• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

‘प्रोस्टेट ग्रन्थि’ बढेर हुने समस्या र उपचार

डा प्रेमराज सिग्देल शनिबार, साउन २३, २०७८  २२:२३
1140x725

पिसाब थैलीमा जम्मा भएको पिसाब पिसाबनली हुँदै बाहिर आउछ। पिसाब थैलीको मुखमा पिसबनलीको वरिपरी प्रोस्टेट ग्रन्थी बसेको हुन्छ। सामान्य मानिसमा प्रोस्टेट ओखर जत्रो हुन्छ जुन लगभग १५-२० ग्रामको हुन्छ। मानिस वृद्ध हुँदै जाँदा प्रोस्टेट ग्रन्थी पनि बढ्दै जान्छ। प्रोस्टेट ग्रन्थी बढेर हुने समस्यालाई मेडिकल भाषामा Benign Enlargement of prostate (BPH) भनिन्छ। प्रोस्टेट ग्रन्थी बढ्दै जाँदा मूत्र नलीको बीचको भागलाई यसले साँगुरो पार्दै लग्छ जसले गर्दा पिसाबको धारा सानो हुने, पिसाबको संक्रमण हुने तथा पिसाब रोकिने समस्या हुन सक्छ। यो समस्या प्राय ५० वर्षको उमेरपछि देखिन्छ।

किन बढ्छ प्रोस्टेट? 
उमेर बढ्दै जाँदा प्रोस्टेट पनि सबै पुरुषमा बढ्दै जान्छ। विभिन्न हर्मोनहरुको कारणले प्रोस्टेट बढ्ने गर्दछ। कुनै पुरुषमा भने प्रोस्टेट बढेर पनि केही समस्या दिँदैन। धेरै यौन सम्पर्क गर्नाले अथवा पुरुष बन्ध्याकरण गर्नाले प्रोस्टेट ग्रन्थी बढ्छ भन्ने जनमानसिकता छ, जुन गलत हो।

लक्षणहरु के हुन्? 
-    छिटो छिटो पिसाब लाग्नु 
-    पिसाब फेर्न राति धेरै पटक उठ्न पर्नु 
-    पिसाबको धारा सानो हुनु 
-    पिसाब लागेपछि फेर्न गइ हाल्नु पर्ने हुनु 
-    पिसाबको धारा मसिनो हुनु, पिसान काटिएर जानु
-    पिसाब फेर्न सुरु गर्न समय लग्नु 
-    पिसाब चुइने, पिसाब थोपा थोपा जाने हुने 
-    कुनै कुनै बिरामीमा पिसाब थैली भरिए पनि पिसाब गर्न नसकेर पिसाब नालीमा पाइप (catheter) राखेर पिसाब निकाल्नुपर्ने हुन सक्छ। कहिलेकाँही पाइप राख्न नसकेर नाइटो मुनि छेडेर पिसाब थैलीमा पाइप लगाउन पर्ने पनि हुन सक्छ।
-    लामो समयसम्म पिसाबको समस्या रहेमा यसले मिर्गौलालाई फुलाउने र मिर्गौलाको कार्यक्षमतामा नराम्रो प्रभाव पार्न सक्छ ।

यी लक्षणहरु पिसाब थैली वा प्रोस्टेटको क्यान्सर अथवा पिसाब थैलीको पत्थरीले गर्दा पनि हुन सक्छ।

