• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अलिकति मिहिनेत गरे शेखर पहिलोपटकमै सभापति चुनिन्छन् : पुरञ्जन आचार्य [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २४, २०७८  २०:१४
1140x725

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस नेता डा शेखर कोइरालाको ‘कोर टीम’मा छन्। नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका कोइरालालाई सघाउन उनी यतिबेला सक्रिय छन्। त्यहीक्रममा देशदौडाहा पनि गरिरहेका छन्।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदा राजनीतिक सल्लाहकार बनेका आचार्य कोइराला परिवारका अर्का सदस्य शेखरलाई सभापति बनाउन सक्रिय भएर लागेका छन्। कोइरालाले महाधिवेशन केन्द्रित गतिविधिका लागि बालुवाटारमा स्थापना गरेको सम्पर्क कार्यालयमा रहेर आचार्यले आवश्यक रणनीति बनाइरहेका छन्। कांग्रेस राजनीति र विशेषतः कोइराला परिवारको नालीबेली बुझेका आचार्यसँग कांग्रेस महाधिवेशन र सभापतिका प्रत्यासीका सन्दर्भमा रहेर लिलु डुम्रेले गरेको संवादः

महाधिवेशनको मिति पटक-पटक फेरियो। यसपटक सार्वजनिक गरिएको कार्यतालिकाअनुसार तोकिएकै समयमा महाधिवेशन हुनेमा विश्वस्त हुने अवस्था बनेको जस्तो लाग्छ?
अबको कार्यतालिका परिवर्तन गर्न सक्ने अवस्था छैन। किनकि, कांग्रेसको महाधिवेशन गर्ने कुरा उसको आफ्नो मात्रै हातमा रहेन। कांग्रेसको महाधिवेशन निर्वाचन आयोगसँग पनि जोडिन पुगेको छ।
राष्ट्रिय सभाको उपनिर्वाचन माघ ७ देखि १० गतेभित्र गर्ने कुरा छ। महाधिवेशन गरेर नयाँ कार्यसमिति आयोगमा बुझाइसकेपछि मात्रै कांग्रेसको दल दर्ता हुन्छ। निर्वाचन आयोगमा नयाँ कार्यसमितिसहित दल दर्ता हुन नसके कांग्रेसको चुनाव चिह्न नै 'फ्रिज' हुने कुरा पनि सुनिन्छ। मंसिर अन्तिममा महाधिवेशन प्रारम्भ गरेर पुसको सुरुमा सक्ने कार्यतालिका पार्टीमा आयोगबाट परेको दबाबकै कारण केही दिन अघि सारिएको छ। 

३५ दिन अघि नै महाधिवेशन सम्पन्न गरेर राष्ट्रिय सभामा जानुपर्ने व्यवस्थाका कारणले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने निश्चित गरिएको छ। अहिलेलाई ढुक्कसँग के भन्न सकिन्छ भने अब शेर बहादुर देउवाले कांग्रेसको महाधिवेशन सार्नसक्ने अवस्था छैन।

सभापति देउवासँग महाधिवेशन सार्ने अन्य विकल्प भएको भए फेरि पनि सार्न सक्नुहुन्थ्यो भन्ने तपाईको आशय हो?
समयमा महाधिवेशन गर्ने व्यक्ति शेर बहादुरजी होइन। उहाँको ट्रयाक रेकर्ड पनि त्यस्तै छ। उहाँ अलि रिल्याक्स मान्छे पनि हो। शेर बहादुरजीले कतिसम्म रबर तत्काउन सकिन्छ, त्यति तन्काउने गर्नुहुन्छ। अब महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्थामा उहाँ पुग्नुभएको छ।

