• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘रामवाद’मा लागेका केपी ओलीले जनवाद बोक्नै सक्दैनन् : बेदुराम भुसाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २५, २०७८  १९:३१
1140x725

लामो समयको अन्तरसंघर्षपछि नेकपा (एमाले) विभाजित भयो। तर, पार्टी विभाजन हुँदै गर्दा यसअघि माधवकुमार नेपालका पक्षमा रहेका एमाले स्थायी कमिटीका बहुमत सदस्यले साथ दिएनन्। दोस्रो पुस्ता आफूसँग नहिँडेपछि नेपालले तेस्रो पुस्ताको साथ लिएरै भएपनि नेकपा (एकीकृत समाजवादी) गठन गरे। प्रदेश र स्थानीय तहबाट पनि उनलाई उत्साहजनक साथ मिलेन। यस्तो अवस्थामा नेपाल नेतृत्वको एकीकृत समाजवादी कसरी अगाडि बढ्छ? एकातिर ‘भाइ एमाले’ होइनौं भन्ने प्रमाणित गर्ने चुनौती र अर्कोतिर विग्रहको अपजस खेप्नुपर्ने अफ्ठ्याराबीच एकीकृत समाजवादीले आफूलाई कसरी स्थापित गर्छ? यिनै विषयवस्तुमा रहेर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवालय संयोजक बेदुराम भुसालसँग नेपाल लाइभका लागि डिबी खड्काले गरेको संवाद :

तपाईंहरूको पार्टीमा भएको सनाखतप्रति सन्तुष्ट हुनुहुन्छ? 
हामीले सोचेजति त भएन। तर, सनाखत गर्नेहरू हेर्दा सन्तुष्ट नै हुनुपरेको छ। हामीले गरेको अपेक्षाकृत भने यो होइन। 

केही प्रदेशमा पहिलो र दोस्रो पनि हुनु भएको छ। सुदूरपश्चिम र कर्णाली लगायतमा राम्रै उपस्थित देखाउनुभएको छ। यसले कत्तिको ऊर्जा थपेको छ? 
एमालेमा हुँदा हाम्रो जुन टिम थियो, त्यो एकठाउँमा भएन। केही साथीहरू पछिल्लोकालमा आएर हामीसँगै रहनसक्नु भएन। नवौं महाधिवेशनमा जुन धार थियो त्यो रहन सकेन भन्नु पर्छ। उहाँहरू पनि हामीसँगै भएको भए यो अझै शक्तिशाली हुने थियो। तर, पनि हामी कमजोर छैनौं। उहाँहरूले सोचेभन्दा हामी धेरै भएका छौं। हामीलाई साथ छोडेका साथीहरूले सोचेजस्तो प्रभाव परेको छैन। केपी शर्मा ओलीपक्षबाट भएको हमला र हामीलाई छोडेर उता जानु भएका केही साथीहरूको चर्को दबाबका बीचमा पनि राम्रै उपस्थिति भएको छ। सबै स्थानीय तहका विवरण आएको छैन। अहिलेसम्म प्राप्त विवरणअनुसार स्थानीय र प्रदेशमा राम्रो देखिएको छ। 

पार्टीभित्र मतभेद हुँदा तपाईंहरुको समूहमा धेरै नेता देखिएका थिए। तर, विस्तारै छोड्दै गए। यसरी छोड्नेहरूलाई अर्को पार्टी बनाएर जान सकिँदैन भन्ने भएको कि पार्टी छोड्न हिम्मत नभएको? 
उहाँहरू नआउँदैमा ठूलो प्रभाव परेको भन्न मिल्दैन। केही साथीहरू केन्द्रमा नआएपछि स्थानीय तह र प्रदेशमा आउनु भएको छ। उहाँहरूले आफूहरू नजाँदा ठूलो प्रभाव रहने सोच्नु भएको थियो तर, तलका साथीहरूले हाम्रैतिर साथ दिनु भएको छ। उहाँहरू ९ जना हुनु भयो। हामी चार जना भयौं। तर, हाम्रो संगठनमा त्यसको असर परेको छैन।

