• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

आफ्नै खर्चमा कुस्ती खेलाडी च्याम्पियनसिप खेल्न नर्वे पुगेको खुलासा

64x64
दीप सुवेदी बिहीबार, कात्तिक ४, २०७८  १२:४०
1140x725

काठमाडौं- नेपाल कुस्ती संघले नर्वेमा आयोजना भएको विश्व कुस्ती च्याम्पियनसीपमा खेलाडीबाटै पैसा उठाएको रहस्योद्घाटन भएको छ। २–१० अक्टोबरसम्म नर्वेको ओस्लोमा आयोजना भएको प्रतियोगितामा नेपालबाट सुमिरकुमार साह र सुरेश चुनाराले भाग लिएका थिए। 

उनीहरूसँगै व्यवस्थापकमा साहिल अन्सारी र मुख्य प्रशिक्षक धर्मराज यादव पनि संलग्न थिए। उनीहरूले प्लेन टिकट, पीसीआर परीक्षण, होटल र इन्सुरेन्सको खर्च आफैले तिरेका थिए। 

सुमिरले ९७ केजी तथा सुरेशले ७४ केजीमा प्रतिस्पर्धा गरेका थिए। नर्वे जाने खेलाडी १२ भदौमा सातदोबाटोस्थित कुस्ती हलमा छनोट भएको दावी संघको छ। 

यसमा सुमिर र सुरेशसहित ११० केजीमा राज यादव र ६१ केजीमा भागवत साह पनि छनोट भएका थिए। तर, राज र भागवतलाई पैसा नदिएका कारण प्रतियोगितामा समावेश गराइएन। 

संघका अध्यक्ष राज मोहम्मद अन्सारीले छनोट भएका खेलाडीलाई नर्वे लैजान नसक्ने तर, खेलाडी आफैले खर्च बेहोरे लैजाने बताएका थिए। 

‘छनोट भएका सबै खेलाडीलाई नर्वे जाने भए पैसा डिपोजिट गर्नु, नत्र हामी आफ्नै खर्चमा तिमीहरूलाई पठाउन सक्दैनौ भनेर अध्यक्षले भन्नुभयो, त्यसपछि केही खेलाडी गए, केही गएनन्,’ संघका एक पदाधिकारीले नेपाल लाइभलाई बताए,‘ विभागीय टोलीबाट खेल्ने भागवतले आफूले खर्च बेहोर्न नसक्ने भन्दै बारम्बार अध्यक्ष अन्सारीलाई भन्दा उनले वास्ता नै गरेनन्।’ 

भागवत राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी हुन्। उनले आठौं राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ स्वर्ण जितेका थिए। उनको आर्थिक स्थिति कमजोर छ। त्यसैले उनले आफ्नो विभागलाई चिट्ठी लेख्न आग्रह गरेका थिए। तर, अध्यक्ष राज मोहम्मदले वास्ता नगरेपछि उनी नर्वे जानबाट बञ्चित भए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘किन लेख्नु भएन थाहा भएन। उनले काम गर्ने ठाउँमा चिट्ठी लेखिदिएको भए पैसा उतैबाट जुगाड पनि हुनसक्थ्यो। तर, संघले नै बेवास्ता गर्दिँदा उनी नेपाल मै रहे,’ ती अधिकारीले बताए। 

भाइ नै व्यवस्थापक बनेर उडे, राखेपलाई पत्तो छैन 
नेपालको राष्ट्रिय टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ। तर, कुस्ती संघ अध्यक्ष अन्सारीले राखेपबाट स्वीकृति नलिइकनै खेलाडी उडाए। 

‘उहाँ एकपल्ट राखेप आउनु भएको थियो। तर, खेलाडी छनोट कहाँ र कहिले भयो भन्ने जानकारी खुलाउन सक्नुभएन,’ राखेपका एक कर्मचारीले नेपाल लाइभसँग भने।

अध्यक्ष अन्सारीले प्रतियोगितामा सहभागी गराउन भन्दै ७ जनाको लिस्ट बोकेर आएको र आर्थिक चाँजोपाँजो मिलाइदिन आग्रह गरेको राखेपका एक कर्मचारीले बताए।

Xtrem

Xtrem

‘हामीले खेलाडी विदेश लैजान र राखेपबाट पैसा स्विकृत गराउन सबै कुरा खुलाउन पर्ने प्रावधान रहेको बताएपछि उहाँ आउनु भएन,’ उनले भने, ‘१० लाखभन्दा बढी पैसाको कुरा सदस्य-सचिवसँग गर्नु भनेर हामीले फर्काएका थियौं।’ 

संघले व्यवस्थापकको भूमिकामा पठाएका साहिल अन्सारी नाताले अध्यक्ष अन्सारीका भाइ भएको खुलेको छ। उनी केही समय अघिसम्म पौडी संघमा आवद्द भएका थिए। पौडी संघमा हुँदा पनि उनी विवादित भएको राखेप स्रोत बताउँछ।

‘पौडी संघमा हुँदा थुप्रै विवाद खडा गरेका थिए। तर, २०६६ मा संघ पुनर्गठन गर्दा उनलाई कुस्ती संघको सचिव बनाइएको थियो। यता, पनि व्यवस्थापक बनेर विदेश गएको भन्दै बेलाबखत विवादमा तानिने गर्छन्,’ एक पदाधिकारीले भने।

कमजोर संघ, कसबाट पैसा उठाउने?
अध्यक्ष अन्सारीले भने आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिँदै भने, ‘संघ पुनर्गठन पश्चात नै आर्थिक समस्या छ।’ उनले एउटा संघ बिघटन भएर अर्को हुँदा सरकारले सहयोग नगरेको कारण खेलाडीबाट पैसा उठाउनु परेको स्वीकार गरे।

‘संघ टुक्रिएपछि हामीलाई राखेपले दिँदै आएको रकम रोक्का हुँदै आएको छ। आफ्नै गोजीको पैसा खर्च गरेर सम्भव नहुने भएका कारण केही मात्रामा पैसा उठाएको हुँ,’ उनले भने। 

उनले प्रतियोगितामा सहभागी हुन आर्थिक सहयोग माग गर्दै राखेप सदस्य-सचिव रमेश सिलवाल कहाँ गएको तर, सदस्य-सचिवले टिकटको खर्च मात्र बेहोर्ने, अन्य खर्च बेहोर्न नसक्ने बताएपछि आफूले खेलाडीसँगै पैसा उठाउनु परेको बताए।  

‘सदस्य-सचिवले अन्य खर्च बेहोर्न नसक्ने बताएपछि खेलाडीसँग कुरा गर्दा उनीहरूले आफ्नो खर्च आफैले उठाउने बताएपछि पैसा उठाएको हुँ। दबाब दिएको छ्रैन,’ उनले दावी गरे। 

उनले ठूलो प्रतियोगितामा एक–डेढ लाख खर्च हुनु सामान्य भएको भन्दै नेपाल लाइभसँग भने, ‘हाम्रो आउने बाटो नै माथिबाट बन्द भएको छ। यसरी बाटो नै बन्द गराइदिँदा हामीलाई असर गर्छ नै। आउने दिनमा राखेपले सहयोग नगरे संघ सञ्चालन गर्न गाह्रो छ।’ 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्