• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सत्तारुढ गठबन्धन कम्तीमा आगामी चुनाव अघिसम्म जान्छ : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, भदौ १४, २०७८  १६:२९
1140x725
फाइल तस्बिर

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तीमा आगामी चुनाव अघिसम्म जाने बताएका छन्। सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनको विकल्प नभएको बताए। वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरुलाई स्थापित गराउनका लागि पनि गठबन्धनको आवश्यकता रहेको उनको भनाइ छ। 

गठबन्धनका राजनीतिक दलहरुभित्र विचारमा विविधता भए पनि आधारभूत रुपमा मिल्ने उद्देश्यहरु र साझा विन्दु खोज्दै गठबन्धनलाई अगाडि बढाउने उनले उल्लेख गरे। नेता पौडेलले नेकपा (माओवादी केन्द्र)भित्र मन्त्री छान्नलाई कुनै सकस नभएको भन्दै पार्टीले जिम्मेवारी दिएको खण्डमा आफू पनि मन्त्रिपरिषद्‍मा जान तयार रहेको स्पष्ट पारे। प्रस्तुत छ नेता पौडेलसँग गरिएको कुराकानी:

तपाईंहरुले भनेजस्तै ओली प्रवृत्तिलाई त फाल्नुभयो, तर एउटा संशयचाहिँ हामी राजनीतिक द्वन्द्वतिर पो फस्यौँ कि, यो गठबन्धनले राजनीतिक अस्थिरता ल्याउने हो कि?
खड्गप्रसाद ओली पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ, नेकपा (एमाले)को अध्यक्ष पनि हुनुहुन्छ। उहाँसँग हामी सबैले बृहत् वामपन्थी एकतासहित त्यो एकता शक्तिशाली संगठन निर्माण गरेर देशमा एउटा समृद्ध समाजवाद निर्माण गर्ने उच्च अभिलाषासहित उहाँलाई त्यसको लिडरसिप गर्ने सोचसहित हामीले प्रधानमन्त्री बनायौँ। उहाँलाई नेता मान्यौँ। एकता बचाउन पहल गर्‍यौँ। त्यो सम्भव भएन। आफ्नो पार्टी, आफ्नो संसदीय दलको त कुरै छोडौँ। हिजो कसैले निकै मेहनत गरेर बनाएको संविधानका कतिपय धाराहरुलाई पनि अपव्याख्या गर्ने प्रकृतिका कामहरु भए। त्यसकारणले देश बाध्यतावस अर्को कोर्समा प्रवेश गर्‍यो। त्यसको हामीले खण्डन गर्नुपर्‍यो। विरोध गर्नुपर्‍यो। र हामी सबै हिजो नसोचिएका, कल्पना नगरिएका शक्तिहरुसँग गठबन्धन गर्न हामी अगाडि बढ्यौँ। 

गठबन्धनको चुनौती भनेको यही बीचबाट ओलीजीले बनाएको भद्रगोल देशको राजनीतिक परिदृश्यलाई सम्हालेर देशको संविधान, लोकतन्त्र, कतिपय हाम्रा अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धहरु त्यसको साथसाथै देशको प्रणालीलाई कमसेकम धेरै गुणात्मक रुपमा प्रगतिको पथमा लिएर जान नसके पनि एउटा ट्र्याकमा लिएर जाने चुनौतीसहित गठबन्धन बनेको छ। मलाई जहाँसम्म लाग्छ, केही संशय, आशंका र ढिलासुस्तीहरु प्रकट भएका छन्। तर त्यसका बाबजुद पनि अर्को कुनै विकल्प छैन। छिट्टै गठबन्धनले यो प्रक्रियाको सुनिश्चित भएर संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र यी सबै स्थापित मूल्य, मान्यताहरु सुनिश्चिततापूर्वक अगाडि बढिरहन्छन् भन्ने कुराको सुनिश्चितता नहुँदासम्म गठबन्धन कायम रहिरहन्छ।

