• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

हामी एमाले होइन, नेकपाको निरन्तरता चाहन्छौं : प्रभु साह [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, असार २७, २०७८  १८:५९
1140x725

नेकपा विभाजनपछि माओवादी केन्द्रका केही नेताहरु केपी शर्मा ओलीतिर लागे। तिनैमध्ये एक हुन्, प्रभु साह। उनी ओली पक्षमा लागे पनि खुलेर एमाले हुन नसकेको विश्लेषण हुँदै आएको छ। हुन त उनले आफू बाहिरबाट हेर्दा एमाले देखिए पनि सारमा नेकपा भएको बताउँने गरेका छन्। उनी आफू नेकपाको निरन्तरताको पक्षमा रहेको बताउँछन्।

अर्कोतिर, साहसहितका पूर्वमाओवादी नेताहरु अहिले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र खारेजीको पहल गरिरहेका छन्। उनीहरु सो पार्टी अवैधानिक भएको र अवैधानिक पार्टीको नेतृत्वले आफूहरुलाई कारबाही गर्न नसक्ने दाबी गरिरहेका छन्। माओवादीको दर्ता खारेजीका लागि उनीहरु निर्वाचन आयोग धाइरहेका छन्। नेपाल लाइभका वीरेन्द्र ओलीले साहसँग यी र यिनै विषयमा कुराकानी गरेका छन् :

अहिले तपाईंलाई कुन पार्टीको नेता भनेर सम्बोधन गर्ने? एमाले कि माओवादी केन्द्र?
हामी सारमा नेकपाका हौँ। हामी यसैको निरन्तरताको पक्षमा छौँ। बाहिर देख्दा एमालेजस्तो देखिएपनि हामी नेकपाकै हौँ। सर्वोच्च अदालतले एमाले र माओवादीको रुपमा ब्युँताएपछि यस्तो देखिएको हो। तर हामी सारमा नेकपा नै हौँ।

तपाईंहरु निर्वाचन आयोगसम्म पनि पुग्नुभयो। निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्न जानु भएको कि आफूहरु कुन पार्टीको हो भनेर सोध्न जानुभएको हो?
हामी पार्टीगत अवस्था बुझ्न गएका थियौँ। माओवादी केन्द्रको पार्टीगत वैधानिक आधार के छ भनेर बुझ्न गएका हौँ। हाम्रोभन्दा पनि पार्टीको के छ भनेर र हामीलाई कसरी बुझ्छ भनेर गएका थियौँ। त्यसलाई जसरी बुझे पनि हुन्छ।

हुँदाखादाको पार्टी छोडेर एमाले भएपछि अरुको पार्टीको चियोचर्चो चाहिँ किन गर्नुपरेको नि?
एउटा कुरा चित्त दुख्न पनि सक्छ तर म भन्न चाहन्छु। पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिल्दाचाहिँ एमाले र माओवादी मिल्यो भन्ने तर प्रभु साह मिल्दाचाहिँ माओवादी छोडेको भन्ने? यो कुरा मिल्छ? प्रचण्ड मिल्दा हुने तर हामी मिल्दा नहुने भन्ने त होइन होला। हिजो प्रचण्ड मिल्दा सिंगो पार्टी मिलेको थियो भने अहिले हामी मिल्दा माओवादीको केही हिस्सा मिलेको छ। माओवादी र एमाले मिलेर बनेको पार्टीको निरन्तरतामा हामी छौँ।

माओवादी केन्द्र हाम्रो पनि पार्टी हो। उक्त पार्टीमा हाम्रो पनि लगानी छ। हामीले पनि योगदान गरेका छौँ। हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौँ। हामीलाई अवैध पार्टीको नेताले कारबाही गर्न मिल्दैन।

माओवादी आन्दोलन हामी जहाँ छौँ, त्यहाँ पनि छ। यसलाई दुवै भनेर बुझ्न जरुरी छ। एउटा पार्टीबाट अर्को पार्टीमा जान वा विभाजन हुन निश्चित प्रतिशत चाहिएला अनि मात्र वैधानिक हैसियत होला तर, हामी त एक भएर नेकपा भएपछि बनेका हौँ।

