• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयरबजारमा उतारचढाव किन? विश्लेषक भन्छन्- बजार घट्नु स्वाभाविक, अर्थमन्त्रीको हस्तक्षेप अनावश्यक

64x64
नेपाल लाइभ बुधबार, भदौ २३, २०७८  १९:१९
1140x725

काठमाडौं- पछिल्लो समय नेपालको पुँजीबजारमा निकै उतारचढाव आइरहेको छ। विशेषगरी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि सेयरमा उच्च अंकको गिरावट आउन थालेको थियो।

लगातार उच्च अंकको गिरावट आउनुमा मौद्रिक नीतिलाई मुख्य दोष दिइएको छ। ठूला लगानीकर्ताहरुले सेयर धितोमा बैंकहरूबाट प्रवाह हुने कर्जामा गरिएको कडाइ हटाउनुपर्ने माग गर्दै आएका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट एक व्यक्ति वा संस्थालाई सेयर धितो राखेर एक वर्षभित्र १२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको छ। एक बैंक तथा वित्तीय संस्थाले एक व्यक्ति वा संस्थालाई यस्तो कर्जा एक वर्षमा चार करोड रुपैयाँ मात्र दिन पाउने व्यवस्था गरिएको छ। यही कारण ठूला लगानीकर्ताहरु समस्यामा परेकाले सेयरबजार नकारात्मक बन्न पुगेको लगानीकर्ताहरुको भनाइ छ।

लगानीकर्ताहरूले मौद्रिक नीतिको उक्त व्यवस्था खारेज गर्नुपर्ने लगायत माग राखेर राष्ट्र बैंकसमक्ष ज्ञापनपत्र बुझाउनेदेखि विरोध प्रदर्शन गर्नसम्म भ्याएका छन्। उनीहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामासमेत माग गरेका छन्।

अर्थमन्त्री जनार्दन शर्माले समेत यस विषयमा चासो दिइरहेका छन्। गत सोमबार उनले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई टेलिफोन गरेर सेयरबजारमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेका थिए। अर्थमन्त्रीको उक्त ‘निर्देशनात्मक’ आग्रहपछि आइतबार १०८ अंकले घटेको सेयरबजारमा सोमबार १६१.९४ अंकको उछाल आएको थियो। 

तर, गभर्नर अधिकारीले तत्काल मौद्रिक नीति परिवर्तन गर्न नसकिने स्पष्ट पारेपछि नेप्से भोलिपल्ट नै (मंगलबार) नेप्से ४४ अंकले घट्न पुग्यो। बुधबार (आज) पनि घट्नेक्रमले निरन्तरता पाएको छ। आज नेप्से ६० अंकले घटेर २८७६.५९ विन्दुमा ओर्लिएको छ। 

बजार घट्नु स्वाभाविक, अर्थमन्त्रीको हस्तक्षेप ‘अनावश्यक’
यता सेयरबजारका जानकारहरु भने अर्थमन्त्री शर्माले सेयरबजारको मामिलामा राष्ट्र बैंकमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको बताउँछन्। सेयरबजारलाई स्वतन्त्र रुपमा चल्न दिनुपर्ने उनीहरुको भनाइ छ।

त्यसो त अर्थमन्त्री शर्माले पदबहाली गरे लगत्तै पुँजीबजार घट्न नदिने अभिव्यक्ति दिएका थिए। अर्थमन्त्रीको उक्त अभिव्यक्ति र पछिल्लोपटक गभर्नरलाई टेलिफोन गरेर सेयरबजारको समस्या समाधान गर्न दिएको निर्देशन सेयरबजारको स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै आलोचना हुँदै आएको छ। 

सेयर विश्लेषक ज्योती दाहाल सेयर बजारको स्वतन्त्रतामा हस्तक्षेप गर्न नहुने बताउँछन्। ‘अर्थमन्त्रीले सुरुमै बजार घट्न दिन्न भन्नु नै गलत थियो। सेयरबजार कसैले बढाउने, कसैले घटाउने हुँदै होइन। यसलाई स्वतन्त्र रुपमा चल्न दिनुपर्छ,’ उनले भने।

Ncell 2
Ncell 2

अहिले सेयरबजार घट्नुमा मौद्रिक नीतिको कुनै दोष नभएको दाहाल बताउँछन्। उनका अनुसार सेयर बजार बढ्नु र घट्नु स्वाभाविक प्रक्रिया हो। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरिएको कडाइलाई मात्रै सेयरबजार घट्नुको मुख्य कारण मान्न नहुने उनको भनाइ छ।

‘निश्चित विन्दुसम्म बढेपछि सेयरबजार घट्ने नै हो। लामो समय बढेर घटेको भए मात्र अस्वाभाविक मान्नुपर्छ,’ दाहाल भन्छन्, ‘अहिले पनि सेयर बजार घट्नुमा कुनै अस्वाभाविक कारण छैन। यो स्वाभाविक प्रक्रिया नै हो। मौद्रिक नीतिलाई कारण देखाउनु बहाना मात्रै हो।’