गठबन्धनलाई बलियो बनाएर लैजाने अरु आधारहरु के-के हुन्?
दार्शनिक, वैचारिक हिसाबले आधारभूत रुपमा विचार मिल्ने अथवा दृष्टिकोण मिल्नेहरु बीचमा पार्टी एकता हुनसक्छ। यो गठबन्धन भनेको हामीले सहज र स्वाभाविक रुपमा बुझ्ने कुरा के हो भने कुनै तात्कालीन कुनै उद्देश्यको निम्ति गरिने एकतालाई हामीले गठबन्धन भन्छौँ। यद्यपि, यो शब्दले कहीँ न कहीँ तादाम्यता मिल्छ मिल्दैन त्यो पनि हाम्रो छलफल हुने गरेको छ। तर, फेरि पनि यो एक प्रकारको संयुक्त मोर्चाको रुपमा प्रकट भएको, तत्कालीन ओलीजीले गरेका क्रियाकलाप र गतिविधिहरुसँग असहमत प्रकट गर्नेहरुबीचको यो मोर्चा हो। यसमा पछिल्लो स्थितिमा महन्थ ठाकुरजीहरु पनि यो वा त्यो रुपमा प्रतिनिधिसभामा प्रकट हुनुभयो। त्यो अर्कै समीक्षाको विषय होला। तर, मूलरुपमा ओलीजीको क्रियाकलाप र गतिविधिसँग विमति राख्नेहरुको बीचको तत्कालीन कार्यगत एकताको रुपमा प्रकट भएको यो गठबन्धन हो।

डेढ वर्षसम्म यो गठबन्धन जान्छ। गठबन्धनमा सहभागी पार्टीहरु डेढ वर्ष सँगै जाने एक प्रकारको प्रतिबद्धता प्रकट गरेको हुँदा जतिसुकै ठूलो संख्यामा प्रतिपक्षी रहे पनि सरकारका क्रियाकलाप र गतिविधिहरु अब सकुशल भएर अगाडि बढ्छ।

अब यो आधिकारिक रुपमा नै विचारको तहसम्म गएर समाजवाद ल्याउने बेलासम्म सँगै जान्छ भनेर म भन्न सक्दिनँ। तर यसले न्यूनतम रुपमा, निकट भविष्यमा नै हुने चुनावहरु पनि छन्। निकट भविष्यमा हुने संयुक्त रुपमा हुने गतिविधि र क्रियाकलापहरु छन्। निकट भविष्यमा हामीले सम्हाल्नुपर्ने, सुधार्नुपर्ने अन्तर्राष्ट्रिय चुनौतीहरु छन्। सम्बन्धका कुराहरु छन्। यी सबै कुराहरुलाई एउटा ट्र्याकमा ल्याउने अवधिसम्म गठबन्धन सकुशल जान्छ। जानुपर्छ र लैजानु पनि पर्छ। अन्यथा फेरि राजनीतिक अस्थिरताको चक्र प्रकट हुन्छ र झन् अस्थिरतातिर देश जान्छ। त्यस कारणले मैले बुझेअनुसार केही समयसम्म यो गठबन्धनले विचारमा विविधताका बाबजुद् पनि आधारभूत रुपमा मिल्ने उद्देश्यहरु खोज्दै, साझा विन्दु खोज्दै अगाडि बढ्ने चुनौती ग्रहण गरेको छ। अगाडि बढ्छ।

संसद्‍मा हेर्दा तपाईंहरुसँग बहुमत छ, तर संख्यात्मक हिसाबले ठूलो प्रतिपक्ष छ। यसले सडक र सदनमा असर गर्न सक्छ, यसलाई हामीले कसरी हेर्नुपर्छ?
म पुनः त्यही कुरा दोहोर्‍याउँछु- तत्कालीन प्रधानमन्त्री केपी ओली निकै सकुशल अवस्थामा सदनभित्रको गणितमा पनि, मनोविज्ञानमा पनि, जनमतमा पनि एउटा शक्तिशाली प्रधानमन्त्रीका रुपमा उहाँ आउनुभएको हो। पछिल्लो स्थितिमा अघि भनेजस्तै उहाँका क्रियाकलाप र गतिविधिले परिस्थिति अर्का ठाउँमा पुग्यो। र, फलस्वरुप नचाहँदा नचाहँदै, नराम्रो हो भन्दाभन्दै पनि अध्यादेशको अध्यायमा प्रवेश गर्नुपर्‍यो। किनभने, सदन चलाउनलाई, सरकार चलाउनलाई सदनमा बहुमत चाहिन्छ। सरकारले बिजनेस नदिइकन सदन चल्दैन। सदनमा सरकारको बहुमत भएन भनेदेखि त कुनै पनि बिल पेस हुँदैन। त्यस कारणले गर्दा पनि सरकारको बहुमत सदनमा कहीँ न कहीँ प्रकट हुनुपर्छ। त्यही भएर अध्यादेशको बाटो लिनुपर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

