• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अब एमाले आफैं कमजोर बन्ने बाटोमा हिँड्छ भन्ने लाग्दैन : रचना खड्का [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, असोज १९, २०७८  ०९:०४
1140x725
तस्बिर : खड्काको फेसबुकबाट।

नेकपा (एमाले)ले पार्टी जीवनमै पहिलो पटक विधान महाधिवेशन आयोजना गरेको छ। दल विभाजनबाट क्षति व्यहोरेको एमालेले विधान महाधिवेशनमार्फत् पार्टी एकताबद्ध नै रहेको सन्देश दिन खोज्यो। एकता प्रक्रियाबाट आएका पूर्वमाओवादी नेताहरु र पार्टीभित्रै अन्तरसंघर्ष गरेका नेताहरुसमेत सहभागी भएर आयोजना गरिएको विधान महाधिवेशनपछि एमाले थप सुदृढ हुने नेताहरुको दाबी छ। तीनदिने विधान महाधिवेशनका विविध सन्दर्भ र अब एमाले कसरी अघि बढ्ला भन्ने लगायतका विषयमा केन्द्रित रहेर नेपाल लाइभका लागि बीपी अनमोलले नेकपा एमालेकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्कासँग कुराकानी गरेका छन् : 

एमालेको प्रथम विधान महाधिवेशन कस्तो रह्यो? के-कस्ता विषयमा छलफल भए?
पार्टीको नवौं राष्ट्रिय महाधिवेशन गरिरहँदा नै विधान महाधिवेशन गर्ने भन्ने निर्णय भएको हो। यो किन महसुस भयो भने हामीले राष्ट्रिय महाधिवेशनमा नै विधान, संगठनात्मक प्रस्ताव र राजनीतिक प्रस्तावसहित एकैपटक नेतृत्व चयन गर्दा पर्याप्त छलफल गर्ने समय नै नहुन थाल्यो। विधान, राजनीतिक प्रतिवेदन, संगठनात्मक संरचना कस्तो बनाउने भन्दा पनि नेतृत्व चयनको विषय नै केन्द्रमा रहन थाल्यो। त्यसका कारण पार्टीभित्रको राजनीतिक, सांगठनिक र वैचारिक क्षेत्रको काम कमजोर जस्तो देखियो। यसैलाई अनुभूत गरेर नै हामीले नेतृत्व चयन गर्ने महाधिवेशन र विधान, संगठन र राजनीतिक प्रतिवेदन पास गर्ने महाधिवेशन अलग-अलग गर्नुपर्छ भनेका थियौं। प्रतिवेदनहरुमाथि गहन रुपमा छलफल गर्न पाइन्छ भनेर विधान महाधिवेशन गरेका हौं। विधान महाधिवेशनबाट नेकपा एमालेको आगामी राजनीतिक बाटो निर्धारण हुन्छ। दशौंदेखि एघारौं राष्ट्रिय महाधिवेशनसम्मको संगठन कस्तो बनाउने भन्ने पनि निर्धारण हुन्छ।

एमाले विभाजन भएका बेला सुदृढ र व्यवस्थित पार्टी बनाउन भनेर आयोजना गरिएको महाधिवेशन फलदायी होला?
हामी पार्टी विभाजनको पीडामा छौं। वास्तवमा असाध्यै मिहिनेत गरेर नेकपा एमाले बनाउने पंक्तिलाई मञ्चमा देख्न पाइएन। म नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र यो पार्टीमा लामो समयसम्म काम गरेको कार्यकर्ताको हिसाबले मैले यो पार्टी बनाउने नेताहरुलाई 'मिस' पनि गरेँ। पार्टी विभाजनको क्षतिलाई कम गर्न अबको दिनमा पार्टीलाई व्यवस्थित र पारदर्शी रुपमा सामूहिक नेतृत्वलाई स्थापित गरेर संस्थागत प्रणाली निर्माण गरेर चल्नुपर्छ। विभाजनको असरलाई कम गर्न र पार्टीले आगामी दिनमा 'फेस' गर्नुपर्ने चुनौतीहरुलाई सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्छ।

