• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सरकारले ३ बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जान्छौं– हेमन्तप्रकाश ओली

64x64
नेपाल लाइभ शुक्रबार, साउन १, २०७८  २२:४७
1140x725

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले 'ध्वसांत्मक गतिविधि' गरेको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेलगतै चैत ९ गते नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ९ जना नेता-कार्यकर्ता काभ्रेबाट पक्राउ परे। ओली जेलमै रहेको अवस्थामा सरकार र विप्लव नेतृत्वको नेकपाबीच गत फागुन २१ गते ३ बुँदे सहमति भयो। सरकारसँगको सहमतिपछि विप्लव नेतृत्वको नेकपा 'ध्वंसांत्मक गतिविधि' त्यागेर शान्तिपूर्ण राजनीतिमा सक्रिय भइसकेको छ। तर, आफूहरुसँग भएको सहमतिअनुसार नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको विषय भने कार्यान्वयन नभएको नेताहरुको भनाइ छ। 

सरकारसँग ३ बुँदे सहमति भएपछि पनि लामो समय जेलमै बसेका र सर्वोच्च अदालतको आदेशानुसार शुक्रबार मात्रै नख्खु कारागारबाट रिहा भएका सचिवालय सदस्य ओलीले आफूहरुसँग भएका सहमति कार्यान्वयनमा राज्यपक्षबाट 'बेइमानी' भएको बताएका छन्। नख्खु कारागारमा थुनामै रहेका बेला हृदयघात भएपछि केही दिन अस्पतालसमेत बसेका नेता ओलीले शुक्रबार नेपाल लाइभसँग संक्षिप्त कुराकानी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सहमति कार्यान्वयन नगरेको भएपनि उक्त सहमति कार्यान्वयनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारसँग पनि छलफल अगाडि बढाइने बताए। सरकारसँगको ३ बुँदे सहमति कार्यान्वयनको अवस्था, पार्टीले अवलम्बन गर्ने नीति र कार्यक्रमका विषयमा नेता ओलीसँग नेपाल लाइभले गरेको संक्षिप्त कुराकानी: 

झण्डै २ वर्षपछि जेलबाट छुट्नुभयो, जेलबाट छुट्दाको अनुभव कस्तो छ, सुखद् दु:खद्?
जेलबाट छुट्दा खुसी हुने कुरा भयो। यसरी लामो समय जेलबाट छुट्दा आनन्द भएको छ। अर्कोतिर हेर्दा साथीहरु छुट्नुभएको छैन। जेलमै बन्दी जीवन विताइरहनु भएको छ। त्यो चिन्ताको विषय भएको छ। 

अब पछिल्लो राजनीतिक परिस्थितिमा जोडिन पाइने भयो। पार्टीको नीति र कार्यक्रमलाई बुझेर अगाडि बढ्ने कुरा हुन्छ।

सरकारसँग ३ बुँदे सहमति भएको ५ महिना भयो। सहमतिअनुसार नेता कार्यकर्ताको रिहाइ र मुद्धा फिर्ता नभएको तपाईंहरुकै गुनासो छ। त्यस विषयमा तपाईंहरु कसरी अगाडि बढ्नु हुन्छ?
जसरी केपी ओलीले सबैलाई राखेर संसारसमक्ष सहमति गरे। त्यो पनि राष्ट्रिय सभा गृहमा सबैले देख्नेगरी सहमति भयो। त्यसमा हामीले सहमति इमान्दारितापूर्वक पालना गर्‍यौं। उहाँहरुले सहमति पालनामा बेइमानी गर्नुभयो। अहिले पनि राज्यको तर्फबाट मुद्धा खारेज गर्ने र साथीहरुलाई छोड्ने काम भएको छैन। धेरै साथीहरु जेलमै हुनुहुन्छ। त्यसको अर्थ राज्य सहमति पालना गर्न गम्भीरतापूर्वक लागेको छैन। अदालतका जसरी आफ्ना नियम कानुन हुन्छन्, त्यसरी मानेको जस्तो देखिन्छ। कताकता विरोधाभाष जस्तो देखिन्छ। राज्यसत्ताका अंगहरुका बीचमा समन्वय भइराखेको छैन भन्ने देखिन्छ। यसको अर्थ राज्यका अंगहरु कता–कता कुन विचारबाट चलिरहेका छन् भन्ने विरोधाभाष देखिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले देउवाजीको नयाँ सरकार बनेको छ। देउवा सरकारसँग छलफल अघि बढाउने काम गर्ने छौं। सरकारसँग गरिएको सहमति कार्यान्वयनमा ढिला गरियो भने सडक आन्दोलनमा जान्छौं।