किनभने, प्रतिगमनलाई रोक्ने भनेको हुँदाखेरी प्रतिगमनलाई सच्याउने उद्देश्यसहित अध्यादेश आएर सदनमा बहुमत पुर्‍याइएको हो। त्यसको निम्ति तत्कालीन नेकपा(एमाले)को विभाजन अनिवार्य थियो। विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आयो। र, अध्यादेशले कहीँ न कहीँ एउटा आकार लिइसकेपछि सदनभित्र पनि गठबन्धन बहुमतको रुपमा छ। हालको प्रतिपक्षी जसको संसदीय दलको नेता केपीजी हुनुहुन्छ। उहाँहरुको पनि गणितीय रुपमा उपस्थिति छ। तर, झन्डै-झन्डै प्रतिनिधि सभाको आयू भनेको डेढ वर्ष हो। डेढ वर्षसम्म यो गठबन्धन जान्छ। गठबन्धनमा सहभागी पार्टीहरु डेढ वर्ष सँगै जाने एक प्रकारको प्रतिबद्धता प्रकट गरेको हुँदा जतिसुकै ठूलो संख्यामा प्रतिपक्षी रहे पनि सरकारका क्रियाकलाप र गतिविधिहरु अब सकुशल भएर अगाडि बढ्छ। त्यो कुरा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयले एक प्रकारले इंगित गरिसकेको छ।

अध्यादेशले अरु पार्टी विभाजन त भए, तर माओवादीभित्र पनि त्यसको असर पर्नसक्छ नि। कतै माओवादी केन्द्र पनि विभाजन हुने त होइन?
अहिले भर्खरै हामी केन्द्रीय समितिको बैठक बस्यौँ। केन्द्रीय समितिको बैठक बस्दा केन्द्रीय समितिको बैठकको अजेण्डा तयार गर्न स्थायी समितिको बैठक बस्यौँ। केन्द्रीय समितिको बैठक बसिसकेपछि फेरि स्थायी समितिको बैठक बस्यौँ र पूरै देशभरि कार्यविभाजन गरेर हामी गएका छौँ। अधिकांश वडाहरुमा वडा सम्मेलन भइसकेको छ। मैले यो दृष्टान्त किन पेस गर्न खोजेको भने अहिले भएका पार्टीहरुमध्ये सबैभन्दा सकुशल पार्टी, आन्तरिक अन्तर्विरोध नभएको, विचार, नीति र नेतृत्वप्रति तादाम्यता मिलेको पार्टी भएको हुँदा यहाँले भनेजस्तै कतै त्यो २० प्रतिशत संख्याको निर्णयले माओवादी पार्टीलाई पनि प्रभाव पर्छ कि भन्ने जो अनुमान बाहिर हल्ला गरेका छन्। त्यस्तो कुनै गुञ्जायस छैन। सबभन्दा सकुशल, सबभन्दा दृढतापूर्वक अगाडि बढ्ने स्थितिमा माओवादी छ र त्यसलाई चुनौतीको रुपमा ग्रहण गरेको छ। यो अवसरलाई पार्टी पुनर्गठनको चुनौतीको रुपमा हामीले प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौतीचाहिँ छ। तर, अब दायाँबायाँ हुने अवस्था छैन।

सरकारले कहिलेसम्म पूर्णता पाउँला?
मैले बुझेअनुसार एक-दुई दिनभित्रमा। यद्यपि, कतिपयको अनुमानचाहिँ निर्वाचन आयोगले सम्बन्धित दलका जो अस्ति अध्यादेशबाट प्रभावित भएका दलहरुको निर्वाचित जनप्रतिनिधिहरुलाई २२ गतेसम्म समय दिइएको छ। त्यसो भएर २२ गतेसम्म पर्खिने कि भन्ने प्रसंगहरु पनि चलेका छन्। तर मैले बुझेअनुसार, हिजो र आज भएका गठबन्धनका भेटघाट, कुराकानी र छलफलले दुई- तीन दिनभित्रमा सरकारले पूर्णता प्राप्त गर्छ।

