• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
आगामी चुनावमा मिल्नसक्ने सबै पार्टीसँग तालमेल हुन्छ, एमालेसँग हुँदैन : प्रकाश ज्वाला [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ११, २०७८  ०८:५०
1140x725

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि फेरिएको राजनीतिक परिस्थितिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल, नेकपा एमाले विभाजित भयो। एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको एक घटक हो। देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने बेलासम्म एकीकृत समाजवादी पार्टी गतिविधिका हिसाबले निकै सक्रिय थियो। तर, पछिल्लो समय पार्टीका गतिविधि शुन्यप्राय: छन्।दुई–दुई पटक विघटन भएर पुन:स्थापित प्रतिनिधि सभाको कार्यकाल करिब १ वर्ष मात्रै बाँकी रहँदा र स्थानीय तहको निर्वाचन गर्नुपर्ने मिति नजिकिँदै गर्दा नवगठित एकीकृत समाजवादी राजनीतिक गतिविधिका हिसाबले अपेक्षित रुपमा किन सक्रिय हुन नसकेको होला? नेपाल लाइभका लागि वीरेन्द्र ओलीले नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालासँग यीनै विषयमा कुराकानी गरेको कुराकानी: 

नवगठित पार्टीले राजनीतिक हिसाबले जुन सक्रियता देखाउनुपर्ने हो, एकीकृत समाजवादीमा त्यस्तो सक्रियता नदेखिएको आम विश्लेषण भइरहेको छ। तपाईंहरु अहिले अरु के कुरामा व्यस्त हुनुभयो? 
नयाँ पार्टी दर्ता भएपछि संगठनात्मक संरचना निर्माणमा जुटेका छौं। भर्खरै केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयको बैठक बसेर संगठनात्मक संरचनाहरुलाई पूर्णता दिने काम भयो। केन्द्रीय कमिटी विस्तार गरेर पूर्णता दियौं। केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् लगायतका निकायहरुलाई पूर्णता दियौं। त्यसपछि ३ महिने कार्ययोजना प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार, प्रशिक्षण, पार्टी सदस्यता वितरण र जनसंगठनका सम्मेलनमा लागेका छौं। केन्द्रदेखि स्थानीय तहसम्म पार्टी कार्यालय व्यवस्थापन गर्ने काममा लागेका छौं। अहिले केन्द्रीय संचरनालाई र तल्ला कमिटीलाई पूर्णता दिन कार्ययोजना बनाएका छौं। 

अब हामी राष्ट्रिय सम्मेलनको तयारी गर्ने छौं। त्यसका लागि मुख्य कुरा दस्तावेजहरु तयार गर्ने हो। त्योभन्दा अघि विधान र नियमावलीलाई फाइनल गरेर प्रकाशन गर्ने छौं। राष्ट्रिय सम्मेलनका लागि राजनीतिक, संगठनात्मक प्रतिवेदन लगायतका दस्तावेजहरु तयार गर्न समिति बनाएका छौं। त्यो समितिले ती प्रतिवेदनहरु तयार गर्ने छ। राष्ट्रिय सम्मेलन कहिले गर्ने भनेर मिति तोकिएको छैन। पार्टी सचिवालय वा स्थायी कमिटी बैठक बसेर राष्ट्रिय सम्मेलनको मिति तोक्ने छ।

पार्टी सरकारमा जाने भन्ने भएपछि आन्तरिक छलफल लगायतका गतिविधि निकै बढेका थिए। सरकारमा सहभागी भइसकेपछि भने खासै केही गतिविधि देखिँदैनन्, यस्तो किन? 
हामी मुलत: पार्टीको आन्तरिक काम चुस्त बनाउन लागेका छौं। आन्तरिक काम व्यवस्थित र चुस्त नगरेर अरु गतिविधि गर्न सकिँदैन। त्यसकारण मुख्य कुरा केन्द्रीय कमिटी र केन्द्रीय निकायलाई पूर्णता दिनेमा केन्द्रित छौं। पार्टी काम गर्न मुख्यतया विधान चाहिने हो। त्यसका लागि विधान नियमावली तयार गर्नमा केन्द्रित भयौं। त्यसपछि सार्वजनिक गतिविधिहरु बढ्दै जाने छन्। 

