• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २३, २०८२ Tue, Dec 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल : प्रशिक्षक अलमुताइरीको वास्तविक परीक्षा

64x64
दीप सुवेदी बिहीबार, भदौ १७, २०७८  ०८:२९
1140x725

काठमाडाैं– गत चैतमा घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ गोलले हराउँदै नेपालले आठ खेलको जितविहीन यात्रा टुंग्याएको थियो। त्यसअघि नेपाल लगातार पाँच खेलमा हार र पछिल्ला तीन खेलमा लगातार बराबरी खेलेको थियो। तर, आठ वटै खेलमा नेपालले एक गोल गर्न पनि सकेको थिएन।

बंगलादेशविरुद्ध खेल्दै नेपालले करिब १७ महिनापछि गोल गरेको थियो। बंगलादेशसँगको मैत्रीपूर्ण प्रतिश्पर्धापछि नेपालले थप चार खेल खेलेको छ, जसमा तीन हार र एक जितको नतिजा निकालेको छ।

यी खेलमा १२ गोल खाँदा चार गोल गरेको छ। पछिल्ला दुई खेलमा जोर्डन र अस्ट्रेलियासँग समान ३–० गोलले पराजित भएको थियो। त्यसअघि चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो।  इराकसँगको मैत्रीपूर्ण खेलमा भने नेपाल ६–२ गोलले पराजित भएको थियो।

यही पृष्ठभूमिमा आगामी महिना हुने साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार (आज) र आइतबार दुईवटा मैत्रीपूर्ण खेल खेल्दै छ। साफको पूर्वसन्ध्यामा हुन लागेको यी खेललाई महत्त्वका साथ हेरिएको छ। सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म सेमिफाइनलभन्दा माथि जान सकेको छैन।

‘हेड टु हेड’मा भारत अगाडि
नेपाल र भारतबीच अहिलेसम्म १९ पटक प्रतिश्पर्धा भएको छ। जसमध्ये भारतले १३ खेलमा जित हात पारेको छ भने नेपाल केवल दुई पटक विजयी भएको छ। चार खेल बराबरीमा सकिएका छन्।

भारतले नेपालविरुद्ध ३३ गोल गरेको छ। नेपालले भने नौ गोल मात्र गर्न सकेको छ। दुई टोलीबीचको प्रतिस्पर्धामा सुनिल क्षेत्रीले व्यक्तिगत रुपमा सबैभन्दा बढी गोल गरेका छन्। उनले नेपालविरुद्ध आठ खेल खेल्दै पाँच गोल गरेका छन्।

पछिल्लो पटक यी दुई टोलीबीच ६ जुन २०१७ मा प्रतिस्पर्धा भएको थियो। मुम्बईमा भएको सो खेलमा भारत २–० गोलले विजयी भएको हो। त्यसभन्दा अगाडि नेपालको घरेलु मैदानमा सन् २०१५ मा प्रतिस्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

नेपालले पछिल्लो पटक सात वर्षअघि भारतलाई पराजित गरेको थियो। सन् २०१३ मा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा नेपाल २–१ ले विजयी भएको थियो। भारतविरुद्धको त्यो जित २० वर्षपछि संभव भएको थियो।

Ncell 2
Ncell 2

घरेलु मैदानमा अलमुताइरीको पहिलो खेल
यो वर्ष नयाँ प्रशिक्षकका रुपमा अब्दुल्लाह अलमुताइरी आएपछि नेपालले फिफा वरीयतामा सुधार गरेको छ। उनको आगमनसँगै खेल्ने शैली पनि फेरिएको छ। आक्रामक फुटबल पनि खेल्न थालेपछि नेपाली स्ट्राइकरलाई ‘गोल हान्न नसक्ने’ भनेर लाग्दै आएको आरोप केही हदसम्म मेटिएको छ। उनको नेतृत्वमा चार खेल खेल्दा प्रदर्शन सुधारिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि उनको सम्झौता अवधि बढाएको थियो।

अलमुताइरीको प्रशिक्षणमा नेपालले यसअघि बलिया टोलीसँग मात्र प्रतिश्पर्धा गरेको थियो। ती टोलीसँगको हार अनपेक्षित थिएन। यद्यपि, वरीयतामा माथि रहेको चाइनिज ताइपेईलाई पराजित गरेको थियो। अब भारतविरुद्धका दुई खेल प्रशिक्षक अलमुताइरीका लागि वास्तविक परीक्षा हुनेछ।