सरकारले गर्नुपर्ने कामहरु के-के र कस्तो हुनुपर्छ?
यो एभरेजको सरकारको रुपमा होला भन्ने म पूर्वानुमान गर्नसक्छु। राजनीतिक विश्लेषकको हिसाबले स्वतन्त्ररुपमा आफ्नो भनाइ राख्दा कुनै पनि चुनावपछि प्राप्त भएको मतको आधारमा बन्ने सरकारको आयू र गति फरक प्रकारको हुन्छ। यो आकस्मिक रुपमा समयको मध्यावधिमा भएका राजनीतिक उतारचढावका बीचबाट प्रकट भएको, सिर्जना भएको, उम्रिएको सरकार हो। अघिल्लो सरकारले नीति, कार्यक्रम, बजेट ल्याइसकेको अवस्था। त्यो नीति, कार्यक्रम र बजेटलाई प्रक्रियागत हिसाबले कानुनी रुपमा अगाडि बढाइसक्नुपर्ने बाध्यात्मक कानुनी परिस्थिति, त्यसका बीचबाट पनि केही सक्ने कामहरु गर्न सकिन्छ कि भनेर खोजीनीति गर्नुपर्ने अवस्था भएको हुँदा मैले जो एभरेज भनेँ, एभरेजमा यसले काम गर्नसक्छ।

Xtrem

Xtrem

यो सरकारको पहिलो चुनौती भनेको स्वास्थ्यको हो। आमनेपाली नागरिकले सबैले खोप समयावधिभित्र प्राप्त गरिसक्नुपर्छ। त्यसको प्रक्रिया र त्यसको अध्याय विगतको सरकारले पनि केही गरेको थियो। सबै कुरा नेगेटिभ हामी भन्दैनौँ। त्यसलाई निरन्तरता दिँदै सबै नागरिकलाई खोप पुर्‍याउनेगरी वर्तमान सरकारले आफ्नो प्रक्रियाको सुरुआत गरेको छ। त्यो चुनौती स्वीकार गर्नुपर्छ। दोस्रो, खासगरी विदेशसित हाम्रा बिग्रेका सम्बन्धहरु, न त हाम्रो चीन सँग सुमधुर सम्बन्ध बन्यो, न त भारतसँग। न त हाम्रा लिम्पियाधुरा, लिपुलेक र कालापानीका मुद्दाहरु सहजीकरण भए, टेबुल भएर अगाडि बढे, न त हामीले व्यापार, पारवहानलगायतका कुराहरुलाई ठोस रुपमा अगाडि बढाउन सक्‍यौं। गफै गफमा हाम्रो विगत बित्यो। त्यस कारणले धेरै गर्न नसके पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने दोस्रो चुनौती हो। 

तेस्रो चुनौती भनेको जनताले बढी उठाएको प्रश्न भनेको सुशासनको प्रश्न हो, भ्रष्टाचारको कुरा हो। भ्रष्टाचारलाई न्यूनीकरण गर्ने। शून्य सहनशीलतामा पुर्‍याउने भन्नेकुरा गफै होला। तर, कमसेकम थप हुन नदिने र नियन्त्रण गर्नको निम्ति यो सरकारले भूमिका खेल्नसक्नु यो सरकारको तेस्रो चुनौती हो। चौथो भनेको चालु योजनाहरु निरन्तरता दिने र सम्भव भएका विकास निर्माणका कामहरुलाई पनि निरन्तरता दिएर अलिकता तंग्रिन लागिरहेको कोरोनापछिको अर्थप्रणालीलाई सुधारतर्फ अगाडि बढाउने हो। अस्ति प्रस्तुत भएको आर्थिक प्रतिवेदनले पनि देशको आर्थिक चित्र कस्तो छ भन्नेकुरा प्रकट गरेको छ। त्यसलाई सुधार गर्ने र विकास निर्माणका कामलाई नियमित चालु बजेटको साथसाथै निरन्तरता दिने कुराचाहिँ चौथो चुनौती हो। यी कुराहरु मोटामोटी रुपमा पूरा गर्‍यो भने यो सरकारको डेढ वर्षे आयूमा सफल सरकारको रुपमा मान्न सकिन्छ।

मन्त्रिपरिषद्‍मा जाने नेताहरु छान्न पार्टीलाई सकस परेको हो? आकांक्षी धेरै भएका हुन् मन्त्रिपरिषद्‍मा जानका लागि?
यो सिस्टममा गइसकेपछि कसैले आकांक्षा प्रकट गर्नु उसको अधिकारको कुरा हो। संघीय संसद्‍को कुनै पनि सदस्यले, चाहे राष्ट्रिय सभामा होस्, चाहे प्रतिनिधि सभामा होस्। उसले जिम्मेवारी प्राप्त गरेर थप भूमिकाको निम्ति कतै माग गर्नु, भनसुन गर्नु, उसको अधिकारको कुरा हो र हामीले संविधानमा पनि त्यो व्यवस्था गरेका छौँ। त्यस कारणले आकांक्षा र सीमित सिटको सन्तुलन कसरी मिलाउने भन्ने कुरा लिडरसिपको कुरा हो। लिडरसिपले कतिपय पार्टीभित्रका जिम्मेवार व्यक्ति र व्यक्तित्वहरुलाई कुन-कुन भूमिकामा कसरी सेट गर्ने भन्ने कुरा कला पुर्‍याएर, सबैको भूमिका सुनिश्चित हुनेगरी, कतिपय पार्टीका जिम्मेवारीहरु पनि होलान्, जस्तो अहिले सरकारको नेतृत्व गरेको पार्टी महाधिवेशनको प्रक्रियामा छ।

