• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २३, २०८२ Tue, Dec 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

आफ्नै खर्चमा कुस्ती खेलाडी च्याम्पियनसिप खेल्न नर्वे पुगेको खुलासा

64x64
दीप सुवेदी बिहीबार, कात्तिक ४, २०७८  १२:४०
1140x725

काठमाडौं- नेपाल कुस्ती संघले नर्वेमा आयोजना भएको विश्व कुस्ती च्याम्पियनसीपमा खेलाडीबाटै पैसा उठाएको रहस्योद्घाटन भएको छ। २–१० अक्टोबरसम्म नर्वेको ओस्लोमा आयोजना भएको प्रतियोगितामा नेपालबाट सुमिरकुमार साह र सुरेश चुनाराले भाग लिएका थिए। 

उनीहरूसँगै व्यवस्थापकमा साहिल अन्सारी र मुख्य प्रशिक्षक धर्मराज यादव पनि संलग्न थिए। उनीहरूले प्लेन टिकट, पीसीआर परीक्षण, होटल र इन्सुरेन्सको खर्च आफैले तिरेका थिए। 

सुमिरले ९७ केजी तथा सुरेशले ७४ केजीमा प्रतिस्पर्धा गरेका थिए। नर्वे जाने खेलाडी १२ भदौमा सातदोबाटोस्थित कुस्ती हलमा छनोट भएको दावी संघको छ। 

यसमा सुमिर र सुरेशसहित ११० केजीमा राज यादव र ६१ केजीमा भागवत साह पनि छनोट भएका थिए। तर, राज र भागवतलाई पैसा नदिएका कारण प्रतियोगितामा समावेश गराइएन। 

संघका अध्यक्ष राज मोहम्मद अन्सारीले छनोट भएका खेलाडीलाई नर्वे लैजान नसक्ने तर, खेलाडी आफैले खर्च बेहोरे लैजाने बताएका थिए। 

‘छनोट भएका सबै खेलाडीलाई नर्वे जाने भए पैसा डिपोजिट गर्नु, नत्र हामी आफ्नै खर्चमा तिमीहरूलाई पठाउन सक्दैनौ भनेर अध्यक्षले भन्नुभयो, त्यसपछि केही खेलाडी गए, केही गएनन्,’ संघका एक पदाधिकारीले नेपाल लाइभलाई बताए,‘ विभागीय टोलीबाट खेल्ने भागवतले आफूले खर्च बेहोर्न नसक्ने भन्दै बारम्बार अध्यक्ष अन्सारीलाई भन्दा उनले वास्ता नै गरेनन्।’ 

भागवत राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी हुन्। उनले आठौं राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ स्वर्ण जितेका थिए। उनको आर्थिक स्थिति कमजोर छ। त्यसैले उनले आफ्नो विभागलाई चिट्ठी लेख्न आग्रह गरेका थिए। तर, अध्यक्ष राज मोहम्मदले वास्ता नगरेपछि उनी नर्वे जानबाट बञ्चित भए। 

Ncell 2
Ncell 2

‘किन लेख्नु भएन थाहा भएन। उनले काम गर्ने ठाउँमा चिट्ठी लेखिदिएको भए पैसा उतैबाट जुगाड पनि हुनसक्थ्यो। तर, संघले नै बेवास्ता गर्दिँदा उनी नेपाल मै रहे,’ ती अधिकारीले बताए। 

भाइ नै व्यवस्थापक बनेर उडे, राखेपलाई पत्तो छैन 
नेपालको राष्ट्रिय टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ। तर, कुस्ती संघ अध्यक्ष अन्सारीले राखेपबाट स्वीकृति नलिइकनै खेलाडी उडाए। 

‘उहाँ एकपल्ट राखेप आउनु भएको थियो। तर, खेलाडी छनोट कहाँ र कहिले भयो भन्ने जानकारी खुलाउन सक्नुभएन,’ राखेपका एक कर्मचारीले नेपाल लाइभसँग भने।

अध्यक्ष अन्सारीले प्रतियोगितामा सहभागी गराउन भन्दै ७ जनाको लिस्ट बोकेर आएको र आर्थिक चाँजोपाँजो मिलाइदिन आग्रह गरेको राखेपका एक कर्मचारीले बताए।

‘हामीले खेलाडी विदेश लैजान र राखेपबाट पैसा स्विकृत गराउन सबै कुरा खुलाउन पर्ने प्रावधान रहेको बताएपछि उहाँ आउनु भएन,’ उनले भने, ‘१० लाखभन्दा बढी पैसाको कुरा सदस्य-सचिवसँग गर्नु भनेर हामीले फर्काएका थियौं।’ 

संघले व्यवस्थापकको भूमिकामा पठाएका साहिल अन्सारी नाताले अध्यक्ष अन्सारीका भाइ भएको खुलेको छ। उनी केही समय अघिसम्म पौडी संघमा आवद्द भएका थिए। पौडी संघमा हुँदा पनि उनी विवादित भएको राखेप स्रोत बताउँछ।

‘पौडी संघमा हुँदा थुप्रै विवाद खडा गरेका थिए। तर, २०६६ मा संघ पुनर्गठन गर्दा उनलाई कुस्ती संघको सचिव बनाइएको थियो। यता, पनि व्यवस्थापक बनेर विदेश गएको भन्दै बेलाबखत विवादमा तानिने गर्छन्,’ एक पदाधिकारीले भने।

कमजोर संघ, कसबाट पैसा उठाउने?
अध्यक्ष अन्सारीले भने आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिँदै भने, ‘संघ पुनर्गठन पश्चात नै आर्थिक समस्या छ।’ उनले एउटा संघ बिघटन भएर अर्को हुँदा सरकारले सहयोग नगरेको कारण खेलाडीबाट पैसा उठाउनु परेको स्वीकार गरे।

‘संघ टुक्रिएपछि हामीलाई राखेपले दिँदै आएको रकम रोक्का हुँदै आएको छ। आफ्नै गोजीको पैसा खर्च गरेर सम्भव नहुने भएका कारण केही मात्रामा पैसा उठाएको हुँ,’ उनले भने। 

उनले प्रतियोगितामा सहभागी हुन आर्थिक सहयोग माग गर्दै राखेप सदस्य-सचिव रमेश सिलवाल कहाँ गएको तर, सदस्य-सचिवले टिकटको खर्च मात्र बेहोर्ने, अन्य खर्च बेहोर्न नसक्ने बताएपछि आफूले खेलाडीसँगै पैसा उठाउनु परेको बताए।  

‘सदस्य-सचिवले अन्य खर्च बेहोर्न नसक्ने बताएपछि खेलाडीसँग कुरा गर्दा उनीहरूले आफ्नो खर्च आफैले उठाउने बताएपछि पैसा उठाएको हुँ। दबाब दिएको छ्रैन,’ उनले दावी गरे। 

उनले ठूलो प्रतियोगितामा एक–डेढ लाख खर्च हुनु सामान्य भएको भन्दै नेपाल लाइभसँग भने, ‘हाम्रो आउने बाटो नै माथिबाट बन्द भएको छ। यसरी बाटो नै बन्द गराइदिँदा हामीलाई असर गर्छ नै। आउने दिनमा राखेपले सहयोग नगरे संघ सञ्चालन गर्न गाह्रो छ।’ 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा सोमबार, मंसिर २२, २०८२
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, मंसिर २२, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
माग पूरा नभए फागुनमा निर्वाचन हुनै दिन्न : प्रसाईं सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्