चलिरहँदा माधव नेपाल पक्षमा हुनुहुन्थ्यो। पछि १० बुँदे सहमति भयो। पार्टी विभाजन हुँदा एमालेमै रहनुभयो। अहिले आएर अचानक पार्टी छाड्नैपर्ने अवस्था कसरी सिर्जना भयो?
होइन, जुन १० बुँदे सहमति भएको थियो त्यो त लागू भएन नि। १० बुँदे सहमतिले केही न केही गर्छ भन्ने थियो, तर त्यस्तो भएन।पार्टी लोकतान्त्रिक विधिमा अघि बढेन। पार्टीलाई निरंकुश प्रवृत्तिबाट मुक्त गराउन सक्छौं भन्ने एउटा विश्वास थियो, त्यो हुन सकेन। माथि भएको सम्झौता र तलसम्म पठाइएको अपानि १२ अनुसारका कमिटी पुनःगठन हुँदै गए साथीहरुको आवाजले महत्व पाउँछ भन्ने बुझेका थियौं। तर, हरेक ठाउँमा सम्झौता गर्ने, तर त्यसको कार्यान्वयन नगर्ने काम भयो। उल्टो यातना दिने र प्रताडित गर्ने काम भयो। तल्लो तहका नेता र कार्यकर्तालाई यातना दिइरहने प्रवृत्ति नेतृत्वमा देखियो। स्वभाविक रुपमा १० बुँदे लागू नभएपछि निर्णय गर्नुपर्ने अवस्था आएको हो।

२०७५ जेठ २ अघि तपाईं निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो। सहमतिअनुसार त्यो जिम्मेवारी तपाईंलाई दिइएन, हो?
त्यो जिम्मेवारी दिने कुरै भएन। त्यहाँसम्म म आफू व्यक्तिगत रुपमा सहमति गर्न पनि तयार थिए। मलाई अध्यक्ष नै भइरहनु पर्ने जरुरत थिएन, तर त्यो १० बुँदे सहमतिको मूख्य मर्म अथवा अपानि १२ को निर्देशन थियो, त्यसलाई वैधता दिने काम भएन। म अध्यक्ष हुने कुरा ठूलो भएन, म नहुन पनि सक्थेँ, अर्को कुनै जुनियर हुन सक्थ्यो, त्यसलाई स्वीकार्न तयार थिए। तर, पुरानो कमिटीको वैधताको कुरा थियो। त्यसमा लोकतान्त्रिक हिसाबले सोच्ने र त्यसै अनुसार समाधान गर्न सक्ने मानिसहरु हुन्थे। पार्टीको हितमा काम गर्ने मानिसहरु स्वभाविक रुपमा सकारात्मक हिसाबले अघि लाग्थे भन्ने विश्वास थियो। त्यो नै सम्भव हुन सकेन।

तपाईंको असन्तुष्टि के हो त? हिजो एकीकृत समाजवादी पार्टी गठन हुँदै गर्दा एमालेमा बस्ने, अहिले आएर एमाले परित्याग गरी एकीकृत समाजवादी रोज्नुको कुनै मूर्त कारण होला नि?
१० बुँदे सहमतिको आधारमा जुन सम्झौता भएको थियो, त्यसमा नेतृत्व गम्भीर भएन। त्यसलाई कार्यान्वयन गर्न नै चाहेनन्। त्यही कारण नै एमालेबाट निस्कनुपर्ने बाहेक अर्को उपाय न देखिएपछि अहिलेको अवस्था आएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

