• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

जन्मजात दृष्टिविहीन डिन डु प्लेसिस कसरी बने क्रिकेट कमेन्टेटर?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १६, २०७८  ०७:०२
1140x725
तस्बिर : क्रिकइन्फो

जिम्बाब्बेका डिन डु प्लेसिस जन्मजात दृष्टिविहीन हुन्। ४० वर्षकै उमेरमा उनको अहिले सुन्ने क्षमता कम हुँदै गइरहेको छ। यो उनका लागि निकै चिन्ताको विषय हो। सुन्ने क्षमता गुमाउनु भनेको उनले आफ्नो करिअर गुमाउनु हो।

उनी विश्वकै पहिलो र अहिलेसम्मका एक मात्र दृष्टिविहीन क्रिकेट कमेन्टेटर हुन्। जिम्बाब्बेको क्रिकेटमा उनी कसरी सबैभन्दा परिचित स्वर बने भनेर व्याख्या गरिरहँदा उनी कहिल्यै थकित महसुस गर्दैनन्। उनले आफ्नो ‘कथा’को सुरुवात एउटा ‘पन्चिङ लाइन’बाट गरे।

‘स्टम्पमा राखिएका माइक्रोफोनहरु मेरो रोटी र मक्खन हुन्,’ डु प्लेसिसले भने।

उनले बोलेको यो वाक्यले उनी कसरी क्रिकेटको कमेन्ट्री गर्छन् भन्ने संकेत गर्छ। उनले भने, ‘जब तपाईं स्टम्पको माइकमा ध्यान दिनुहुन्छ, बलर क्रिजमा पुगेको र बलिङ गरेको सुन्नुहुन्छ। यी सबै फरक तरिकाले हुन्छ। उनीहरुले हातबाट बल छाड्दाको आवाज सुन्न सकिन्छ। ब्याट्स्म्यानको आवाज सुनेर उनीहरुले ‘नो’ अथवा ‘वेट’ भनेको आधारमा ती को हुन् चिन्न सकिन्छ।’

के स्टम्पको माइक सुनेर मैदानको गतिविधि थाहा पाउनु सजिलो हो? यो अप्ठ्यारो मात्र होइन, अकल्पनीय जस्तै हो। उनलाई भेटेपछि कतिपयले ट्विटरमा लेखेका छन्, ‘आठौँ आश्चर्य!’

was on a flight with Dean du plessis:-) I think he is the 8th wonder of the world

— Makosi Musambasi (@MAKOSI) May 26, 2013

डु प्लेसिसको जन्म जिम्बाब्बेको राजधानी हरारेमा भएको हो। उनले बाल्यकाल हरारेभन्दा १४२ किलोमिटर टाढा रहेको गृहनगर काडोमामा बिताए। 

उनी पढ्नका लागि छिमेकी देश दक्षिण अफ्रिकाको केप टाउन नजिकको शहर वोर्सेस्टरमा रहेको दृष्टिविहीनहरुको विद्यालयमा भर्ना भए। त्यहाँ हुँदा नै प्रसारण माध्यमतर्फ आकर्षित भएका थिए र जिम्बाब्बेको घरेलु क्रिकेटका धेरै कमेन्टेटरलाई आफ्नो आदर्श बनाएका थिए।

nimb
nimb

सुरुमा उनी क्रिकेटको रन थाहा पाउन दक्षिण अफ्रिकाबाट हरारे क्रिकेट क्लबमा फोन गर्थे। त्यसका लागि खाजा खाने पैसा बचाउँथे। अनि कल–बक्समा गएर सिक्का छिराउँदै फोन घुमाउँथे। त्यो समय जिम्बाब्बेले भर्खरै टेस्ट मान्यता पाएको थियो र भारतसँग प्रतिस्पर्धा गरिरहेको थियो।

पछि उनले रन थाहा पाउन रेडियो स्टेसनमा फोन गर्न थाले। पछि–पछि त रेडियोका कमेन्टेटरले डु प्लेसिसलाई आवाजबाटै चिन्न थालेका थिए। अनि सोध्थे, ‘के तिमी दक्षिण अफ्रिकाबाट फोन गरिरहेका छौ?’ उनी जिम्बाब्बेका पूर्व कप्तान डेभ होउघटोन लगायतलाई पनि फोन गरेर स्कोर सोध्न थाले। क्रिकेटबारे ज्ञान राख्दै गए। उनै दृष्टिविहीन डु प्लेसिसले एक दिन अन्तराष्ट्रिय क्रिकेटको रेडियो कमेन्ट्री गरे।

