• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आगामी चुनावमा मिल्नसक्ने सबै पार्टीसँग तालमेल हुन्छ, एमालेसँग हुँदैन : प्रकाश ज्वाला [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ११, २०७८  ०८:५०
1140x725

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि फेरिएको राजनीतिक परिस्थितिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल, नेकपा एमाले विभाजित भयो। एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको एक घटक हो। देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने बेलासम्म एकीकृत समाजवादी पार्टी गतिविधिका हिसाबले निकै सक्रिय थियो। तर, पछिल्लो समय पार्टीका गतिविधि शुन्यप्राय: छन्।दुई–दुई पटक विघटन भएर पुन:स्थापित प्रतिनिधि सभाको कार्यकाल करिब १ वर्ष मात्रै बाँकी रहँदा र स्थानीय तहको निर्वाचन गर्नुपर्ने मिति नजिकिँदै गर्दा नवगठित एकीकृत समाजवादी राजनीतिक गतिविधिका हिसाबले अपेक्षित रुपमा किन सक्रिय हुन नसकेको होला? नेपाल लाइभका लागि वीरेन्द्र ओलीले नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालासँग यीनै विषयमा कुराकानी गरेको कुराकानी: 

नवगठित पार्टीले राजनीतिक हिसाबले जुन सक्रियता देखाउनुपर्ने हो, एकीकृत समाजवादीमा त्यस्तो सक्रियता नदेखिएको आम विश्लेषण भइरहेको छ। तपाईंहरु अहिले अरु के कुरामा व्यस्त हुनुभयो? 
नयाँ पार्टी दर्ता भएपछि संगठनात्मक संरचना निर्माणमा जुटेका छौं। भर्खरै केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयको बैठक बसेर संगठनात्मक संरचनाहरुलाई पूर्णता दिने काम भयो। केन्द्रीय कमिटी विस्तार गरेर पूर्णता दियौं। केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् लगायतका निकायहरुलाई पूर्णता दियौं। त्यसपछि ३ महिने कार्ययोजना प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार, प्रशिक्षण, पार्टी सदस्यता वितरण र जनसंगठनका सम्मेलनमा लागेका छौं। केन्द्रदेखि स्थानीय तहसम्म पार्टी कार्यालय व्यवस्थापन गर्ने काममा लागेका छौं। अहिले केन्द्रीय संचरनालाई र तल्ला कमिटीलाई पूर्णता दिन कार्ययोजना बनाएका छौं। 

अब हामी राष्ट्रिय सम्मेलनको तयारी गर्ने छौं। त्यसका लागि मुख्य कुरा दस्तावेजहरु तयार गर्ने हो। त्योभन्दा अघि विधान र नियमावलीलाई फाइनल गरेर प्रकाशन गर्ने छौं। राष्ट्रिय सम्मेलनका लागि राजनीतिक, संगठनात्मक प्रतिवेदन लगायतका दस्तावेजहरु तयार गर्न समिति बनाएका छौं। त्यो समितिले ती प्रतिवेदनहरु तयार गर्ने छ। राष्ट्रिय सम्मेलन कहिले गर्ने भनेर मिति तोकिएको छैन। पार्टी सचिवालय वा स्थायी कमिटी बैठक बसेर राष्ट्रिय सम्मेलनको मिति तोक्ने छ।

पार्टी सरकारमा जाने भन्ने भएपछि आन्तरिक छलफल लगायतका गतिविधि निकै बढेका थिए। सरकारमा सहभागी भइसकेपछि भने खासै केही गतिविधि देखिँदैनन्, यस्तो किन? 
हामी मुलत: पार्टीको आन्तरिक काम चुस्त बनाउन लागेका छौं। आन्तरिक काम व्यवस्थित र चुस्त नगरेर अरु गतिविधि गर्न सकिँदैन। त्यसकारण मुख्य कुरा केन्द्रीय कमिटी र केन्द्रीय निकायलाई पूर्णता दिनेमा केन्द्रित छौं। पार्टी काम गर्न मुख्यतया विधान चाहिने हो। त्यसका लागि विधान नियमावली तयार गर्नमा केन्द्रित भयौं। त्यसपछि सार्वजनिक गतिविधिहरु बढ्दै जाने छन्। 

