काठमाडौं– कैलालीको धनगढीमा गोली हानी रकम लुट्ने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
गत जेठ १३ मा सिद्धार्थ बैंकबाट रकम लिकाली साइकलमा जाँदै गरेका आइएमईका कर्मचारी निर्मल कार्कीलाई मोटरसाइकलमा आएका दुई जनाले गोली हानी ९ लाख ५० हजार रुपैयाँ लुटेर भागेका थिए।
प्रहरीले गोली हानी रकम लुट्ने धनगढी उपमहानगरपालिका १३ का रामप्रवेश राना र कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ पिपरिया घर भएका कालु राना (कल्लु) लाई पक्राउ गरेको हो। दुवैलाई सोमबार बिहान १ बजे काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा कालु राना जबर्जस्ती करणी मुद्दामा ६ वर्ष जेल सजाय काटेर गत माघमा छुटेको खुल्न आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।