उनले साफका लागि दुई महिनादेखि खेलाडीलाई तयार पारिरहेका छन्। उनले खेलशैलीमा पनि केही परिवर्तन गर्ने अड्कल काटिएको छ। उनले भारतविरुद्धको खेल विगतभन्दा फरक हुने बताइसकेका छन्। ‘हामी सबै अन्तर्राष्ट्रिय खेलका लागि तयार हुनुपर्छ, जित्नु पर्छ। भारतीय टिमको विषयमा अध्ययन गरेका छौं। हाम्रो लक्ष्य साफ च्याम्पिनसिप हो। एसिया र विश्वलाई रियल गोर्खाली भन्ने देखाउन चाहन्छौं,’ प्रशिक्षक अलमुताइरीले भने।

उनले भारतसँगको खेलबाट टोलीमा रहेको कमीकजोरी पत्ता लगाउने पनि बताए। ‘यी दुई मैत्रीपूर्ण खेलबाट साफका लागि शिक्षा लिनेछौं। यो हामी कस्तो स्तरमा पुग्यौं भन्ने थाहा पाउने कडी पनि हो। यी खेलपछि भविष्यमा के गर्न सकिन्छ भन्ने सोच्नेछौं। साफअघि कमजोरी पत्ता लगाउनेछौं,’ उनले भने।

घरेलु मैदानमा व्यक्तिगत रूपमा उनको यो पहिलो खेल हो। त्यसैले यो खेलका लागि आफू उत्साहित भएको उनले बताएका छन्।

यता, कप्तान किरणकुमार लिम्बूले पनि टिम राम्रो अवस्थामा रहेको भन्दै खेलले आगामी प्रतियोगिता लागि सहयोग पुग्ने आशा व्यक्त गरेका छन्। ‘एक महिनापछि हुने साफ च्याम्पियनसिपका लागि यो अवसर हो। हामी कति बलियो छौं भन्ने भारतसँगको खेलले देखाउनेछ,’ उनले भने, ‘प्रशिक्षकले राम्रो तयारी गराउनु भएको छ। पहिलाभन्दा मानसिक रुपमा बलियो भएका छौं।’

यसअघि अन्तर्राष्ट्रिय गोल गरेका सात खेलाडी भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश गरिएको छ। टीममा भएका नवयुग श्रेष्ठले सबैभन्दा बढी सात गोल गरेका छन्। अन्जन विष्टले चार, विशाल राईले तीन, अनन्त तामाङ र सुजल श्रेष्ठले दुई–दुई गोल गरेका छन्। सुनिल बल र मनीष डाँगीले पनि एक–एक गोल गरेका छन्।

पछिल्लो जितमा चाइनिज ताइपेईविरुद्ध अन्जन र नवयुगले गोल गरेका थिए। त्यसअघि इराकसँग अन्जन र मनीषले गोल गरेका थिए। घरेलु मैदानमा गत मार्चमा भएको मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध दुवै गोल अन्जनले गरेका थिए।

के छ भारतको लक्ष्य?
अन्तर्राष्ट्रिय फुटबलमा भारतले पछिल्लो समय १३ खेलमा ६ हार, ६ बराबरी र एक जितको नतिजा निकालेको छ। उसले पछिल्ला २२ खेलमा भने ११ हार, आठ बराबरी र तीन जित हात पारेको छ।

पछिल्लो खेलमा भारतले अफगानिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो। त्यसअघि बंगलादेशलाई २–० गोलले पराजित गरेको थियो।

भारतीय प्रशिक्षक इगोर स्टिमाकले नेपालसँग खेल्नका लागि आफ्ना खेलाडी तयार रहेको बताएका छन्। उनले खेलअगाडि भारी वर्षा नभए राम्रो नतिजा निकाल्ने पनि बताएका छन्। ‘हामी राम्रो फुटबल खेल्नेछौं। हामीसँग मोहन बगान र बेंगलुरु एफसीका केही खेलाडी छैनन्। उनीहरु एएफसी कपका खेल खेलिरहेका छन्। त्यसैले हाम्रा लागि कठिन हुनेछ,’ उनले भने, ‘तर, मैले टिममा रहेका खेलाडीबाट आशा गरेको छु। उनीहरूले जित्नको लागि मिहिनेत गर्ने छन्।’

भारतीय कप्तान सुनील क्षेत्रीले पनि नेपालविरुद्ध उत्कृष्ट खेल्ने बताएका छन् ‘महत्वपूर्ण खेलहरु आउँदैछन्। यो मैत्रीपूर्ण खेल सिजनको राम्रो सुरूवात हो। नेपाल बलियो प्रतिद्वन्द्वी हो। परिस्थिति जस्तो भए पनि नेपालविरुद्ध खेल्न कठिन हुन्छ। तर, उत्कृष्ट खेल्नेछौं,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
एन्फा गेटमा ए–डिभिजन लिगका क्लबहरूको शान्तिपूर्ण प्रदर्शन एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ। तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन्। बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा सोमबार, मंसिर २२, २०८२
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, मंसिर २२, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
माग पूरा नभए फागुनमा निर्वाचन हुनै दिन्न : प्रसाईं सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्