नवौं महाधिवेशनले पारित गरेको विधान अनुसार ठूलो संख्यामा सहभागी भएका प्रतिनिधिहरु विधान महाधिवेशनका प्रतिनिधि होइनन्। तोकिएको विधान महाधिवेशनको अर्थ के थियो भने सानो संख्यामा प्रतिनिधि बसेर मसिनो रुपले छलफल गर्छौं भन्ने आशय थियो। हामीले भिन्न परिस्थितिमा विधान महाधिवेशन आयोजना गरेका छौं। पार्टीलाई संगठनात्मक, भावनात्मक र वैचारिक रुपले एकताबद्व गर्नुपर्ने थियो। मूलतः पार्टीलाई भावनात्मक रुपले एकताबद्ध गर्नु थियो। ठूलो संख्याको बीचमा हतार-हतारमा विधान महाधिवेशन गर्नुपर्‍यो। यद्यपि यस विषयमा पहिले नै स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि छलफल भइसकेको छ। पार्टीको विभाजनपछिको क्षतिलाई कसरी कम गर्ने, आफूबाट छुट्टिएर गएकाहरुलाई कसरी एकताबद्ध गर्ने विषय समूहगत छलफलमा उठेका छन्। देशभरिका नेता कार्यकर्ताको चिन्ता छलफलका क्रममा प्रकट भएको हामीले पाएका छौं।

राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने कतिपय विषय प्रष्ट रुपमा आएनन् भन्ने छ नि?
राजनीतिक प्रतिवेदनमा एकदमै पूर्णता खोज्ने कुराचाहिँ हुँदैन। सिंगो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुले 'इन्पुट' दिँदैनन्, पहिले नै पूर्ण बनाएर ल्याउनुपर्छ भन्ने कुरा पनि सोच्न हुँदैन। राजनीतिक प्रतिवेदनमा विषयहरु छुट्न सक्छन्। त्यो छुटेका विषयहरुमा देशभरिका प्रतिनिधिहरुले कुरा उठाउनुभएको छ। त्यो समेटिएर नै आउला। प्रतिवेदनका सन्दर्भमा, नेकपा एमालेलाई आजसम्म सञ्चालन गर्दाको अनुभवका आधारमा पार्टीभित्रको आन्तरिक परिघटनामा अरुलाई बढी दोषी देखाउने भन्दा पनि आफूलाई बढी समीक्षा गर्नुपर्छ भन्ने विषय उठेको छ। यो मार्क्सवादी सच्चाइ पनि हो।

पार्टी विभाजन जसरी भयो। एमालेको क्षति जसरी हुँदै गएको छ, त्यसको मुख्य दोषी अरुलाई देखाउनेभन्दा पनि आफूमा कमजोरी के छ भनेर आफ्नो समीक्षा गर्ने कुरामा प्रतिवेदन बोल्न सकेन भन्ने कुरा धेरै प्रतिनिधिहरुको छ। त्यसैले स्वभाविक पनि के हो भने आज हामी जुन विन्दुमा छौं, यसका लागि आफैंलाई निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने ठाउँमा छौं। त्यो गर्नुपर्छ भन्ने मेरो भनाइ हो।

महाधिवेशनमा सहभागी प्रतिनिधिले नेतृत्वको आलोचना पनि नगर्ने र सुझाव पनि नदिएको देखियो। यसले पार्टीको आगामी कार्यदिशा बनाउन कसरी भूमिका खेल्ला र?
एकदम निरपेक्ष हिसाबले हाम्रो कमजोरी नै छैन भन्ने गरी प्रतिनिधिहरुले बोल्नुभएको छैन। म समूहगत छलफलमा पनि सहभागी थिए। सबै हिसाबले विषय उठान भएका छन्। यसबीचमा जति पनि घटनाहरु घटे, यसमा नेतृत्वले आफ्नो कमजोरी देख्नुपर्छ भन्ने हिसाबले नै उठेका हुन्। राजनीतिक प्रतिवेदनमा नेतृत्वको तर्फबाट ती विषय छन् कि छैनन् भनेर हेर्दा, एमालेका सन्दर्भमा यो बीचमा जे-जे घटना भए, ती विषयमा राजनीतिक प्रतिवेदनमा के लेख्छौं भन्ने कुराले मात्रै हाम्रो राजनीति निर्धारण गर्दैन। त्यो हाम्रो नेतृत्वले पनि बुझ्नुपर्छ।

