• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल : प्रशिक्षक अलमुताइरीको वास्तविक परीक्षा

64x64
दीप सुवेदी बिहीबार, भदौ १७, २०७८  ०८:२९
1140x725

काठमाडाैं– गत चैतमा घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ गोलले हराउँदै नेपालले आठ खेलको जितविहीन यात्रा टुंग्याएको थियो। त्यसअघि नेपाल लगातार पाँच खेलमा हार र पछिल्ला तीन खेलमा लगातार बराबरी खेलेको थियो। तर, आठ वटै खेलमा नेपालले एक गोल गर्न पनि सकेको थिएन।

बंगलादेशविरुद्ध खेल्दै नेपालले करिब १७ महिनापछि गोल गरेको थियो। बंगलादेशसँगको मैत्रीपूर्ण प्रतिश्पर्धापछि नेपालले थप चार खेल खेलेको छ, जसमा तीन हार र एक जितको नतिजा निकालेको छ।

यी खेलमा १२ गोल खाँदा चार गोल गरेको छ। पछिल्ला दुई खेलमा जोर्डन र अस्ट्रेलियासँग समान ३–० गोलले पराजित भएको थियो। त्यसअघि चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो।  इराकसँगको मैत्रीपूर्ण खेलमा भने नेपाल ६–२ गोलले पराजित भएको थियो।

यही पृष्ठभूमिमा आगामी महिना हुने साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार (आज) र आइतबार दुईवटा मैत्रीपूर्ण खेल खेल्दै छ। साफको पूर्वसन्ध्यामा हुन लागेको यी खेललाई महत्त्वका साथ हेरिएको छ। सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म सेमिफाइनलभन्दा माथि जान सकेको छैन।

‘हेड टु हेड’मा भारत अगाडि
नेपाल र भारतबीच अहिलेसम्म १९ पटक प्रतिश्पर्धा भएको छ। जसमध्ये भारतले १३ खेलमा जित हात पारेको छ भने नेपाल केवल दुई पटक विजयी भएको छ। चार खेल बराबरीमा सकिएका छन्।

भारतले नेपालविरुद्ध ३३ गोल गरेको छ। नेपालले भने नौ गोल मात्र गर्न सकेको छ। दुई टोलीबीचको प्रतिस्पर्धामा सुनिल क्षेत्रीले व्यक्तिगत रुपमा सबैभन्दा बढी गोल गरेका छन्। उनले नेपालविरुद्ध आठ खेल खेल्दै पाँच गोल गरेका छन्।

पछिल्लो पटक यी दुई टोलीबीच ६ जुन २०१७ मा प्रतिस्पर्धा भएको थियो। मुम्बईमा भएको सो खेलमा भारत २–० गोलले विजयी भएको हो। त्यसभन्दा अगाडि नेपालको घरेलु मैदानमा सन् २०१५ मा प्रतिस्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

नेपालले पछिल्लो पटक सात वर्षअघि भारतलाई पराजित गरेको थियो। सन् २०१३ मा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा नेपाल २–१ ले विजयी भएको थियो। भारतविरुद्धको त्यो जित २० वर्षपछि संभव भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

घरेलु मैदानमा अलमुताइरीको पहिलो खेल
यो वर्ष नयाँ प्रशिक्षकका रुपमा अब्दुल्लाह अलमुताइरी आएपछि नेपालले फिफा वरीयतामा सुधार गरेको छ। उनको आगमनसँगै खेल्ने शैली पनि फेरिएको छ। आक्रामक फुटबल पनि खेल्न थालेपछि नेपाली स्ट्राइकरलाई ‘गोल हान्न नसक्ने’ भनेर लाग्दै आएको आरोप केही हदसम्म मेटिएको छ। उनको नेतृत्वमा चार खेल खेल्दा प्रदर्शन सुधारिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि उनको सम्झौता अवधि बढाएको थियो।

अलमुताइरीको प्रशिक्षणमा नेपालले यसअघि बलिया टोलीसँग मात्र प्रतिश्पर्धा गरेको थियो। ती टोलीसँगको हार अनपेक्षित थिएन। यद्यपि, वरीयतामा माथि रहेको चाइनिज ताइपेईलाई पराजित गरेको थियो। अब भारतविरुद्धका दुई खेल प्रशिक्षक अलमुताइरीका लागि वास्तविक परीक्षा हुनेछ।

