• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
‘प्रोस्टेट ग्रन्थि’ बढेर हुने समस्या र उपचार
डा प्रेमराज सिग्देल शनिबार, साउन २३, २०७८  २२:२३
1140x725

पिसाब थैलीमा जम्मा भएको पिसाब पिसाबनली हुँदै बाहिर आउछ। पिसाब थैलीको मुखमा पिसबनलीको वरिपरी प्रोस्टेट ग्रन्थी बसेको हुन्छ। सामान्य मानिसमा प्रोस्टेट ओखर जत्रो हुन्छ जुन लगभग १५-२० ग्रामको हुन्छ। मानिस वृद्ध हुँदै जाँदा प्रोस्टेट ग्रन्थी पनि बढ्दै जान्छ। प्रोस्टेट ग्रन्थी बढेर हुने समस्यालाई मेडिकल भाषामा Benign Enlargement of prostate (BPH) भनिन्छ। प्रोस्टेट ग्रन्थी बढ्दै जाँदा मूत्र नलीको बीचको भागलाई यसले साँगुरो पार्दै लग्छ जसले गर्दा पिसाबको धारा सानो हुने, पिसाबको संक्रमण हुने तथा पिसाब रोकिने समस्या हुन सक्छ। यो समस्या प्राय ५० वर्षको उमेरपछि देखिन्छ।

किन बढ्छ प्रोस्टेट? 
उमेर बढ्दै जाँदा प्रोस्टेट पनि सबै पुरुषमा बढ्दै जान्छ। विभिन्न हर्मोनहरुको कारणले प्रोस्टेट बढ्ने गर्दछ। कुनै पुरुषमा भने प्रोस्टेट बढेर पनि केही समस्या दिँदैन। धेरै यौन सम्पर्क गर्नाले अथवा पुरुष बन्ध्याकरण गर्नाले प्रोस्टेट ग्रन्थी बढ्छ भन्ने जनमानसिकता छ, जुन गलत हो।

लक्षणहरु के हुन्? 
-    छिटो छिटो पिसाब लाग्नु 
-    पिसाब फेर्न राति धेरै पटक उठ्न पर्नु 
-    पिसाबको धारा सानो हुनु 
-    पिसाब लागेपछि फेर्न गइ हाल्नु पर्ने हुनु 
-    पिसाबको धारा मसिनो हुनु, पिसान काटिएर जानु
-    पिसाब फेर्न सुरु गर्न समय लग्नु 
-    पिसाब चुइने, पिसाब थोपा थोपा जाने हुने 
-    कुनै कुनै बिरामीमा पिसाब थैली भरिए पनि पिसाब गर्न नसकेर पिसाब नालीमा पाइप (catheter) राखेर पिसाब निकाल्नुपर्ने हुन सक्छ। कहिलेकाँही पाइप राख्न नसकेर नाइटो मुनि छेडेर पिसाब थैलीमा पाइप लगाउन पर्ने पनि हुन सक्छ।
-    लामो समयसम्म पिसाबको समस्या रहेमा यसले मिर्गौलालाई फुलाउने र मिर्गौलाको कार्यक्षमतामा नराम्रो प्रभाव पार्न सक्छ ।

यी लक्षणहरु पिसाब थैली वा प्रोस्टेटको क्यान्सर अथवा पिसाब थैलीको पत्थरीले गर्दा पनि हुन सक्छ।

प्रोस्टेट बढेको कसरी पत्ता लगाउने?
    प्रोस्टेट बढेको छ कि छैन भनेर चिकित्सकले लक्षणको आधार तथा जाँचबाट भन्न सक्छन। मलद्वारमा औँला राखेर गरिने जाँच (DigitalRectalExamination) बाट प्रोस्टेटलाई छामेर प्रोस्टेट बढेको वा प्रोस्टेटको क्यान्सरको बारेमा अनुमान गर्न सकिन्छ।
    पिसाबको जाचबाट पिसाबको संक्रमण पत्ता लगाउन सकिन्छ। 
    भिडियो एक्स-रे गरेर पिसाब थैली र प्रोस्टेटको आवस्था पत्ता लगाउन सकिन्छ। 
    प्रोस्टेटको क्यान्सरको शंका लागेमा चिकित्सक ले prostate specific antigen (PSA) को जाँच गर्न सक्दछन्। PSA रगतमा धेरै देखिएमा तथा क्यान्सरको शंका भएमा थप अरु जाँचहरु पनि गर्नु पर्ने हुन सक्छ।
    रगत जाँच गर्दा serum creatinine बढेको हुन सक्छ जसले मिर्गौलले कम काम गरेको देखाउँछ।

