विराटनगर– मोरङ प्रहरीले दुई दिनभित्र चार जना फरार अभियुक्त पक्राउ गरेको छ।
सार्वजनिक अपराध मुद्दामा जिल्ला अदालत मोरङले जरिवाना गर्ने निर्णय सुनाएपछि फरार रहेका विराटनगर–१५ पवनकुमार यादव र जितेन्द्र यादव, विराटनगर–१४ का महेन्द्र साह र फिरोज साहलाई प्रहरीले पक्राउ गरेको हो।
पवनकुमार र जितेन्द्र शुक्रबार पक्राउ परेका हुन् भने अन्य दुई जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि जिल्ला अदालत बुझाइएका महेन्द्र र फिरोजले जनही २ हजार तथा बाँकी दुईले जनही १ हजार ६ सय ५० रुपैया जरिवाना बुझाइ छुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।