• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

मदन पुरस्कार विजेता भगिराजसँग अन्तर्वार्ता– हाम्रो इतिहासले पनि सम्मान पाउँदो रहेछ !

64x64
नेपाल लाइभ बिहीबार, असोज ७, २०७८  २१:४०
1140x725

यस वर्षको मदन पुरस्कार ‘लिम्बुवानको एतिहासिक दस्तावेज संग्रह’ले पाएको छ। लामो समयसम्म सरकारी जागिरे रहेका भगिराज इङ्नाम यसका लेखक हुन्। ६५ वर्षीय उनले पञ्चायत विरोधी अभियानदेखि नेपालमा भएका राजनीतिक परिवर्तनलाई नियालेर हेरेका छन्। जागिरबाट अवकाश पाएपछि २०७१ सालबाट पूर्णरुपमा आफ्नो (लिम्बु) समूदायको दस्तावेज संलकन गर्न थालेका उनी पछिल्लो तीन वर्ष त अनुसन्धानका लागि निरन्तर खटिएका थिए। इङ्नामसँग नेपाल लाइभका युवराज भट्टराईले गरेको संक्षिप्त कुराकानीः 

यस वर्षको मदन पुरस्कार पाउँदा कस्तो लागिरहेको छ?
अहिले त म एकदमै खुसी छु। यी ऐतिहासिक दस्तावेज राज्यले नै राख्नु पर्ने हो। सरकारले गर्नुपर्ने काम नै मैले गरेको थिएँ। यद्यपि राज्यले पनि मैले गरेको कामको मूल्याङ्कन गरेको छ। यसमा म राज्यलाई पनि धन्यवाद दिन्छु। मदन पुरस्कार जित्दा धेरै खुसी लागेको छ। 

मदन पुरस्कार पाएको खबर पाउँदा के गर्दै हुनुहुन्थ्यो? 
म घरमै थिएँ त्यो बेला। म तेह्रथुमको लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले एउटा आर्टिकलको लागि तस्वीर मागेकाले उहाँलाई आफ्नो तस्वीर ईमेल गर्न कम्प्युटर अगाडि नातीनातिनालाई ईमेल भन्दै थिए। 

उहाँ (मेयर माबोहाङ)ले आर्टिकल लेख्छु तपाईंको फोटो पठाइदिनु भनेर म फोटो खोज्दै थिएँ। त्यत्तिकैमा पत्रकार सचिन राईले फोन गरेर मलाई मदन पुरस्कार पाएको जानकारी दिए। मैले सुरुमा त पत्याइनँ, तर उहाँले विज्ञप्ति नै पठाइदिन्छु भनेपछि मात्रै मैले पत्याएँ। 

हजार पृष्ठको किताब छ। यी सबै दस्तावेजहरु कहिलेबाट संकलन गर्नुभयो? 
म त जागिरे मान्छे। ०७०/०७१ सालदेखि मैले औपचारिक रुपमा दस्तावेजहरु संकलन गर्न थालेको थिएँ। जागिर छाडेपछि २ वर्ष पूर्ण रुपमा दस्तावेज नै संकलन गरेर हिँडेको थिएँ। मैले धेरै समय यो पुस्तकको लागि खर्च गरेको छु। दस्तावेज संकलन गर्नेदेखि यसलाई लेख्ने, सरक्षित राख्ने क्रममा धेरै दुःख भएको छ।

आफैंले अनुसन्धान गर्नुभयो र त्यसलाई संग्रहित गरेर पुस्तक छाप्नु भयो।  मिहेनतको परिणामस्वरुप नै आज मदन पुरस्कार पाउनुभएको छ। अनुसन्धान गर्नेदेखि पुस्तक प्रकाशनसम्मको मिहेनतलाई आज कसरी सम्झिनुहुन्छ?
यो जति नै मैले दुःख गरेँ, दस्तावेजलाई संकलन गर्न जसरी बाइकमा गाउँ गाउँ घुमे, पानीमा भिज्दा थुरथुर कामेर जसरी काम गरेँ, ती सबै दुःखहरुको मूल्याङ्कन भएको छ। मैले कसैको लागि नभएर आफ्नो जातिको दस्तावेज हराउँछ, आफ्नो जातिको इतिहास हराउँछ भनेर दुःख गरेको थिएँ। 