घरमै बसेर गरिने उपचार 
प्रोस्टेट बढेर हुने समस्याहरु कम गर्न सुरुको आवस्थामा घरमै बसेर पनि लक्षणहरु कम गर्ने बिधि गर्न सकिन्छ जस्तै: 
-    सुत्ने बेला अथवा बाहिर कतै जाने बेलामा धेरै पानी नपिउने 
-    चिया, कफी वा मदिरा कम खाने/नखाने 
-    दुई पटक पिसाब फेर्ने – एक पटक पिसाब फेरेको केही समयमै फेरि पनि पिसाब फेर्ने। यसो गर्नले पिसाब थैलीमा पिसाब जम्मा भएर बस्न पाउँदैन जसले गर्दा पिसाबको संक्रमण हुन कम हुन्छ। 
कहिलेकाँही यसको लक्षणहरु आफैँ कम भएर पनि जान सक्छन्। लक्षणले धेरै अप्ठेरो भएमा मात्र उपचार गरे हुन्छ।

औषधिबाट गरिने उपचार 
माथिका बिधिले पनि समस्यामा सुधार नआएमा चिकित्सकको परामर्श लिनु पर्दछ। औषधि सेवनले ग्रन्थिलाई बढ्न नदिने र बढेकोलाई बिस्तारै भए पनि खुम्च्याएर सानो बनाउने गर्दछ। बिरामीलाई पिसाब सम्बन्धि समस्या धेरै भएमा औषधि चलाउने गरिन्छ। यसको उपचारको लागि Tamsulosin, alfuzosin, finasteride जस्ता औषधिहरु उपलब्ध छन्। यी औषधिहरु जीवनभरको लागि खानु पर्ने पनि हुन सक्छ। Tamsulosin, alfuzosin जस्ता औषधिले रिंगटा लाग्ने तथा प्रेसर घटाउने हुँदा राति सुत्ने बेलामा मात्रा खानु पर्छ। Finasteride औषधिले यौनइच्छा तथा शक्ति कम हुने समस्या हुन सक्छ। लक्षण धेरै छ अथवा प्रोस्टेट ग्रन्थी धेरै ठुलो छ भने दुई वा दुईभन्दा धेरै औषधि एकै पटक खानु पर्ने पनि हुन सक्छ।

शल्यक्रिया- 
औषधिले लक्षणहरु कम नभएमा अथवा औषधिको नकारात्मक असर भएमा प्रोस्टेटको शल्यक्रिया गर्नु पर्छ। पिसाब नली हुँदै प्रोस्टेट खुर्किने बिधि Trans urethral Resection of prostate (TURP) शल्यक्रिया बिधिबाट प्रोस्टेटको शल्यक्रिया गर्न सकिन्छ। यो शल्यक्रिया गर्दा छालामा चिरा लगाउनु पर्दैन। शल्यक्रियापछि यौनइच्छा र शक्तिमा फरक नपरे पनि वीर्य स्खलन भने हुँदैन।

-(यूरोलोजिस्ट डा सिग्देल भरतपुर अस्पतालमा कार्यरत छन्।)

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  २२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
राष्ट्रिय सभा (लाइभ)
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
खुकुरी प्रहार गरी श्रीमतीको हत्या बुधबार, असार १८, २०८२
संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन बुधबार, असार १८, २०८२
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
एसीसी यू-१६ इस्ट जोन- नेपालको अर्को सहज जित, भुटानलाई २९८ रनले हरायो मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्