• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
कथा

फेरियो समय, फेरिए मान्छेहरू

बद्री दुलाल शनिबार, असोज २३, २०७८  १४:३१
1140x725

द्वन्द्वकालमा दशैंको लागि सरसामान लिन भनेर सहर गएदेखि बेपत्ता भएका बाबा र दाइको तस्बिर नजिकै उस्तै फ्रेममा सजाएर राखेकी थिइन् सुनैनाले स्कुल र जिल्लास्तरीय प्रतिस्पर्धामा पाएका पदक अनि प्रमाणपत्रहरु। सुनैनाकी आमा नयनकलाका नयन जब चिल्लो माटोले पोतेको भित्तामा सजिएका तिनै फ्रेमका लहरमा पुग्थे, उनी सबै थकाईलाई एकै पटकमा फुकालेर काँटीमा सिउरिएको झैँ हलुका महसुस गर्थिन्। गाउँलेहरू सँगै काम गर्दा दैनिक रुपमा प्राप्त हुने कमाईको भरमा घरखर्च चलाइराहेकी उनी हरेक साँझ थकित हुन्थिन्। तिनै फोटो फ्रेम हेरेर थकान मेटिएको महसुस गर्थिन्।

एघार कक्षाको परीक्षा तयारी गरिरहेकी सुनैना भने अलिकति खुकुलो समय हुने बित्तिकै कुनै सिर्जनामा लागि हाल्थिन्। त्यसो त सुनैनालाई नआउने केहि पनि थिएन भने पनि हुन्थ्यो– कथा, कविता, नाच, गान, सिलाइ, बुनाइ सबै।

शनिबारको दिन। जंगलबाट दाउरा सँगै बजारमा तेह्र सय रुपैयाँ साट्ने दुई डोका सपना पनि संकलन गरेर ल्याएका थिए, आमा छोरीले। घर आएपछि आमाले हस्याङफस्याङ गर्दै आगो जोरिन्। अनि, छोरीले चामल तयार गरिन्। अघिल्लो साँझ नै केलाएर राखेको रायोको डुकुमा छिपछिपे रससँग बुकुल्टो खाना नयनकलाको गलामा लागेर हिक्कहिक्क आउन थाल्यो। लाग्थ्यो कुनै नदेखिने दुनियाँमा भएको दैवले सम्झेर त्यस्तो बाडुल्की लागेको होला।

बद्री दुलाल

देब्रेतिरको अम्खोरमा हेर्दा पिउने पानी रहेनछ। उनले सुनैनालाई संकेत गरिन्। सुनैनाले बाहिरको धाराबाट अम्खोरामा पानी ल्याई नपुर्‍याउँदै आमाको घुच्चुकमा माथिबाट आइपुग्यो जस्ता पातासहितको दलिन, कसैले अड्केको भात निकाल्न पछाडीबाट बेस्सरी थप्थपाएको जस्तै। झन्डै भातसँगै प्राण नै निकालेको।

उता, हातमा पानीको अम्खोरा बोकेकी सुनैना भित्र छिर्न नपाउँदै घर गर्ल्याम्गुर्लुम्म भयो। हातमा भएको पानी छचल्किएको जस्तै छचल्किरहेको थियो जमिन पनि।छिमेकीको घर, बेलौतीको बोट, क्षितिजको थुम्को अनि सुनैना अडिएको भुईं सबै हल्लिरहेका थिए, चक्कर लागेको रोगीजस्तै। भूकम्पसँगै थर्थराएका गोडाले थेग्न सकेनन्, सुनैनालाई। उनी पनि लमतन्न परिन्। दु:ख सुख चलिरहेको आमाछोरीको परिवार ७.८ म्याग्नेच्युटको कम्पनले तहसनहस गरिदियो।
०००

जेठ महिना। मनसुन आइनपुगेकाले पानी पर्न थालेकै थिएन। बाटोछेउका खेतमा मानिसहरु गहुँ काट्न सुरु गर्दै थिए। टन्टलापुर घाममा दुई आमा छोरीलाई भने बाटो काट्न नै मुस्किल भएको थियो। वैशाखभरि विस्तारा लागेकी नयनकला बैसाखीको आडमा बगरको बाटो नाप्दै थिइन्– खल्च्याङ् खल्च्याङ्। सत्ताइस दिने अस्पताल बसाइपछि आमाछोरी चुपचाप फर्किरहँदा कहाँ जाने, के गर्ने, अनि आफूलाई कसरि सम्हाल्ने भनेर मनमनै कुनै योजना बनाइरहेजस्तै लाग्थ्यो। तर, दुवै जनाको दिमाग खाली थियो, बिहान अस्पतालको क्यान्टिनमा ५० रुपैयाँको नोट बुझाएपछिको बगलीजस्तै।