कतिपयको बुझाइ के छ भने अधिवेशन सकिएका १३ जिल्लामा आफ्नो पक्ष बलियो देखेपछि अन्य स्थानमा पनि सोही आकलन गरी देउवा महाधिवेशन गराउन अग्रसर हुनुभएको हो, तपाईंलाई त्यस्तो लाग्छ?
त्यो गलत हो। मैले कांग्रेसलाई चिनेको ४ दशक भइसक्यो। अहिले जिल्ला अधिवेशन सकिएर आएका ३६६ प्रतिनिधिले मत दिँदा पनि उहाँ हार्नुहुन्छ। १३ जिल्लामा सकिएकै आधारमा भन्दा ग्यारेन्टीका साथ म भन्छु, उहाँ पराजित हुनुहुन्छ।  

महाधिवेशनको मिति पटक-पटक उहाँले आफुले जित्नकै लागि सार्दै आउनुभएको हो। सार्न सकिने जति उहाँले मिति सारिसक्नुभयो। अब, सार्न सक्नुहुन्न। 

Ncell 2
Ncell 2
nimb
nimb

अबको सत्य के हो भने उहाँ फेरि पनि सभापति चुनिने व्यक्ति होइन। अब सशक्त व्यक्ति सभापति हुने गरी आइसके। उहाँको विगतको प्रस्तुती पनि भएन। उहाँको सभापतिको कार्यकाल ६ वर्ष हुन लाग्यो। यो समयलाई कांग्रेसका आम कार्यकर्ताले हेरेर देउवाजीलाई फेरि पनि मत दिने आधार देख्दैनन्। जित्ने वा हार्ने, जे भएपनि उहाँ महाधिवेशनमा जान चाहिं बाध्य हुनुभएको छ।

देउवा पराजित हुने ठोकुवा नै गर्नुभयो। उहाँले जित निकाल्न नसक्ने भनेर तपाईंले विश्लेषण गरेका थप तथ्य के–के हुन्?
उहाँले जित्नुपर्ने एउटा पनि कारण छैन। उहाँले सभापतिमा हार्ने अनेक कारणमा ३ कारण मात्रै भन्छु। पहिलो कारण, उहाँ सभापति हुँदाखेरि कांग्रेसले तीनै तहको निर्वाचनमा पराजय भोग्यो। राष्ट्रिय निर्वाचनमा उहाँले नेतृत्व दिन सक्नुभएन। 

दोस्रो कुरा, उहाँ रणनीतिमा चुक्नुभयो। केही पार्टीसँग उहाँले अलायन्स गर्नुभयो। माओवादी अध्यक्षको छोरीलाई जिताउन कांग्रेस कार्यकर्तालाई हसिँया हथौंडामा भोट हाल्न लगाउनुभयो। माओवादीसँग स्थानीय तहमा गरेको त्यो गठबन्धन काम लागेन। केन्द्रको निर्वाचन हुने बेला माओवादीले अर्को दलसँग गठबन्धन बनायो। माओवादीसँग मिल्ने उहाँको रणनीतिक चाल असफल भयो। 

अर्को, उहाँले मधेस केन्द्रित दललाई कांग्रेसको सिट छोड्नुभयो। बाबुराम भट्टराईलाई गोरखामा छोडिदिनुभयो। तर, अरु दलका नेताहरुले कांग्रेसका लागि कहीँ पनि सहयोग गरेनन्। चुनावमा सहयोग त गरेनन् नै, पछि पनि सहकार्य भएन। देउवाको नीति, रणनीति सबै फेल खायो।

Xtrem

Xtrem

देउवाले जुन चुनावी घोषणा-पत्र बनाउनुभएको थियो, त्यसलाई हेर्ने, पढ्ने कष्ट गर्नुभएन। त्यो करिब करिब काम नलाग्ने खोस्टो बन्यो। त्यसलाई पढेर केही असहमति पनि त्यतिबेला मैले जनाएको थिएँ। आफ्नो घोषणा-पत्र कार्यान्वयन गर्नतिर नलाग्ने व्यक्ति कसरी कांग्रेस सभापति हुन सक्नुहुन्छ? कांग्रेसीजनले घाँस खाएका छन् र?