एमालेका नेताहरुले एकीकृत समाजवादी एमालेको 'भाइ पार्टी' हो भनेर पनि टिप्पणी गर्छन्। राजनीतिक र वैचारिक रुपमा एमालेभन्दा एकीकृत समाजवादीलाई कसरी फरक बनाउनु हुन्छ?
एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेका दस्तावेजहरु छन्। त्यसले निकालेका निष्कर्षहरु सही थिए। त्यसको उल्लंघन गर्ने काम पार्टी नेतृत्वबाट भयो। त्यो बेठिक काम भयो भन्ने निष्कर्ष हो। त्यतिबेला भएका सही कामलाई संरक्षण गर्ने भनेका छौं। त्यतिबेलाका जनताका अजेण्डाहरु अझ व्यवस्थित बनाउँदै लैजानु पर्छ भन्ने छ। एकीकृत समाजवादीलाई हामीले राजनीतिक, वैचारिक, संगठनात्मक, कार्यशैलीगत रुपमा एमालेभन्दा फरक पार्टी बनाउँछौ। यो पार्टीलाई देशको सशक्त वैकल्पिक कम्युनिस्ट शक्ति बनाएर छोड्छौं। 

Ncell 2
Ncell 2

हाम्रा नीति, विचार, कार्यक्रम र गतिविधिलाई जनताले भोलि एमालेभन्दा भिन्न र असल पार्टी हो भन्ने अनुभुति गराउनेगरी पार्टी बनाउने छौं। 

पार्टी संगठन विस्तार र सुदृढिकरणमा लाग्दा आम कार्यकर्ता र जनतामा कत्तिको उत्साह पाउनुभएको छ?
नयाँ पार्टी निर्माण भएपछि धेरै उत्साहित छौं। एक ढंगले चुनौती पनि छ। ती चुनौतीलाई पार लगाउने शक्ति हामीसँग छ। हामीले जति पनि कार्यक्रम गर्‍यौं, ती कार्यक्रमले उत्साहित बनाएको छ। देशैभर प्रदेश सभाका सदस्यहरुको सनाखत् गर्दा होस् वा पार्टीका अन्य गतिविधिलाई हेर्दा, धेरै उत्साहित छौं। 

अहिले सुदुरपश्चिममा पहिलो पार्टीको रुपमा स्थापित भएका छौं। अरु प्रदेशमा पनि निर्णायक शक्तिको रुपमा छौं। जनस्तरका कार्यक्रममा कार्यकर्ताको उपस्थिति हेर्दा राम्रो देखिएको छ। हामीले शसक्त रुपमा पार्टीलाई अगाडि बढाउन सक्छौं भन्ने आत्मविश्वास बढेको छ।

shivam cement
shivam cement

तपाईंहरुले पार्टी पदाधिकारीदेखि केन्द्रीय कमिटी ठूलो र भद्दा खालको बनाउनुभयो। सरकारमा विवादित खालका व्यक्तिहरुलाई पठाउनुभयो। यस्तो अवस्थामा कसरी बलियो र व्यवस्थित पार्टी बनाउनुहुन्छ?
पार्टी पदाधिकारीको संख्या बढी नै भएको छ। पार्टी निर्माणको संकटकालीन अवस्थामा जतिसुकै कम्प्रोपाईज गर्न खोज्दा पनि कम पदाधिकारी बनाउन सकेनौं। पार्टीका वरिष्ठ नेतादेखि भौगोलिक, सबै जातजाति र लिंगको प्रतिनिधित्व गराउनु पर्ने भएपछि पदाधिकारी अलि ठूलो भयो। यस्तो हुँदा पदाधिकारी र केन्द्रीय कमिटी ठूलो जस्तो देखिएको छ। त्यसलाई हामीले महाधिवेशनबाट व्यवस्थित गर्दै जाने छौं। 

तपाईंहरुको भनाइअनुसार पार्टीलाई बलियो र व्यवस्थित बनाउनु पर्ने छ, चुनाव पनि जित्नु पर्ने अवस्था छ। आगामी चुनावमा अरु पार्टीसँग तालमेल र एकता हुने सम्भावना कति छ? 
हामीले घोषित रुपमै भनेका छौं– मिल्न सक्ने शक्तिहरुसँग मिलेरै चुनावमा जाने छौं। त्यसमा वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग चुनावमा तालमेल गरेर जाने छौं। त्यसबाट पार्टीलाई बलियो बनाउने छौं। मिल्न सक्ने शक्तिहरुसँग मिलेर जाने छौं। 

एमालेसँग तत्काल चुनावी तालमेल हुने सम्भावना छ कि छैन?
एमालेसँग तत्काल चुनावी तालमेल हुने सम्भावना छैन।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्