काठमाडौं– बैदेशिक रोजगारीका लागि जापान पठाई दिन्छु भनी ४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने गोरखा भिमसेन गाउँपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ बर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको छ।
ढकालले गोरखा पालुङटार नगरपालिका–२ घर भएका कृष्ण प्रसाद पोखरेललाई जापानमा आकर्षक तलव सुविधा भएको कम्पनीमा काम लगाउने भनी विश्वास दिलाएका थिए। तर जापान पठाउन नसकेपछि सिटिजन बैंक इन्टरनेशनल लिमिटेड सामाखुसी शाखाबाट रकम भुक्तानी लिनु भनी खातामा रकम नभएको ४ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए। चेक बाउन्स भएको थियो।
पीडितको उजुरी अनुसार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ढकाललाई आइतबार टेकुबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।