यतिका त्याग, तपस्या गरेर आएको पार्टी हो। फ्रेस व्यक्तिहरु नेतृत्व दाबी गर्ने स्थानमा आइपुगेका छन्। अहिले आएका महाधिवेशन प्रतिनिधिले यो २१ औं शताब्दीमा कस्तो नेतृत्व चाहिन्छ, बुझ्दैनन् र? शेर बहादुरलाई सभापति बनाएर कांग्रेस भोली चुनावमा जानसक्छ र?

फागुन/चैतबाट त राष्ट्रिय निर्वाचनमा जानुपर्ने हुन्छ। त्यसका लागि कसले लिड गर्ने? सभापति यदि देउवा भए त उनले लिड गर्न पर्‍यो। शेर बहादुरले राष्ट्रिय निर्वाचनको लिड गर्न सक्नुहुन्छ? शेर बहादुरले अहिलेको कांग्रेसलाई लिड गर्न सक्नुहुन्न। आउँदो महाधिवेशनमा देउवा हार्ने पहिलो कारण उहाँ एक असफल नेता हो।

अर्को कारण, उहाँलाई देखाएर कांग्रेस आउँदो निर्वाचनमा जान सक्दैन। यसलाई म ‘ब्ल्याक एण्ड ह्वाइट’मा भनिदिन्छु।

शेर बहादुरजीसँग इतिहास छ, तर उहाँ भविष्यको कांग्रेस बनाउन सक्ने होइन। कांग्रेसको भविष्य शेर बहादुरको हातमा सुम्पनु हुँदैन। 

शेर बहादुरजीको आफ्नो गौरवशाली इतिहास छ। तर. उहाँ भविष्यको कांग्रेसचाहिँ होइन। कांग्रेसको भविष्य उहाँको हातमा सुरक्षित छैन। हार्ने अर्को आधार यो हो। तेस्रो आधार पनि म भन्छु। उहाँको मूल्यांकन कसरी गर्ने? पार्टी सभापतिको रुपमा उहाँको मूल्यांकन गर्न पार्टीको महाधिवेशन सात पल्ट सारिसक्नुभयो। पार्टीकै महाधिवेशन नै समयमा गर्न नसक्नेले राष्ट्रिय निर्वाचन पनि कसरी समयमा गर्लान्? यो एउटा चिन्ताको विषय छ। विपक्षी दलको नेता भएर उहाँले कुनै दिन संसद्को रोस्ट्रममा उभिएर ओजस्वी, आम जनताको भाषा, बोली, वचन बोल्नुभएको छ? त्यसरी १० मिनेट बोल्न पनि सक्नु भएन। प्रतिपक्षी दलको नेताको रुपमा पनि उहाँ असफल, पार्टी सभापतिको रुपमा पनि असफल। प्रधानमन्त्रीको रुपमा उहाँको मूल्यांकन गर्ने बेला आउँदैछ। कुनै दिन गरौंला। 

उहाँको चार पटकको प्रधानमन्त्रीको पद विवादमा छ। कुनै सम्झनलायक कामहरु छैनन्। अब उहाँले राष्ट्रिय निर्वाचन समयमै गरिदिनुभयो भने त्यही नै सम्झनलायक काम होला। प्रतिपक्षको नेताका रुपमा उहाँ असफल हुनुभयो। पार्टी सभापतिको रुपमा पनि उहाँ असफल हो। प्रधानमन्त्रीको कार्यकालको मूल्यांकन त केही समय पछि होला। 

पार्टी तथा सत्ता सञ्चालनका लागि देउवा असफल हुँदै आएको विगत देख्दा देख्दै अर्को समूहका नेताहरु एकत्रित हुन नसक्नुको कारण के होला?
शेर बहादुरजीको विकल्प खोजेको हो कि शेर बहादुरजीको विरोध गरेको हो? विकल्प खोजेको हो भने उहाँको इतर समूहले यतिखेरसम्म आफू बीचमा भएको अलिकति प्रतिभाशाली र फ्रेस मानिसलाई यो हाम्रो विकल्प हो, यो हाम्रो फ्रेस उम्मेदवार हो भनेर भनिसक्नुपर्थ्यो। त्यसैले शेर बहादुरको विकल्प खोज्नेहरु कहीँ न कहीँ चुकिरहेका छन्। 