तपाईंको पार्टीले केपी ओली नेतृत्वको एमालेसँग कार्यगत एकता गर्ने विषय पनि चर्चामा आएको थियो। ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ५ दलिय मोर्चामा सामेल भएका कम्युनिस्टसँग मोर्चाबन्दी गर्ने कुरा आईराखेका छन्। खासमा तपाईंहरुको पार्टी कसरी अगाडि बढ्न खोजेको हो? 
यस विषयमा अलि बढी अफवाह फैलाइएको छ। सत्तामा जुन पार्टी हुन्छ, वार्ता त्यसैसँग गर्ने कुरा हुन्छ। खासगरी माओवादी केन्द्रका साथीहरुले केपी ओली नेतृत्वको एमालेमा मिल्न लागे भन्ने हल्ला चलाउनुभयो। त्यो सही साबित भएन। अहिले उहाँहरु (पाँच दलीय मोर्चा)को सरकार भएपछि उहाँहरुसँगै संवाद गर्नुपर्ने हुन्छ। के यतिबेला उहाँहरुसँग मिल्न लागेको भन्ने हुन्छ त? त्यसो त हुँदैन। त्यस्तो तर्क गरेर हुँदैन। त्यो हावा कुरा भयो।

Xtrem
Xtrem

हामी अहिले कसैसँग मिलेका छैनौं। नेता-कार्यकर्ता रिहा र मुद्धा फिर्ताको विषयमा छलफलको दौरानमा छौं। शान्तिपूर्ण राजनीतिमा आउने शक्तिलाई भड्काउने काम गरिएको छ। हामी एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने हो। अब हामी वैज्ञानिक समाजवादमा कसरी अगाडि बढ्ने भन्ने कुरामा जानुपर्छ। आफूलाई कम्युनिस्ट भन्नेहरुले समाजवादमा जाने सोच बनाउनु पर्ने हुन्छ। वैज्ञानिक समाजवादमा पुग्ने विषयमा कसैले भ्रम पाल्नु हुँदैन।

त्यसोभए संसद बाहिर भएका कम्युनिस्ट पार्टीहरुको रणनीतिक मोर्चा बनाउन अझै सक्रिय बनाएर लाग्नु हुन्छ?
हो। रणनीतिक मोर्चालाई सक्रिय बनाउँछौं। लामो समयसम्म अगाडि बढ्न विचार मिल्ने पार्टीहरुको मोर्चा हो। एउटै विचार, दर्शन र सोच भएका पार्टीको लामो मार्चा हो। त्यो नयाँ प्रयोग पनि गर्न खोजेका छौं। रणनीतिक मोर्चालाई निरन्तरता दिने कुरामा दुविधा छैन। 

तपाईंहरुसहित पूर्वमाओवादीहरु एक ठाउँमा हुने अवस्था हुन्छ कि हुँदैन त?
पूर्वमाओवादीमा मार्क्सवादको प्राण रहेको छ भने मिल्नुपर्छ। माओवादीहरु मिल्न सक्ने अवस्था भएसम्म मिल्नुपर्छ। मार्क्सवाद, लेनिनवाद, माओवादी सिद्धान्त वा बोलीमा मात्रै नभएर व्यवहारमा जानको लागि कार्यदिशामा सहमति जनाउनु पर्‍यो। पार्टीले अवलम्बन गर्ने कार्यदिशाले नै सबै कुराको निर्धारण गर्छ। त्यो भयो भने एकता हुन सक्छ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  २२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्