• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

ईपीएलमा टेस्ट खेलिसकेका विश्वचर्चित क्रिकेटरहरुको जमघट, को कुन टिममा?

64x64
दीप सुवेदी बिहीबार, असोज ७, २०७८  ०९:०२
1140x725

काठमाडौँ– चर्चित अन्तराष्ट्रिय क्रिकेटर सहभागी हुने भएपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चर्चा चुलिएको छ। चौथो संस्करणमा आइपुग्दा विजेता टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिइने भएपछि यो देशकै ठूलो क्रिकेट लिग भएको छ।

कोरोनाका कारण अघिल्लो वर्ष प्रतियोगिता हुन पाएन। त्यति बेला ‘युनिभर्सल बोस’को नाममा परिचित वेष्ट इन्डिजका ‘हिटर’ क्रिस गेल पनि नेपाल आउने तयारीमा थिए। तर, लिग नै नभएपछि नेपाली दर्शकले गेललाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याट घुमाएको देख्न पाएनन्।

यद्यपि, नेपाली क्रिकेटप्रेमीले यही असोज ९ देखि २३ गतेसम्म हुने ईपीएलमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीदेखि बंगलादेशका सफल ब्याट्सम्यान तमिल इकबालले चौका र छक्का हानेको देख्न पाउने भएका छन्।

ईपीएलका फ्रेन्चाइजी टिमले तीन विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने नियम छ। हरेक टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन्। तीमध्ये हरेक टिममा एक जना टेस्ट क्रिकेट खेलिसकेका खेलाडी हुने आयोजकले जनाएका छन्।

ईपीएल खेल्न श्रीलंका क्रिकेट टोलीका ओपनर तथा पूर्व कप्तान उपुल थरंगा र तीव्र गतिका बलर धम्मिका प्रसाद नेपाल आइसकेका छन्। यता, चितवन टाइगर्सबाट खेल्न लागेका अफगानिस्ताका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद र मध्यगतिका बलिङ अलराउन्डर करिम जनात पनि बुधबार नेपाल आइपुगेका छन्। 

प्रतियोगितामा ललितपुर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्स सहभागी हुनेछन्।

यी फ्रेन्चाइज टोलीले अष्ट्रेलियादेखि इंग्ल्याण्डसम्मका टि२० का चर्चित खेलाडी ल्याउने प्रयास गरे पनि इन्डियन प्रिमियर लिग (आईपीएल) र आउँदै गरेको आईसीसी टी २० विश्वकपका कारण सम्भव हुन सकेन। महामारीका कारण बीचैमा रोकिएको आईपीएल आइतबारदेखि युएईमा पुनः सुरु भएको छ। 

यसअघि आउने भनिएका न्यूजिल्याण्डका कोरे एण्डरसन, श्रीलंकाका दिनेश चन्डिमाल, पाकिस्तानका डानिस अजिज र इंग्ल्याण्डका एलेक्स ब्लेक नआउने भएका छन्। चन्डिमाललाई भैरहवा, अजिजलाई चितवन र ब्लेकलाई ललितपुरले अनुबन्धसमेत गरिसकेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

यता, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि यसपटकको ईपीएल नखेल्ने भएका छन्। पारसले यसअघि विराटनगर वारियर्सबाट खेल्दै आएका थिए। उनकै कप्तानीमा विराटनगरले सन् २०१७ मा उपाधि जितेको थियो। उनले दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। 

यस्तै, काठमाडौं किंग्स ११ मा अनुबन्ध उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण ईपीएल गुमाउने भएका छन्। राष्ट्रिय क्रिकेट टोलीको ओमान भ्रमणको बेला अभ्यासका क्रममा दीपेन्द्र घाइते भएका थिए। उनले ओमान टुरमा नेपालले खेलेका सबै खेल गुमाएका थिए।

यता, विराटनगर वारियर्सबाट खेल्दै आएका स्पीनर वसन्त रेग्मीले पनि ईपीएल नखेल्ने पक्का भएको छन्। वसन्तसँगै अमेरिकामा माइनर क्रिकेट लिग खेलिरहेका पृथु बास्कोटा पनि ईपीएल खेल्ने सूचीमा छैनन्। पृथु पोखरा राइनोजमा अनुबन्ध भएका थिए।

को–को आउँदैछन् नेपाल?
आगामी टि२० विश्वकप खेल्न देशको राष्ट्रिय टिममा नपरेका खेलाडी यसपटक ईपीएल खेल्न नेपाल आउँदैछन्। ईपीएल आयोजकले विदेशी खेलाडीको हकमा यस पटक नयाँ व्यवस्था लागू गरेकोले पनि नयाँ–नयाँ विदेशी खेलाडी नेपाल आउन लागेका हुन्। 

२०१८ मा ईपीएलपछि नेपालमै अन्य लिग खेलेका विदेशी खेलाडीले यस पटक ईपीएल खेल्न पाउने छैनन्। यसअघि नेपालमा अन्य लिग खेलिसकेका हङकङका बाबर हयात, युएईका रोहन मुस्ताफा, भारतका रवि इन्दर सिंह, सन्नी पटेल, जयकिसन कोल्सावाल, गौरव तोमार जस्ता खेलाडी नयाँ नियमका कारण ईपीएलमा खेल्न पाउने छैनन्।