अन्तराष्ट्रिय खेलमा कमेन्ट्री
आफ्नो कमेन्ट्री करिअर भने एउटा ‘दुर्घटना’ भएको उनले उल्लेख गरेका छन्। उनी स्कुल जीवनपछि सन् १९९९ मा जिम्बाब्बे फर्किएका थिए। एउटा सिँचाइ कम्पनीका लागि ‘स्वीचबोर्ड’मा काम गर्थे। त्यति बेला श्रीलंका जिम्बाब्बे भ्रमणमा थियो। उनले त्यही मौकामा ख्यातिप्राप्त कमेन्टेटर रवि शास्त्रीलाई भेटे। कुनै पनि हल्ला नगर्ने वाचापछि उनलाई कमेन्ट्री बक्समा बस्ने अनुमति मिल्यो। केही कमेन्टेटरले उनीसँग गफ गर्न र प्रश्न गर्न सुरु गरे।

तस्बिर : अलजजिरा

त्यसको दुई वर्षपछि सन् २००१ मा भारत फेरि जिम्बाब्बे भ्रमणमा आयो। जिम्बाब्बे, भारत र वेष्ट इन्डिजको एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) त्रिकोणात्मक श्रृङ्खला थियो। त्यही श्रृङ्खला डु प्लेसिसका लागि अवसर बन्यो। 

पहिलो खेल जिम्बाब्बे र वेष्ट इन्डिजबीचको थियो। चिया समयमा रवि शास्त्रीले उनीसँग अन्तरवार्ता लिए। त्यसपछि उनी प्रेस बक्समा नै बसे।

उनले पत्रकार नेल मोन्थार्पको आवाज स्कुले जीवनदेखि नै पहिचान गरेका थिए। उक्त खेलमा मोन्थार्प पनि क्रिकइन्फोका लागि रेडियो कमेन्ट्री गरिरहेका थिए। उनले मोन्थार्पसँग परिचय गरे। आफू पनि रेडियो कमेन्ट्री गर्न इच्छुक रहेको बताए। मोन्थार्पले लन्डनस्थित आफ्ना हाकिमलाई खबर पठाए।

जिम्बाब्बे र वेष्ट इन्डिजबीचको पहिलो खेलपछि कमेन्टेटर क्रेग विशर्टले रवि रामपालसँग मिडविकेटमा कुरा गर्न थाले। यता प्रेस बक्समा मान्थोर्पले डु प्लेसिसलाई भने, ‘भोलि तिमीले तिम्रो कमेन्ट्री डेब्यु गर्नेछौ।’ मोन्थार्पले लन्डनस्थित आफ्नो ‘बोस’बाट स्वीकृतिको इमेल पाइसकेका रहेछन्।

‘म त्यति बेला धेरै उत्साहित भएँ, मैले म योग्य छु भनेर मान्छेहरुलाई देखाउने अवसर पाएको थिएँ। म बिल्कुलै नर्भस थिइनँ। भोलिपल्ट कमेन्ट्रीको बेला पनि म आनन्द महसुस गरिरहेको थिएँ,’ २० वर्षअघिको त्यो दिन सम्झँदै डु प्लेसिसले भने, ‘कमेन्ट्री डेब्युको दिन अन्य कमेन्टेटरजस्तै म पनि केही कम बोलिरहेको थिएँ।’

उनको डेब्यु कमेन्ट्री खेलमा जिम्बाब्बे र भारत प्रतिस्पर्धामा थिए। उक्त खेलबाट भारतका चर्चित खेलाडी आशिष नेहराले एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा डेब्यु गरेका थिए। खेल जिम्बाब्बेले गुमायो। भारत चार विकेटले विजयी भएको थियो।