एउटा पार्टीलाई वैधानिकता दिन ऊ पनि वैधानिक हुनुपर्ने होला। म अलग भएँ भने १०–२० प्रतिशत चाहिन्छ होला तर, यहाँ त माओवादी केन्द्र नै वैधानिक हैसियतमा छैन। तपाईंहरुले पनि वैधानिक आधार त टेकेर भन्नु पर्ला। प्रभु साहलाई अवैधानिक भन्नलाई पहिला प्रचण्ड पनि वैधानिक हुन पर्ला नि। पार्टी दर्ता छैन, विधिसम्मत छैन भने उसले अरुलाई कारबाही गर्न मिल्दैन। प्रभु साह वैधानिक होइन भन्नलाई तपाईंको पार्टी पनि वैधानिक हुन पर्ला, हामीले अहिले उठाएको प्रश्न यति मात्र हो। 

nimb
nimb
Ncell 2
Ncell 2

माओवादीका नेताहरुको भनाइ छ- माओवादी केन्द्र २०७३ सालमा निर्माण भएको हो। यो पार्टीको अब २ वर्षपछि महाधिवेशन गर्ने हो। विधानदेखि अरु कुरा अपडेट गरेर बुझाएका छौँ भनेर उहाँहरु भनिरहनुभएको छ। जो एमालेमा हुनुहुन्छ,उहाँहरुको आफ्नो पार्टी अवैधानिक भएको नदेख्ने तर अरु पार्टी अवैधानिक भयो भनेर किन हिँड्ने?
माओवादी केन्द्र हाम्रो पनि पार्टी हो। उक्त पार्टीमा हाम्रो पनि लगानी छ। हामीले पनि योगदान गरेका छौँ। हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौँ। हामीलाई अवैध पार्टीको नेताले कारबाही गर्न मिल्दैन। प्रचण्ड वैधानिक रुपमा कहिल्यै पनि निर्वाचित भएर आउनुभएको छैन। उहाँले आजसम्म प्रतिस्पर्धा गरेर पार्टीको अध्यक्ष पद लिएको इतिहास छैन। उहाँ आफैं अवैधानिक र गैरनिर्वाचित हुनुहुन्छ। हामी जनताको प्रतिनिधि भएकाले निर्वाचित र वैधानिक निकायले  कारबाही गर्नुपर्ने कुरा राख्न निर्वाचन आयोग गएका हौँ।

अनि यसरी अवैधानिक पार्टीमा किन बस्नु भयो त?
त्यतिबेला यसरी कारबाही गर्ने कुरा सोचिएको थिएन। पार्टीमा रहँदा त्यो सोच नै थिएन। हिजो रहँदा नउठाउने तर अहिले उठाउने होइन। सत्य कुरा जहिले पनि उठाउने हो। त्यो सार्वजनिक पार्टी हो। छोडेको र बसेकोले यसमा अर्थ राख्दैन। अर्थ त, अवैधानिक पार्टीले वैधानिक प्रभु साहलाई कसरी कारबाही गर्न सक्छ? अलग भएपछि त कारवाही गर्न हुँदैन। हामी अवैधानिक हुनुहुन्छ भन्दै छौँ,उहाँले वैध छौँ भनेर कारबाही गर्नु भयो। त्यसैले हामी निर्वाचन आयोगसम्म गएका हौँ।

पार्टी तीन कारणले मात्रै वैधानिक हुन्छ। पुरानो पार्टी हो भने पाँच वर्षमा निर्वाचन भएको हुनुपर्छ। नयाँ दल हो भने नयाँ दल दर्ता हुने प्रक्रिया अनुसार गर्नुपर्ने हुन्छ। र, एउटा वा अरु मिलेर बनेको हो भने एकता अधिवेशन गरेको हुनुपर्छ। उहाँहरुले विभिन्न क्रान्तिकारी घटक मिलेर माओवादी केन्द्र बनाएको भन्नुभएको छ तर त्यो प्रक्रिया त पूरा भएको हुनुपर्छ होला नि। अहिले यो अनुसार त माओवादी केन्द्र वैधानिक देखिदैन। यसरी अवैधानिक पार्टी र त्यसको नेतृत्वले हामीहरुमाथि गरेको कारबाहीका आधारमा हामी कसरी निलम्बन हुने वा आफ्नो पद गुमाउने भनेर जानकारी लिन निर्वाचन आयोग पुगेका हौँ। जुन शक्तिहरु माओवादीमा मिसिन आए उनीहरु वैधानिक थिए त भन्ने प्रश्न रहेको छ।

