• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एउटै निर्वाचनमा दल र उम्मेदवारहरूले यसरी गर्छन् ५० अर्बभन्दा बढी खर्च

64x64
भोजराज पोखरेल शनिबार, कात्तिक २०, २०७८  १९:३५
1140x725

संसारका अरू देशको जस्तै नेपालको निर्वाचन खर्च पनि उच्च दरले बढेको आम गुनासो छ। निर्वाचनको परिणाम अन्य तत्त्वभन्दा पैसाबाट प्रभावमा परेका टीकाटिप्पणी र गुनासा व्याप्त छन्।

नेपालमा निर्वाचन खर्चको नियमित अनुगमन वा अनुसन्धानात्मक विश्लेषण गर्ने गरिएको देखिन्न। तथापि, २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनदेखि प्रादेशिक र राष्ट्रिय संसद्का गरी तीनवटै निर्वाचनमा भएको खर्चको लेखाजोखा गरेको एक अनुसन्धानले दल वा सरकारबाट हुनेभन्दा उम्मेदवारबाट धेरै बेसी खर्च हुने तथ्य सार्वजनिक गरेको छ। स्थानीय तहमा उम्मेदवार र दलबाट करिब ५० अर्ब ९५ करोड रुपैयाँ र सरकारीतर्फ १८ अर्ब ४६ करोड गरी जम्मा ६९ अर्ब ४२ करोड रुपैयाँ र प्रतिमतदाता चार हजार ९२३ रुपैयाँ खर्च भएको दाबी गरेको छ।

त्यस्तै, केन्द्रीय र प्रादेशिक सांसद्‍को चुनावमा दल, उम्मेदवार वा तिनका समर्थकबाट ४५ अर्ब ९५ करोड रुपैयाँ, सरकारतिरबाट १६ अर्ब २६ करोड रुपैयाँ गरी कूल ६२ अर्ब २१ करोड रुपैयाँ र प्रतिमतदाता चार हजार ४० रुपैयाँ खर्चको अनुमान छ। यी तीनै चुनावमा माथि भनिएजस्तै सरकार, दल वा उम्मेदवारको गरी करिब एक खर्ब ३१ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको अनुमान सो संस्थाले गरेको छ (द एसिया फाउण्डेसन, २०१७)। सरकारी वा दल वा उम्मेदवारबाट भएका यी सबै खर्च निर्वाचन अवधिमा भएकाको मात्र गणना भएको छ। निर्वाचनका अरू चरणमा गरिएका अरू खर्चहरू समावेश गर्दा यी रकमको आयतन अभै मोटाउनेछ। अझ, अपारदर्शी हिसाबबाट हुने खर्चको लेखाजोखा गर्ने हो भने यी आँकडामा ठलो परिवर्तन आउने अनुमान सहजै लगाउन सकिन्छ।

निर्वाचन खर्च र निर्वाचन परिणामका बीच अन्तरसम्बन्ध रहेको नेपालकै अर्को एउटा अनुसन्धानले देखाएको छ। २०७४ को संसदीय चुनावको क्रममा काठमाडौंका १० निर्वाचन क्षेत्रका प्रमुख पाँच दलका तीस जना उम्मेदवारले गरेको खर्चको एउटा संस्थाले सूक्ष्म अनुगमन गरेको थियो। त्यो अध्ययनले देखायो कि ५७ प्रतिशत उम्मेदवारले सीमाभन्दा तीनदेखि १३६ प्रतिशतसम्म बढी खर्च गरेका छन्। त्यस्तै, बढी खर्च गर्नेले बढी मत पाएको देखाएको छ। उदाहरणका लागि, आयोगले तोकेको सीमाभन्दा बढी खर्च गर्नेले सालाखाला ४१ प्रतिशत मत पाएका छन् भने सीमाभित्र रही खर्च गर्नेको प्राप्त सालाखाला मत १९ प्रतिशतमात्र रहेको छ। त्यस्तै, सोही अध्ययनले आयोगमा पेस गरेका खर्चको विवरणमा पेस गर्ने ९० प्रतिशत उम्मेदवारमध्ये धेरैले कम खर्च देखाएर ढाँटेका छन् (सामूहिक अभिरान, २०१८)। यसबाट देखिन्छ कि उम्मेदवारले सीमाभन्दा धेरै खचे गर्नेमात्र होइन कि आफूले गरेको खर्चको विवरण पनि लुकाउँछन् र आयोगलाई झुटो विवरण बुझाउँछन्।

