• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस ३, २०८२ Thu, Dec 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रदीप ज्ञवालीलाई प्रश्न- संसद् चलाउनका लागि एमालेलाई के गरेर फकाउनुपर्ने हो?

64x64
नेपाल लाइभ बुधबार, असोज २०, २०७८  १०:३२
1140x725

प्रतिपक्षी नेकपा एमालेले भदौं २३ गतेदेखि निरन्तर रुपमा प्रतिनिधि सभाको बैठक सञ्चालनमा अवरोध गर्दै आइरहेको छ। मंगलबारको संसद् बैठक पनि एमालेले अवरोध गर्‍यो। एमालेको निरन्तर अवरोध कायमै रहेकाले सदनको काम कारवाही सहजरुपमा सञ्चालन हुन सकेको छैन। यसै विषयमा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको संवाद :

नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको छ। तपाईंहरुले कहिलेसम्म संसद चल्न नदिने हो?

सभामुखले जहिलेसम्म आफ्नो गल्ती सच्चाउनु हुन्न र उहाँले सदनको साझा नेताका रुपमा आफ्नो इमेजलाई सुधार्नु हुन्न त्यतिन्जेलसम्म हाम्रो अवरोध जारी रहन्छ।

यो मुद्दा अदालतमा विचाराधीन भएका बेला सभामुखले के गर्न सक्नुहुन्छ त?

अदालतमा पछाडि गएको विषय हो। काम त उहाँले पहिले नै गर्नुभयो। त्यस कारण अदालतमा विचाराधीन भन्ने कुरा चाहि उहाँले खालि आफ्नो गलत कामलाई ढाकछोप गर्ने एउटा बहाना मात्रै बनाउनु भएको हो। उहाँले रियलाइज गरेर प्रमुख प्रतिपक्षलाई विश्वास दिलाउनु पर्यो नि! त्यो सूचना टास गर्नुस् भन्ने हो। त्यो सूचनाले अब कुनै ठूलो परिणाम पनि नल्याउला किनभने दल दर्ता त हुनु भइसक्यो। उहाँलाई आफ्नो गल्ति सच्चाउनका लागि के कुराले छेकिरहेको छ। प्रमुख प्रतिपक्षलाई बाहिर राखेर कसरी उहाँले सदन चलाउन खोज्नुभएको छ। उहाँले विचार गर्नुपर्ने विषय भयो।

सभामुखले तपाईंहरुलाई मनाउनका लागि अहिले गर्नुपर्ने चाहि के हो त?

त्यो त अब बसेर विस्तृत रुपमा छलफल गर्न सकिन्छ। सारमा जहाँबाट बिग्रयो नि। तपाईंलाई थाहा नै छ, कहाँबाट बिग्रयो भन्दा साउन ३ गते प्रतिनिधि सभा पुनःस्थापनाको पहिलो बैठक बसेपछि साउन ३ गतेदेखि ३२ गतेसम्म त सदन कही पनि अवरोध भएको थिएन।

सभामुखले दोहोरो मापदण्ड अपनाउनुभयो। सरिता गिरीको हकमा एउटा, टोपबहादुर रायमाझी, प्रभु शाहको हकमा एउटा र नेकपा एमालेको हकमा एउटा मापदण्ड उहाँले अपनाउनुभयो

Ncell 2
Ncell 2

सरकारले बिजनेश दिएन र संसदले काम पाएन त्यो बेग्लै कुरा हो। तर, त्यहाँ हामीले आफ्ना कुरा प्रष्ट राखेका थियौं। सदन त सहज रुपमा नै चलिरहेको थियो। साउन ३२ गते अचानक सदन स्थगन गरेर अधिवेशन अन्त्य गरेर १ गते उहाँहरुले अध्यादेश ल्याउनुभयो। अध्यादेशको मात्रै कुरा भएको भए हामी सरकारसँग लड्ने थियौं होला। तर, सभामुखले दोहोरो मापदण्ड अपनाउनुभयो। सरिता गिरीको हकमा एउटा, टोपबहादुर रायमाझी, प्रभु शाहको हकमा एउटा र नेकपा एमालेको हकमा एउटा मापदण्ड उहाँले अपनाउनुभयो। त्यस कारण उहाँले सदनको साझा नेताको रुपमा आफ्नो विश्वसनियता कायम राख्न सक्नुभएन।

पदीय मर्यादा कायम राख्न सक्नुभएन। त्यो कुरालाई विश्वास दिलाउनुपर्यो। वार्ता र कुराकानी गर्नुपर्यो नि त। अहिलेसम्म कुराकानी गर्ननपर्ने। कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि राख्नुहुन्न। प्रमुख सचेतक र सचेतकहरुसँग परामर्श पनि नगर्ने दलका नेताहरुसँग पनि परामर्श नगर्ने यसमा त हामीले के भन्ने कुरा हुन्छ र।

छलफल र परामर्शका लागि त प्रधानमन्त्री र सभामुख दुवैले बोलाउनुभएको थियो नै। तपाईंहरु त जानु भएन नि?

त्यसमा हामीले आफ्ना पोजिसन राखेर उहाँहरुलाई के कारणले अनुपस्थित हुन्छौं भन्ने कुरा भनिसकेका छौं।

एक्ला-एक्लै छलफल गर्न खोजेको हो एमालेले?

एक्लै र सामूहिक भन्ने प्रश्न नै भएन। सामूहिक भेट्ने कि छुट्टा-छुट्टै भेट्ने भन्ने प्रश्न महत्वपूर्ण भएन। महत्वपूर्ण के हो भने उहाँलाई गल्तिको अनुभुति छ की छैन? प्रमुख प्रतिपक्षलाई बाहिर राखेर उसका कुराहरु नसुनिकन सदन चल्न सक्दैन भन्ने कुराको उहाँलाई अलिकति हेक्का छ की छैन? हामीले त्यो कुरालाई बुझ्न खोजेको हो।

सरकार, सभामुख पनि लचिलो नहुने प्रमुख प्रतिपक्षी पनि अडानमा कायमै रहने हो भने त अस्थिरता बढ्नै जाने देखिएन त?

यो विषय त सरकारले बुझ्नुपर्यो। सत्ता सञ्चालकले बुझ्न पर्यो। सदनको नेताले बुझ्नुपर्यो नि, होइन?  प्रमुख प्रतिपक्ष चाहिँदै चाहिँदैन भन्ने उहाँहरुलाई लागेको हो भने देखि त्यही ढंगले जाँदा भयो। चाहिने हो भने त उसका कुराका सुनुवाइ हुनुपर्यो नि। प्रतिपक्षले जोडदार हिसाबले कुनै कुरा उठाइरहेको छ भने त त्यसका बारेमा छलफल हुँनु पर्दैन कुनै बिन्दुमा? हाम्रो भनाइ यही हो।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको म्याद एक महिना थप
ओलीले लिए पद तथा गोपनीयताको शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
जाँचबुझ आयोगको म्याद एक महिना थप बिहीबार, पुस ३, २०८२
ओलीले लिए पद तथा गोपनीयताको शपथ बिहीबार, पुस ३, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, पुस ३, २०८२
रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश बिहीबार, पुस ३, २०८२
एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी बिहीबार, पुस ३, २०८२
एमालेको चुनावी परिणाम : यस्तो बन्यो पदाधिकारी टिम बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्