दश बुँदे सहमतिको विषयलाई लिएर एमाले उपाध्यक्ष भीम रावल पनि असन्तुष्ट छन्। रावलसँग पनि तपाईंहरुको केही कुराकानी, सल्लाह भएको छ कि? 
उहाँसित कुराकानी त भइरहन्थ्यो। हामीले उहाँलाई जिल्लाको यस्तो परिस्थिति छ भनेर जानकारी गराएकै थियौं। १० बुँदे कार्यान्वय हुनुपर्छ भन्ने साथीहरुले त्यो लागू हुनुपर्छ भनिरहनुभएको थियो। केपी ओलीले फरक व्यवहार गर्नुभयो भन्ने नै हो। भीम रावलले पनि अहिले यातना पाइरहनु भएको नै छ। एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा उहाँसँग समन्वय त भएन। तर, एकीकृत समाजवादीमा जाने निर्णय गर्दैछौं भनेर भने सुनाएका हौं। हामी जाने कुरामा उहाँले बिमति जनाउनुभएन। किनभने तपाईंहरुको आफ्नो परिस्थिति होला, तपाईंले यातना भोगिरहनुभएको छ। मैले पनि भोगिरहेको छु भन्नुभयो। म १० बुँदेको आफै पनि हस्ताक्षरकर्ता भएकाले केही दिन अझै संघर्ष गर्छु भन्ने आशयको कुरा उहाँले गर्नुभयो। हामीले हाम्रो निर्णय चाहिँ उहाँलाई सुनाएका थियौं। 

तपाईंको नेतृत्वमा एमालेका कति जना नेता/कार्यकर्ता एकीकृत समाजवादी प्रवेश गर्नुभयो? 
कमिटीको संरचना मात्रै होइन, पार्टीका सदस्यहरुको समेत संरचना हेर्दा खेरी हामी ७५ प्रतिशत बहुमत साथीहरु एकमुष्ट हिसाबले एकीकृत समाजवालीमा समाहित हुने निर्णय गरेका हौं। 

हिजो माधव नेपालले नयाँ पार्टी दर्ता गर्दा साथ दिनु भएन। अहिले एकाएक त्यहाँ जानुभयो। यसरी भोलिको राजनीतिक भविष्य सुनिश्चित हुन्छ?
सबैभन्दा पहिले भोलिको राजनीति भविष्य सुनिश्चित हुने नहुने भन्दा पनि न्याय बोल्छु की बोल्दैन भन्ने हो। न्यायको लागि लड्छु कि लड्दैन भन्ने हो। म यो देशप्रति जिम्मेवार छु वा छैन। म राजनीति सकारात्मक बाटोमा लागोस भन्ने कुरामा जिम्मेवार छु कि छैन भन्ने हिसाबले सोच्नुपर्छ। त्यो सबै सोचेको हुनाले नै अहिलेको निर्णय गर्नु परेको हो। एकीकृत समाजवादीले कस्तो जिम्मेवारी र भूमिका दिन्छ भन्ने कुरामा अहिलेसम्म छलफल भएको छैन। त्यो त्यति महत्वपूर्ण कुरा पनि रहेन। मुलतः अहिले राजनीति वा हामीले बोकेको समाजवादको विचार, जो तत्कालीन नेकपा एमालेले बोकेको विचारलाई अगाडि बढाउने सन्दर्भमा हामीले धेरै अनुकूलता देखेको हुनाले पनि यो निर्णय गरेका हौं। अहिले कुन पद वा जिम्मेवारी भन्ने ठूलो कुरा भएन।

Xtrem
Xtrem

लामो समय नेकपा एमालेमा रहनुभयो। जिल्ला तहमा रहेर आफूले निर्माण गरेको पार्टी छाड्दै गर्दा असहज भएन?
डडेलधुराको सबै घर (सम्पूर्ण पार्टी) पुरै हाम्रो नियन्त्रणमा छ। आजसम्म काम गरेको पार्टी नेकपा एमाले हो भने, एमालेका पनि विभिन्न संरचना भए। ती हुँदा माथिदेखि तलका धेरै साथीहरु कहीँ कतै होलान्। तर, डडेलधुरामा हामीले बनाएको पुरै घर समाजवादीमा आइसकेपछि त्यति असहज हुन्न। तै पनि पार्टी सुध्रियोस् भन्ने कामना त हुन्छन नै। अब अर्को पार्टी नै भइसकेपछि त्यो पार्टीमा सुधार होस् भन्ने चाहना त सबैको हुन्छ, मेरो पनि छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्