तथ्यांकमा पनि सेयर धितोमा ठूलो कर्जा लिनेको संख्या निकै कम देखिएको उनले बताए। त्यसैले कर्जाको सीमा घटाउँदैमा सेयरबजार प्रभावित हुने कुरा हल्ला मात्रै भएको उनको भनाइ छ।  

सेयर विश्लेषक दाहालले सेयर बजार घट्नु लगानीकर्ताका लागि अवसर हुने बताए। ‘सेयर मूल्य घटेन भने कसरी किन्ने? सधैँ बढेको बढ्यै हुन्छ भन्ने नै हुँदैन,’ उनले भने, ‘बजार घटेको बेला लगानी गर्ने हो। यतिबेला सेयर किन्नेलाई अवसर छ।’

अर्का सेयर विश्लेषक विष्णु बस्याल पनि अहिले बजार घट्नु स्वाभाविक भएको बताउँछन्। पछिल्लो ट्रेण्ड हेर्दा बजार २७०० सम्म झर्नसक्ने उनको आकलन छ। 

‘डेढ वर्षदेखि कुरेर बसेका लगानीकर्ताले प्रोफिट बुक गरेका कारण बजार घटेको हो। यसमा अन्य कुनै कारण छैन,’ उनले भने, ‘अहिले १५-२० प्रतिशतले बजार घट्दा नै अस्वाभाविक मान्नु ठीक होइन, ४०-५० प्रतिशतले बजार घट्यो भने बल्ल अस्वाभाविक मान्न सकिन्छ।’

अर्थमन्त्रीले सेयरबजार घट्न वा बढ्न नदिने भन्नु अर्थहीन भएको बस्याल बताउँछन्। ‘विश्वको कुनै पनि सरकारले सेयर बजार घटाउन वा बढाउन सक्दैन। अर्थमन्त्रीको काम अर्थतन्त्रलाई चलायमान बनाउने हो। सेयरबजारमा अस्वाभाविक गिरावट आए अर्थतन्त्रमा सुधार गरेर त्यसलाई रोक्न वातावरण बनाउने आश्वासन दिने मात्र हो, घट्न वा बढ्न दिन्न भन्ने उहाँको काम होइन,’ उनले भने।

त्यसो त ‘इन्साइडर ट्रेडिङ’ र ठूला लगानीकर्ताहरुका चलखेलका कारण पनि सेयरबजार घटेको चर्चा हुँदै आएको छ। यसमा असहमति जनाउँदै सेयर विश्लेषक बस्याल भन्छन्, ‘यो सेयरबजार नबुझ्नेहरुले चलाउने हल्ला हो। इन्साइडर ट्रेडिङ गरेर केही कम्पनीको सेयर मूल्य घटाउन वा बढाउन सक्छन्, तर पूरै बजारलाई घटाउन सम्भव हुँदैन। त्यस्तै ठूला लगानीकर्ता कसलाई भन्ने नै प्रस्ट छैन। उनीहरुले पनि केही कम्पनीको सेयर घटाउन वा बढाउन मात्र सक्छन्।’

लगानीकर्ता स्वयं सचेत बन्न जरुरी
जानकारहरुका अनुसार सेयर बजार घट्नु वा बढ्नुमा ठूलो कारण चाहिँदैन। सानो हल्लाकै भरमा पनि सेयरबजारमा ठूलो उथलपुथल हुने गर्दछ। त्यसैले सेयरमा गरिने लगानीलाई ‘जुवा’को संज्ञासमेत दिने गरिएको छ।

बजार बढ्दा लगानीकर्ताहरु नाफा बुक गर्न आफूसँग भएको सेयर बेच्न अघि सर्छन्। जब घट्न थाल्दछ, सेयर किन्नेका लागि अवसर हुने गर्दछ। तर, त्यसरी सेयर खरिद गर्दा लगानीकर्ता सचेत बन्नुपर्ने सेयर विश्लेषकहरुको सुझाव छ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, बायाँका भरमा कोलकाता ‘डाइभर्ट’
जेनजी ४२ सहिद परिवारलाई ‘जेन जेड आन्दोलनपछि काँग्रेस उठ्नै, बोल्नै सकेन’: शेरधन राई
सम्बन्धित सामग्री
सेयर बजारमा गिरावट सेयर बजारमा गिरावट आए पनि ८ अर्ब ६३ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। आज ६६ कम्पनीको मूल्य बढेको छ। यस्तै, १९० कम्पनीको मूल्य... मंगलबार, माघ २०, २०८२
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो । मंगलबार, माघ २०, २०८२
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार आज विभिन्न ३३० कम्पनीका एक करोड ७५ लाख सात हजार ७७६ कित्ता सेयर ९१ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६... सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक बुधबार, माघ २१, २०८२
काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, बायाँका भरमा कोलकाता ‘डाइभर्ट’ बुधबार, माघ २१, २०८२
जेनजी ४२ सहिद परिवारलाई ‘जेन जेड आन्दोलनपछि काँग्रेस उठ्नै, बोल्नै सकेन’: शेरधन राई बुधबार, माघ २१, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
सरकार चुनाव सार्ने बहाना खोजिरहेको एमालेको आरोप बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्