• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचन आयोगमा असफल भएपछि सर्वोच्च, अदालतबाट माओवादीमै फर्काउन सम्भव छ? 

64x64
नेपाल लाइभ बुधबार, साउन १३, २०७८  १९:०१
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधि सभा निर्वाचन लडेर विजयी भएका चार नेताहरू आफूहरुलाई गरेको कारबाहीलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका छन्।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी बुधबार सर्वाेच्च पुगेका हुन्। 

तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी गराउने भएपछि उनीहरु माओवादी छोडेर एमालेतिर लागेका थिए। तर, उनीहरुले बुधबार सर्वोच्च आफूहरु माओवादी नै रहेको र सांसद पद खारेज गरेको भनेर माओवादी केन्द्रले गरेको निर्णय र संसद् सचिवालयले गरेको सदर खारेज गर्न माग गर्दै रिट दर्ता गरेका हुन्।

उनीहरुले आफूहरुको सांसद पद यथावत राख्न माग गरेका छन्। सो रिटको पहिलो पेशी बिहीबार राखिने भएको छ।  यसअघि उनीहरु निर्वाचन आयोगमा पुगेका थिए। माओवादी केन्द्र अवैधानिक रहेको दाबी गरेका उनीहरुले सर्वोच्चमा भने माओवादी केन्द्रमै फर्काउन माग गरेका छन्। 

के छ निवेदनमा माग?
उनीहरुको निवेदनमा केपी शर्मा ओली अध्यक्ष भएको एमालेमा हालसम्म पार्टी प्रवेश नगरेको दाबी गरिएको  छ। उनीहरुले  एमालेको पार्टी सदस्यता समेत नलिएको अवस्थामा उक्त पार्टीमा गएको भनी कारबाही गर्नु गैरसंवैधानिक हुने जिकिर गरेका छन्। माओवादी (एकता केन्द्र)को केन्द्रीय सदस्य समेत रहेका आफूहरुलाई कारबाही गर्न कुनै स्पष्टीकरण समेत नसोधेको जिकिर गरिएको छ।

सफाइको मौका समेत नदिई र आँखा छलेर स्पष्टीकरणको पत्र नदिई कारबाही गरेको जिकिर रिटमा गरिएको छ। उनीहरुले माओवादी केन्द्रको वैधानिकतामाथि पनि सर्वोच्चमा प्रश्न उठाएका छन्। रिटको खण्ड २ मा यो पार्टी अवैधानिक भएको जिकिर गरिएको छ।

यो पनि पढ्नुहोस्

सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगे चार पूर्वमाओवादी नेताबुधबार, साउन १३, २०७८

पार्टी महाधिवेशन २०६९ सालमा हेटौँडामा भएको र सो मितिले पाँच वर्षमा हुनुपर्नेमा नियमित महाधिवेशन नभएको रिटमा जिकिर गरिएको छ।  प्रत्येक पाँच पाँच वर्षमा महाधिवेशन हुनुपर्नेमा ९ वर्षसम्म माओवादी केन्द्रको महाधिवेशन नभएको जिकिर रिटमा गरिएको छ।

उनीहरुले निर्वाचनमा वाम गठवन्धनबाट निर्वाचन लडेकाले एमाले र माओवादी दुवैको मतका आधारमा विजयी हुँदै नेपाल कम्युनिष्ट पार्टी भएको जिकिर गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

के छ कानुनी व्यवस्था?
सांसदबाट कारबाहीको कानुनी व्यवस्था हेर्दा ह्वीप उल्लंघन गरेमा वा अर्को दल बनाएर, परित्याग गरेमा पनि कारबाही हुने सक्ने देखिन्छ। राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ ले अर्को दलमा गएको वा दल त्याग गरेको व्यक्तिमाथि कारबाही हुने र सांसद पद गुम्ने परिकल्पना गरिएको छ।

दल सम्बन्धी ऐनको दफा ३२ मा दल त्याग गरेको मानिने तीनवटा उपदफा उल्लेख छ। सम्बन्धित दलको सदस्यबाट लिखित रुपमा राजीनामा दिएमा,  अर्को दलको सदस्यता लिएमा, आफैंले वा निज समेत संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने उल्लेख छ।  

त्यस्तै, अर्को  उपदफामा दफा २८ को उपदफा (३) बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई यस दफाको अधीनमा रही सम्बन्धित दलबाट निष्कासन गर्न सक्नेछ र त्यसरी कुनै सदस्य निष्कासन भएमा त्यस्तो सदस्य सम्बन्धित दलबाट समेत निष्कासन भएको मानिने उल्लेख छ।  