उनले साफका लागि दुई महिनादेखि खेलाडीलाई तयार पारिरहेका छन्। उनले खेलशैलीमा पनि केही परिवर्तन गर्ने अड्कल काटिएको छ। उनले भारतविरुद्धको खेल विगतभन्दा फरक हुने बताइसकेका छन्। ‘हामी सबै अन्तर्राष्ट्रिय खेलका लागि तयार हुनुपर्छ, जित्नु पर्छ। भारतीय टिमको विषयमा अध्ययन गरेका छौं। हाम्रो लक्ष्य साफ च्याम्पिनसिप हो। एसिया र विश्वलाई रियल गोर्खाली भन्ने देखाउन चाहन्छौं,’ प्रशिक्षक अलमुताइरीले भने।

उनले भारतसँगको खेलबाट टोलीमा रहेको कमीकजोरी पत्ता लगाउने पनि बताए। ‘यी दुई मैत्रीपूर्ण खेलबाट साफका लागि शिक्षा लिनेछौं। यो हामी कस्तो स्तरमा पुग्यौं भन्ने थाहा पाउने कडी पनि हो। यी खेलपछि भविष्यमा के गर्न सकिन्छ भन्ने सोच्नेछौं। साफअघि कमजोरी पत्ता लगाउनेछौं,’ उनले भने।

Xtrem

Xtrem

घरेलु मैदानमा व्यक्तिगत रूपमा उनको यो पहिलो खेल हो। त्यसैले यो खेलका लागि आफू उत्साहित भएको उनले बताएका छन्।

यता, कप्तान किरणकुमार लिम्बूले पनि टिम राम्रो अवस्थामा रहेको भन्दै खेलले आगामी प्रतियोगिता लागि सहयोग पुग्ने आशा व्यक्त गरेका छन्। ‘एक महिनापछि हुने साफ च्याम्पियनसिपका लागि यो अवसर हो। हामी कति बलियो छौं भन्ने भारतसँगको खेलले देखाउनेछ,’ उनले भने, ‘प्रशिक्षकले राम्रो तयारी गराउनु भएको छ। पहिलाभन्दा मानसिक रुपमा बलियो भएका छौं।’

यसअघि अन्तर्राष्ट्रिय गोल गरेका सात खेलाडी भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश गरिएको छ। टीममा भएका नवयुग श्रेष्ठले सबैभन्दा बढी सात गोल गरेका छन्। अन्जन विष्टले चार, विशाल राईले तीन, अनन्त तामाङ र सुजल श्रेष्ठले दुई–दुई गोल गरेका छन्। सुनिल बल र मनीष डाँगीले पनि एक–एक गोल गरेका छन्।

पछिल्लो जितमा चाइनिज ताइपेईविरुद्ध अन्जन र नवयुगले गोल गरेका थिए। त्यसअघि इराकसँग अन्जन र मनीषले गोल गरेका थिए। घरेलु मैदानमा गत मार्चमा भएको मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध दुवै गोल अन्जनले गरेका थिए।

के छ भारतको लक्ष्य?
अन्तर्राष्ट्रिय फुटबलमा भारतले पछिल्लो समय १३ खेलमा ६ हार, ६ बराबरी र एक जितको नतिजा निकालेको छ। उसले पछिल्ला २२ खेलमा भने ११ हार, आठ बराबरी र तीन जित हात पारेको छ।

पछिल्लो खेलमा भारतले अफगानिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो। त्यसअघि बंगलादेशलाई २–० गोलले पराजित गरेको थियो।

भारतीय प्रशिक्षक इगोर स्टिमाकले नेपालसँग खेल्नका लागि आफ्ना खेलाडी तयार रहेको बताएका छन्। उनले खेलअगाडि भारी वर्षा नभए राम्रो नतिजा निकाल्ने पनि बताएका छन्। ‘हामी राम्रो फुटबल खेल्नेछौं। हामीसँग मोहन बगान र बेंगलुरु एफसीका केही खेलाडी छैनन्। उनीहरु एएफसी कपका खेल खेलिरहेका छन्। त्यसैले हाम्रा लागि कठिन हुनेछ,’ उनले भने, ‘तर, मैले टिममा रहेका खेलाडीबाट आशा गरेको छु। उनीहरूले जित्नको लागि मिहिनेत गर्ने छन्।’

भारतीय कप्तान सुनील क्षेत्रीले पनि नेपालविरुद्ध उत्कृष्ट खेल्ने बताएका छन् ‘महत्वपूर्ण खेलहरु आउँदैछन्। यो मैत्रीपूर्ण खेल सिजनको राम्रो सुरूवात हो। नेपाल बलियो प्रतिद्वन्द्वी हो। परिस्थिति जस्तो भए पनि नेपालविरुद्ध खेल्न कठिन हुन्छ। तर, उत्कृष्ट खेल्नेछौं,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्