आज मेरो काम देखेर जुन सम्मान मलाई मिलेको छ, त्यसले पनि मेरो कामलाई प्रोत्साहन गरेको छ। एकदमै खुसी लागेको छ। पुरस्कारका लागि योग्य ठान्ने सबैलाई यो कुरामा धन्यवाद दिन चाहन्छु। 

मैले मदन पुरस्कार आफ्नालाई मात्र दिन्छन्, बाहिरका मान्छेलाई दिँदैनन् भन्ने सुनेको थिए। तर, त्यो पनि गलत रहेछ। यसमा निष्पक्ष रुपमा चाहिँ छनोट भएको रहेछ। साह्रै खुसी छु। खुसीको सीमा छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

तीन सय वर्षदेखिको इतिहास, जुन राज्यले गर्नुपर्ने थियो, गरेनन्। दस्तावेज नहराओस्, पछिल्लो पुस्ताले थाहा पाउन् भनेर मैले जुन काम गरे, जुन दस्तावेजीकरण गरे त्यसको कदर भएको छ। 

किताब लेख्न कति समय लाग्यो? आफ्नो कामलाई लिएर तपाईं कति सन्तुष्ट हुनुहुन्छ?
हाम्रा चाडपर्व हुन्छन्, हाम्रै समूदायबाट पनि ती कुराको दस्तावेज मलाई दिइएन्। उनीहरुले नदिएको भन्दा पनि ती दस्तावेज हराउँछ भन्ने पिर लागेको छ मलाई। नाम तोक्नु भएन्, तर उनीहरुले नदिएकाले ती दस्तावेज हराउँछन् कि भन्ने गुनासो छ मलाई। 

अरु कुरामा म पूर्ण रुपमा सन्तुष्ट छु। 

किताब लेख्न लागेको समय भन्ने हो भने ०७१ देखि पूर्ण रुपमा दस्तावेज संकलन गर्न थालेको थिएँ। त्यो भन्दा पहिल्यैबाट काम सुरु गरेँ। 

Xtrem

Xtrem

तीन वर्ष यता चाहिँ म पूरै फिल्डमा अनुसन्धानमा थिएँ। आफूलाई टाइप गर्न आउँदैन्। अरुले टाइप गर्दा प्रूफ हेर्नेदेखि अनुसन्धान गर्ने काममा पछिल्लो तीन वर्षदेखि खटेको थिएँ। 

लिम्बु जातिका मानिसले आफ्नो पहिचानका लागि गरेको आन्दोलनको पनि राज्यले सम्मान नगरेको विषय बेला–बेला चर्चामा आइरहन्छ। तर, तपाईंले लिम्बुको पहिचानलाई आम नेपालीमाझ ल्याउनुभएको छ। यसप्रति अरु जातिका मान्छेले कसरी मूल्याङ्कन गर्छन् जस्तो लाग्छ तपाईंलाई? 
यो कुरा गर्दा हाम्रा जातिका मान्छेहरु रिसाउलान्। राज्यले दमन गर्दा गर्दै पनि हाम्रो आफ्नो इतिहास थियो। हाम्रो इतिहासलाई आज परिवर्तन भएको व्यवस्थामा सम्मान पाइदो रहेछ भन्ने साबित भएको छ।

जातीय कुरा गरिहाल्नु भयो। यो मदन पुरस्कार गठन गर्ने ठूला जातिका मान्छेहरु भए। राज्य पनि उनीहरुकै। अहिले पनि हाम्रो वर्गको इतिहास छैन्। 

हिजो उत्कृष्ट ९ मा पर्दा मलाई मदन पुरस्कार पाउँछु भन्ने लागेको थिएन्। तर, जुन अहिले मैले पाएँ, काम गरिसकेपछि राज्यबाट, त्यो समुदायबाट पनि हाम्रो कामको, हाम्रो जातिको इतिहासलाई, हामीलाई सम्मान दिइँदो रहेछ भन्ने प्रमाणित भएको छ। हेपिहाले भन्ने कुरा रहेनछ। 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्