• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २३, २०८२ Tue, Dec 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

राष्ट्रिय फुटबल टिमकी कान्छी सदस्य प्रितीको सपना : १७ वर्षकै उमेरमा ‘डेब्यू’ 

64x64
दीप सुवेदी बिहीबार, भदौ १०, २०७८  १९:००
1140x725

काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्दै छ। दक्षिण एसियाबाहेक विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले यस पटक फिलिपिन्स र हङकङसँग प्रतिश्पर्धा गर्नेछ। 

बलिया प्रतिद्वन्द्वी भए पनि राम्रो नतिजाका लागि खेल्ने लक्ष्यका साथ टोलीले तयारी थालेको छ। राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले भने, ‘हामीले प्रारम्भिक छनोटको क्रममा फिटनेसमा ध्यान दिएका थियौं, हाम्रो लक्ष्य एसिया कपमा छनोट हुनु हो। हामीसँग युवा र अनुभवीको मिश्रित टिम छ।’

उनले प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला विक र निशा थोकर गरी सात खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन्। यिनै खेलाडीका कारण उनले टिमलाई ‘मिश्रित’ बताएका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तयारी गरिहेको टिमका २३ खेलाडीमध्ये धेरैको नजर प्रिती राईमा छ। १७ वर्ष लाग्दै गरेकी उनी सबैभन्दा कान्छी सदस्य हुन्। ‘अट्याकिङ मिडफिल्डर’ रहेकी उनी राष्ट्रिय टिमको जर्सीमा ‘डेब्यू’ गर्ने सम्भावना बलियो छ। 

तर, डेब्यूका लागि एसियन कप–२०२२ नै कुर्नुपर्ने छैन। त्यसअगाडि नै उनीसँग राष्ट्रिय जर्सीमा मैदान उत्रिने मौका हुने छ। एन्फाका अनुसार नेपालले भदौ २४ र २७ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ। 

मैदान उत्रिने मौका पाए आफ्नो खेललाई सुधार गर्ने लक्षमा रहेको उनले बताएकी छिन्। उनी भन्छिन्, ‘जब मौका पाउँछु आफ्नो उत्कृष्ट दिन्छु भन्नेछ, मलाई कुन रुपमा लिनु हुन्छ र कस्तो प्रदर्शन गर्छु त्यो पछि थाहा होला, तर जहाँसम्म लाग्छ राम्रो भइरहेको छ। मौका पाउछु होला।’

प्रितीसँग १५ वर्ष र १६ वर्ष मुनिको राष्ट्रिय टोलीको कप्तान भएको अनुभव पनि छ। त्यस्तै उपमेयर कपमा काठमाडौंको टोली र राष्ट्रिय लिगमा विभागीय टोली एपिएफबाट खेलेको अनुभव पनि उनीसँग छ। उनले एपीएफबाट पहिलो रोजाइमा खेल्दै राम्रो प्रदर्शन गरेकी थिइन्। एपीएफले महिला राष्ट्रिय लिगको उपाधि नै जितेको थियो।

तर, राष्ट्रिय टोलीका लागि भने उनी भने बारम्बार ‘अभागी’ ठहरिँदै आएकी छिन्। दुई वर्षअघि नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनलाई राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्ने मौका थियो। तर व्यवस्थापकको कमजोरीका कारण उनले मौका गुमाइन्। ‘व्यवस्थापकको कमजोरीका कारण राष्ट्रिय टोलीको हिस्सा बन्न थप दुई वर्ष कुर्नुपर्यो। तर, त्यसमा कुनै गुनासो छैन, मिहिनतको फल मिलेकै भएर पुन फर्किएको छु,’ उनले भनिन्। नेपाली टिमका व्यवस्थापकले अन्तिम समयमा उनको नाम दर्ता गर्न छुटाइदिएका थिए।

Ncell 2
Ncell 2

‘गोल मेसिन’ भनेर चिनिने फरवार्ड सावित्रा भण्डारी यसपटक राष्ट्रिय टिममा हुने छैनन्। राष्ट्रिय लिगमा लागेको चोटका कारण उनी सात वर्षयता पहिलोपल्ट राष्ट्रिय टिमबाट बाहिर छिन्। सागपछि कप्तान नीरु थापा र डिफेन्डर मनमाया लिम्बूले सन्यास लिइसकेका छन्। नेपाली सेनाकी डिफेन्डर कविता धिमाल मिसनमा खटिएकी छन्। 

त्यसैले यसपालि प्रितिजस्ता नयाँ खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर छ। तर, प्रितीको सोच फरक छ। सावित्री भण्डारीको ठाउँ लिनेभन्दा पनि आफूले आफ्नै ठाउँ बनाउन खेल्ने बताउँछिन्। ‘म आफूलाई जुनियरभन्दा पनि दिदीहरुको टिममेटका रुपमा स्थापित गर्न चाहन्छु। सावित्रा दिदी नेपालको नम्बर एक खेलाडी हुनुहुन्छ। उहाँ नहुँदा राष्ट्रिय टोलीमा उहाँको ठाउँ लिनेभन्दा पनि आफ्नै स्थान बनाउने सोचमा छु,’ उनले भनिन्। 

नेपाली फुटबलको भविष्यको पुस्ताका रुपमा हेरिएको प्रितिमाथि चुनौतीका साथै दबाब पनि छ। तर, उनी दबाद लिएर भन्दा पनि ‘इन्जोए’ गरेर खेल्ने बताउँछिन्। ‘क्लब र राष्ट्रिय टिमबाट खेल्नु पक्कै फरक कुरा हो। क्लबमा हुँदा ढुक्कले खेल्न पाइन्छ, तर राष्ट्रिय टिममा खेल्दा मानसिक दबाब हुन्छ। यसलाई दबाबको रुपमा भन्दा पनि सहज रुपमा लैजानु पर्छ,’ उनी भन्छिन्।

प्रशिक्षक फिलिप्स पनि टोलीमा पहिलोपटक स्थान बनाएका खेलाडीले विशेष उर्जा ल्याएको बताउँछन्। सात जना नयाँ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय नेपाली टिम मंगलबार नै घोषणा भइसकेको छ।

यसअघि १३औं सागमा स्वर्णको प्रतिस्पर्धामा भारतसँग २–० ले हारेको नेपाली महिला टिम त्यसपछि मैदान ओर्लिएको छैन। एसियन कप छनोटको खेल नेपालमै हुनेवाला थियो। तर, कोरोना महामारीको कारण उज्वेकिस्तानको जेएआर रंगशालामा सारिएको खेलमा नेपालले फिलिपिन्सविरुद्ध सेप्टेम्बर १८ र हङकङविरुद्ध सेप्टेम्बर २१ मा प्रतिश्पर्धा गर्नेछ। आठ समूहका शीर्ष टिमसहित १२ देशले जनवरी–फेब्रुअरी २०२२ मा भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
एन्फा गेटमा ए–डिभिजन लिगका क्लबहरूको शान्तिपूर्ण प्रदर्शन एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ। तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन्। बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा सोमबार, मंसिर २२, २०८२
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, मंसिर २२, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
माग पूरा नभए फागुनमा निर्वाचन हुनै दिन्न : प्रसाईं सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्