• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

राष्ट्रिय फुटबल टिमकी कान्छी सदस्य प्रितीको सपना : १७ वर्षकै उमेरमा ‘डेब्यू’ 

64x64
दीप सुवेदी बिहीबार, भदौ १०, २०७८  १९:००
1140x725

काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्दै छ। दक्षिण एसियाबाहेक विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले यस पटक फिलिपिन्स र हङकङसँग प्रतिश्पर्धा गर्नेछ। 

बलिया प्रतिद्वन्द्वी भए पनि राम्रो नतिजाका लागि खेल्ने लक्ष्यका साथ टोलीले तयारी थालेको छ। राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले भने, ‘हामीले प्रारम्भिक छनोटको क्रममा फिटनेसमा ध्यान दिएका थियौं, हाम्रो लक्ष्य एसिया कपमा छनोट हुनु हो। हामीसँग युवा र अनुभवीको मिश्रित टिम छ।’

उनले प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला विक र निशा थोकर गरी सात खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन्। यिनै खेलाडीका कारण उनले टिमलाई ‘मिश्रित’ बताएका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तयारी गरिहेको टिमका २३ खेलाडीमध्ये धेरैको नजर प्रिती राईमा छ। १७ वर्ष लाग्दै गरेकी उनी सबैभन्दा कान्छी सदस्य हुन्। ‘अट्याकिङ मिडफिल्डर’ रहेकी उनी राष्ट्रिय टिमको जर्सीमा ‘डेब्यू’ गर्ने सम्भावना बलियो छ। 

तर, डेब्यूका लागि एसियन कप–२०२२ नै कुर्नुपर्ने छैन। त्यसअगाडि नै उनीसँग राष्ट्रिय जर्सीमा मैदान उत्रिने मौका हुने छ। एन्फाका अनुसार नेपालले भदौ २४ र २७ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ। 

मैदान उत्रिने मौका पाए आफ्नो खेललाई सुधार गर्ने लक्षमा रहेको उनले बताएकी छिन्। उनी भन्छिन्, ‘जब मौका पाउँछु आफ्नो उत्कृष्ट दिन्छु भन्नेछ, मलाई कुन रुपमा लिनु हुन्छ र कस्तो प्रदर्शन गर्छु त्यो पछि थाहा होला, तर जहाँसम्म लाग्छ राम्रो भइरहेको छ। मौका पाउछु होला।’

प्रितीसँग १५ वर्ष र १६ वर्ष मुनिको राष्ट्रिय टोलीको कप्तान भएको अनुभव पनि छ। त्यस्तै उपमेयर कपमा काठमाडौंको टोली र राष्ट्रिय लिगमा विभागीय टोली एपिएफबाट खेलेको अनुभव पनि उनीसँग छ। उनले एपीएफबाट पहिलो रोजाइमा खेल्दै राम्रो प्रदर्शन गरेकी थिइन्। एपीएफले महिला राष्ट्रिय लिगको उपाधि नै जितेको थियो।

तर, राष्ट्रिय टोलीका लागि भने उनी भने बारम्बार ‘अभागी’ ठहरिँदै आएकी छिन्। दुई वर्षअघि नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनलाई राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्ने मौका थियो। तर व्यवस्थापकको कमजोरीका कारण उनले मौका गुमाइन्। ‘व्यवस्थापकको कमजोरीका कारण राष्ट्रिय टोलीको हिस्सा बन्न थप दुई वर्ष कुर्नुपर्यो। तर, त्यसमा कुनै गुनासो छैन, मिहिनतको फल मिलेकै भएर पुन फर्किएको छु,’ उनले भनिन्। नेपाली टिमका व्यवस्थापकले अन्तिम समयमा उनको नाम दर्ता गर्न छुटाइदिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘गोल मेसिन’ भनेर चिनिने फरवार्ड सावित्रा भण्डारी यसपटक राष्ट्रिय टिममा हुने छैनन्। राष्ट्रिय लिगमा लागेको चोटका कारण उनी सात वर्षयता पहिलोपल्ट राष्ट्रिय टिमबाट बाहिर छिन्। सागपछि कप्तान नीरु थापा र डिफेन्डर मनमाया लिम्बूले सन्यास लिइसकेका छन्। नेपाली सेनाकी डिफेन्डर कविता धिमाल मिसनमा खटिएकी छन्। 

त्यसैले यसपालि प्रितिजस्ता नयाँ खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर छ। तर, प्रितीको सोच फरक छ। सावित्री भण्डारीको ठाउँ लिनेभन्दा पनि आफूले आफ्नै ठाउँ बनाउन खेल्ने बताउँछिन्। ‘म आफूलाई जुनियरभन्दा पनि दिदीहरुको टिममेटका रुपमा स्थापित गर्न चाहन्छु। सावित्रा दिदी नेपालको नम्बर एक खेलाडी हुनुहुन्छ। उहाँ नहुँदा राष्ट्रिय टोलीमा उहाँको ठाउँ लिनेभन्दा पनि आफ्नै स्थान बनाउने सोचमा छु,’ उनले भनिन्। 

नेपाली फुटबलको भविष्यको पुस्ताका रुपमा हेरिएको प्रितिमाथि चुनौतीका साथै दबाब पनि छ। तर, उनी दबाद लिएर भन्दा पनि ‘इन्जोए’ गरेर खेल्ने बताउँछिन्। ‘क्लब र राष्ट्रिय टिमबाट खेल्नु पक्कै फरक कुरा हो। क्लबमा हुँदा ढुक्कले खेल्न पाइन्छ, तर राष्ट्रिय टिममा खेल्दा मानसिक दबाब हुन्छ। यसलाई दबाबको रुपमा भन्दा पनि सहज रुपमा लैजानु पर्छ,’ उनी भन्छिन्।

प्रशिक्षक फिलिप्स पनि टोलीमा पहिलोपटक स्थान बनाएका खेलाडीले विशेष उर्जा ल्याएको बताउँछन्। सात जना नयाँ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय नेपाली टिम मंगलबार नै घोषणा भइसकेको छ।

Xtrem

Xtrem

यसअघि १३औं सागमा स्वर्णको प्रतिस्पर्धामा भारतसँग २–० ले हारेको नेपाली महिला टिम त्यसपछि मैदान ओर्लिएको छैन। एसियन कप छनोटको खेल नेपालमै हुनेवाला थियो। तर, कोरोना महामारीको कारण उज्वेकिस्तानको जेएआर रंगशालामा सारिएको खेलमा नेपालले फिलिपिन्सविरुद्ध सेप्टेम्बर १८ र हङकङविरुद्ध सेप्टेम्बर २१ मा प्रतिश्पर्धा गर्नेछ। आठ समूहका शीर्ष टिमसहित १२ देशले जनवरी–फेब्रुअरी २०२२ मा भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्