हातमा बोकेको एक्सरेको फाइल अनि नबुझिने अक्षरले लेखिएको प्रेस्क्रिप्सनको करिब बीस पत्ता कागज आज तीस किलोको बोराभन्दा भारी लागेका थिए, सुनैनालाई। उनी तुलना गर्दै थिइन् मनमनै– ‘यी पनि कागज्र अनि अस्ति घरको भित्तामा राख्न भनेर यही बाटोमा फ्रेमिङ् गर्न बोकेका पनि कागज। फ्रेमसहितका कागजभन्दा पनि फ्रेमविनाका यी कागज किन गह्रौं?’ उनी आज महसुस गर्दै थिइन्, गह्रौं र वजनदारबीचको भेद। बुझ्दै थिइन् फ्रेमको आड र भरोसा। आमाछोरी अघिपछि साथै हिँडिरहे पनि भरोसाविहीन लागेको दिन थियो, त्यो।

गाउँ पुग्दा माहोल बिल्कुल फरक थियो। अधिकांश गाउँले सेतो लुगा लगाएर निलो पालभित्र बसेका। सबैजसो घरका छाना खसेका। अनि, गाउँमा नचिनेका धेरै मानिसहरु पसेका।

Ncell 2
Ncell 2
nimb
nimb

दिनभरि आफ्नो तागत देखाएको घाम पहेंलो भएर पश्चिमको डाँडामा डुब्न लागेको थियो। तलाउमा डुब्न लागेको सिकारुले हात दिएजस्तै अस्ताउँदा किरण आकासतिर ठडिएका थिए। ठाक्क-ठुक्क परिरहने छिमेकीको टाट्नामा कलिलो घाँस खाइरहेको छिप्पेको बोकाको गन्ध पनि आज त आफन्तको जस्तै लागेको थियो, नैनकलालाई। उनीतिर हेरेर बाख्रोले ‘म्या...’ गर्दा पनि उनको मन भारी भयो र आँखा रसिला भए।

स्कुलको प्राङ्गणमा बनाएको सामूहिक बासस्थान पुगेर जसोतसो एउटा त्रिपालभित्र बास बसेका उनीहरुको चिन्ता झन् झन् बढ्दै गयो। आमाको क्षतिग्रस्त काया र एक अर्काको मायाले न कुनै समाधान दिन्थ्यो न त छाक टार्ने सामल र धान नै। आफ्ना सबै सपनाहरु थपक्कै बिसाएर सुनैना पनि लागिन् पुस्तैने मजदुरीको बाटो। 

झिसमिसेदेखि साँझसम्म भत्किएका घरका भग्नावशेष पन्साउँदा पन्साउँदै आफ्नो १७ वर्षे जीवन पनि अलि पर पछाडि अँध्यारोमा पन्साएकोजस्तै लागिरहन्थ्यो, उनलाई। हरपल एक प्रकारको डर मात्र लागीरहन्थ्यो। एकदिन भत्केको स्कुलको काम गर्दैगर्दा आफू वर्षभरि बसेको बेन्चको काँडा अनि सँगै काम गर्ने सिनियर भनौदाहरुको दुर्व्यवहार उस्तै दुख्नेगरि बिझेको थियो। आफ्नो बाबा र दाइ नहुँदाको संवेग त्यति बेला बढ्थ्यो, जब दर्जन जवानको डफ्फामा एक्ली सुनैनाले विशपालको रुप लिनु परिरहेको थियो।

तन तन्नामा लडेको र मन मडारिएको घन्टौँपछि मात्र थाहा हुन्थ्यो, सुनैनालाई। सायद तन र मन दुवै थाकेर होला्र आमाको साहस, शरीर र सारी सबै पुरानो भएको देखेर सुनैनाको मन झन् झन् फाट्थ्यो– खडेरीले खेत फाटेजस्तै। बल्लतल्ल आफ्नो घरको भग्नावशेष खोतल्ने पालो आईपुग्दा सुनैना भने अस्पतालबाट ल्याएको आमाको फाइल तथा मिहिनेत र पसिनाले जोगाएको पैसाको झोला खोतल्दै थिइन्। नोट धेरै थिए, तर वजन थोरै।

Xtrem

Xtrem

भत्केको घरमा जोगाउन लायक सामग्री नभएको एकमुस्ट ठम्याइमा गाउँलेहरुले काठपातबाहेक सबैथोक डिलमुनि खाल्डोमा झारिदिए। अनि, सँगै पुरिए सुनैनाको सफलताका प्रमाणहरु पनि। सुनैनाले धर्तीबाट नै उब्जाएको फल फेरि धर्तीमै रोपेजस्तै भयो।