निर्वाचन आयोगबाट खर्च भएका रकमको आधारमा प्रतिनिधि सभाको सन् १९९१, १९९४ र १९९९ मा भएका निर्वाचनमा निर्वाचन व्यवस्थापनमा क्रमश: ९.८३, १९.८३ र २६.६८ पैसा प्रतिमतदाता खर्च भएको छ भने विं.स. २०६४ को संविधान सभा तथा यसका उपनिर्वाचनमा दुई वर्षको अन्तरालमा आयोगको नियमित तथा निर्वाचन तयारी र व्यवस्थापन, सुरक्षा निकाय, दल र उम्मेदवारको प्रचार-प्रसार, आन्तरिक पर्यवेक्षकबाटसमेत भएको खर्चका आधारमा प्रतिमतदाता २७५.८० रुपैयाँ सालाखाला खर्च भएको बताइन्छ (यादव, २०१०)।

नेपालको निर्वाचन खर्चको प्रवृत्ति हेर्दा निर्वाचन व्यवस्थापन, सुरक्षा वा दल र उम्मेदवार सबैतिरको खर्चमा अन्यत्रकोझैं बढोत्तरी नै भएको देखाउँछ। दि हिमालयनले नोभेम्बर १०, २०१७ मा प्रकाशित एक लेखमा नेपालको प्रतिमतदाता खर्च सन् २००८ मा २७९, २०१३ मा ९८६ र २०१८ मा चार हजार भनेर उल्लेख गरेको छ (सत्याल, २०१७)। स्मरणीय छ कि निर्वाचन आयोगबाट हुने खर्चको ठूलो हिस्सा कर्मचारी व्यवस्थापन तथा तिनको भ्रमणमा हुने गरेको छ भने सुरक्षातर्फको सबैभन्दा ठुलो खर्च अस्थायी वा म्यादी प्रहरीसम्बन्धी खर्च रहेको छ।

यी तथ्याङ्क वा विवरणले देखाउँछन् कि सरकार वा दल वा उम्मेदवार सबैको लागि निर्वाचन महँगो हुँदै गएको छ।

सबैतिरको खर्च अस्वाभाविक रूपले बढ्नु चिन्ताको विषय हो र त्यसमा पनि खासगरी प्रचारप्रसारमा अपारदर्शी हिसाबले हुने असीमित खर्चले अनेकौं विकृति निम्त्याएको जगजाहेरै छ। उम्मेदवार (विजयी वा पराजित), निर्वाचन व्यवस्थापक, दलका प्रतिनिधि, पर्यवेक्षक, मेडियालगायत नागरिक समाज, आदि सबैको सहभागितामा पटक-पटक म आफैंले सन् २०१९ मा देशका करिब १३ स्थानमा गरेको अन्तरक्रियामा चुनाव खर्च बढ्नुका प्रमुख कारण यस प्रकार औंल्याएको थिएँ।

nimb
nimb
Ncell 2
Ncell 2

- पार्टीको टिकटदेखि मतसम्म किन्नुपर्ने अवस्था
- समानुपातिकमा पर्ने प्रमुख आधार नै पैसा र नेतृत्वसँगको सामीप्य
- टिकट पाएदेखि विजयी भ्रमणमा समेत कार्यकर्ताको खानपिनलगायत ती उपरको लगानी असीमित रूपले बढ्नु
- कार्यकर्ता अति महँगो हुनु,
- स्थानीय तहमा भिजेको र मन पराइएकोभन्दा बाहिरबाट टिपेर ल्याइने 'टुरिस्ट उम्मेदवार'बाट हुने अन्धाधुन्ध खर्च,
- उम्मेदवारको बीचभन्दा डन-डन र चन्ददाताहरू बीच आफ्नो पक्षलाई जिताउने बढ्दो प्रतिस्पर्धा, 
- दलका उम्मेदवार उपरको अन्तर्घातको व्यापकता
- राष्ट्रियस्तरका माथिल्ला नेताका क्षेत्रमा हुने असीमित खर्चको प्रभाव
- निर्वाचित प्रतिनिधिको निर्वाचनपछिको हैसियत, भूमिका र शक्तिले ‘जसरी पनि जित्नुपर्छ’ भन्ने मनोविज्ञान
- राजनीति र निर्वाचनमा अपारदर्शी कालो धनको व्यापक प्रयोग
- दलहरूमा सुशासन र पारदर्शिताको अभाव, 
- निर्वाचन व्यवस्थापनलगायत सुरक्षामा खर्चमा व्यापक विस्तार
- निर्वाचन खर्चको अनुगमन वा गलत गर्नेउपर कारबाही गर्न नसक्ने निर्वाचन आयोगको लाचारी आदि। सायद यी र यस्तै अनेक कारणले हुनपर्छ, अनौपचारिक कुराकानीमा वडास्तरकै निर्वाचनमा करोड रुपैयाँभन्दा बढी र १० करोडसम्म खर्च गर्दा पनि आफू हार्नुपरेको गुनासो केहीको रह्यो।
- यस्तो असीमित निर्वाचन खर्चले समाजमा धेरै किसिमका नकारात्मक प्रभाव पारेका छन्। यस्ता प्रभावका केही उदाहरणको रूपमा यिनलाई पाएको छु।
- राजनीति, निर्वाचन र प्रणालीप्रति नै आम वितृष्णा बढ्नु, खर्च गर्न नसक्ने इमानदार र सत्यनिष्ठ राजनीतिज्ञ पाखा लाग्नु
- इमान्दारलाई पैसावाला वा आपराधिक प्रवृत्तिका व्यक्तिले प्रतिस्थापन गर्नु, निष्ठाको होइन, पद र पैसाको राजनीति हाबी हुनु
- निर्वाचित निकाय पैसावाला वा आपराधिक प्रवृत्तिका व्यक्तिको नियन्त्रणमा जानु,
- अत्यधिक अपारदर्शी सम्पत्तिको प्रयोगका कारण समुच्च चुनाव र प्रणाली नै बद्‍नाम हुनु,
- सिद्धान्त, निष्ठा र मर्यादालाई कायम राख्नेभन्दा जसरी पनि जित्नेलाई टिकट दिन दलको प्राथमिकतामा पर्दै जानु,
- राजनीतिक फण्ड र निर्वाचन खर्चका नाममा भ्रष्टाचारले संस्थागत रूप धारण गर्नु,
- निर्वाचित निकायहरू सुशासनमुखी हुनुभन्दा 'स्वार्थ समूह'को चङ्गुलमा पर्नु,
- निर्वाचित पदाधिकारीलाई भएको निर्वाचन खर्च उठाउन र अर्को निर्वाचनका लागि चाहिने स्रोत जुटाउनुपर्ने प्रभावले निम्त्याउने विकृति आदि।