हामीले विश्वास दिलाउन नसकेको वा उहाँहरू नआएको भन्दा पनि उहाँहरूले बोक्नु भएको विचार छोड्नु भयो। हिजो जुन विचार बोकेर आउनु भएको थियो, अहिले त्यसलाई छोडेर अलग हुनु भएको हो। को कहाँ गयो भन्दापनि कुरा मिल्दासम्म एक ठाउँमा बस्ने हो। हिजो हामीले महाधिवेशनदेखि जुन विचार बोकेर आएका थियौं, अहिले पनि त्यही विचारमा छौं। 

हामीले केपी शर्मा ओली अहंकारी, निरंकुश र स्वेच्छाचारी भए भन्दै आएका थियौं। यो सबैको साझा धारणा थियो। हामीले मात्र हैन उहाँहरूले पनि यही भन्नु भएको थियो। तर, अहिले यो विचार छोडेर उहाँहरू केपी ओलीसँगै बस्नु भयो। सँगै हुँदा साझा धारणा थियो। हामी त्यही विचाराधारमा छौं, उहाँहरू रहनसक्नु भएन। उहाँहरूले हिजोका धारणाहरूमा के भन्नुहुन्छ, केपी ओली अहिले अग्रगामी हो कि प्रतीगमनकारी हो, राष्ट्रवादी हो कि राष्ट्रघाती हो? उहाँहरूले के भन्नुहुन्छ। केपी ओली लोकतान्त्रिक हो कि स्वेच्छाचारी हो? हिजोको उहाँहरूको भनाइ हेर्ने हो भने त उहाँहरूले केपी ओलीलाई पक्कै लोकतान्त्रिक भन्न सक्नुहुन्न होला। राष्ट्रवादी भन्न र अग्रगामी पनि भन्न सक्नुहुन्न होला। त्यसैले यो उहाँहरूको कुरा हो। 

पार्टी विभाजन गर्ने होइन, नेतृत्व सच्याउन सकिने दाबी केपी ओली पक्षले पनि गर्ने गरेको सुनिन्थ्यो। तपाईंहरू नेतृत्व वा विचारमा असहमत भएर अलग हुनु भएको हो कि के हो? 
मुख्य कुरा त विचारकै कुरा हो। केपी ओलीले जुन खालको विचार लिनुभयो त्यसमा एकठाउँमा रहन सकिँदैन भन्ने हो। हामीले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला गर्‍यौं, त्यो नै पार्टी विभाजनको तयारी हो। आधार थियो। केपी ओली पक्षले त्यसअघि नै पार्टी विभाजनको आधार निर्माण गरेका थिए। फागुन २८ गते नै केपी ओलीले विभाजन गर्ने आधार बनाएका थिए। हामीले त्यो समयमा एकताको आधार भन्ने भनेरै गएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

देशभर संगठन बनाएर जानुपर्छ भनेर हामीले उक्त दिन दस्तावेज नै बनाएका थियौं। हामीले एमाले पुनर्गठन र रुपान्तरण गर्नुपर्छ भनेका थियौं। हिजो सबै सँगै बसेर ती दस्तावेज जारी गरेको हो। नयाँ समाजवादी क्रान्तिमा जान केपी ओली विचार र प्रवृत्तिबाट सम्भव छैन भनेर नै हामीले अलग हुने कुरा गरेका थियौं। ओली प्रवृत्ति र विचारसँग सँगै जान सक्ने अवस्था नै थिएन।  सबैले मिलेर अलग हुने तयारी गरेको हो। हामी अलग भयौं, उहाँहरू आउन सक्नु भएन। पार्टी फुट्दैमा सकिने र जुट्दैमा राम्रो हुने भन्ने पनि होइन। 

फुट्न हुँदैन भनेर एकता भएको नेकपा किन विभाजन गरियो? विगतमा पनि विभाजन भएको पार्टीलाई पुनर्गठनको अभियान पूर्वदेखि पश्चिमसम्म चलाएर यो अवस्थामा ल्याएको हो। अहिले पनि यही पुनर्गठनको अभियान हो। हामीले यो पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलबाट निकाल्न यो कदम चालेका हौं। फुटाउन हुँदैन थियो भन्ने आर्दशवादी कुराले केही हुँदैन। 

केपी ओलीले लिएको विचारले कम्युनिस्ट आन्दोलन अघि बढाउन सम्भव छैन। घनश्याम भुसाल नै हो नि, जसले केपी शर्मा ओलीबाट यो सम्भव छैन भन्ने विचारको नेतृत्व गर्ने मै हो भन्नु भएको। कि त त्यो गलत थियो भनेर उहाँले अहिले भन्नुपर्‍यो, हैन भने हिजो एउटा–आज अर्को पक्कै होइन होला। 

एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि चर्चामा छ। तपाईंले बुझेको जबज खासमा के हो? 
नेपालमा मार्क्सवाद कार्यान्वयनमध्येको एक हो, जबज। पुष्पलालले सुरु गर्नु भएको नयाँ जनवाद थियो, त्यसलाई जनवाद मात्र भनियो। त्यसपछि मनमोहन अधिकारीले पनि जनवादी कार्यक्रम अघि सार्नु भयो। मोहनविक्रमले पनि अघि सार्नु भयो। पछि प्रचण्डले बहुदलीय जनवाद अघि सार्नु भयो। खासगरी मदन भण्डारीले अघि सारेको जबज अघि सारेपछि यो चर्चामा आयो। यो विभिन्न विचारमध्येको एक थियो। यो नेपाली सन्दर्भमा मार्क्सवादको सटिक विश्लेषण गरिएको विचार थियो। यसका चारवटा आयाम छन्। दार्शनिक, राजनीतिक, सैद्धान्तिक र सामाजिक सांस्कृतिक आयाम छन्। यी आयामहरू समाजवादमा पुग्दासम्म अंगाल्नुपर्ने छ। यही कारण हामीले यसको अन्तरवस्तुलाई अंगाल्ने छौं। 

Xtrem

Xtrem

मदन भण्डारीले भनेझैं यसको सार भन्दा गुणलाई स्वीकार गर्दै विकास गर्नेमा विश्वास गर्छौं। मार्क्सवादको रचनात्मक प्रयोग हुन्छ भने जबजको पनि हुन्छ। जबज पनि परिस्थिति अनुसार फरक हुन्छ। यसको राजनीतिक लक्ष्य गणतन्त्र प्राप्त गर्ने थियो, त्यो प्राप्त भइसकेको छ। अब यसलाई बचाउने कुरा रहेको छ। हामी यसलाई बचाउन लागेका हौं। केपी शर्मा ओली यसलाई सिद्धाउन लाग्नु भयो। अनि, अहिले जबजको गफ गरेर हुन्छ? जबज उहाँले प्रधानमन्त्री हुँदा कति कार्यान्वयन गर्नुभयो? खालि माला मात्र जपेर हुन्छ? नवौं महाधिवेशनमा जबजले भनेको कार्यक्रम उहाँले कार्यान्वयन गर्नु भयो? केपी ओली जनताको बहुदलीय जनवादको सट्टा रामवादी हुनुभो। रामलाई अघि सारेर उनको मुर्ति उभ्याएर जबज पुरा हुन्छ? मैले एमाले हुँदा र नेकपा भएपछि पनि पटक पटक भनेको छु, सामाजिक संस्कृतिक अभियान सञ्चालन किन भएन भनेर। मार्क्सवादी भन्दा रामवादी संस्कृतिको विकास गरियो। रामवादी केपी ओली कहीँ जनवादी हुनुहोला त?

जबजमाथि तपाईंले धेरै अध्ययन गर्नु भएको छ। तर, तपाईंहरूले जबज जोगाउन भन्दा पनि माओवादीसँग मिल्न एमाले विभाजन गरेको आरोप छ नि? 
यो सरासर गलत हो। हामीले विभाजन लगत्तै स्पष्ट पारेका छौं। हाम्रा अध्यक्ष माधव नेपालले पत्रकार सम्मेलनमा स्पष्ट भन्नु भएको छ। हामी अहिले कसैसँग पार्टी एकता गर्दैनौं। विचार र सिद्धान्त मिल्नेसँग सहकार्य हुनसक्छ। यो हाम्रो स्पष्ट दृष्टिकोण हो। पार्टी एकता गर्ने हो भने हाम्रा धेरै कुरा त एमालेसँगै मिल्छ नि! उसले आफ्नो विचार सच्चाउने हो भने बरु उसैसँग मिल्ला नि! तर, अहिले त्यो अवस्था पनि छैन। हामी अब एमालेको रुपान्तरण गर्ने हो। भविष्यमा कसैसँग विचार, व्यवहार र कार्यशैली मिले एकता हुनसक्छ। तर, अहिले कसैसँग हुँदैन।

