• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

टीकापुर घटनाका ६ वर्ष : अध्ययन प्रतिवेदन नै सार्वजनिक भएन, मागको झन् के कुरा !

64x64
नेपाल लाइभ सोमबार, भदौ ७, २०७८  १९:३८
1140x725

काठमाडौं– ठिक ६ वर्ष पहिले, आजकै दिन जतिखेर संविधानसभाबाट संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको थियो। २०७२ भदौ ७ गतेकै दिन थियो त्यो। कैलालीको टिकापुरमा डरलाग्दो रक्तपातपूर्ण घटना भयो। थरुहट प्रदेशको माग गर्दै आन्दोलन गरिरहेको समूहले सुरक्षाकर्मीसँग भएको झडपपछि नेपाल प्रहरीका एसएसपीसहित आठजना सुरक्षाकर्मी र एक नाबालकको हत्या गरेको थियो। आन्दोलनकारीका नाममा भएको यो घटना माओवादीको हिंसात्मक विद्रोहकाललाई समेत बिर्साउने खालको थियो। तर, यो घटनापछि टिकापुरमा जे भयो, त्यसको लेखाजोखा झन् दर्दनाक छ।

यो घटनापछि टिकापुर र आसपासमा बसोबास गर्ने थारु समुदाय नै निशाना बन्यो। प्रशासनले व्यापक धरपकड र दमन सुरु गर्यो। यो तथ्य विभिन्न अध्ययनहरुले नै उजागर गरेका छन्। टीकापुर हत्याकाण्ड र त्यसपछि निम्तिएका सबै घटनाक्रमको छानविन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक छानबिन आयोग गठन गर्‍यो।

त्यो आयोगले लामो अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, उक्त प्रतिवेदन हालसम्म पनि सार्वजनिक भएको छैन। घटनामा संलग्न भनिएका (तत्कालीन राष्ट्रिय जनता पार्टी, राजपाका तर्फबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित) रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला र उच्च अदालतको फैसलाले उनीहरु थुनामा छन्। चौधरीले जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन्। 

उच्च अदालतद्वारा चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय 
टीकापुर घटनामा संलग्न भएका भनिएका चौधरीसहित ८ जनालाई २०७७ पुस ३ गते उच्च अदालत दीपायलले जन्मकैदको फैसला सुनायो। न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले जिल्ला अदालत कैलालीको केही फैसला सदर गर्‍यो भने केहीलाई उल्ट्याउँदै दोषी ठहर गर्‍यो।  

टीकापुर घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गर्‍यो भने चार जनाको सजाय घटाएको थियो। यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदको सजाय हुनेमा लक्ष्मण थारु, रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन्। सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दीपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्ने फैसला सुनाएको थियो। 

त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय तोकिएको छ। कैलाली जिल्ला अदालतले उनीहरूलाई ३ वर्ष जेल सजाय तोकेको थियो। उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा दिएका थिए। घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको थियो।

चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको छ। विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको थियो। रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका थिए। उनीहरूलाई कैलाली जिल्ला अदालतले समेत सफाइ दिएको थियो। उच्चले करण चौधरीको हकमा भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको थियो। 

मुद्दा फिर्ता लिन मिल्दैन 
अघिल्लो सरकारले जनता समाजवादी पार्टीको दुई खेमामध्ये एक, महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याउँदा चौधरीको हकमा पनि सहमति गरेको थियो। चौधरीसहितको मुद्दा फिर्ताका लागि कानुनी पहल गर्ने भनिएको थियो। तर, तत्कालीन महान्यायाधिवक्ता कार्यालयले चौधरीसहितको मुद्दा फिर्ता लिन नमिल्ने सूचीको भएकाले नमिल्ने भनी फर्काइदिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता समिति संयोजक तोकेका त्यसबेलाका गृहमन्त्री रामबहादुर थापाले थारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिसँग ६ बुँदे सहमति गरेका थिए

Ncell 2
Ncell 2
nimb
nimb

सहमतिमा थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएका ‘दुःखद् घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने’ भनिएको  थियो। 

एकमात्र विकल्प सर्वोच्चबाट सफाइ पाउनुपर्ने 
चौधरीले सर्वोच्च अदालतबाट सफाइ भने पाउन सक्छन्। सर्वोच्चले तल्लो अदालतको फैसला वा प्रक्रियामा त्रुटि देखाएर त्यस्तो निर्णय गर्नसक्छ। उनले उन्मुक्ति पाउने एक मात्र उपाय भनेको सर्वोच्चको फैसला पर्खने हो। सर्वोच्च अदालतमा मुद्दा पुगेकाले अन्तिम सुनुवाइ भइ सफाइ पाएमा वा हालसम्म जेल बसेको सजाय मात्र ठहर भएमा उनी रिहा हुने छन्। 

यो प्रक्रिया पूरा हुन भने केही वर्ष नै लाग्न सक्छ। उनको पुनरावेदनमा सर्वोच्चले सुरुमा झगडिया झिकाउने आदेश गर्नेछ। यो आदेशसँगै सर्वोच्चमा मुद्दाको प्रक्रिया सुरु हुनेछ। अनि सरकारी वकिलले पुनरावेदन गरेमा झन् ढिलो हुनेछ। उच्च अदालतबाट केही अभियुक्तहरूले सफाइ पाएकाले सरकारी पक्षले पुनरावेदन गर्ने तयारी गरिरहेको छ। दुवै मुद्दालाई सँगै राखेर फैसला सुनाउनुपर्ने भएकाले यो प्रक्रिया झन् ढिलो हुनेछ। 

तीन वर्षदेखि संसद्को रुलिङ पालना भएन 
तत्कालीन राष्ट्रिय जनता पार्टी (जो पछि जनता समाजवादी पार्टी बन्यो)ले प्रतिनिधि सभाको बैठकमा पटक-पटक टीकापुर घटनाका विषयमा गठन भएको उच्चस्तरीय न्यायिक आयोग (लाल आयोग)को प्रतिवेदन सार्वजनिक गर्न नत्र सदनको कारबाही चल्न नदिने अडान राख्यो। उक्त मागपछि २०७५ फागुन २६ गते सभामुख कृष्णबहादुर महराले कैलालीको टीकापुर घटनाका सम्बन्धमा छानबिन गर्न गठन भएको ‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक गर्न  ‘रुलिङ’ गरेका थिए।

सभामुख महराले गृहमन्त्री र प्रधानमन्त्रीको नाममा यस्तो रुलिङ गरेका थिए। तर, उक्त रुलिङ २०७८ भदौ ७ गतेसम्म कार्यान्वयन हुन सकेको  छैन। हरेक पटक जसपाले संसदमा र सरकारसँग हुने वार्तामा यो कुरा उठाउने गरेको छ। अहिले जसपाले सर्मथन गरेको गठबन्धन छ। आफैले समर्थन गरेको सरकार रहेको समयमा उनीहरूका लागि पनि यो सार्वजनिक गर्नु परीक्षा हुने तत्कालीन लाल आयोगका अध्यक्ष गिरिशचन्द्र लालले बताए।

‘सत्ता बाहिर हुँदा सँधै माग उठाएका उनीहरू नै अहिले सत्तामा पुगेका छन्’, उनले भने, ‘अब सार्वजनिक गर्ने जिम्मेवारीमा पुगेकाले पक्कै सार्वजनिक गर्नुहोला।’ 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित
सम्बन्धित सामग्री
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्