उनले २० वर्ष क्रिकेटको कमेन्ट्री गरिसकेका छन्। यद्यपि, उनको सबैभन्दा ठूलो सम्पत्ति रहेको त्यो असाधारण श्रवण शक्ति अब बिस्तारै कमजोर हुन थालेको छ। ‘इमान्दार भएर भन्नुपर्दा मेरो लागि यो धेरै चिन्ताजनक अवस्था हो,’ उनले भने, ‘म बेलाबेला एकदमै पीडादायी अवस्थामा पुग्छु। म सुन्ने यन्त्रहरु प्रयोग गर्न चाहन्छु, तर हरेक दिन तिनको प्रयोग गर्न सजिलो छैन। तिनको मूल्य चार हजार डलर छ, जुन मेरो लागि ठूलो रकम हो।’

तर, उनी आशावादी छन्। त्यो रकम पनि जुट्नसक्ने उनको विश्वास छ। ‘केही कुरा पनि असंभव छैन। आफूसँगै जन्मिएका दुई वटा ट्युमर हटाएर म ठीक भएको हुँ, त्यसरी नै त्यो रकम पनि कतैबाट जुट्नेछ,’ उनले भने।

सबैभन्दा ठूलो प्रशंसक बाबु र दाजु
उनका दाजु ग्यारी जिम्बाब्बेको क्लबबाट क्रिकेट खेल्थे। बाबु क्रिस पनि क्रिकेटलाई खूब मन पराउँथे। डु प्लेसिस सुरुवातमा उनीहरुकै प्रभावका कारण क्रिकेटतिर आकर्षित भएका थिए। ग्यारी सन् २००६ मा कार दुर्घटनामा परी परलोक भए। क्रिसको सन् २०२० मा निधन भयो।

बाबुको मृत्यु र श्रवण शक्ति गुमाउनु उनको जीवनको सबैभन्दा ठूलो आघात हुन्। ‘मेरो बुबा मेरो सबैभन्दा ठूलो सहयोगी र नम्बर एक प्रशंसक हुनुहुन्थ्यो। यो विश्वका कोही पनि त्यति नजिक हुन सक्दैनन्,’ उनले भने, ‘जिम्बाब्बेलाई प्रतिनिधित्व गर्न डेभ होउघटोन (पूर्वकप्तान) सबैभन्दा उत्तम खेलाडी भएकोमा हामी दुवै जना सहमत थियौँ।’

क्रिस गेलसँग अन्तरवार्ता गर्दै डु प्लेसिस। तस्बिर : क्रिकइन्फो

होउघटोन भर्खरै जिम्बाब्बेको कोचिङ म्यानेजर नियुक्त भएका छन्। उनी डु प्लेसिसको करिअरका एक जना ठूलो सहयोगी पनि हुन्। ‘म जब दक्षिण अफ्रिकामा हाम्रो होस्टेलको कल–बक्सबाट उनलाई कल गर्थेँ र दुःख दिन्थेँ, त्यही बेलादेखि एक–अर्कासँग नजिक थियौँ,’ उनले हाँस्दै भने। उनले क्रिकेटको स्कोर सोध्नका लागि यसरी लगातार फोन गरेर होउघटोनलाई दुःख दिन्थे।

डु प्लेसिसले नियमित फोन गर्दा सुरुमा त आफू खुसी हुन नसकेको होउघटोन बताउँछन्। ‘एउटा स्कुले केटोले लगातार फोन गरेर अनावश्यक कुरा गरिरहँदा पहिला त म खुसी हुन सक्दिन थिएँ। तर, डेभीले मलाई रमाइलो गरायो र ऊ मेरा लागि निकै दयालु भयो,’ होउघटोनले भने।

आफूले डु प्लेसिसलाई पहिलो पटक दाजुले क्रिकेट खेलेको बुवासँगै बसेर हेरिरहेको देखेको उनले बताए। होउघटोनले भने, ‘ऊ देख्न नसके पनि खेलप्रति ठूलो चासो राख्छ, ऊसँग क्रिकेटबारे अविश्वसनीय ज्ञान र बुझाइ छ। यसैले उसलाई खेलको योग्य समीक्षक बनाएको हो।’