माओवादी पार्टीले पनि सम्मेलनको घोषणा गरिरहेको छ। अर्को पार्टी पुनर्निर्माणको प्रक्रियामा छ। पार्टी र सरकारको कामको बीचमा कार्यविभाजन सम्बन्धित पार्टीका लिडरले मिलाउने कुरा हो। मलाई जहाँसम्म लाग्छ, अरु पार्टीको पनि मिलाउलान्। हाम्रो पार्टी त्यस्तो ठूलो समस्यामा छैन। बाहिर प्रस्तुत भएजस्तो दिनदिनै मन्त्रीमण्डल छान्नको निम्ति बैठक, दिनदिनै रस्साकस्सी, दिनदिनै घेराबन्दी, दिनदिनै अप्ठ्यारोको स्थितिमा छ कि भन्ने अनुमान मात्रै हो, त्यस्तो स्थिति छैन। दुईजना मन्त्री गइसक्नुभाछ। अब बाँडचुड गर्दा चार-पाँच वटाभन्दा बढी पक्कै पनि आउँदैन। चार- पाँचजना छान्ने कुरा दिनदिनै बहस गर्ने, मिटिङ गर्ने विषय होइन। हामीले एक ढंगले प्रचण्ड पार्टीको अध्यक्ष भएको हुँदा उपयुक्त निर्णय गर्ने अधिकार उहाँलाई दिएका छौँ। सम्भवत्ः यो कारणले अल्झेको भन्दा पनि विभिन्न दलहरुबीचका विभिन्न आन्तरिक कारणले र निर्वाचन आयोगसँग सम्बन्धित कारणले अल्झेको हुँदा यो विषय लामो भयो। लामो हुनुहुन्थेन। देशप्रति, जनताप्रति अलि गम्भीर बनेर, अलि परिपक्‍व बनेर जान सक्नुपर्थ्यो। तर मान्छे छान्न नसकेरचाहिँ रस्साकस्सी परेर लामो भएको होइन। यो सहज रुपमा टुंगिन्छ।

मन्त्रीका लागि तपाईं आफ्नो दाबेदारीचाहिँ छ कि छैन?
मैले व्यक्तिगतरुपमा भन्ने विषय भन्दा पनि पार्टीले निर्णय गर्ने विषय हो। मन्त्री, प्रधानमन्त्रीको आशा र अपेक्षा गरेर हामी राजनीतिमा लागेको होइन। निकै कहालीलाग्दो स्थितिमा जनताको परिवर्तन र मूक्तिका निम्ति लागेको हो। विभिन्न साथीहरुले विभिन्न चरणमा यो प्रकृतिको जिम्मेवारीहरु पनि सम्हाल्दै आएको हुँदा त्यो प्रक्रियाको कहीँ न कहीँ जिम्मेवारी प्राप्त गर्ने इच्छा, आकांक्षा, चाहना मेरो पनि होला। तर त्योभन्दा ठूलो कुरा पार्टीको निर्णय हो। त्यस कारण पार्टीले जे निर्णय गर्छ त्यो निर्णयलाई दृढतापूर्वक पालना गरेर अब तपाईं पार्टीको निम्ति राष्ट्रिय सम्मेलन छ यसमा काम गर्नुस् भने भने म त्यसैमा काम गर्छु। होइन, सरकारको नेतृत्व गरेर जानुस् भनेछ पार्टीले भने पनि त्यसको निम्ति म एक प्रकारको उम्मेदवार हुँ। अरुभन्दा अब्बल हुँ भन्दिनँ। एक प्रकारले त्यो पनि जिम्मेवारी प्राप्त गर्ने प्रतिनिधि सभा सदस्य भएको हुँदा उम्मेदवार हुँ। यही अर्थमा मलाई बुझ्दा हुन्छ। तर हुने/नहुने कुराले मलाई कुनै मानसिक तनाव पनि दिँदैन। केही पनि छैन। म आफ्नो काममा अगाडि बढ्छु।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्