• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाल-भारत भिडन्त : आइतबार ‘विशेष’ बन्ला त दशरथ रंगशाला?

64x64
दीप सुवेदी आइतबार, भदौ २०, २०७८  ०७:३०
1140x725

​काठमाडौं- नेपाल र भारत छिमेकी मात्र होइनन्, फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी पनि हुन्। यसै कारण पनि नेपाल र भारतबीच हुने फुटबल खेलको रौनक नै बेग्लै हुन्छ।

बिहीबार पनि यस्तै रौनक देखिएको थियो, दशरथ रंगशालामा। १९८२ मा भारतकै दिल्लीमा सम्पन्न एसियन गेम्समार्फत् नेपाली फुटबलले औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको थियो।

कोरोना महामारीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल गतिविधिमा ‘ब्रेक’ लागेका बेला बिहीबार दशरथ रंगशालामा नेपाल र भारत मैत्रीपूर्ण खेलका लागि भिड्दा करिब ५१ सय दर्शकले रंगशाला पुगेरै नेपाली टोलीको समर्थन गरे।

अन्तर्राष्ट्रिय फुटबल यात्रा थालेको चार दशकपछि भारतले नेपालमा आएर मैत्रीपूर्ण खेल खेलेको याे पहिलोपटक हो। यसबीचमा भारतविरुद्ध नेपाल २० पटक आमने-सामने भइसकेको छ। त्यसमध्ये नेपालले यसअगाडि मैत्रीपूर्ण खेल भने तीनवटा मात्र खेलेको थियो। यी तीनै खेल भारतमै भएका थिए।

समग्रमा हेर्ने हो भने नेपालले अहिलेसम्म कूल १८ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको छ। त्यसमध्ये योसम्म गरेर चार खेलमात्र दशरथ रंशगालामा भएका छन्। सन् २०१२ मा बंगलादेशविरुद्ध एक र २०१३ मा पाकिस्तानविरुद्ध दुई खेल नेपालले घरेलु मैदानमा खेलेको हो। अब भारतविरुद्ध हुने दोस्रो खेल नेपालले घरेलु मैदानमा खेल्न लागेको पाँचौं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण हुनेछ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार भारतविरुद्ध भएको खेल बराबरीका लागि नभई जित्नकै लागि खेल्ने र आक्रमक खेल्ने बताएका थिए। तर, उनले अन्तिम समयमा रणनीति परिवर्तन गर्दै भातरविरुद्ध रक्षात्मक रुपमा खेलाडीलाई प्रस्तुत गरेका थिए। जसको नतिजा निस्कियो, १-१। 

बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो। यद्यपी, राष्ट्रिय टोलीका लागि उनको त्यो पाँचौ गोल हो। यसअघि चाइनिज ताइपेईविरुद्ध विश्वकप छनोटका दुई खेलमा ३ गोल गरेका थिए। यस्तै, अर्को गोल इराकविरुद्धको मैत्रीपूर्ण खेलमा गरेका थिए। 

बिहीबार भएको खेलमा भारतीय टिम खेलमा हाबी भइरहेको थियो। पहिलो मिनेटमै गोलको प्रयास गरेको भारतले बल नियन्त्रणमा राखे पनि नेपाली गोलपोस्टमा धावा बोल्न भने सकेन। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाली टिम अगाडि बढ्नै नसकिरहेको अवस्थामा अन्जनले भारतीय डिफेन्डर सिङ्लेनसाना सिंहले गरेको गल्तीको फाइदा उठाए । सिङ्लेनसानाले गोलकिपर गुरप्रितसिंह सन्धुलाई दिएको ‘ब्याकपास’ फितलो बन्यो । त्यसलाई क्लियर गर्ने प्रयासमा गुरप्रितले पनि ढिलाइ गरेपछि अञ्जनले ३६ औं मिनेटमा घरेलु टिमलाई अग्रता दिलाए का थिए। 