यसैसँग सम्बन्धित एउटा अति मार्मिक प्रसङ्‍ग कोट्याउँ।

निर्वाचित एउटा सांसदले आफूलाई टिकाउन के गर्न बाध्य छ भन्ने मार्गदर्शक पनि चुनावमा भएको वा गरिने खर्च नै भइसकेको छ। खर्चले कसरी सांसदको भूमिका निर्देशित गर्छ भन्ने हेर्दा उसका दिनचर्या मुख्य रूपले तीन कुरामा केन्द्रित देखिन्छ: 

१) मन्त्री हुन वा आर्थिक प्रशासनिक भूमिका पाउन नेतालाई खुसी पार्ने, 
२) मतदाता खुसी पार्न प्रक्रियाबाहिरका विकासे कामका प्रयास गर्ने र व्यक्तिगत स्वार्थका काम गर्ने विधि, प्रक्रिया र पद्दतिबाहिर गइ निर्वाचन क्षेत्रमा योजना पार्ने, सरुवा, बढ्वा वा नियमित प्रक्रियाबाट सम्भव नहुने काम सम्भव बनाउन दबाब दिने), 
३) गत निर्वाचनको खर्च उठाउन र अर्को निर्वाचनको लागि चाहिने खर्चको जोहो गर्न र वा दातालाई रिझाउन। प्रणालीले निर्वाचित प्रतिनिधिमाथि कस्तो दबाब सिर्जना गर्न सक्छ भन्ने यो यौटा उदाहरण हो।

निर्वाचन आयोग र दलहरूले इमानदार प्रयास गर्दा निर्वाचनलाई कम भड्किलो बनाउन सकिन्छ भन्ने उदाहरण हाम्रो स्थानीय वा संसदीय चुनावमा भएका प्रचार शैलीमा आएको फरक देख्न सकिन्छ। २०६४ को पहिलो संविधान सभा निर्वाचनको क्रममा थालनी गरिएका सुधारका प्रयास तथा २०६५ मा सुरु गरिएको दीर्घकालीन रणनीतिक सोच र सो को कार्यान्वयनको परिणामस्वरूप हालका चुनावमा ठुला ब्यानर, झण्डा र पोस्टरको साइज तथा माइकिङ, टी-सर्ट, टोपीको प्रयोगमा उल्लेख्य कमी आएका छन्, ठुला आमसभा कम हुँदै गएका छन्, मतदाता नामावलीमा गुणात्मक सुधार हुन सकेको छ, निर्वाचनका विविध पाटोमा प्रविधिको उल्लेख्य प्रयोग हुन सकेको छ। निर्वाचनको क्रममा हुने भौतिक हिंसा कम भएको छ। तर यो बीचमा अन्य अनगिन्ती विसङ्गति र विकृति पनि बढेको देखियो जसमा निर्वाचन खर्चमा अस्वाभाविक रूपले वृद्धि हुनु प्रमुख हो।