जस्तो; प्रतिनिधि सभाको विघटन ठीक थियो कि बेठीक भन्ने सन्दर्भ हेरौं। हामीले हजार तर्क गरेर त्यो कदम ठीक थियो भने पनि हामीसँग सर्वोच्च अदालतले दुई–दुई पटक गरेका फैसला छन्। त्यसले के बोल्छ भन्ने कुरामा हामीले जवाफ दिनैपर्छ। त्यतिबेला जसरी जनमत प्रकट भयो, राजनीतिक दलहरुबीच सहमति बन्यो र अदालतले जुन विषय बोल्यो, त्यसलाई हामीले इतिहासमा बाक्लो पाना ल्याएर छोप्न खोजे पनि छोपिँदैन। त्यसैले त्यसलाई नेतृत्वले स्वीकार गर्ने भन्नेचाहिँ उदारताको कुरा हो, सुझबुझपूर्ण कुरा हो। विगतमा पनि कमजोरी हुँदा नेतृत्वले आत्मसमीक्षा गरेर जाने चलन थियो। नेतृत्वबाट कहिलेकाहीँ गल्ती हुन्छ। तर, 'रियलाइज' गर्ने भनेको कमजोर बन्ने होइन भन्नेगरी हामीले कुरा उठाएका छौं। प्रतिनिधि सभा विघटनपछि हामीले संघीय सरकार गुमायौं, प्रदेश सरकारहरु पनि गुमे, कति सरकार संघर्षको चरणमा छन्। त्यसपछाडि यत्रो पार्टी पनि विभाजन भयो। एमाले चुस्त दुरुस्त भएको भए त यत्रो क्षति हुने थिएन। यो कुरा त प्रष्ट नै छ नि।

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिनिधिले नै संसद् विघटनको विषयमा समर्थन र विरोध गरेको त केही देखिएन नि? 
समूहहरुको छलफलमा सबै मानिसले मञ्चमा आएर त्यो कुरा व्यक्त गर्न सक्दैनन्। समूहगत छलफलमा टोली नेताले त्यो कुरा प्रस्तुत गर्ने हो। सबैको भावनालाई पूर्णसत्रमा लगेर प्रस्तुत गर्नुपर्छ भनेर इमान्दार हुने टोली नेताले त्यसो गर्नुभयो। कतिपयको बानी हुन्छ, टोली नेता भए पनि आफ्नो कुरा मात्रै गर्ने। उहाँहरुले त्यो विषय प्रकट गर्नुभएन। तर, नवौं महाधिवेशनदेखि अहिलेसम्मको अवस्थालाई सहभागीले सुक्ष्म रुपमा उठाउनुभएको छ। 

विगतमा तपाईंहरुले पार्टी विधि, पद्धति र संरचना अनुसार चलेन भन्दै आउनुभएको थियो। विधान महाधिवेशनबाट ती समस्या हल भए? कि फेरि समस्या आउला?
हामी एकताबद्ध, सुदृढ र विभाजनको क्षति कम भएको एमाले बनाउने भन्नेमै थियौं। माधव नेपालले नेतृत्व गरेको समूहमा भएर पनि हामीले विभाजन रोजेनौं, एमाले रोज्यौं। त्यसैले त्यस्तो एमाले बनाउने दायित्व र अजेण्डा हाम्रो मात्रै हो भन्ने ठान्यौं भने एमालेले सही बाटो लिन सक्दैन। एमालेलाई सामूहिक प्रणाली र संस्थागत निर्णयका आधारमा चलाउनुपर्छ। व्यक्तिगत स्वेच्छारितालाई अन्त्य गर्नुपर्छ भन्नु सिंगो एमालेको विषय हो। यसमा सबैको धारणा आएको छ। हामीले त जब पार्टीमा दश बुँदे समझदारी भयो, त्यसमा टेकेर पार्टीलाई विभाजनबाट रोक्नुपर्छ भनेका थियौं। अहिलेसम्म गरेको विद्रोह एमालेको विभाजनका लागि थिएन। पार्टीलाई अझै व्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनका लागि भनेर गरिएको थियो।

हामीले संवैधानिक र पार्टीगत हिसाबले उठाएका विषयहरु सही रहेछन् भनेर प्रमाणित हुने चरणमा थियो। दश बुँदे सहमति पनि हुने र प्रतिनिधि सभाको पुनःस्थापना पनि भएपछि विभाजन गर्नु उपयुक्त हुँदैनथ्यो। समग्रमा एमालेले जे-जे गुमाउँदै आयो,  यसमा पार्टी नेतृत्वको कुनै कमजोरी छैन भनियो भने ओरालो यात्रा अगाडि बढ्छ। त्यसैले विधान महाधिवेशनमा कुराहरु उठेका छन्। म आशावादी छु, देशैभरका प्रतिनिधिहरुमा नेकपा एमाले भन्ने जुन भावना छ, त्यसमा पार्टी हिँड्नुपर्छ।