एमालेका नेताहरुले एकीकृत समाजवादी एमालेको 'भाइ पार्टी' हो भनेर पनि टिप्पणी गर्छन्। राजनीतिक र वैचारिक रुपमा एमालेभन्दा एकीकृत समाजवादीलाई कसरी फरक बनाउनु हुन्छ?
एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेका दस्तावेजहरु छन्। त्यसले निकालेका निष्कर्षहरु सही थिए। त्यसको उल्लंघन गर्ने काम पार्टी नेतृत्वबाट भयो। त्यो बेठिक काम भयो भन्ने निष्कर्ष हो। त्यतिबेला भएका सही कामलाई संरक्षण गर्ने भनेका छौं। त्यतिबेलाका जनताका अजेण्डाहरु अझ व्यवस्थित बनाउँदै लैजानु पर्छ भन्ने छ। एकीकृत समाजवादीलाई हामीले राजनीतिक, वैचारिक, संगठनात्मक, कार्यशैलीगत रुपमा एमालेभन्दा फरक पार्टी बनाउँछौ। यो पार्टीलाई देशको सशक्त वैकल्पिक कम्युनिस्ट शक्ति बनाएर छोड्छौं। 

nimb
nimb
Ncell 2
Ncell 2

हाम्रा नीति, विचार, कार्यक्रम र गतिविधिलाई जनताले भोलि एमालेभन्दा भिन्न र असल पार्टी हो भन्ने अनुभुति गराउनेगरी पार्टी बनाउने छौं। 

पार्टी संगठन विस्तार र सुदृढिकरणमा लाग्दा आम कार्यकर्ता र जनतामा कत्तिको उत्साह पाउनुभएको छ?
नयाँ पार्टी निर्माण भएपछि धेरै उत्साहित छौं। एक ढंगले चुनौती पनि छ। ती चुनौतीलाई पार लगाउने शक्ति हामीसँग छ। हामीले जति पनि कार्यक्रम गर्‍यौं, ती कार्यक्रमले उत्साहित बनाएको छ। देशैभर प्रदेश सभाका सदस्यहरुको सनाखत् गर्दा होस् वा पार्टीका अन्य गतिविधिलाई हेर्दा, धेरै उत्साहित छौं। 

अहिले सुदुरपश्चिममा पहिलो पार्टीको रुपमा स्थापित भएका छौं। अरु प्रदेशमा पनि निर्णायक शक्तिको रुपमा छौं। जनस्तरका कार्यक्रममा कार्यकर्ताको उपस्थिति हेर्दा राम्रो देखिएको छ। हामीले शसक्त रुपमा पार्टीलाई अगाडि बढाउन सक्छौं भन्ने आत्मविश्वास बढेको छ।

तपाईंहरुले पार्टी पदाधिकारीदेखि केन्द्रीय कमिटी ठूलो र भद्दा खालको बनाउनुभयो। सरकारमा विवादित खालका व्यक्तिहरुलाई पठाउनुभयो। यस्तो अवस्थामा कसरी बलियो र व्यवस्थित पार्टी बनाउनुहुन्छ?
पार्टी पदाधिकारीको संख्या बढी नै भएको छ। पार्टी निर्माणको संकटकालीन अवस्थामा जतिसुकै कम्प्रोपाईज गर्न खोज्दा पनि कम पदाधिकारी बनाउन सकेनौं। पार्टीका वरिष्ठ नेतादेखि भौगोलिक, सबै जातजाति र लिंगको प्रतिनिधित्व गराउनु पर्ने भएपछि पदाधिकारी अलि ठूलो भयो। यस्तो हुँदा पदाधिकारी र केन्द्रीय कमिटी ठूलो जस्तो देखिएको छ। त्यसलाई हामीले महाधिवेशनबाट व्यवस्थित गर्दै जाने छौं। 

तपाईंहरुको भनाइअनुसार पार्टीलाई बलियो र व्यवस्थित बनाउनु पर्ने छ, चुनाव पनि जित्नु पर्ने अवस्था छ। आगामी चुनावमा अरु पार्टीसँग तालमेल र एकता हुने सम्भावना कति छ? 
हामीले घोषित रुपमै भनेका छौं– मिल्न सक्ने शक्तिहरुसँग मिलेरै चुनावमा जाने छौं। त्यसमा वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग चुनावमा तालमेल गरेर जाने छौं। त्यसबाट पार्टीलाई बलियो बनाउने छौं। मिल्न सक्ने शक्तिहरुसँग मिलेर जाने छौं। 

एमालेसँग तत्काल चुनावी तालमेल हुने सम्भावना छ कि छैन?
एमालेसँग तत्काल चुनावी तालमेल हुने सम्भावना छैन।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री?
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री? शुक्रबार, भदौ ५, २०८३
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्