के-के अवैधानिक छन् त?
मैले अघि नै भनेँ। यो एक हुदाँको प्रक्रिया पनि वैधानिक छैन। दिनलाई रात भन्न त मिल्दैन। जसरी एकीकृत भए, त्यो पनि वैधानिक होइन, नयाँ निर्वाचन पनि भएको छैन, महाधिवेशन पनि भएको छैन। यसरी अवैध छ भनेर जसले कुरा उठायो, उसमाथि कारबाही गर्न मिल्छ? नांगै आँखाले दुनियाँले देख्ने कुरा उठाउँदा गालीगलौजको भाषा प्रयोग गर्न मिल्दैन। हामीले कानुन अनुरुप सम्बोधन होस् भन्दा गाली गर्न मिल्दैन।

यो हिसावले हेर्दा माओवादी र एमाले दुवै अवैध देखिन्छ नि, होइन त?
यसका लागि कानुन छन्। नेपालका सुन्ने निकाय छन्। त्यहाँ गएर बहस गरौँ। अहिलेको दुनियाँ र जनता सचेत छ। अब दिनलाई रात बनाएर गरिने राजनीति चल्दैन। हामीले त माओवादी दर्ता कायम हुन सक्दैन मात्र भन्दै आएका हौँ। अझ भनौँ,दर्ता नै छैन। यसका लागि अरुलाई गाली गर्न पर्दैन। माओवादी केन्द्र दर्ता नै छैन, एकिकृत माओवादीको महाधिवेशन नै भएको छैन। अनि कसरी माओवादी पार्टी हुन सक्छ। हामी यही कुरा उठाइरहेका छौँ। कानुनको दफा-दफा राखेर कुरा गरौँ न।

यसरी दर्ता नै नभएको पार्टी निर्वाचन लडेर सांसद जितेर पनि आयो है?
यही त विडम्बना छ नि। यही कुरालाई हामी ट्रयाकमा ल्याउन चाहन्छौँ। उहाँ (प्रचण्ड)ले एकतापछि महाधिवेशन गर्ने भन्नु भएको थियो। तर, त्यो कार्य त भएको छैन। यसरी कुनै पनि रुपमा माओवादी बाँकी नरहेकोले हामीले यो कुरा के हो भनी निर्वाचन आयोगमा जानकारी माग गरेका हौँ।

तपाईंहरुमाथि आरोप छ कि एमालेमा पनि रहन सक्नुभएन। माओवादीले पनि फर्काउन चाहेन। त्यसैले यो विवाद झिकिरहनुभएको छ!
निहुँ खोजेको कुरा छैन। फर्कने र फर्काउने कुरा पनि छैन। प्रचण्ड वैधानिक हो भने कारबाही गर्ने अधिकार राख्नुहुन्छ। यदि उहाँ अवैधानिक हो भने कारबाही गर्ने अधिकार राख्नुहुन्न। नैतिक र कानुनी रुपमा उहाँलाई त्यो अधिकार नभएको कुरा हामीले गरिरहेको हो।