दलबाटै निस्कासन भएपछि उसको पद स्वत: गुम्ने छ। माओवादी केन्द्रबाट एमालेतिर गएर मन्त्री भएका उनीहरुसहित रामबहादुर थापा 'बादल' पनि कारबाहीमा परेका थिए। थापाले पनि राष्ट्रिय सभाको सांसद पद गुमाउँदै पुन: निर्वाचन लडेर पनि पराजय भोगे। उनले माओवादी केन्द्रकै कारबाहीका कारण गृहमन्त्री समेत गुमाए।

धारा ७६ को उपधारा २ अनुसारको सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न असफल भएपछि स्वत: पदमुक्त भएका थिए। त्यसलगत्तै उनले संविधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बनाएका थिए। प्रतिनिधि सभामा कायम रहेका दलको बढी सांसद भएको दलको संसदीय दलको नेताले सरकार बनाउन पाउने अवसरको रुपमा ओली पुन: प्रधानमन्त्री भएका थिए।

उक्त मन्त्रिपरिषदमा पनि माओवादीबाट आएका व्यक्तिलाई समेटिएको थियो। तर, सर्वोच्च अदालतले सांसद नभएको व्यक्तिलाई दुईपटक मन्त्री बनाउने परिकल्पना संविधानले नगरेको भन्दै बदर गरिदिएपछि उनीहरु पदमुक्त भएका थिए। पदमुक्त भएपछि उनीहरु माओवादी केन्द्र नै अवैधानिक भएकाले कारबाही गर्न नसक्ने भन्दै माओवादी केन्द्र खारेजको माग राखेन निर्वाचन आयोग पुगेका थिए। तर, निर्वाचन आयोगले उनीहरुको निवेदन नै खारेज हुने निर्णय सुनायो। निर्वाचन आयोगपछि उनीहरु बुधबार सर्वोच्च अदालत पुगेका हुन्।

सर्वोच्चले पुनरवलोकन गर्दै अन्तरिम जारी गर्ला त ?
यो विवाद यसअघि निर्वाचन आयोगबाट समेत टुङ्गिएको छ। फागुन २३ गते सर्वोच्चले नेकपा नाम ऋषि कट्टेलको हुने फैसला गरेपछि एमाले र माओवादी केन्द्र ब्युँतिएकाले उक्त अवधिपछिको व्याख्या हुनुपर्ने देखिन्छ। उनीहरुमाथि कारबाही हुँदा लामो समयसम्म मौन बसेको तर, अहिले कुनै पक्षको पनि नभएपछि विवादका लागि मात्र सर्वोच्च आएको देखिन्छ।

सांसदबाट कारबाही हुने बित्तिकै अन्याय परेमा अदालत आउनुपर्नेमा उनीहरुले त्यसलाई स्वीकार गरि बसेका थिए। उनीहरुले केही समय मन्त्री समेत खाएका थिए। सार्वजनिक रुपमा उनीहरुले आफूहरु एमालेतिरै रहने स्वीकार समेत गरिसकेका छन्।

यो पनि पढ्नुहोस्

टोपबहादुर रायमाझीको जिकिर– एमाले प्रवेश गरेको छैन, म माओवादीमै छुबुधबार, साउन १३, २०७८

तत्कालीन प्रधानमन्त्री ओलीले एमालेमा रहेको सार्वजनिक अभिव्यक्ति समेत दिएकाले उनीहरुको हकमा पहिलो सुनुवाइमै सर्वोच्चले अन्तरिम दिने पर्याप्त आधार देखिँदैन। तर, सुनुवाइका क्रममा उनीहरुले कारबाही गैरकानुनी भएको कुरा पुष्टि गर्न सकेमा भने पुनर्बहालीको आदेश हुने नै छ।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा भएको कारबाहीमा पुनर्बहाली भएको र आफूहरु पनि हुनुपर्ने दाबी उनीहरुले लिएका छन्। सर्वोच्चले यसको सुनुवाइ पेसी बिहीबारलाई तोकेको छ।

बिहीबार एकल इजलासले सुनुवाइ गर्दै लिखित जवाफ मगाएर दुवै पक्षलाई छलफलमा भने बोलाउन सक्ने देखिन्छ। उनीहरु दुई/दुई पटक भएको प्रतिनिधि सभा विघटनको पक्षमा लागेकाले अब संसद् पुन:स्थापना भएपछि सर्वोच्च पुगेर सांसदमा पुनर्बहाली हुन खोजेका कारण पनि सर्वोच्चले पहिलो सुनुवाइमै अन्तरिम जारी गर्ला भन्ने देखिँदैन।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति?
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू
सम्बन्धित सामग्री
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उक्त भ्रमण व्यक्तिगत प्रकृतिको भएको उल्लेख गरे। उनका अनुसार सभापत... सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्। सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो । सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्