प्रोस्टेट बढेको कसरी पत्ता लगाउने?
    प्रोस्टेट बढेको छ कि छैन भनेर चिकित्सकले लक्षणको आधार तथा जाँचबाट भन्न सक्छन। मलद्वारमा औँला राखेर गरिने जाँच (DigitalRectalExamination) बाट प्रोस्टेटलाई छामेर प्रोस्टेट बढेको वा प्रोस्टेटको क्यान्सरको बारेमा अनुमान गर्न सकिन्छ।
    पिसाबको जाचबाट पिसाबको संक्रमण पत्ता लगाउन सकिन्छ। 
    भिडियो एक्स-रे गरेर पिसाब थैली र प्रोस्टेटको आवस्था पत्ता लगाउन सकिन्छ। 
    प्रोस्टेटको क्यान्सरको शंका लागेमा चिकित्सक ले prostate specific antigen (PSA) को जाँच गर्न सक्दछन्। PSA रगतमा धेरै देखिएमा तथा क्यान्सरको शंका भएमा थप अरु जाँचहरु पनि गर्नु पर्ने हुन सक्छ।
    रगत जाँच गर्दा serum creatinine बढेको हुन सक्छ जसले मिर्गौलले कम काम गरेको देखाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

घरमै बसेर गरिने उपचार 
प्रोस्टेट बढेर हुने समस्याहरु कम गर्न सुरुको आवस्थामा घरमै बसेर पनि लक्षणहरु कम गर्ने बिधि गर्न सकिन्छ जस्तै: 
-    सुत्ने बेला अथवा बाहिर कतै जाने बेलामा धेरै पानी नपिउने 
-    चिया, कफी वा मदिरा कम खाने/नखाने 
-    दुई पटक पिसाब फेर्ने – एक पटक पिसाब फेरेको केही समयमै फेरि पनि पिसाब फेर्ने। यसो गर्नले पिसाब थैलीमा पिसाब जम्मा भएर बस्न पाउँदैन जसले गर्दा पिसाबको संक्रमण हुन कम हुन्छ। 
कहिलेकाँही यसको लक्षणहरु आफैँ कम भएर पनि जान सक्छन्। लक्षणले धेरै अप्ठेरो भएमा मात्र उपचार गरे हुन्छ।

औषधिबाट गरिने उपचार 
माथिका बिधिले पनि समस्यामा सुधार नआएमा चिकित्सकको परामर्श लिनु पर्दछ। औषधि सेवनले ग्रन्थिलाई बढ्न नदिने र बढेकोलाई बिस्तारै भए पनि खुम्च्याएर सानो बनाउने गर्दछ। बिरामीलाई पिसाब सम्बन्धि समस्या धेरै भएमा औषधि चलाउने गरिन्छ। यसको उपचारको लागि Tamsulosin, alfuzosin, finasteride जस्ता औषधिहरु उपलब्ध छन्। यी औषधिहरु जीवनभरको लागि खानु पर्ने पनि हुन सक्छ। Tamsulosin, alfuzosin जस्ता औषधिले रिंगटा लाग्ने तथा प्रेसर घटाउने हुँदा राति सुत्ने बेलामा मात्रा खानु पर्छ। Finasteride औषधिले यौनइच्छा तथा शक्ति कम हुने समस्या हुन सक्छ। लक्षण धेरै छ अथवा प्रोस्टेट ग्रन्थी धेरै ठुलो छ भने दुई वा दुईभन्दा धेरै औषधि एकै पटक खानु पर्ने पनि हुन सक्छ।

शल्यक्रिया- 
औषधिले लक्षणहरु कम नभएमा अथवा औषधिको नकारात्मक असर भएमा प्रोस्टेटको शल्यक्रिया गर्नु पर्छ। पिसाब नली हुँदै प्रोस्टेट खुर्किने बिधि Trans urethral Resection of prostate (TURP) शल्यक्रिया बिधिबाट प्रोस्टेटको शल्यक्रिया गर्न सकिन्छ। यो शल्यक्रिया गर्दा छालामा चिरा लगाउनु पर्दैन। शल्यक्रियापछि यौनइच्छा र शक्तिमा फरक नपरे पनि वीर्य स्खलन भने हुँदैन।

Xtrem
Xtrem

-(यूरोलोजिस्ट डा सिग्देल भरतपुर अस्पतालमा कार्यरत छन्।)

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  २२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्