तपाईंहरु 'जनयुद्ध'मा होमिँदा एमाले भनेको नवसंशोधनवादी दल हो भन्नुहुन्थ्यो। यसैमा मिसिन्छु जस्तो लागेको थियो कि थिएन?
हामीले शान्तिपूर्ण भन्दा पनि सशस्त्र विद्रोहद्वारा राज्यशक्ति कब्जा गर्ने नीति लिएका थियौं। अहिले हामी शान्तिपूर्ण रुपमा  समाजको रुपान्तरण गर्ने काममा आएका छौँ। हामीले शान्तिपूर्ण प्रतिस्पर्धामा आएपछि एमालेलाई गाली गर्ने नैतिक धरातल रहेन। अब शान्तिपूर्ण बलद्वारा रुपान्तरण गर्ने बाटो मात्र रहेको छ। अब कसैलाई आरोप लगाउने कुरामा पुनर्विचार गर्नुपर्ने हुन्छ।  हामीले यही कुरालाई ध्यानमा राखेर एमाले र माओवादीबाट माथि उठेर नेकपा बनाएका थियौँ। विचार, संगठन र अन्य हिसाबले नेकपा बनाएका थियौँ। यो नयाँ बनाउने कुरा थियो। तर, अदालतले भंग गर्‍यो। तर, विचार त अझै पनि छ, अदालतले भंग गर्न सक्दैन। मुख्य कुरा अहिले नेपाललाई न एमाले चाहिएको छ, न माओवादी। हामी अहिले यही नेकपाको रुपमा एमालेलाई माथि उठाउने क्रममा रहेका छौँ। यो नाममा एमाले होला तर विगतको एमालेभन्दा यो पक्कै माथि उठेको शक्ति हुने छ। समयक्रम कहिल्यै पछाडि फर्किँदैन।

तपाईंको पनि एमालेमा असन्तुष्टि छ भन्ने खबर आइरहेको छ। यो असन्तुष्टि व्यक्तिको हो कि माओवादीबाट आएको समूहकै हो?
तपाईंको प्रश्नमा पनि अस्पष्टता छ। हामी एमाले भनिरहेका छैनौँ। नेकपाको निरन्तरताको कुरा गरिरहेका छौँ। यो २०७२ सालको एमाले होइन, २०७८ सालको एमाले हो। २०७२ मा जाने हो भने २०७८ लाई सम्बोधन गर्न सक्दैन। हिजोको अवस्था अहिले एमालेमा पनि छैन। नयाँ अवस्थालाई सम्बोधन गर्न २०७२ सालबाट सम्भव छैन। अदालतले भन्यो तर हामी २०७८ बाटै जानुपर्छ। विवाद वा असन्तुष्ट भन्न मिल्दैन।

अदालतले नेकपा नाम दिँदैन वा दुवै पार्टीलाई पुरानै अवस्थामा फर्काउँछ भन्ने सोच भएको भए तपाईंहरु केपी ओलीतिर हुनुहुन्थो कि पुरानो माओवादी नेतृत्वसँगै रहनुहुन्थ्यो?
अहिले अनुमान गर्न मिल्दैन। भोलिको कुरा कसैले देखेको छैन। भोलि अर्कै हुन सक्छ। नेकपा भएपछि हामीले त्यसमा एक भएर जानुपर्छ भनेर एक भएको हो। एउटै विचार छ भने धेरै पुच्छरमात्र जोडेर हुँदैन, एक भएर जानुपर्छ। तर, अहिले समस्या के हो भने जो निर्वाचित छैन तर, आफू पदमै रहिरहन चाहन्छ, यसैले भाँडभैलो भएको हो।

तपाईं एमाले भइसकेपछि त्यहाँभित्र केही समस्या देखिएको छ र? किनकि, तपाईं असन्तुष्ट हुनुहुन्छ भन्ने कुरा आइरहेको छ!
मैले अघि नै भनें, हामी असन्तुष्ट छैनौँ। हामीले यो देशका लागि एउटा नयाँ वामपन्थी शक्ति चाहिन्छ भनेर नेकपा बनायौँ। नयाँ पार्टी चाहिन्छ भनेर एक भएका थियौँ। नेकपा नाममात्र होइन। समाजवादको यात्रामा अगाडि बढ्नका लागि भएका कमजोरीलाई समीक्षा गरेर हिजोको बिरासतबाट माथि उठ्नैपर्छ। नेपालमा स्थिरता चाहने हो भने यी पुच्छर भएका सबैलाई जोडेर एउटा घटक बनाउनुपर्छ।