एमाले आफैं कमजोर बन्ने बाटोमा हिँड्छ भन्ने लाग्दैन, बलियो बन्ने बाटोमै हिँड्छ। सामूहिक नेतृत्व, संस्थागत प्रणालीलाई विकास गर्ने, विचारको कुरालाई प्रधानता दिने, संगठनात्मक प्रणालीलाई प्रधानता दिने भनेको एमाले बलियो बन्ने बाटो नै हो। यी सबै कुरालाई छोडेर एमाले कमजोर बन्ने बाटोमा हिँड्छ भन्ने मलाई लाग्दैन।

अहिलेको एमालेलाई हिजोकै नेकपाको निरन्तरता भनिएको छ। त्यस्तै हो?
हिजो एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो। तर त्यहाँ समस्या सिर्जना भयो। एकताका बेला दुई पार्टीका अध्यक्षले पार्टीको सांगठनिक प्रणालीलाई बेवास्ता गरेर व्यक्तिगत ढंगले टुंग्याउनुभएको थियो। हामीलाई दुई अध्यक्षका बीचमा समझदारी भएकाले एकता भयो र यसलाई टिकाउनु हुन्छ भन्ने लागेको थियो। उहाँहरुका बीचमा भएका समझदारी र प्रतिबद्धता पूरा गर्न सक्नुभएन। पार्टीचाहिँ विभाजन भयो। अदालतले पार्टी छुट्टाएको होइन। किनभने, अदालतले नाम बदर गरेपनि नयाँ नाम लिएर आउनु भनेकै थियो। हाम्रा बीचमा कुरा मिलेको भए नयाँ दर्ता गरेको भए पनि हुन्थ्यो। तर, त्यस हिसाबले कुराकानी भएन।

एकताका सन्दर्भमा हिजो माओवादी केन्द्रमा भएका साथीहरु आज एमालेमा नै हुनुहुन्छ। नेकपा एमालेमा उहाँहरुलाई अन्याय नहुने विश्वास दिलाउँदै साथमा लिएर हिँड्नु एमालेको दायित्व हो। त्यसपछि पनि हामी लामो समय अन्तरसंघर्षमा रह्यौं। अब एमालेलाई भावनात्मक र संगठनात्मक हिसाबले एकताबद्ध बनाएर लैजान मूलतः दश बुँदे सहमतिलाई इमान्दारितापूर्वक अगाडि बढाउने नै हो।

त्यसो भयो भने हिजो एकताको सन्दर्भमा जोडिएका साथीहरु पनि जोडिन्छन्, हिजो पार्टीभित्रको अन्तरसंघर्षमा रहेकाहरु पनि मूलधारमै रहन्छन्। दश बुँदे भएपछि मात्रै एमाले संस्थागत भएको हो नि, नत्र त एमाले कोमामा थियो। आ–आफ्नो गुटका गतिविधि भइरहेका थिए। अब सबै जनालाई नेकपा एमालेले लिएर जानुपर्छ। त्यसैले हिजो एकता प्रक्रियाबाट आएकाहरुलाई एमालेमा रहन मिल्दैन भन्न सकिँदैन। किनभने एकता प्रक्रियाका हामी एकै भएका थियौं। सकेसम्म सँगै हिँड्न खोजेका छौं।

अन्त्यमा, एमाले नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा छ। विश्वासको मत कहिले लिने तयारी छ?
बागमती प्रदेश सरकार यो संविधानको व्यवस्था र संविधानको दायराभित्र छ भन्ने कुरामा प्रष्ट र प्रतिबद्ध छौं। हामी संविधानप्रति प्रतिबद्ध छौं। संविधानको भावना र मर्म विपरीत चल्दैनौं। संविधानको धारा १८८ अनुसार औपचारिक रुपमा नेकपा एमालेको विभाजन भएको तीस दिनभित्र विश्वासको मतको प्रस्ताव राख्छौं।  

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ
फरार प्रतिवादी लागुऔषधसहित पोखराबाट पक्राउ
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ शुक्रबार, भदौ ५, २०८३
फरार प्रतिवादी लागुऔषधसहित पोखराबाट पक्राउ शुक्रबार, भदौ ५, २०८३
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु शुक्रबार, भदौ ५, २०८३
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल, गत सिजनको हारको बदला लिने मौका शुक्रबार, भदौ ५, २०८३
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्