जबजलाई एकीकृत समाजवादीले सिर्जनात्मक रुपमा बोकेर हिँड्छ कि नयाँ रुपमा मार्गदर्शन बनाउँछ? 
एकीकृत समाजवादीले यसलाई बोकेर हिँड्छ। यसका सैद्धान्तिक र दार्शनिक पक्ष छन्, यसलाई हामी लिएर हिँड्छौं। हामीले राजनीतिक दस्तावेज र घोषणापत्रमा भनेका थियौं। यसले अघि सारेको राजनीतिक सिद्धान्त बचाउन र रक्षा गर्नका लागि हामी प्रतिवद्धताका साथ लाग्छौं। आर्थिक रुपान्तरणका पक्षहरू छन, त्यसलाई कार्यान्वयनमा लैजान पर्छ। हामी यसलाई व्यवहारमा उतार्छौं। 
तपाईंहरूले जबज नबोकेकाले धेरै कार्यकर्ता एमालेमै रहन खोजेको भन्ने सुनिएको छ। पार्टीको मार्गनिर्देशक सिद्धान्त जबज नै हो भनेर कार्यकर्तालाई कसरी ‘कन्भिन्स’ गर्नुहुन्छ? तपाईंहरु एमालेभन्दा कसरी फरक?  
मार्क्सवाद नहुने तर, जबज बोक्छौं भन्न मिल्दैन। मार्क्सवादको बाटोबाट विचलित भएकाहरूले जबज बोक्छौं भनेर हुँदैन। मुल दर्शन मार्क्सवाद हो। यसलाई नेपालमा प्रयोग गर्ने विषयमा जबज निर्माण भएको हो। जबजका १४ बुँदा धेरैले व्याख्या गर्नुहुन्छ तर, दार्शनिक आयाम बुझ्नुभएको छैन। यो ब्युँतियो भनेर गालामा माला लगाउने होइन।

जबज मान्छौं भन्ने तर, पार्टीभित्र फरक विचारलाई स्वीकार गर्न नसक्ने भन्ने हुँदैन। कहाँ छ केपी ओलीको पार्टीमा विचारको विविधता? उहाँले आफूभन्दा फरक विचार राख्नेलाई कसरी हुन्छ सक्ने भनेर लाग्नुहुन्छ। वामदेव गौतम गएर फरक विचार राखेपछि लखेटेको ताजा उदाहारण छ नि। यस्तोले जबज भन्नु झुटमात्र हो। जबजले विधि र पद्धति अनुसार चल्ने भन्छ तर, केपी ओलीले यो विधि र प्रक्रिया माने? केपी ओलीको पार्टीमा कुनै विधि र पद्धति छ? अहिले उहाँहरूले अध्यक्ष चुन्ने, अध्यक्षले सबै नियुक्त गर्ने बनाइसक्नु भएको छ। अनि, यो जबजभित्र पर्छ? जबज जप्ने मन्त्रमात्र बनाउनु भयो। तर, पालना गर्नुभएन। केपी ओलीले मदन भण्डारीको नाम बेचेर झुटको खेती गर्नु भएको छ। 

तपाईंहरूले दस्तावेज लेखनको जिम्मा झलनाथ खनाललाई दिनु भएको छ। तर, खनाल जबजभन्दा बाहिरको कित्तामा भएकाले मानिसहरूले तपाईंहरू जबजलाई आत्मसात गर्नुहुन्छ भन्नेमा शंका गरेका छन् नि? 
जबज पारित गर्ने बेलामा उहाँ यसको विपक्षमा हुनुहुन्थ्यो यो कुरा साँचो हो।  टिप्पणी पनि गर्नु भएको थियो। तर, जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाएको उहाँकै नेतृत्वमा हो। पाँचौ महाधिवेशनमा जबज पारित गर्दा मदन भण्डारीले पेश गरेको दस्तावेज पारित गरेको हो। आठौंमा जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्त भन्ने नै झलनाथ खनाल हो। नवौंमा आएपछि उहाँले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त भन्नु भएको छ। यो सबैको साझा अवधारणा हो। यसैमा उभिएर काम गर्छौं। उहाँले संयोजन गर्ने मात्र हो। अरु धेरै साथीहरूले पनि योगदान गर्नेछन्।