उनले पेनाल्टी क्षेत्रमा नियन्त्रण गर्ने क्रममा गुरप्रितलाई उछिन्दै बललाई खाली पोस्टको दिशा दिएर खेलमा नेपालको पहिलो आक्रमणमै गोल गरेका थिए । 

पहिलो हाफको इन्ज्युरी समयमा आयुश घलानको पासमा सुमन लामाले प्रहार गरेको बललाई भने भारतीय गोलरक्षक गुरप्रितले समाए । दोस्रो हाफको अन्त्यतिर सुमन अर्यालको क्रसमा मनीष डाँगीले हेडद्वारा प्रहार गरेको बल ‘फ्रेम’मा पर्न सकेन। भारतविरुद्ध घरेलु भूमिमा खेलेको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले गरेको यही तीन आक्रमण हेर्न लायक थियो। 

सुरुमै आक्रामक देखिएको भारतले दोस्रो हाफमा नेपालको किरणलाई निक्कै व्यस्त राख्यो। भारतीय टिमका प्रशिक्षक इगोर स्टिमेकले मिडफिल्डमा अनिरुद्ध थापा र सहल अब्दुल सामद तथा डेब्यु गर्ने अवसर पाएका सेरिटन फर्नान्डेज र रहिम अलीलाई दोस्रो हाफको सुरुमै मैदान पठाएका थिए।

अन्तत: ६०औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले पेनाल्टी बक्स बाहिरबाट गरेको कडा प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि अनिरुद्र अघि बढेर गोल गरे र हारबाट जोगाए।

अब नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ। यी दुईबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार बिहीबार जस्तै पाँच हजार १०० दर्शकले मात्र रंगशाला पुगेर फुटबल हेर्न सक्नेछन्। कोरोनाविरुद्धको दुवै खोप लगाएका र कोरोना टेष्ट नेगेटिभ भएकाले मात्र खेल्न हेर्न सक्नेछन्।

नेपालले यसअगाडि भारतसँग उसकै भूमि सिलिगुडीमा सन् २०१३ मा पहिलोपल्ट  मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसपछि २०१५ मा पुणे र २०१७ मा मुम्बईमा खेलेको थियो। यस्तोमा अब दोस्रो पटक नेपाल आफ्नै भूमिमा भारतसँग मैत्रीपूर्ण भिडन्त गर्दैछ।

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीका लागि यो खेल विशेष हुनेछ। उनले नेपालविरुद्ध भारतको इतिहास राम्रो भएपनि आफ्नो टोलीले  बराबरीको लागि नखेल्ने बताएका छन्। उनले पहिलो खेलमा राम्रो नतिजा निकाल्न नसकेपनि आइतबारको खेलमा सोचेअनुसार प्रदर्शन गर्ने बताए।

‘सबै समर्थकमाझ क्षमा चाहन्छु,  हामीले पहिलो खेलमा खुसी बनाउन सकेनौं। मलाई आशा छ, क्षमा  स्वीकार्नु हुनेछ। आगामी खेलमा सोचेअनुसार प्रदर्शन गर्ने छौँ,’ उनले भने। उनले साग खेल्नका लागि यो स्तरको प्रदर्शनले नपुग्नेसमेत बताएका छन्। ‘हामीले अझै धेरै सुधार गर्नु पर्नेछ। सागमा यो प्रदर्शनले हामीलाई राम्रो नतिजा दिँदैन,’ उनले भने।

उनको नेतृत्वमा नेपालले अहिलेसम्म ५  खेल खेलेको छ। त्यसमध्ये नेपालले इराकविरुद्ध यसै वर्ष बासरामा पहिलोपल्ट खेलेको थियो। त्यसपछि नेपालले विश्वकप छनोटका तीन खेल कुवेतमा खेलेको हो। 