भोलि यसले अप्ठ्यारो पार्न सक्छ। मेरो अनुरोध के छ भने, शेर बहादुरको विकल्प खोजेको हो भने देशभरिको कांग्रेसको जुन भावना छ, विश्वास छ, त्यसलाई कसले प्रतिनिधित्व गरिरहेको छ? त्यसलाई मूल्याकंन गरेर आफूमध्येबाट एक जनालाई अगाडि सार्ने समय आइसक्यो। सबै सभापति हुनलाई दौडेको हो भने सबैले लडेर आ–आफ्नो परीक्षा दिनुपर्‍यो। जो पास हुन्छ, उसैले सभापति जित्ने हो। 

यस कुरामा रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले खोजेको के हो? आफू सभापति हुन खोजेको हो कि, शेर बहादुरको विकल्प खोजेको हो? शेर बहादुरजीबाट पार्टी चलेन पनि भन्ने, त्यसको विकल्पको लागि एकताबद्ध रुपमा, साँच्चिकै विकल्प को छ? जनतामा पनि र पार्टीमा पनि? विकल्प पार्टीभित्र मात्रै भएर पनि पुग्दैन, जनतामा पनि हुनुपर्‍यो। जनताले पनि कांग्रेसमा आशालाग्दो नेतृत्व आउँदैछ भनेर सोच्ने कुरा पार्टीमा आएर जोडिन सकिरहेको छैन। जोडिनुपर्थ्यो। यसले समय लेला, तर केही समयपछि शेर बहादुर देउवाको विकल्प यो हो भन्ने ठाउँमा उनीहरु पुग्छन्।

सभापतिमा दाबी गर्नेले आफ्नो उम्मेदवारीलाई प्राकृतिक भनेका छन्। ‘पछि हट्नुको कारण देखाऊ’ भन्दा एकले अर्कोलाई विश्वास गर्न सकेको अवस्था त देखिँदैन नि?
३२ सयबाट ५ हजार प्रतिनिधि किन ल्याएको? दायरा फराकिलो किन पारेको? भन्दा नेतृत्व फराकिलो किसिमले आओस् भनेर हो। भोटरको दायरा फराकिलो गर्ने, अनि नेता चाहिँ कन्जरबेटिभ? म यो पदमा थिएँ, यो अनुभव छ। ठीकै छ। तर अनुभवले मात्रै हुँदैन। ऊर्जा पनि चाहिन्छ।

नेतृत्वमा सबैभन्दा पहिले हुनुपर्ने भनेको आफ्नो नेतृत्वमा कार्यकर्ताको भरोसा र विश्वास जितेर मात्रै हुँदैन। आज कांग्रेसको नेता भएर के गर्नु, भोली राष्ट्रिय निर्वाचनमा हार्‍यो भने?

कांग्रेसको नेता हुनका लागि महाधिवेशन हुँदैछ। कांग्रेसको गौरवशाली इतिहास फर्काएर नेतृत्व स्थापित गर्न त राष्ट्रिय निर्वाचन पनि आउँदैछ। त्यसका लागि कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन पर्‍यो। पार्टी र राष्ट्रकै नेता हुने काम त यही १४औं महाधिवेशनले गर्ला नि!