मस्यौदा फराकिलो रुपमा छलफल गरेर पारित गरिन्छ। उहाँले पनि आफ्नो धारणा राख्ने, हामी पनि राख्ने गर्छौं। अनि, साझा धारणाका आधारमा लैजाने हो। हामीले अहिले जे कुरा भनेका छौं, त्यो भन्दा बाहिर जाँदैनौं। 

 

एमालेबाट विभाजन भएकाले तपाईंहरूलाई ‘भाइ एमाले’ भन्न किन नमिल्ने?
अहिलेको एमाले समाजवादको दिशातिर गएको छैन। उहाँहरूले पेश गरेको दस्तावेज हेर्दा उहाँहरू झन् पछाडि फर्कनु भएको छ। उहाँहरूले समाज अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक छ भन्नु भएको छ। हामीले समाजवादतिर जानुपर्छ भनेका छौं। पछाडि फर्केको र अगाडि बढेको शक्तिका बीचमा एकता हुन सक्दैन।

२०६२/६३ भन्दा अघि फर्कने र २०७८ मा अघि बढेकोमा कसरी मिल्छ? महाधिवेशनमा पारित गरेको नीति केपी शर्मा ओलीले मान्दिनँ भन्नु भयो। मूल विचारमा भिन्नता भयो। यतिमात्र होइन उहाँको साँठगाँठ त्यस्ता शक्तिहरूसँग भयो। त्यसले के देखाउँछ भने उहाँ परिर्वतन विरोधी शक्तिसँग साँठगाँठ गरिरहनुभएको छ। पश्चगामी र अग्रगामी शक्तिका बीचमा फरक नहुने भन्ने हुन्छ र?

तपाईंहरूको सांगठनिक संरचना चाहिँ कस्तो हुन्छ ? 
हाम्रो संगठन अहिलेको संघीय संरचना अनुसार नै हुन्छ। केन्द्र, प्रदेश र स्थानीय तह हुने छ। हाम्रो सिद्धान्त जनवाद र केन्द्रियताको सन्तुलन हुन्छ। हामी पदाधिकारी भन्दा कमिटी शक्तिशाली बनाउँछौ। नेतृत्व गर्नेलाई केही अधिकार त दिनुपर्छ तर, कमिटीको विश्वास लिएर मात्र गर्न पाउने बनाउँछौं। 

अहिलेसम्म पदाधिकारीको टुंगो लागेको छैन। एकीकृत समाजवादी पनि पदको भागबण्डा पुरानै पार्टीझैं देखिँदैन भन्ने के आधार छ?
पार्टी दर्ताको बेला कम समय थियो। तत्कालीन समयमा दुईवटा पूर्वप्रधानमन्त्रीमध्ये माधव नेपालमात्र नेपालमा हुनुहुन्थ्यो। झलनाथ खनाल विदेशमा उपचारमा हुनुहुन्थ्यो। छिटो गर्नुपर्ने परिस्थितिमा धेरै सल्लाह गर्न नपाएका कारण पनि धेरै काम गरेका छौं। एकजना अध्यक्ष पार्टी दर्ताका लागि आवश्यक हुने भएपछि सल्लाहमै माधव नेपालको नेतृत्वमा पार्टी गठन गरिएको हो। झलनाथ खनाल स्वतः वरिष्ठ नेता भइहाल्नु भयो। पद भएका अन्य साथीहरू हामीसँग रहनु भएन। हामीले हतारमा पार्टी दर्ताका लागि निवेदन दिएका थियौं। पछि चन्द्रागिरिमा बसेको बैठकले केही जिम्मेवारी तोकेको छ। अब विस्तारै सबै संगठनहरूको विस्तार गर्नेछौं। 

तपाईंहरू सत्तारूढ पार्टी त बन्नुभयो तर, सरकारमा सहभागी हुनुभएको छैन। अब कहिले सरकारमा जाने? कतिजना जाने? 
यो टुंगिएको छैन। पहिला कति मन्त्रालय पाउने भन्ने टुंगो लागेपछि को को जाने सल्लाह गर्नेछौं। हामीले मन्त्री बनाउँदा समावेशी र भूगोलसमेत समेटेर बनाऔं भन्नेमा छौं। अवसर नपाएकाहरूलाई थोरै भएपनि अवसर दिने पार्टीको नीति छ। को व्यक्ति भन्नेमा पार्टीमा छलफल हुन बाँकी नै छ। छिट्टै टुंग्याउँछौं। 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्