खर्च वा विकृति नियन्त्रणको कुरा गर्दा हामीले सबै अन्तर्राष्ट्रिय रूपमा प्रयोग गरिएका धेरै विषयलाई हाम्रो कानुन र प्रक्रियामा समावेश गरेका छौं। संरचना बनाइएका छन्। तर पनि वाञ्छित प्रतिफल दिन चुकेको अवस्था छ। यसो हुनुमा, मुलतः स्थापित विषयलाई कार्यान्वयन गराउने क्षमता पर्याप्त नभएको, दल वा उम्मेदवारहरू अपारदर्शीतामै रमाउने र सो उपर दण्डित हुन नपर्ने, लगायत केही संरचनागत, प्रणाली वा प्रक्रियागत कराहरूले पनि निर्वाचन अपारदर्शी र महँगो बनाएका छन्। यी विविध परिस्थितिको पृष्ठभूमिमा राजनीतिक वित्तलगायत दलको सुशासन, निर्वाचन खर्चलगायतको क्षेत्रमा सुधार गर्न (वास्तवमा यसलाई निर्वाचन सुधार भने पनि हुन्छ) देहायका कुराले निर्देशित गर्नुपर्ने हुन्छ:

क) दलहरू विधि-विधान र पद्दतिअनुरूप चलुन् र यिनले आफ्नै दलभित्रबाटै सुशासनको नमूना प्रस्तुत गर्न सकुन्,
ख) दलहरू आम्दानी-खर्चका विषयमा पूर्ण पारदर्शी रहन, राजनीतिक फण्डको नाममा भ्रष्टाचार र व्यभिचार बढाउने
काम नगरुन् 
ग) निर्वाचित व्यक्तिहरू आफ्ना निर्वाचन क्षेत्रमा मात्र सीमित नभइ राष्ट्रका हुन सकुन् 
घ) प्रत्येक नागरिकले निर्वाचन न्यायको पूर्ण अनुभूत गर्न पाउन् र मतदाताले कुनै लोभ-लालच वा दबाबमा नपरी स्वेच्छाले आफ्नो मत विवेकपूर्वक प्रयोग गर्न सकुन्, 

ङ) राजनीतिक दल र तीनका कार्यकर्ता र उम्मेदवार 'जसरी पनि चुनाव जित्ने' मानसिकताबाट माथि उठुन् र आफैंले बनाएको खेलको नियमभित्र रहेर आफ्ना निर्वाचनका गतिविधि स्वच्छ हिसाबले सञ्चालन गरुन्, 
च) सरकारमा रहेका दलले वा राज्य पक्षले राज्यको स्रोत, साधन, र शक्ति कसैको पक्ष वा विपक्षमा प्रयोग गरेर
मतमा प्रभाव नपारुन्, अर्थात् (लेभल प्लेइङ फिल्ड) को नियममा सबै बसुन्, 
छ) मिडिया, नागरिक समाज, निर्वाचन पर्यवेक्षकलगायत सबै हिस्सेदारहरूले साँच्चैको तटस्थ भूमिका निर्वाह गर्न
सकुन्, 
ज) निर्वाचनको परिणाम फोरएम (मनी, मसल, मेटेरियल्स, मिडिया)ले निर्धारण गर्न वा हाइज्याक गर्न नसकोस्, 
भ) निर्वाचन आयोगले कसैको दबाब वा मोलाहिजामा नपरी स्वतन्त्र, तटस्थ एवं निष्पक्ष ढङ्गबाट रेफरी लगायतको
भूमिका निर्वाह गरी 'स्वच्छ तरिकाले निर्वाचनलगायत दलहरू र निर्वाचन खर्चको नियमन गर्न सकोस्,

ञ) अन्ततोगत्वा, निर्वाचित पदाधिकारी र निकायले जनचाहना बमोजिम जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सकुन्।

(निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त पोखरेलले नीति अध्ययन प्रतिष्ठानको नेपाल पब्लिक पोलिसी रिभ्यूमा छापिएको आलेखबाट)

प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भोजराज पोखरेल
लेखकबाट थप
यसरी सुधार्न सकिन्छ खर्चिलो निर्वाचन र त्यसले निम्त्याएका विकृति
एउटै निर्वाचनमा दल र उम्मेदवारहरूले यसरी गर्छन् ५० अर्बभन्दा बढी खर्च
बालुवाटार प्रधानमन्त्री निवास कि दलको हेडक्वार्टर?
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
हिन्दू र मुस्लिम समुदायका अगुवासँग गृह मन्त्रालयको छुट्टाछुट्टै छलफल मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित मंगलबार, साउन १९, २०८३
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ सोमबार, साउन १८, २०८३
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु मंगलबार, साउन १९, २०८३
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्