पार्टी मात्रै कांग्रेस होइन नि। जनताको आशा र भरोसाको केन्द्र पनि हो नि। आशा र भरोसालाई अझ बढाएर कसले एक नम्बरमा स्थापित गर्न सक्छ, त्यसलाई ५ हजार प्रतिनिधिले कांग्रेसको जिम्मेवारी दिने हो। यसलाई नेता मान्दा देशको राजनीति ‘ड्राइभ’ गर्नसक्छ भन्ने विश्वासले पार्टीको नेता मानेर मत दिने हुन्। 

महाधिवेशन प्रतिनिधिमार्फत् ३ करोड नेपालीको विश्वासको नेता बनाउने दायित्व हो। भोलि हुने राष्ट्रिय निर्वाचनमा नयाँ विचार, भिजन दिनसक्ने नेतृत्व कांग्रेसमा आयो है भन्ने हुन्छ नि। नेपालमा भइरहेका समस्यालाई एड्रेस गर्छ, पार्टीमा भइरहेका बेथितिलाई राम्रोसँग अन्त्य गर्छ भन्ने कार्यकर्तालाई लागेको हुन्छ। एकपक्षीय नभइ, कसैलाई काखापाखा गर्दैन भन्ने विश्वासका साथ उनीहरुले नेता चुन्छन्।

पार्टी भित्र र बाहिर विभेदको राजनीति गर्छ भने त्यस्ता नेताले नेतृत्व दिन सक्दैनन्। 

महाधिवेशनमा उम्मेदवारी दर्ता गर्ने बेलासम्म आइपुग्दा कति जनाले सभापतिका लागि प्रतिस्पर्धामा भाग लिन्छन् जस्तो लाग्छ?
मलाई ३ जना भन्दा ४ जना मुस्किलले होलान् जस्तो लाग्छ। यो मेरो अनुमान हो। मिल्न सक्ला/ नसक्ला, ५ जना पनि हुन सक्लान्, ३ जना पनि हुन सक्लान्। तर, २ जना मात्रै हुँदैनन्।

दोस्रो चरणको प्रतिस्पर्धामा देउवा र शेखर पुग्छन् भन्ने तपाईंको मूल्यांकन हो?
अलिकति मिहिनेत गर्ने हो भने शेखर कोइराला पहिलो पटकमा नै सभापतिमा निस्किहाल्छन्। केही मिहिनेत उहाँले गर्नुपर्छ। केही विषयमा उहाँ क्लियर हुनुपर्छ। केही अलायन्स उहाँले गर्न सकेर अलिकति मिहिनेत पुग्यो भने म त्यस्तो देख्दैछु। म त्यसै भनिरहेको छैन। देशै घुमेर आएको छु। म यसबीचमा तराईं पनि घुमेँ र पश्चिम घुमेँ, मोटामोटी सबैतिर गइरहेको छु। अब प्रदेश २ मा पनि जाँदैछु। 

अधिकांश महाधिवेशनमा, राष्टिय निर्वाचनमा रिपोर्ट र सर्भे गरेको छु। पार्टीलाई पनि बुझाएको छु। गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालालाई पनि बुझाएको थिएँ।

विगतका निर्वाचनमा गरिएको पूर्वआकलन वा विश्लेषण कतिपय फेल भएका छन्। तपाईंको विश्लेषण पनि फेल हुने हो कि?
०६४ सालमा माओवादी पहिलो हुने भनेको हो। २०७० सालमा चाहिँ माओवादी पहिलो हुने भनिएन। २०६४ सालमा कांग्रेसको ३२ देखि ३५ सिट भन्दा बढी आउँदैन भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग पनि शेयर भएको थियो। त्यो शेयर गर्दाखेरी तत्कालीन गृहसचिव पनि छेउछाउमै थिए। कांग्रेसका नेताहरुलाई पनि मैले घरमै गएर घण्टौं बसेर रिपोर्ट सुनाएको थिएँ। 