विपत्तीको समयमा सिकाइलाई निरन्तरता दिन उनीहरुको गाउँमा केही परियोजना संचालन गर्ने हल्ला सुनियो। तर, सुनैनाले कुनै चासो राखिनन्। उनलाई आफ्नो घरभन्दा धेरै प्रमाणपत्रहरुको पिर थियो। उनलाई लाग्थ्यो कि ती प्रमाणपत्रवीना आफ्नो कुनै अस्तित्व नै छैन। सायद बिद्यालयमा यस्तै महत्व बुझाइएको थियो क्यारे।

क्षमताको कदर तब भयो, जब त्यस्तो विपत्तीमा बालबालिकालाई पठनपाठनसँगै अतिरिक्त क्रियाकलापको धेरै जरुरी थियो। अनि, त्यस गाउँमा कसैसँग यस्तो क्षमता थियो भने उनी सुनैना नै थिइन्। स्थानीयवासीले तारिफयोग्य शिक्षिकाको रुपमा निर्विरोध सुझाएपछि परियोजनाकी शिक्षिका भएर उनैले काम सुरु गरिन्।

विपत्तीमा सिकाइसँगै सुनैनाले मनोसामाजिक परामर्शदाताको रुपमा पनि काम गर्न थालिन्। परिवारमा भएको यति मात्र परिवर्तन पनि कल्पना बाहिरको सफलता जस्तो लागेको थियो, थलिएर बसेकी नयनकलालाई। आखिर दक्षता र क्षमता नै चाहिने रहेछ, योग्यताभन्दा धेरै।

केहि दिनअघिसम्म अन्धकारले ढपक्कै छोपेको उनीहरुको जीवनमा आशाको किरण देखिन थालेको थियो। तीन चार वर्षभित्रमा नै सुनैनाको बानी व्यवहारमा धेरै परिवर्तन आइसकेको थियो। साथीसंगी र समुदायका लागि नमूना बनेकी सुनैनालाई कोरोनाको महामारी फैलिएपछि थप जिम्मेवारी बढेको थियो।

उनी विद्यालय बन्द भएको समयमा पनि स-सानो समूह बनाएर गाउँमा रहेका बालबालिकाको सीप र सिर्जना अभियान संचालन गर्न व्यस्त रहिन्। स्थानीय सामग्री र चासोका विषयमा उनले अत्यन्त सरल ढंगले स-साना नानीबाबुहरूलाई जानकारी दिन्थिन्। सुनैनाका गुरूहरू नै उनीसँग स्थानीय पाठ्यक्रम निर्माणको लागि सहयोग र परामर्श माग्न आउन थाले। उन्यूबाट बनेको सुकुलदेखि इस्कुसको अचारसम्मले बजार पाउन थालेदेखि गृहिणीहरू सुनैनाको सम्मानमा नतमस्तक थिए।

बालबालिका, युवा तथा महिलाको हौसला कि केन्द्र सुनैनाको यस्तो काममा साथ दिन युवा विकासको उपायका विषयमा बेलायतबाट विज्ञता हासिल गरेका सुबोधको नेतृत्वमा केही जोशिला युवा स्वयमसेवकलाई खटाएको थियो स्थानीय पालिकाले। सुबोध र सुनैनाको मिहिनेतले कोरोनको संक्रमण नियन्त्रण सचेतना यति प्रभावकारी रुपमा संचालन भयो कि गाउँमा एकै घरका जम्मा तीन जानभन्दा बाहिर कसैमा पनि संक्रमण बढ्न पाएन।

आफ्नो काममा निपूर्ण सुनैनाबाट अब भने पूरा गाउँले नै नयाँ नेतृत्व पाएको महसुस गरेको छ। उनको उपस्थितिविना कुनै पनि काम खल्लो महसुस हुन थालेको छ। मानसिक शान्तिको प्रभावले होला सायद, सुनैनाकी आमाको स्वास्थ्य पनि ऐले त धेरै राम्रो भएको छ। उनीहरुको गाउँमा कोरोनाविरुद्धको खोप अभियानलाई सफल पार्न डा कार्यालयले कक्षा १० र ११ मा अध्ययनरत विद्यार्थीहरूलाई परिचालन गरेको थियो। त्यहीँदेखि त ती जोसिला नवयुवाहरूको सामाजिक दायित्व बोध बढेको हो।

आज स्थानीय पालिकाले पालिकाको एक विशेष कार्यक्रममा सुनैनालाई रोल मोडेलको रुपमा चित्रित गरि निम्ता गरेको छ। गन्यमान्यकै लहरमा बसेकी सुनैनालाई हेर्दाहेर्दै नयनकलाका नयन रसाए। यस्तो दिन हेर्न कतैबाट सुनैनाका बाबा पनि आइपुगी पो हाल्छन् कि भन्ने झझल्कोले पोखिन लागेका आँखा भिडमा यता उता डुलाइन्। तर, त्यो निरर्थक प्रयास थियो। अनि सम्झिइन् बाबुसँगै वर्षौंअघि झोला बोकेर बजार निस्केको छोरोलाई पनि।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्