काठमाडौं–विमानस्थल गेटमा अवैध रुपमा विदेशी मुद्रा सटही गर्ने महिला पक्राउ परेकी छिन्। महानगरीय प्रहरी वृत्त गौशालाले मोरङ घर भएकी मैयाँ निरौलालाई पक्राउ गरेको हो।
उनको साथबाट मलेसियन रिंगेट तीन सय, कतारी रियाल १ सय ६३, यूएईको दिराम ६ स ९० तथा १० हजार भारतीय रुपैयाँ बरामद गरेको छ।
विदेश जाने र विदेशबाट फर्कनेहरुलाई लक्षित गरी उनले विमानस्थलको गेटमा विदेशी मुद्राको अवैध कारोबार गर्दै आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।