तर, टेष्ट खेलिसकेका खेलाडी पनि नेपाल आउन लागेकाले समर्थक उत्साही छन्। ६ टिमले कुल २४ विदेशी खेलाडी अनुबन्ध गरेका छन्। टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकाबाट मात्रै आठ खेलाडी आउँदैछन्। जसमा राष्ट्रिय टिमका पूर्व ओपनर उपुल थरंगा, ओशादा फर्नान्डो, सन्दुन विराकोडी, धम्मिका प्रसाद, असेला गुनारत्ने, साहान अराससिगे, सेकुगे प्रसन्न र दिल्सान मुनाविरा छन्। उनीहरुले फरक पाँच फेन्चाइज टिमबाट खेल्ने छन्। 

यता, यस पटकको टी २० विश्वकप खेल्ने टिममा परेका अफगानिस्तानका मोहम्मद शाहजाद, करिम जन्नत र रहमानुलल्ह गुर्बाज ईपीएल खेल्न नेपाल आउँदैछन्। शाहजाद र जन्नत चितवन टाइगर्सबाट खेल्ने छन्। गुर्बाज काठमाडौं किंग्स ११ मा अनुबन्ध भएका छन्। यसैगरी यस पटक मलेसिया, सिंगापुर र भुटानका खेलाडी समेत ईपीएल खेल्न आउँदैछन्।

कसले कसलाई अनुबन्ध गर्‍यो?
चितवनले चौथौ संस्करणको लागि चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। जसमा शाहजाद र करिम जन्नतसँगै श्रीलंकाका सेकुगे प्रसन्ना र मलेसियाका भिरनदीप सिंह छन्। यता, पाकिस्तानका डानिस अजिज भने नआउने भएका छन्। चितवनको मुख्य प्रशिक्षक सामसनजंग थापा र कप्तान सोमपाल कामी छन्।

यस्तै, साविक विजेता ललितपुर प्याट्रिओट्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानी रहेको ललितपुरबाट श्रीलंकाका ओशदा फर्नान्डो र सन्दुन विराकोडी, अफगानिस्तानका ओमारजाई र भुटानमा मिक्योङ दोर्जीले खेल्दैछन्। ललितपुरको प्रशिक्षक राजु बस्नेत छन्। 

साविक उपविजेता भैरहवा ग्लाडिएटर्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको जनाएको छ। भैरहवाबाट श्रीलंकन टिमका पूर्वकप्तान थरंगा र धम्मिका प्रसादसँगै बंगलादेशका तमिम इकबाल र मलेसियाका सर्भिन मुनिएन्डी खेल्ने पक्का भएको छ। यसअघि वेष्ट इन्डिजका ड्वाने स्मिथ र श्रीलंकन जीवन मेन्डिसलाई अनुबन्ध गरेको प्रचार गरे पनि उनीहरु नआउने भएका छन्।

भैरहवाको मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायेके छन्। भैरहवाको कप्तानी नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान शरद भेषावकरले गर्ने छन्।

पोखराले वेष्ट इन्डिजका केसरिक विलियम्स, दक्षिण अफ्रिकाका रिचर्ड लेभी, श्रीलंकन असेला गुनारत्ने र साहान अरासिगेलाई अनुबन्ध गरेको छ। गतवर्ष पोखराले वेस्टइन्डिजका क्रिस गेलको नाम सार्वजनिक गरेको थियो। तर, आगामी अक्टोबर–नोभेम्बरमा हुने टी २० विश्वकपको कारण उनी यसपटक नआउने भएका छन्। पोखराको मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश पटवाल छन्।

यसैगरी विराटनगर वारियर्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। जसमा जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजा, वेष्ट इन्डिजका हेमराज चन्द्रपउल, क्यानडाका रेयान खान पठान र श्रीलंकाका दिल्सान मुनाविरा छन्।

काठमाडौंले शाहिद अफ्रिदी र गुर्बाजसँगै सिंगापुरका जनक प्रकाशलाई पनि अनुबन्ध गरेको छ। काठमाडौंले गतवर्ष केभिन ओ ब्रायन र न्युजिल्यान्डका कोरे एन्डरसनको नाम सार्वजनिक गरेको थियो। तर, यसपटक उनीहरु नआउने भएका छन्। काठमाडौंको मुख्य प्रशिक्षकमा कलाम अली छन्। कप्तानी नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गर्ने छन्।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ... शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने जनकपुर बोल्ट्सले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको हो । शनिबार, साउन २३, २०८३
नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीप र सोपालको स्थानमा हेमन्त र ललितलाई केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्। बुधबार, साउन १३, २०८३
ताजा समाचारसबै
कांग्रेस नेता खड्काले किसनुजी अाश्रम पुगेर दिए यस्ताे सन्देश आइतबार, साउन २४, २०८३
बालेन प्रधानमन्त्री भएपछि हेलो सरकारले के गर्‍यो ? आइतबार, साउन २४, २०८३
जगत बरामको आरोप : आदिवासी-जनजातिलाई दलहरूले धाेका दिए, संविधान संशाेधनमार्फत माग पूरा गरियोस् आइतबार, साउन २४, २०८३
थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो आइतबार, साउन २४, २०८३
पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्