जसमा चाइनिज ताईपेईसँग २-० को जित निकाल्दा प्रशिक्षक अलमुताइरीको उल्लेखनिय योगदान रह्यो भने इराकसँग ६-२ गोलले पराजित हुनु उनको खराब नतिजा रहेको छ। यता, जोर्डन र अस्ट्रेलियासँग समान ३-० गोलले पराजित हुनुलाई फुटबलका पण्डितहरुले ‘एभ्रेज प्रफर्मेन्स’को रुपमा लिएका छन्। 

आइतबारको खेलमा पनि नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री हुन्। नेपाली मुलका ३६ वर्षीय क्षेत्री ६९औं मिनेटमा बाहिरिएका थिए। उनलाई बिपिन सिंहले परिवर्तन गरेका थिए। क्षेत्री अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्नेमा अग्रस्थानमा छन्। क्षेत्रीले ११८ खेलमा ७४ गोल गरेका छन्।

त्यसैले नेपाली टोली क्षेत्रीलाई रोक्नेमा बढी केन्द्रित देखिएको थियो। क्षेत्रीले नेपालसँग हालसम्म ९ खेलमा पाँच गोल गरेका छन्। भारतीय टोली क्षेत्रीका साथै अनिरुद्र थापा, ब्रान्डन फर्नान्डेज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर रहने छ। अनिरुद्रले बिहीबार भारतलाई हारबाट जोगाएका थिए।

शुक्रबार वर्षा भएपछि दशरथ रंगशालमा दुबै टोलीलाई अभ्यास गर्न दिइएको छैन। आयोजक जतिसक्दो मैदानलाई राम्रो ‘कन्डिसन’मा राख्न एन्फा लागिपरेको छ। 

यस्तो अवस्थामा दुवै टोली अन्तिम मैत्रीपूर्ण खेल जित्न चाहन्छन्। पहिलो खेल बराबरी भएकाले दुबै टोलीलाई अग्रता लिने अवसर छ। अझ घरेलु दर्शकमाझ नेपाललाई त्यो अवसर बढी नै हुन्छ। 

यता, भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले पानी नपरेको खण्डमा आइतबार खेल आफ्नो पक्षमा हुने दाबी गरेका छन्। 

‘पहिलो पाँच मिनेटमै गोल हुनुपर्ने थियो, भएन। हामीलाई नेपालको काउण्टर खेलसँगै मैदानलेसमेत दबाब दियो। निरन्तर पानी परेको कारण हामीले सोचे जस्तो राम्रो खेल्न सकेनौं। अबको खेल हाम्रो पक्षमा हुन्छ,’ उनले भने।

यता, कप्तान किरण चेम्जोङका लागि यो खेल उत्तिकै विशेष हुनेछ, किनभने यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै उनले नेपालका लागि सर्वाधिक खेल खेलेको कीर्तिमान भंग गर्नेछन्। किरणले बिहीबार खेल्दै पूर्वकप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए। 

नेपाली टिम 
गोलकिपर : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डर : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द
मिडफिल्डर : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान
फरवार्ड  : मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टिम
गोलकिपर : अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु 
डिफेन्डर : प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस
मिडफिल्डर : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर
फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
फुटबल स्टार मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार जर्जको शुक्रबार राति करिब १० बजे अर्जेन्टिनाको आफ्नो गृहशहर रोसारियोमा निधन... शनिबार, साउन २३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली... सोमबार, साउन ४, २०८३
लगातार दोस्रोपटक गोल्डन बुट जिते एमबाप्पेले २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। विश्वकपको इतिहा... सोमबार, साउन ४, २०८३
ताजा समाचारसबै
कांग्रेस नेता खड्काले किसनुजी अाश्रम पुगेर दिए यस्ताे सन्देश आइतबार, साउन २४, २०८३
बालेन प्रधानमन्त्री भएपछि हेलो सरकारले के गर्‍यो ? आइतबार, साउन २४, २०८३
जगत बरामको आरोप : आदिवासी-जनजातिलाई दलहरूले धाेका दिए, संविधान संशाेधनमार्फत माग पूरा गरियोस् आइतबार, साउन २४, २०८३
थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो आइतबार, साउन २४, २०८३
पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्