के अग्रगमन भनेको प्रचण्ड मात्रै हो र? हिजो एउटा थियो होला तर, अहिले त त्यो अवस्था होइन। हिजो जुन ढाँचामा नयाँ नेपालको खाका प्रस्तुत गर्नुभयो, सबै पछि लागेका थिए। हामी पनि उहाँकै पछि लागेका थियौं। भगवानभन्दा पनि ठूलो मानेकै हो। अहिले मानिस कन्फ्युज,निराश र आक्रोशित छ।

एमालेमा रहन नसक्ने अवस्था भएमा तपाईंहरु अलग्गै पार्टी बनाउनुहुन्छ?
अहिलेको देशको अवस्था स्पष्ट छैन। देश तरल अवस्थामा छ। १० दिनपछि के हुन्छ, थाहा छैन। अहिले जसरी हरेक पल परिर्वतन भइरहेको छ, केही महिनापछि के हुन्छ भन्ने भविष्यवाणी गर्ने अवस्था छैन। तर, मुख्य कुरा के हो भने अब विभिन्न घटक मिलेर एउटा अग्रगमनका साथ स्थिरता दिने एकीकृत पार्टी बनाएर लैजानुपर्छ। यसले नै जनताको विश्वास जित्छ।

यो कुरा अलि अर्मूत भयो कि?
अहिले जुन व्यवस्था छ, यसमा कैयौं मतभेद छ। हामी आफैंले लेखेको संविधानमा पनि अहिले विवाद छ। राजनीतिक विवाद मिलाउन अहिले अदालत जानुपरेको छ। दलका बीचमा देखिएको विवाद मिलाउन निर्वाचन आयोग पुग्नुपरेको छ। अहिलेको अवस्था त यही हो नि। आफैंले लेखेको संविधानको प्रावधानमा पनि टकराव भइरहेको छ। यसको समीक्षा जरुरी छ। संसदको किनबेच चलिरहेको छ। यता कारबाही गरेको छ, उता हटाएको छ। यस्तो त चलिरहेको छ।

यो कुरा त केपी ओलीले नै सुरुवात गरेको हो नि?
अहिले ७ सयभन्दा धेरै सरकारहरु छन्। सबै केपी ओली पक्षको त छैनन् नि। कांग्रेस र माओवादीको पनि छ। सबै पार्टीभित्र विवाद छ। यो समस्या कहाँ हो? नेता कि शासन व्यवस्था? अब अहिले यसलाई हेर्नुपर्छ कि पर्दैन? यो गणतन्त्र नै खराब हो भन्ने एउटा सोच छ। यसलाई सच्याएर अघि त पढ्नैपर्छ। देशलाई अग्रगामी रुपमा त हिँडाउनै पर्छ।

तपाईंले भन्नुभएको अग्रगमन केपी ओलीसहितको हो कि बाहेकको हो?
देशलाई अग्रगामी रुपमा अघि बढाउने हो। यो व्यवस्थाको मात्र कुरा हो। यही सोच भएको पार्टी र नेतृत्व हो।

माओवादीमा फर्किनका लागि तपाईंहरुले यस्तो कुरा गरेको भन्ने छ नि?
के अग्रगमन भनेको प्रचण्ड मात्रै हो र? हिजो एउटा थियो होला तर, अहिले त त्यो अवस्था होइन। हिजो जुन ढाँचामा नयाँ नेपालको खाका प्रस्तुत गर्नुभयो, सबै पछि लागेका थिए। हामी पनि उहाँकै पछि लागेका थियौं। भगवानभन्दा पनि ठूलो मानेकै हो। अहिले मानिस कन्फ्युज,निराश र आक्रोशित छ। प्रचण्डमात्र त्यस्तो पात्र हो,त्यसको विकल्प कसैले पनि हेर्दैन। अब न्यायका लागि न्यायाधीशका र अन्यका लागि अन्य निकायमा जाने व्यवस्था गरेकै छ। अब प्रचण्डमात्रै विकल्प हो भन्ने नसोचे हुन्छ। र, उहाँले मात्र निकास दिनुहुन्छ भन्ने नसोचे हुन्छ।