कांग्रेसमा नेतृत्व परिवर्तनको प्रसव वेदना छ। छटपटी छ। नेतृत्व परिवर्तन भन्नेबित्तिकै के छ भने एउटा फ्रेस नेतृत्वको खोजी छ। यही हुन्छ भन्ने छैन। तर, अहिले भइरहेकोमध्ये एउटा फ्रेस स्टार्ट गर्दाखेरी डा शेखर कोइराला त्यसमा अरु भन्दा अग्रिम मोर्चामा छन्। अग्रपंक्तिमा छन्। उनीसँग यसको दुईवटा पेरीफेरी छ। उनी फ्रेस छन्, अर्को कुरा उनीसँग युवा टीम छ। अहिले आउने अधिकांश महाधिवेशन प्रतिनिधिहरु धेरैजसो युवाहरु पनि छन्। ती युवाहरुलाई लिएर कांग्रेस रुपान्तरणको अभियानमा लागिरहेको हुनाले कहीँ न कहीँ शेर बहादुरको विकल्प उनी हुन सक्छन्।

एक डेढ वर्ष अगाडि मलाई शेर बहादुरको विकल्प रामचन्द्र पौडेल हुन्छन् भन्ने लागेको थियो। अहिले परिस्थिति के भयो भने पौडेल १४औं महाधिवेशनमा आउँदाखेरि सबैको सम्मानित हुनुहुन्छ। उहाँको व्यक्तित्व पार्टी सभापतिभन्दा माथि पुगिसक्यो। उहाँलाई सभापतिको पद सुहाउँदैन कि जस्तो लागेको छ। त्यसैकारणले मैले पार्टी राजनीतिभन्दा माथि पुगिरहेको देख्छु उहाँलाई। राष्ट्रिय क्राइसिस आउँदा र पार्टीमा क्राइसिस आउँदा कसले सम्हाल्ने? त्यो बेला रामचन्द्र जस्तो त्यागी, उमेरले पाको व्यक्ति चाहिन्छ।


भारतको उदाहरण हेरौं न, ठूलो इमर्जेन्सी आइलाग्यो, इन्दिरा गान्धीले सारा संविधान मिचिदिइन्। त्यतिखेर एउटा वृद्ध मानिस, जो पटनामा बसिरहेका थिए, जयप्रकाश नारायण (जो महात्मा गान्धीसँगै काम गर्थे), उनले त्यो वृद्धावस्थामा लडे। प्रजातन्त्र फर्काए। नेपालमा संवधानिक संकट आयो, प्रजातान्त्रिक संकट आयो वा एकदलीय शासन आयो भने त्यस्तो अवस्थामा यस्तै मानिसहरु चाहिन्छन्। जोसँग इतिहास छ, त्याग छ, उनीहरुले गर्न सक्छन्। त्यो भनेको पौडेल हुन्। क्राइसिस आयो भने नेतृत्व गर्न सक्नुपर्छ। वर्तमान अवस्थामा उहाँले त्याग गर्नुपर्छ। 

रामचन्द्र पौडेललाई सभापति पद अलि सानै हुन्छ कि भन्ने लागिरहेको छ अब। केही दिन अघि मात्रै त्यत्रो पदभार ग्रहण गर्नुभएको छ। पाँचै वटा पार्टीको कमिटी गठनमा उहाँ हुनुहुन्छ। त्यसको उहाँ संयोजक बन्नुभएको छ। भन्दाखेरी उहाँ पार्टी राजनीतिभन्दा माथि पुगेको देखिन्छ। 

तपाईं शेखर कोइरालालाई सभापति बनाउन उहाँको सल्लाहकारको भूमिकामा हुनुहुन्छ। कथं उहाँ पराजित हुनुभयो भने उहाँलाई गलत सल्लाह दिएकै कारणले पराजित भएँ भन्ने लाग्ला नि? 
सफलता र असफलताको जस पनि लिनुपर्छ, अपजस पनि लिनुपर्छ। त्यसकारणले कसरी बुझ्ने त्यो नेताको कुरा हो। 

देशभर घुम्दा शेखर कोइराला सभापति बन्ने माहोल देख्नुभएको हो?
भोलि कोही अझै सशक्त भएर आयो भने अर्को कुरा। तर, अहिलेसम्म देखिएको त्यही नै हो। 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्