हरारेका स्थानीय पत्रकार ब्रायन गोरडेमा पनि डु प्लेसिससँग अविश्वसनीय सम्झना शक्ति र ज्ञान भएको बताउँछन्। उनी भन्छन्, ‘म केही समयदेखि डिनलाई चिन्छु। ऊ आफूलाई कहिल्यै दुःखी ठान्दैन, यो नै उसको सबैभन्दा ठूलो गुण हो। ऊ आफ्नो दृष्टिविहीनताको रमाइलो पक्ष देख्न सक्छ। दुई दशकपछि पनि उसको वाकपटुता उस्तै छ, तर दुर्भाग्यवश उसको श्रवण शक्ति कमजोर हुन थालेको छ।’

सीमित अवसर, ओरालो यात्रा
डु प्लेसिस स्पष्ट वक्ता हुन्। उनले कतिपय समयमा राष्ट्रिय क्रिकेट संघको आलोचना पनि गर्थे। यही कारण संघले उनलाई कमेन्टेटर हुनबाट धेरै पटक रोक्यो। अन्तराष्ट्रिय खेलको घरेलु श्रृङ्खलामा कमेन्टेटर छान्ने अधिकार त्यही देशको संघलाई हुन्छ। आफूलाई आफ्नो प्रतिभा देखाउन संघले पर्याप्त मौका नदिएको उनी आफैँ पनि बताउँछन्।

जिम्बाब्बे क्रिकेटका अध्यक्ष ताभेङवा मुकुहलानीले डु प्लेसिसलाई जानीबुझी किनारामा नपारिएको बताए। ‘हामीले डिनसँग वर्षौँ काम गरेका छौँ र खेलमा उनको योगदान सराहनीय छ,’ मुकुहलानीले भने, ‘हामी युवा र अरु नयाँ आगन्तुकहरुलाई पनि मौका दिन चाहन्छौँ र तिनीहरु राम्रो पनि गरिरहेका छन्।’

कमेन्ट्री बक्समा पूर्वखेलाडी र प्रख्यात केमेन्टेटरहरु भन्दा बाहेक फरक पृष्ठभूमिका व्यक्तिलाई पनि समेट्नुपर्ने डु प्लेसिस बताउँछन्।

विगत चार वर्षमा उनलाई दुई वटा रेडियो स्टेसनले पूर्णकालीन रोजगारी दिए। त्यो यस्तो समय थियो, देशमा भएका केही गम्भीर घटनाहरुले रोजगारी सीमित भएका थिए। यद्यपि, उनले दुवै जागिर फरक कारणले छाडेका थिए। 

पछिल्लो १७ वर्ष यता जिम्बाब्बेको क्रिकेट ओरालो लागिरहेकोमा उनी चिन्तित छन्। सन् २००४ को घटनापछि जिम्बाब्बेको क्रिकेट फेरि उठ्न नसकेको उनको ठहर छ। ‘मलाई लाग्छ गोरा खेलाडीहरु र प्रशासक दुवैको जिम्बाब्बे क्रिकेटलाई ओरालो लगाउन समान भूमिका छ,’ उनले भने।

सन् २००४ मा तत्कालीन कप्तान हिथ स्ट्रिकलाई जिम्बाब्बे क्रिकेटले बर्खास्त गरेको थियो। उनले क्रिकेट संघको आलोचना गरेपछि बर्खास्तीमा परेका थिए। त्यस बेला गोरा र काला जातिका क्रिकेटरको खेमा छुट्टिएको थियो। हिथ स्ट्रिकलाई बर्खास्त गरेको विरोधमा उनीसहित १५ खेलाडीले राष्ट्रिय टिमबाट खेल्न अस्वीकार गरका थिए। 

त्यसपछि टटेन्द्र टाइबुलाई कप्तान नियुक्त गरिएको थियो। तर, त्यसपछि जिम्बाब्बे क्रिकेटको पुरानो साख गुमेको थियो।

-अलजजिरा र अन्य एजेन्सीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
सम्बन्धित सामग्री
लगातार दोस्रो जितको खोजिमा नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार  नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस... बुधबार, भदौ १०, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा पुनः अनुबन्ध गरेको जानकारी दिएको हो। मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’ शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनल प्रवेश शुक्रबार, भदौ १२, २०८३
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्