अबको परिर्वतनको नेतृत्व प्रचण्डबाट हुदैन भन्न खोज्नुभएको हो?
अब उहाँको बुताले हुँदैन। उहाँको बिरासतले पनि असर पारेको होला। कम्युनिस्टमा नेतृत्वको कमी छैन। देशमा अब पुराना नेताबाट केही हुँदैन। उनीबाट देशले अग्रगमन पाउँछ, अग्रगामी काम हुन्छ भनेर सोच्न थाल्नुभयो भने निराशा मात्र हुन्छ। उहाँको उमेरले पनि अव फरक पार्छ।

माओवादीका नेताहरुले तपाईंहरुलाई फर्काउने छलफल चलिरहेको कुरा भन्नुभएको छ। त्यसबारे छलफल चलेको हो?
सबै कम्युनिस्ट घटकहरु नेकपा बनेपछि जुन आशा देखिएको थियो। त्यो नेताहरुको सत्तामोहका कारण असफल भयो। अब एकचोटी जिम्मेवार नेताहरुले फेरि जनतालाई भविष्य देखाउने कुरामा सोच्नुपर्छ र एउटा सशक्त पार्टी बनाउनु पर्छ।

दोस्रो तहका नेताहरुले पहल लिन सकेनन्। उनीहरु दास भएको आरोप समेत लागेको छ नि? 
तपाईंले भनेको कुरा सही हो। नेतृत्वले कसैलाई अघि सार्न नसक्ने काम भएको छ। भारतमा हेर्न हो भने भाजपामा आफूभन्दा धेरै पछिका नरेन्द्र मोदीलाई अघि सार्दै राजनाथ सिंह क्याबिनेट मन्त्री बनेको कुरा बुर्जुवा पार्टीमा देखिएको हो नि। तर, कम्युनिस्ट पार्टीमा त झन् पछाडि देखियो। मोहन वैद्यले प्रचण्डलाई अघि सारेर नैतिकता देखाएको हो नि। हामीले त्यसलाई आर्दश बनाएर प्रशंसा गरेको हो नि। हामीले यो कुरा सोच्नुपर्ने थियो नि त।

तपाईं पुस ५ गते प्रतिनिधि सभा विघटन भएको अवस्थामा मन्त्री बन्न जानुभयो। जबकि, पुस ५ को कदमलाई तपाईंले नै असंवैधानिक भनेर लेख्नुभएको थियो। किन जानुभयो?
मन्त्री दियो अनि केपी शर्मा ओलीतिर गयो भन्ने आरोप लागेको छ। त्यो मात्र सत्य होइन। नेकपामा पहिलो वर्षदेखि नै विवाद थियो। विवादकै कारण प्रतिनिधि सभा विघटन भएको हो। विवाद आफ्नै सांसदले पनि गरेको हो। विवादको समयमा पनि हामी कता थियौँ? रामबहादुर थापा 'बादल' कहाँ थिए? नेकपाको सचिवालयमा केपी शर्मा ओलीको विरोध गर्नुभएको थियो र? त्यसैले हामी हरेक द्वन्द्वमा केपी शर्मा ओलीकै पक्षमा भएको कुरा थाहा हुँदाहुँदै मन्त्रीका लागि आएको हो भनेर आरोप लगाउन त भएन। हामी त नेकपाको पक्षमा थियौँ। नेकपाको पक्षमा भएको र नेकपाभित्र हुने विवादमा केपी ओलीतिर भएकै आधारमा यस्तो पक्षपात रुपमा बुझ्न मिल्दैन।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
औषधि व्यवस्था विभागको सूचना ऐनविपरीत रहेको भन्दै प्रश्न
देशभर मनसुनी गतिविधि सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
औषधि व्यवस्था विभागको सूचना ऐनविपरीत रहेको भन्दै प्रश्न शुक्रबार, भदौ ५, २०८३
देशभर मनसुनी गतिविधि सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, भदौ ५, २०८३
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ शुक्रबार, भदौ ५, २०८३
फरार प्रतिवादी लागुऔषधसहित पोखराबाट पक्राउ शुक्रबार, भदौ ५, २०८३
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्